कोइँचबु
now browsing by tag
कुमारी विश्व र कोइँच -सुनुवार) वीच चलेको तातो वहस ‘एकता कि ऐक्यवद्धता’ ?
-कोइँचबु काःतिच
कुमारी विश्वको ‘यात्रा’ मा बढी जनसर्म्पर्कमा आएको वाक्यहरु हुन्- ‘सुनुवारमा ‘फुट’ आयो । सुनुवारहरु कहिल्यै ‘एक वा एकजुट’ हुन सकेनन् । सुनुवारमा ‘एकता’ नै छैन । सुनुवारमा ‘एकता’ हुनुपर्छ । ‘एकता’, ‘यूनिटी’, ‘काः अर्थात् गिचचाःकाः’ यी रस नभरिएका फोस्रा शब्द वा गफहरुले कानेगुजी खाएको हुनुपर्छ धेरै सुनुवारको । गिदीमा हुनसम्मको उचाचाकलि, रइफाँडो मच्चाएको हुनुपर्छ । कतै ‘सुनुवारमा फुट आउनु हुँदैन’ भनेर एकताको लिँडे तर्क । कतै ‘एकता’ को नाममा अरुको इच्छा, भावना र साखलाई निमिट्यान्न पार्ने ‘निरंकुशता’ । के, कस्तो कुरा, विषय वा कार्यलाई ‘फुट’ को संज्ञा दिने र के कस्तो अर्थ बोक्ने ‘कार्य’ लाई एकताको संज्ञा दिने – खोइ कुनै सुनुवारले गहिर्राईसम्म सोच्यो सोचेन वा बहसको शुरु गर्यो गरेन, थाहा भएन । तर, खोकिएको ‘कोइँच एकता’ नामक रागलाई उच्च आलापमा बहस चलाउनु चाहिँ आवश्यकता भएको देखिन्छ । विविधताका कतिपय कुराहरु नराम्रो लाग्न सक्छन्, मन नपराइन सक्छन्, मेरो भनाई मात्र सही भन्ने लाग्न सक्छ ‘कोइँच एकता’ का खोकी खोक्नेहरुलाई । ‘म मात्र जन्ने, बुझने, अरु सबै खत्तम भयो, अरुले गरेका राम्रा कामहरु पनि व्रि्रीयो वा विगार्यो’ भनेर आफ्नो मात्र योगदानलाई कसी लगाएर छापावाला सुन बनाउन खोज्नु मुर्खताको पराकाष्टा हो । ‘आफ्नो सुन्ने बानी छैन’ भन्दैमा सबै कोइँच -सुनुवार) मा क्षमता छैन, धैर्यता छैन भन्नु सम्भवतः एकात्मवादी निरंकुश वाहुनवादी सोँच हुनसक्छ । सुन्न चाहने क्षमता नहुनु अपरिपक्वताको दरो ‘संकेत’ हो । ‘म राजनैतिक तथा कुटनैतिक परिपक्वता, सक्षम र सभ्य जातिको प्रतिनिधित्व गर्दै छु’ भन्ने कुनै पनि कोइँच -सुनुवार) लाई आडम्बर छ भने उसले समाजमा, समुदयमा आफ्नो व्यवहारलाई खार्नु नै पर्दछ । वैयाक्तिक विचारलाई त्यागेर आदिवासी जनजातिको सामुहिक अधिकारलाई आत्मसात गर्नसक्नु पर्दछ । लुकेर, छद्मभेषमा ‘बोक्रे पण्डित्याइँ प्रवचन’ दिनु भनेको पुरातानी बहुनवादी ढोँगी संस्कारको पृष्ठापोषण गर्नु हो ।
समयले फड्को मारीसकेको छ । अबका दिन भनेको यथर्थको धरातलमा उभिएर वैचारिक सिद्धान्तलाई मानवीय व्यवहारमा कसी लगाउने दिन हो । यथार्थलाई अँगाल्ने हो भने ‘कोइँच वस्तीको माग र चाखलाई र्स्पर्श’ गर्नु पर्दछ । हरेक मानिस स्वतन्त्र जीवन जिउन चाहन्छ । हुन त आफ्नो बलियो प्रभाव जमाउन अरुलाई गाली गर्नु, सत्तो सराप गर्नु पर्छ भन्ने कच्चा राजनीतिक अवधारण बोकेका कोइँच -सुनुवार) हरुको पनि कमी छैन । हामीले कहिल्यै खस बाहुनको विरुद्धमा न कलम चलार्यौ न त तरवार । न कुरा चलायौं न छुरा नै चलायौं । खस बाहुनसँग लडाइ गर्न राजनीतिक संगठन खोलेको धाक लगाउने छद्माभेषी कच्च विचारका कोइँचहरु पनि कुमारी संसारमा झुल्किएका छन् । तर कुमारी भित्तोमा खोक्नु जस्तो सरलता व्यवहरमा उतार्नुमा छैन । वास्ताविकता के हो भने ‘खस बाहुनहरु बढी जातिवादी भए, उनीहरुको विचार, धर्म-संस्कृति र रहनसहन हामी माथि लाधे, यसो गर्न भएन वा पाइँदैन, हामी कोइँचको आफ्नै मौलिक धर्म, संस्कृति, भाषा र परम्परागत संस्था तथा न्याय प्रणाली छ त्यसलाई पनि राज्यको वाग्डोर सम्हालेका खसबाहुनले फल्न फुल्न दिनु पर्छ, वहिस्करणमा पार्नु हुँदैन’ भन्ने हो । Read More
फेसन बन्दै गएको स्थानीय महोत्सव र राजनीतिक अभिष्ट
–कोइँचबु काःतिच
थाहै नपाई महोत्सवहरु हुन्छन् । किन महोत्सव गरियो कसैलाई थाहा छैन । कि राजनीतिक स्वार्थ पुरा गर्न कि त कसैको व्यक्तिगत फाइदाको लागि । हाल भई रहेका महोत्सवहरु चन्दा उठाएर व्यक्ति मोटाउने बाहना मात्र भएको छ । सिमित स्वार्थले महोत्सवहरु भएको छन् र यसले स्थानीयस्तरमा आम्दानी भन्दा महंगी वृद्धि गरिरहेको छ । महोत्सव भनेको जुवा तास खेल्ने जात्रा मात्र बनेको छ र नेताहरुले ठूला–ठूला गफ हाँक्ने खुलामञ्च साथै आफ्नो शक्ति प्रदर्शन गर्ने अभिष्ट ।
अहिलेसम्म लाखौं खर्च गरेर भएका महोत्सवहरुले कही कतै स्थानीय आकर्षणको प्याकेज बेचेको वा स्थानीय महोत्सव भएको स्थानमा होटल, रेष्टुरेण्ट, रिसोर्ट आदि बनेको छैन । विदेशी पर्यटक आएर लुइँ लुइँ आफ्नो बाटो लागेर हिमाल हेर्न जानु वा अन्तको कुनै पदयात्राको बाटोमा जोडिनु स्थानीय महोत्सवहरुको उद्देश्य होइन र हुनु पनि हुँदैन । कुनै पनि दुरगामी सोँच नबोकेको महोत्सव बर्षे भेल बाहेक अर्को केही पनि होइन । Read More
पहिचानको खोजीमा भौतरिएको कोइँच साहित्य
-कोइँचबु काःतिच (उत्तम)
‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने वित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महशुस हुन्छ- हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य’ आस्चार्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको कुरा गर्दा त कुनै अर्को ग्रहबाट आएको प्राणी जस्तै गरी हर्ेछन् । सबै आचम्भित ।
यसो हुनुमा दर्ुइ कारण मुख्य रहेको कोइँचहरुले महसुश गरेका पाइन्छ : १) राज्यको राष्ट्रिय मुलप्रवाहमा मिसाउने एकल जाति, एकल भाषा र एकल हिन्दू मूल्या-मान्यतामा आधारित शिक्षा नीति : जसको कारण दश वर्षम्म कलिला नानीहरुलाई ‘सुनुवार’ भनेको सुनका काम गर्ने जाति हुन भनेर पढाइए, देशको प्राज्ञ बस्ने भनिएको प्रज्ञा प्रतिष्ठानले निकालेको वृहद नेपाली शब्दकोशमा ‘सुनुवार’ को अर्थ पानी नचल्ने शुद्र जाति भनेर पहिचान गराइयो, १४ वर्षमिहिनेत गरेर बनाएको नेपाली शब्दसागरमा ‘सुनुवार र सुनार’ शब्दको अर्थ एउटै लगाइयो र्।र् इ. १८२५ मा धान खेत किपट थाँती राखेर हिन्दु धर्म अँगाल्दै मनुस्मृतिमा आधारितर् इ. १८५४ मा जारी जङ्गबहादुरको मुलुकी ऐनमा नमासिने मतुवाली जातिमा सुचीकृत बनेको ‘सुनुवार’ को पहिचान हिन्दु मुल्य-मान्यतामा सधैं अछुत नै रहेको देखिन्छ । किपट र पहिचान दुवै स्वाहाः । २) कोइँचहरुमा पुनर्जागरणको चेत नजाग्नु : अझै पनि हिन्दुकरण तथा संस्कृतकारणमा सुनुवारहरु रुमल्लीरहेका छन् । उनीहरुको मनमस्तिष्कबाट वाहुनवादी सोँच हट्न सकेको देखिँदैन । बरु तीव्ररुपमा इसाइकरणमा हाम फाली रहेकाछन् । Read More
क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न
क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न
चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी
Read More
फ्लाँदाचिमदा सुइ दो सुइ दो : क्यारि ख्लाअतेक आम आम लोः
जेउ, नेललिआन क्यारि, मिमसि काः मादुमबा । मो दुमताङाना दा थेँपोसि, बारशिला यो दा मादुमबा । निपसि काःमि तेइ माराइ पाने माजामसिबा । नेललि लोः काःन दुमचा मालताउङाना दा मुरु काःला ब्लोइँचा मालताउ मिनु हेर नेललि राकास–चिअÞबि दुमचा मालताउ । मो दुमने माचाबबा । नेललि मुरुके आम आम क्यारि बाअÞबा । आम आम थुँ बाअÞबा । निपसि बाअÞबा । आम आम पासि, जोअÞसि बाअÞबा । इशका मुरुके इशका लोः । गोमि रुपचा मालबा मुरुपुकि गेनाइ थुँ काःङा, क्यारि काःङा, मिमसि काःङा दुमने माचाबनिमि । आँ, मे मोदे दा गो नेललिकालि गिपशि काःमि फ्लेँशा वोइतेक होँबना काः, थारि काः बाअÞचा मालशो मे । रुमदेलबुमदेलमि थारि वोइच–चा मालशो मे । थुँ फ्लाःदा चिमदा बाअÞताङाना यो, क्यारिरेरि मागारङाना यो थारि वोइश–शोङामेरे थेमकाःमि बुमथा लोः पाने जामसिबा । हुलमाच राइचि राइने जामसिबा । Read More
कथित सौरभचेतका उदारवादी आदिवासी र बाहुनबादको बछिटाहरु
कोइँचबु काःतिच
सौरभ उर्फ पुतलीसडकका दिनेश सत्याल, केही समयदेखि आदिवासीको बारेमा दिग्भ्रमित कुरा लेखेका लेख्यै छन् । तर कम भयो भै+m लाग्छ बाहुनबादी कोइँच -सुनुवार) लगायत बाहुनबादी आदिवासी जनजाति भनौदाहरुलाई । गएको आषाढ ३० गते पनि एउटा लेख आयो कान्तिपुर विविध पृष्ठमा -यस पृष्ठलाई खान्की पृष्ठ पनि भन्ने गरिन्छ पत्रकारिता प्रकाशन प्रशासानिक क्षेत्रमा । किनकि कसैलाई खुशी पार्न वा पाल्न छुर्टाईएको पृष्ठ मानिन्छ ।)
उक्त समाचारपत्रमा लेखिएको कुराले घुमाइफिर्राई आफ्नै कुरा माथि वा खस-बाहुनहरु ठूला र जान्ने भन्ने तर्कलाई प्रमाणित गरियो । तर धेरै कोइँच -सुनुवार) तथा आदिवासी जनजातिहरुको मुखबाट अहा, खसहरुलाई गजबले लेखेछ नि है भन्ने सुनियो । हो, यस्तै कुटनैतिक कुरा वा लेखलाई नबुझदा हिन्दुकरण, संस्कृतकरणमा परेका छन् हाम्रा आदिवासी जनजातिहरु । थाहा नपाएर यसो हुनुलाई माफी दिन सकिएला तर थाहा पाई पाई सीमित र्स्वर्थको लागि झोले-नाम्ले, ढोका पाले बन्ने लहै लहैमा बाहुनवादीको प्रवक्ता भएका छन् कोइँच तथा आदिवासी जनजाति नेता, समाजसेवी र सिर्जनाधर्मीहरु । जागिरेहरु त बलीका बोका नै भए । नुनको सोझो गर्नै पर्यो । Read More
कस्तो साहित्यलाई चाहि कोइँच साहित्य भन्ने ?
-कोइँचबु काःतिच
-‘वा…! क्या च्वाँक ।’
-‘राम राम -हिन्दू सौर्न्दर्यशास्त्रको प्रभाव) के सुन्नु पर्यो यो उमेरमा । खत्तम भयो समय । नउम्रीदै तीन पाते ।’
-‘लौ के भनेको हजुर बा, अहिले ठिटी नजिस्काएरु तपाईँको उमेरमा जिस्काउने – कस्तो यार हजुर बा पनि कुरै बुझनु हुन्न जस्तो छ ।’
यस्तो साहित्यले के सन्देश बोक्छ, कुन्नी – पाठकहरुलाई अवश्य थाहा नै छ । अहिले साहित्य कतिपय सर्न्दर्भमा मात्र साहित्यको नामको लागि लेखिएका पनि पाउँछौं । शायद, यो अंकीय छपाई प्रविधिको उपलब्धि हुन सक्छ । रचनाहरु अहिले छाप्नु नै पर्ने बध्येता रहेन- पाठक, स्रोता र दर्शकसम्म पुर्याउन । पुस्तकाकार नहुँदै यसले मोचन पाइसकेको हुन्छ वा लोकलाई अर्पण गरीसकिएको हुन्छ श्रष्टाको पोल्टोबाट, उहिलेको जस्तो कुमारी साहित्य सुन्न, हर्ेन र पढ्न कमै पाइने भयो । जे होस् अंकीय प्रविधिको यो चरणसम्म आइपुग्दा बर्ुर्जुवा साहित्यले कैयौं छलाङ मार्यो । हिन्दू, क्रिश्चियन तथा युरोपियन उत्पीडक साहित्यले कैयौं कलेवर फेरि सक्यो । र, त्यही मेसोमा हामी कोइँच लगायत अन्य आदिवासी जनजातिहरु साहित्यिक चलखेलमा होमिएका छौं । के बुझनु थियो र ! यी हिन्दू, क्रिश्चियन तथा उत्पीडक यूरोपियन साहित्यिक चलखेलको कुटखेल । न त पाठकले बुझन सक्यौं न र्सजकले । श्रष्टाद्रश्टा दुवै उही हिन्दू, क्रिश्चियन तथा उत्पीडक सौर्न्दर्यशास्त्र, उपनिवेश र पश्चिमा उपभोक्तवादी सोँच वा पढाइलेखाइबाट दीक्षित भएपछि अर्को वाद छ वा न हाम्रो कुनै त्यस्तो अर्को अस्तित्व वा दर्शन/सौर्न्दर्य नाप्ने कसी छ भन्ने कुरा भुसुक्कै बिर्सनुलाई नौलो वा अचम्म मान्नु पर्ने कुरा रहेन । Read More