लोपोन्मुख गील गर्ने नाअसो पोइँबा नामथेलमा
चुप्लु दामलोच
२३ वैशाख, नामथेल । कोदोको पिठोको पिण्ड दिनु पर्ने -पूर्खप्रतिको आक्रोश नामथेलका ओख -नामाडे) याअÞताहरुको । धारापानीको ओख याअताका मुखियाहरुले पछिसम्म पनि तिलपुङ, खिमतिको तिरोभारो उठाउँदै आएका थिए । चलाख व्यक्तिहरुका अगाडि सोझा जिमीभूमिका मालिक किपटीय कोइँचहरु अहिले सिमान्तकृत भएर बार्ँच्नु परेको छ । पहिला खिम्ती बेँसी कोइँचहरुकै थियो । एक माना घिउ, एउटा भाले कोशेली लिएर सानो बस्ने ठाउँको लागि आश्रय स्थल माग्दै कोइँच किपटमा पसेकाहरु अहिले मालिक बनेका छन् । अहिले खिम्ती गा.वि.स. वडा नं. ७ को भदौरे र स्ववाँरामा बसोबास गर्दै आएका कोइँच युवाहरु खिम्ती बेँसीको सुविधा उपयोग गर्न नपाएकोमा पूर्खहरुलाई सराप्छन् ।
नमारि गा.वि.स.मा बस्दै आएका आख याअता नै नामथेलमा आएका हुन् । नामारिमा चित्र, माजुवा, आरुबोटमा कोइँचहरु छन् । पहिला पहिला यहाँका कोइँचहरुले पनि शाँदार पिदार गर्थे । नारायण सुनुवार भन्छन्- पहिला यो नामारिमा खोरिया फाँडेर बस्ने जाति हामी कोइँचहरु नै हौ । बेताली गा.वि.सको हलुवामा बुजबाट आएर खोरिया फाँडेका कोइँचहरु नै त्यस भूमिका पहिलो बासिन्दा थिए । उता कात्तिके र चित्रेमा रासनालु दारखा गैरीका बाम्ना याअताको पुर्ख्यौली थलो थियो भने भाङ्जामा भने दारखाच जेसपुचले तिरो उठाउने गर्थे । फोरोपुँमा क्याःब, जेँत, लोँकुचहरु सँगै आएका हुन् । लोँकुचहरु चुप्लुबाट फोरो पुँ पसेका हुन् । यहाँ सातवा जेँत, रावाच छन् ।
खिम्तीमा ग्लामशिच, फाचेमा दोविच नयाँ थर पाइयो भने साइपुमा चाहिँ फुइनाच र पुलोच थरी हराएको जानकारी प्राप्त भयो । विजुलकोट गा.वि.स.का कोइँचहरुमा डोरबहादुर सुनुवारले मात्र भर्खर प्लस टु जाँच दिएर बसेको पाइयो । ठूलो पाताल त्रिशुले र साब्रा सात गाउँको कोइँच सुनुवार चोर ठानेर केरकार गरे । कतिपय सुनुवारमा मुइलि मात्र थाहा भएको र कतिपय सुनुवारमा मुइग्यो मात्र थाहा भएको पाइयो । तर पुर्ख्यौली थलोमा भने कोइँचको गौरवत्व अझै रहेको देखियो भने भाषिकरुपमा त्यति निरास जनक हुनु नपर्ने देखिए त पनि भाषा संस्कृति बचाउन युवावर्गलाई लक्ष्यित गरी नयाँ भाषिक तथा साँस्कृतिक कार्यक्रम सुनुवार सेवा समाजले तय गर्नु पर्ने देखियो । यस वर्षकोइँचको पुरख्यौली थलोमा पुरानो शाँदार पिदारमा कुँबुमा तीन ठाउँ, बुज, सेबे, प्लेततिमा एक एक र नयाँ स्थापित शाँदार पिदार हलुवा बेताली र फाचमा एक एक ठाउँ गरिने भएको छ ।
नमसेवल, यो साँचेा हेा ।
नमसेवल, यो साँचेा हेा ।
नमसेवल,
मुलाथेाचेङा शाँदर पिदारा पितिमि नेलल केाइच समि बु नेललनु जेमला बरि थुं ।
किरात सुनुवारहरुको माहन पर्व शाँदर पिदारको उपलक्षमा समस्त नेपालि दाजु भाइ तथा दिदी बहिनीहरूमा मंगलमय शुभकामना ब्यक्त गर्दछु|
नमसेवल,
मुलाथेाचेङा शाँदर पिदारा पितिमि नेलल केाइच समि बु नेललनु जेमला बरि थुं ।
किरात सुनुवारहरुको माहन पर्व शाँदर पिदारको उपलक्षमा समस्त नेपालि दाजु भाइ तथा दिदी बहिनीहरूमा मंगलमय शुभकामना ब्यक्त गर्दछु|
किराँती-कोइच देंशो mere Indigenous People मुन किरात देंशो मेरे भूमि dumba.
किराँती-कोइच देंशो mere Indigenous People मुन किरात देंशो मेरे भूमि dumba.
नमसेवल डा. साब । चेरेदुम
नमसेवल डा. साब । चेरेदुम