All about Sunuwar

कोइँचबु

now browsing by tag

 
 

अपिल

–कोइँचबु काःतिच

एकताका
मलाई पनि मन लाग्थ्यो
सहकार्य र समावेशी ओकल्न
यदाकदा
मलाई पनि मन लाग्थ्यो
सहभागिता र समता डुक्रन
कुनै समय
मलाई पनि मन लाग्थ्यो
पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।
यसैले
कहिले भन्थेँ
हाम्रा नेता कामै नलाग्ने,
कहिले गाली गर्थेँ
“साले ! ती बहुला नेताहरु,
ताक परे तिवारी नत्र गोतामे ।”
तर हिजोआज
मैले मौन साँधेको छु
अनि
चौपट्टै मन मारेको छु
कारण, Read More

हर्सोल्लाशका साथ सम्पन्न शाँदार पिदार र कोइँच एकताको आधार

–कोइँचबु काःतिच
फुल्यै फुल्यो तोरीको
आँखा राम्रो मोरीको
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल हाँसाल– कोइँच किशोरहरुको चासो ।
आठानी चारानी कम्पनी
सुनुवारको छोरी म पनि
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल  हाँसाल– सिँगौरी खेल्दै कोइँच किशोरीहरु ।
यो वर्षको यालाखोम (काठमाडौं उपत्यका) मा यसरी नै कोइँच किशोर किशारीले हर्सोल्लाश र उमंगले गीत गाउँदै शाँदार सील नाचेर किरात कोइँचको महान् चाड शाँदार पिदार मनाए । किशोर किशोरी मात्र होइन के बालबच्चा के बुढाबुढी, सबै कोइँचहरुले आफ्नो पुर्खा र प्रकृतिसँग वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै शाँदार पिदार मनाएका छन् । समयको मागानुसार वा परिवर्तित राज्यको नीतिसँगै शाँदार पिदारले कोइँच गाउँ मात्र होइन नेपालदेखि विदेशसम्मै आफ्नो ख्याति र विश्वासको जालो विस्तार गरेको छ ।
शनिवारको दिन । सम्पूर्ण कलकारखाना, कार्यालय र शैक्षिक संस्थाहरु विदा छन् । चारैतिरबाट खुम्चिँदै गएको काठमाडौंको टुँडीखेल । टन्टलापुर घाम । दौरा सुरुवाल, त्यसमाथि पेटे भोटो अझ त्यस माथि सप्तरङ्गी फेनेरेल्फु (चरा (डाँफे, मुनाल) को पखेटाको नक्कल गरिएको), ढाका टोपी, कम्मरमा क्लाःतोलि (चरा (कल्चौंडे र धोब्नी) को पुच्छारको नक्कल गरेर बनाइएको) र काँधमा भिरेको ठूलो ढोल । कसैको हातमा झ्यापटा झ्याम झ्याम । फेनेरल्फुको फुर्का झामझाम र फुरुक्क फुरुक्क हल्लिने गरी डाँफे र मुनाल भुट्भुटी खेले जस्तै कुम उचालेर, कल्चौडा चराले विहानी सूर्यको झुल्कोसँग चिर्बिराएर पुच्छार हल्लाए जस्तै कम्मर मर्काइ मर्काइ क्लाःतोलि हल्लाएर पसिनाले लपक्कै भिजेर उत्तेजित भई नाचेका कोइँच किशोरहरु । Read More

कोइँच पहिचान र कोइँच हुन नसकेको सुनुवारको छरपष्ट मानासिकता

–कोइँचबु काःतिच
हामी कोइँच हुनुको मूल लक्ष्य वा सोँच वा परिकल्पना वा सपना के हो ? कुनै पनि कोइँचलाई चासोको विषय रहेन र छैन पनि । हुन त यो चासो कोइँचको प्रतिनिधि संस्था सुनुवार सेवा समाजलाई हुनु पर्ने थियो । तर भएन (न अव हुन्छ कि ?)। अहिलेसम्म कुनै पनि कोइँचले कोइँच लोःमा केही लेख्ने जमर्कोसम्म गरेका छैनन्– साहित्य, समाचार, दैनिकी अन्य लेख रचना र बोल्ने पनि । छन् त व्यक्तिगत लहड मात्र वा अहमता हो मुस्किलले एका दुई व्यक्तिहरु । हुन त केही कोइँचले क, ख, ग फार्ने काम गरेका नै छैनन् भन्ने हिम्मत कसैमा छैन । के गर्नु ती सबै प्रयासहरु खास– बामान (खस–बाहुन जनाउँदाको खाँटी कोइँच बोली) गिदीले गर्लाम् गुर्लुम्मा सेतीको खोँचमा विलीन भए । उनन्तीस–तीस सालतिर चेतमा कुर्कुरे वैंश चढ्दाको एक जना पूर्वेली कोइँच र तीस–चौतिस सालमा कोइँच भाषाको लोकगीत संकलन, लेखन गरेर निःशूल्क बाँड्ने एक मुठी जङ चलेको माउ भाषाप्रेमी कोइँचलाई जे जस्तो भावनाले गिद्दे दृष्टि हुन्थ्यो कोइँच हुन नसकेका खाँटी सुनुवार (कसै कसैले गाउँघरमा सुँदार, सुन्वार भनेर पनि उच्चारण गर्छन) को अहिले पनि चेतनास्तर त्यस्तै छ । दृष्टिकोणमा कतै कसी लागेको छैन । कोइँचको बुद्धि धारिलो त छ तर त्यो बुद्धिले कोइँचको लागि अहिलेसम्म केही गर्न सकेन । मात्र खुट्टा तान्ने काम वा टाउको उठाउन नसकिने गरी दलदलमा थिच्ने, घचेट्ने प्रयास भन्दा अरु काम देखिएन । युवाहरुलाई त अग्रज कोइँचले रौं जति पनि मान्ने गरेको पाइँदैन न युवाहरुले मै हुँ भन्ने अग्रजको नाडी छाम्ने प्रयास नै गरेको पाइयो ।
यसो हुनुमा हामीले हाम्रै वारे घोत्लिँदा अलिकति कुराको चुरो निस्किने थियो कि ।
यस्ता एउटा ब्राण्डका सुनुवार विद्वन हुनुहुन्छ– ‘म नै सर्वेसर्वा जान्ने भविश्यवेत्ता हुँ’ भन्ने ।, संस्था र समाजको माउ भएको दाबी गर्ने । अर्का ब्राण्डका विद्वान हुनुहुन्छ– ‘मैले संसारमा सुनुवारलाई चिनाएको छु, तल्लो लेबलदेखि माथिल्लो लेबलका मानिसहरुमाझ सुनुवारको बारेमा बहस चलाएको छु । पढ्न लेख्नु जान्ने म मात्र हुँ’ भन्ने । तर दुबै थरी विद्वनहरु कहिल्यै कोइँच बन्न भने सकेका छैनन् । न त अहिलेसम्म आफ्नो भाषामा सिर्जनात्मक र अनुसन्धानात्मक किताब लेखेका छन् । तर उनीहरु खोक्छन् संसारमा सुनुवारको नाममा जान्ने बुझ्ने उनीहरु मात्र हुन् । शायद उनीहरुको बारेमा थाहा नपाउनेहरुलाई यी कुरा पत्यार नै लाग्ला । तर … बुझि हाल्नु भयो । Read More

कोइँच देलङा इमा माबाअÞशो फुतकाल तुरनामेनता

–कोइँचबु काःतिच
‘गोल गोल … थुइयिः ब्लाइलु (गुनरि) लाइशशा ब्लाइतेन ऐँ योः मेरेकालि, बुत निशशा बाअÞला । खामे माजावा दे मारेमे ?’ आम देँशो खोँदेब मादुममेनुङा चुरमाचुरसि फुतकालआ नामिनावाके । सापपा फुरकु चुइशशा दोबास दिमफुइलि मुरु ब्लाशा दोरमादोरसि निमि । सुइ गिगि, सुइ लाला, सुइ बुइशशि । गाल चुइशशा स्याँ स्याँ पेmँ पेmँ । एनफाआ फुतबाल गिरान मार मे ङा । सुइ दामतेम दे बÞाकु चोःचा मामालबा । आमिन आमकालि बेल क्युअÞशा दोरना दोरना निमि फुतकाल गिरानमि ग्यारबाचपुकि । चाइतङा फुरकु नु फाशि माराइमि माथिशो बा । ङा फाइशशि पापतु दे कोःबापुकि तेइ फापसिशो निमि ङा ग्यारबपुकि नामि चोपतु, हुपताउ दे मिनाराल बÞाकु ब्लुइँसिशो निमि । थामथामा फुतबाल ग्यारचा शोँब नु सोअÞति मेकोपुकिनु इशका बा । मार माबा दे सुइमि हिललो पामतेमङाना शेँब मुरुनु लाँ शेलशा गेअÞबा तोँबलाच माबा दे देँने जामसिबा नामनाति । इरि वाँचेर रावाचिवामि फारसिशा फुतबाल कोबा नु हुतिङ पाइबापुकिमि एचचिङा ना, फाइशशि, हुपसि, रेउ, ग्युला राइबबा नाग इसतेदियामकालि प्लेँपाइशशो नामनाति । मुरुपकि काङरे, सापसि, सुवा जिअÞशा फुबुर पा ग्लिशङा ग्लिश नामि । सापपा प्लापसाला पा ग्लिशो मुरुकालि कोशोनु सुइ बÞालाइ बाअÞने माचामसिबा नामनाति । ‘गोल गोल गोःःल, शेङना इँचिकाःमि मादुम ।’ गोइ यो पानदाप सुनुवारआ रेदियो कामेनतारि मिमशा ग्लिःति चाउ पोअÞशा । Read More

कुचोको आत्मकथा

–कोइँचबु काःतिच

कतै पार्टी नेताको लाउके भएर
कतै सडकमा चक्काजाम गर्ने टाउके भएर
कहिले वाइसिएल
कहिले युथ फोर्स
कहिले स्वेत सेना Read More

आँ ’मिचिमि थोइबि क्याःब वाबु

थोइबि क्याःब निमफाके आँस इँगि साया मिमसिब्ले खुपसि ‘यानथोलोजि’ कोःशोनोले आँकालि नेपालको आदिबासि किराँति जाति सेरोफेरो  ख्योँपातिके पात ३२ के मिमसि पिताः । मेको पातमि देँःबा, “…हामिलाइ मादमासता नाइ प्यारो चा । ‘याबेत जिबेत सुखाम जिबेत रिनाम किरतो गिरताम पिबेत’ नाइ पेयारो लागचा । साबदाहारुले हामिलाइ पेत दिन साकदाइनान । सो’वाद दिन साकदाइनान । रुपारता बुरुक, सेगफिरिद सासुनार बिलफेरेद ओएनहारुले तेरेनचमाइ साबदा रापेर युददा साहितते दिए । उनिहारुका लागि लादने हामि बुददु बिरहारुले उनिहारुकाइ खातिर काताइ आउँंला सुमपिदियेउँ । काताइ हात सुमपिदियेउँ । काताइ एउता आँखा रा काताइ एउता खुतता पानि सुमपिदियेउँ रा सारबाङगा आसतिततो सुमपिदियेउँ ।” थामपान, एँको मिमसिब्लेके काः थोइबि पेरेम क्याःबाचा ‘क्याःब नाइलु’ आमके नेललि प्लोइँबा दिकिपुरखिआनके ताउचाच दातेमि काः क्यारु नामि । ङावु नु लोब निमफा गारशशा ब्लेअÞशो एँको खुपसिमि मुल सिनाअÞतिङा खोँलेब मुलाअÞति मु मालि देँःशा कोइँतासे ।   Read More

कोङ कोरोरो फोलफोल

कोइँचबु का:तिअ्च (उत्तम)

उहिले उहिलेको कुरा हो । त्यतिबेला मानिसहरुले लुगा लगाउने चलन थिएन । रुखका झ्याउ बोक्रा र पात लहरालाई नै लुगा बनाएर लगाउने चलन थियो । जंगलमा शिकार गर्ने, जंगली फलफुल, जंगली अन्न, कन्दमूल खोजेर खाने गर्दथे । त्यतिवेला खानेकुरा पकाउने चलन पनि कमै थियो र अहिलेको जस्तो हात हतियार पनि थिएन । पशुपंक्षीहरुलाई पाशामा पारी मार्थे । त्यस्ता पशुका माशुहरु पोलेर खाने गर्थे ।
मानिसहरुको वस्ती पनि थिएन । झुण्ड झुण्ड बनेर बस्ने चलन थियो । बेला बेलामा एक झुण्डा र अर्को झुण्डा वीच झगडा भई नै रहन्थ्यो । यस्तो अवस्थामा कति जोडा जोडीहरु छुट्थे । कति जोडा जोडीहरु मारिन्थे । कति मानिसहरु भाग्नेक्रममा हराउँथे । कति अपहरित हुन्थे । कति बालबच्चाहरु जंगलमा छुट्थे । Read More