कोइँचहरुको शाँदार पिदार सम्पन्न तर जातीय विभेद यथावत
-कोइँच बु काःतिच
२८ मंसिर, काठमाडौं । सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यमा नाअसो कान्छाराम सुनुवारले साङ पोल्दै उद्घाटित कोइँचहरुको शाँदार पिदार सम्पन्न भएको छ । काथमादौं तुँदीखेल अपभ्रंशरुप काठमाडौं टुँडीखेलमा किराती कोइँच र र्राईहरु मिलेर यस वर्षो रापवा शाँदार पिदार -उँधौली) परम्परागत वाद्यवादन ढोल झयाम्टा बजाएर धुमधामसँग शाँदार पिदार मनाए । कोइँच पहिलो महिला कलाकार सारा तुनिच (दर्ुगा सुनुवार) को टोलीले पहिलो पटक शाँदार पिदारमा फेस पेन्टीङ अभियान चलाएका थिए । प्रायः जसो कोइँच युवायुवतीहरुले आफ्नो गालामा नेपालको झण्डा पेन्ट गरेर कोइँच लेखाएका थिए भने शेमशेमतुली पादामतुली पेन्ट गरेर आइ लभ कोइँच लेखाएका थिए ।
गत वर्षएक घेरामा मात्र कोइँच युवा युवति नाच्थे भने यस पटक दर्ुइ घेरामा नाचेका थिए भने कोइँच व्यवासायीहरुले शाँदार पिदारको शुभकामना आदानप्रदानको लागि व्यानार सौजन्य गरेका थिए । नाच स्थल पुरै कोइँच व्यवसायीहरुको शुभकामना व्यानारले भरिएको थियो । कोइँच भेषभूषा र त्यसको प्रयोगको अपव्याख्या तथा गलत प्रयोग भएको हुँदा जानकारीको लागि सूचना केन्द्र पनि स्थापना गरिएको थियो ।
गत वर्षजस्तै यस वर्षपनि कोइँचहरुले घर घरबाट खाजा ल्याएर टुँडीखेल पुरै बिस्कुन बनेर राता पहेँा बनेर खाजा खाएको दृश्यले पुनः कोइँच गाउँको शाँदार पिदारको झझल्को दिईरहेको थियो । अधिकांश कोइँचहरु आफ्नै भेषभूषामा थिए । कतिपयले फोटो खिचेर फेसबुकमा रङ्गीनाकै लागि पनि कोइँच भेषाभूषा लगाएर नाच्नु भन्दा पनि फोटो खिच्नमै व्यस्त देखिन्थे ।
काठमाडौं जिल्लाको आयोजनामा सम्पन्न सो शाँदार पिदारमा कार्यक्रमको अन्तमा प्रहरी हस्तक्षेप भएपछि कोइँच युवाहरु आक्रोसित हुँदै जाइलागे पनि खासै अप्रिय घटना भने भएन । हामी यो देशको नागरिक हामीले हाम्रो परम्परागत चाड मनाउन रमाइलो गर्न नपाउने – आफ्नो चाड मनाउन पनि पुलिसको अधिनमा बस्नु पर्ने – प्रश्न उठाइरहेका थिए । प्रहरी हस्तक्षेपपछि आम कोइँच युवयुवतिहरुले वल्लो किरात जिन्दावाद नारा समेत लगाएका थिए ।
सुसेस काठमाडौं सचिव आशिष सुनुवारले प्रहरीलाई हाम्रो चार्डपर्वमा अनावश्यक हस्ताक्षेप नगरीदिन डि्यटी अफिसरलाई जानकारी गराएपछि प्रहरी फर्केका थिए भने सुसेस अध्यक्ष गोपाल सुनुवारले हामी आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक बनेर बाँच्नु पर्दाको पिडा पोख्दै अगाडि भने, यो देश हाम्रो पनि हो भन्ने भावना हामी कोइँचहरुमा हुनुमा कुनै अर्थ राख्दैन । आज दिनभरी हामीले खर्च गरी गरी हाम्रा कोइँच दाजुभाई दिदीबहिनीलले आइ लभ नेपाल भनेर फेस पेन्ट त गरेउँ तर एकल जातीय खस बाहुन सरकार र राज्यले हामीलाई यो देशको काम नलाग्ने मर्ुख भोटे भनेर दोश्रो दर्जाको नागरिकको व्यवहार गर्छ । हिन्दूहरुको चाड पर्वमा राज्यले लगानी गरेर सुरक्षा प्रदान गर्छ तर हामीले मनाउने चार्डपर्वमा चिँ ल ल रात परेउ चाँडो उठाउ भनेर हस्ताक्षेप गर्छ । संस्थागत रुपमा पर्ूव जानकारी दिएर मनाइएको चार्डपर्वमा त यस्तो छ । सामान्य नागरिकले कसरी मान्छन् त हिन्दूइतर धर्म संस्कृति ? खोइ कहाँ छ धर्म निरपेक्ष ? खोइ कहाँ छ जातिय समानता ? खोइ कहाँ छ समावेशी ? खोइ कहाँ छ मानवाधिकार ?