विस्तारै सुविधा सम्पन्न हुँदै कोइँच गाउँको विद्यालय
चुप्लु दामलोच
१६ आसार, खिँचि । ‘मेरो गाउँमा ३० वर्षअघि पनि एम ए पढ्ने कोही थिएन । अहिले पनि कोही छैन ।’ – तथ्याङ्कविद बालकृष्ण माबुहाङले पाठ्यक्रम विकास केन्द्र, सानोठिमीको पाठ्यक्रम सुधार अन्तरक्रियामा बोलेका थिए । ठिक त्यस्तै अवस्था आम कोइँच गाउँ -लिकु-खिमकु-मोलुङ) को छ । खिँचि चण्डेश्वरी कोशपाला विद्यालयले पनि धेरै विद्यार्थीहरु जन्मायो । तर कहिल्यै त्यस विद्यालयलाई कसैले महत्वका साथ हेरेनन् । एक किसिमले सोँच्दा बाँसको ढुङ्ग्री पाङबुङ जस्तै भए कोइँच गाउँका विद्यालय । हुन त राज्यको शिक्षा नीति नै आदिवासी जनजातिलाई मूलवस्तीबाट बाहिर धपाउने किसिमको छ । हरेक वर्ष१५ देखि ३०-४० विद्यार्थी नयाा भर्ना हुन्छन् अनि त्यत्तिकै संख्यामा निस्किएर जान्छन् ।
तर अपवादमा यस वर्षसोही विद्यालयका दुर्इ पूर्व विद्यार्थीहरु बृहस्पति र पामबहादुर सुनुवारले दुर्इ वटा डेस्कटप र पाँचवटा ल्यापटप कम्प्यूटर एक समारोह वीच विद्यालय व्यवस्थापन अध्यक्ष र प्राचार्य लोकबहादुर सुनुवारलाई हस्तान्तरण गरेका छन् । कोइँच जनसाङ्खिक, आर्थिक तथा सामाजिक स्थिति सम्बन्धी दुर्इ दशक अघि खिँचिलाई केन्द्रविन्दु बनाएर पोस्ट डाक्टरेट गरेका नृतत्वशास्त्री डा. वारनार एग्लीले गएको वर्षपुनः कोइँचको धर्म संस्कार र मुक्दुम दर्शन सम्बन्धी यही गाउँमा अध्ययन गर्न आएको क्रममा पाँचवटा ल्यापटप दिने वचन दिएपछि उनै डा। एग्लीसँग अध्ययन सहयकका रुपमा काम गरेका वृहस्पति सुनुवारले थप आर्थिक व्यवस्था गरीविद्यालयलाई आधुनिक प्रविधि सम्पन्न गराउने काममा अग्रसर भएका हुन् ।
विद्यालयका प्राचार्य लोकबहादुर सुनुवार भन्छन्, हामीले कल्पना गरेका थिएनौ यति चाँडै कम्पुटार प्रविधिबाट बालबालिकालाई शिक्षा प्रदान गर्न सक्छौं होला भन्ने । तर आज हामीले अकल्पनीय कुराको प्राप्ती गरेका छौं । तर यसलाई सञ्चालनमा ल्याउने शिक्षकको व्यवस्था गर्न गाउँको विद्यालयमा गाह्रो छ । गाउँस्तरीय छलफलबाट त्या कार्य पुरा गराउँने छौं ।
‘यो पहिलो चरणको परिक्षण मात्र हो । हामी (डा. एग्ली, बृहस्पति, पाम) ले यो क्षेत्रभरि इन्टरनेट मार्फत एक पटकमा आधुनिक शिक्षा प्रदान गर्ने गराउने कोसिशमा छौं । तर तपाईँहरुको साथ सहयोग अनिवार्य छ । अहिलेलाई इन्टरनेट चलाउन टावर नभएको हुँदा त्यसको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने अध्ययनमा छौं । हाम्रो सपना कोइँच गाउँको विद्यालय प्राविधिले सुविधा सम्पन्न गराउने हो ।’ – कोइँच गाउँको शैक्षिक सुधारका लागि लागीपरेका युवा समाजसेवी वृहस्पती सुनुुवारले सो कार्यक्रममा बताउनु भयो ।
यो अति हर्ष को कुरो हो / सु से स द्वारा तथ्यांक नियालेर कम्प्युटर बिद्ध्या मा दक्ष कोइच बन्धु हरु लाइ भोलुन्तियर क्षेत्र मा खटिएर समय संदर्व कक्षा संचालन गर्ने गराउने र टावर को प्रावधान के कस्तो छ जोहो गर्न को लागि पहल गर्ने गराउने , बिस्व भरि छरिएर बस्नु भएको कोइंच बन्धुले ५००० ले १० डलर सहयोग प्रदान गर्न सक्नु भो भने ५०००० डलर संकलन गर्न सकिन्छ / एक थुकी सुकी सय थुकी नदि भने जस्तै असम्भव त केहि छैन /
यो अति हर्ष को कुरो हो / सु से स द्वारा तथ्यांक नियालेर कम्प्युटर बिद्ध्या मा दक्ष कोइच बन्धु हरु लाइ भोलुन्तियर क्षेत्र मा खटिएर समय संदर्व कक्षा संचालन गर्ने गराउने र टावर को प्रावधान के कस्तो छ जोहो गर्न को लागि पहल गर्ने गराउने , बिस्व भरि छरिएर बस्नु भएको कोइंच बन्धुले ५००० ले १० डलर सहयोग प्रदान गर्न सक्नु भो भने ५०००० डलर संकलन गर्न सकिन्छ / एक थुकी सुकी सय थुकी नदि भने जस्तै असम्भव त केहि छैन /