फुल्दै गरेको पिरतीको फूल नाम्सि फु
–काःतिच ।
पचासको दशकमा एक हुल युवा गाउँघरको पाखाभित्तामा बेबरिसे फूल्ने सुन्दर फुल सेरेम फू काखी च्यापेर झुल्किए । कतिले उनीहरुको यो दुस्साहसलाई सलामी ठोके त कतिले प्रेस विज्ञाप्ति नै जारी गरेर विरोध गरे । दुर्भाग्य भन्नु पर्छ । त्यो पूmल त्यसै त्यसै ओइलाएर मर्नु न बाँच्नु भएर बसेको बेला लगभग एक दशक पछाडि तामिचाइमिहरु जुर्मुराए सेरेम फुको साख जोगाउन । तै पनि कोइँच युवाहरु वालाइ पा बाअ्चा दुम भनेर नै चुपचाप गुमनाम बसे । झण्डैले एक दशक आधा कटेपछि सेरेम फुको अर्को औतार दोमोका दार्शो सेरेम फु लिएर देश विदेश भौतरिना लागे । कसैले मुख फोरेर मायाको दुई शब्द पस्किने आँट गरेनन् । बरु नाच्न नमिल्ने आँगान टेँडो भने जस्तै गर्दा गर्दा पनि कसैले चट्ट माया मार्न भनेक सकेको देखिएन । र, अहिले आँट गरेर मुख फोरेका छन् ति संगीतका पारखीहरुले ङा दाः बा ङा मिम्चा इ ने फ्लुअ्ता । नाम्सी फु नाम्सी फु । बल्ल पो दुई दशक पछाडि पिरतीको फुल फुल्न लागेको छ, नाम्सि फु ।
हजुर, अब तपाईँको घर आँगनमै ७ वटा गीत समेटिएको कोइँच भाषाको चौथो गीति एल्बम नाम्सि फु (पिरतीको फूल) आउने कोशिशमा छ । यो गीति एल्बमले धेरै ऐतिहासिकता पनि बोकेर आएको छ । यो एल्बमले पाँच जना नयाँ कलाकारको जन्म गरेको छ ।
सबै गीत कोइँच मुलबस्तीमा गाइने गीतलाई शब्द मात्र फेरेर जस्ताको तस्तै पस्किएको छ ।