समाचार विश्लेषण: डा. लाल श्याँकारेलु रापचाद्वारा कोइंच बु को विगत, वर्तमान र भावी कार्यनीति सम्वन्धि कार्यपत्र प्रस्तुत
-सुनुवार डट् ओ आर् जि
७ असोज्, २०६८
कोइंच् खिं:, कोटेस्वोर्, यलाखोम् (काठ्मान्डु)
सुनुवार सेवा समाज, केन्द्रीय समिति द्वारा आयोजित एक कार्यक्रममा डा. लाल श्याँकारेलु रापचाले सुनुवार सेवा समाजको विगत, वर्तमान र भविश्यको कार्यनिति सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा कोइंच सुनुवारको विगतका कालो कथा र कोइंच संस्था स्थापनको संघर्शका दिनहरुको वारेमा प्रष्ट पार्दै विगतमा भएका मुख्य मुख्य उपलव्धिहरुको जानकारी गराइएको थियो । स्थापनाकाल देखि खोटो रहेको बिधानका उद्देश्यहरु सम्सोधन पछि पनि औचित्यहिन रहेको औंल्याउदै डा. रापचाले कोइंचहरु सांच्चिकै ननिदाएर निदाएको जस्तो स्वाङ् पारिरहेको कुरा दोहोर्याउनु भयो ।
सु से स केन्द्रीय अधक्ष्य श्री मन प्रसाद सुनुवारको सभापतित्वमा संचालित कार्यक्रममा, सु से स, सु म स र सु वि स का भुतपुर्व पदाधिकारीहरुको उपस्थिति निकै कम मात्रामा थियो । कार्यपत्रमा किराँत कोइंचका चेतना र क्रान्तिका सात बुटिहरु (भाषिक/साहित्यिक, आर्थिक, सांस्कृतिक/धार्मिक, शैक्षिक, राजनैतिक-कुटनैतिक, सामाजिक) अन्तर सम्वन्धित र आधारभूत रहेको औंल्याइएको थियो भने किराँती कोइंच जातिको नश्ल तथा भाषिक र साहित्यिक नक्शा प्रस्तुत गरिएको थियो । डा. रापचाले कार्यपत्र प्रस्तुत गर्दै किराँती कोइंच सुनुवारको सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्वन्धलाइ रेखाचित्रद्वारा स्पष्ट पारेका थिए साथै वर्तमान सुनुवारी अर्थशास्त्र र शैक्षिक आधारहरु प्रस्तुत गरेको थिए ।
कोइंच सुनुवारी भेषभुषाको सन्दर्भलाई ओझेल पारिएको कार्यपत्रमा, भाषा र साहित्य प्रकाशनमा विशेष उपलव्धि हात परेको कुरा औंल्याइएको थियो भने संस्कृति र भौतिक पुर्वाधारको सन्दर्भमा सानो हात्तिवनको श्यादर थान (किरातहरुको संयुक्त) र कोइंच खिं: (सु से स केन्द्रीय कार्यालयको भवन) को स्थापना लाइ कोशे ढुंगा मानिएको थियो ।
विगतको नेपाली एकतन्त्रीय शासनलाई “vampire” रक्तपिपासुको संज्ञा दिदै कठोर रुपमा प्रस्तुत कार्यपत्रमा सुनुवारहरुको मुल पहिचान ‘कोइंच संस्कृति” को सन्दर्भलाइ सतहि रुपमा प्रस्तुत गर्दै, आम सुनुवारहरु माझ सांस्कृतिक विचलन आइ धर्म परिवर्तन गरिरहेको वर्तमान परिवेशलाई वेवास्ता गरिएको थियो । यहासम्म आइपुगेको ‘सुनुवार’ पहिचानको संघर्षलाइ लथालिङ्ग छोडेर ‘कोइंच’ पहिचान सुरुवात गर्न कम्मर् कसेको कार्यपत्रले मंगढ़नते “Ad-hoc”‘ शैक्षिक आंकडा प्रस्तुत गरेता पनि अवको आर्थिक स्वालम्वन, कोइंचवानको राजनैतिक भु- नक्सा र भाषा, साहित्य तथा शैक्षिक रणनितिहरु सान्दर्भिक र औचित्यपूर्ण थियो।
कोइंचहरुमा सुचना तथा आमसंचारको वर्तमान स्थिति प्रगतिमुलक रहेको वताइएता पनि भावी निति र कार्यक्रम के कसरि निर्माण गर्ने अनि कसरि मेडियामा संलग्न भै गाउँ गाउँ सम्म सुचना संचारको पहुच पुर्याइ चेतना अभिवृद्दि गर्ने भन्ने आवधारणा सुझाइएको थिएन । मुलत: गाउँ गाउँ मा के कस्ता कार्यक्रम लाँदा ठोस परिणाम आउछ भन्ने विषय वस्तु नै छुटेको कार्यपत्रमा सु से स केन्द्रले तुरुन्तै अवलम्बन गरिहाल्नु पर्ने कार्यसूची निकै रहरलाग्दा र सान्दर्भिक थिए ।
कार्यपत्रमा “आदिवासीवाद” (Indigenism) वा “चौथो विश्वको संघर्ष” (4th World Revolution) भन्ने दोधारमा उभिएको जटिल परिस्थितिलाई सम्बोधन गर्ने जिम्मा सवै कोइंचहरुमाथि छोडेर स्वायत्त प्रदेश (कोइंचवान वा वल्लो किराँत) प्राप्तिको लागि सक्रिय हुन कार्यक्रमहरु निर्माण गर्न सुझाव दिईएको थियो । कार्यपत्र प्रसतुतका क्रममा कोइंचहरुले गर्दै आएको राजनीति माथि निकै व्यंग्य गर्दै डा. रापचाले कोइंच संघर्षमा “राजनीति होइन, सवै कोइंचको मिलोमति” नै सर्वहित रहेको औल्याउनु भयो साथै कार्यपत्रमा प्रस्तुत निष्कर्षहरुलाइ आधार मानेर ‘पोलिसी’ निर्माण गरि त्यहि अनुरुप कार्यक्रमहरु संचालन गरे अवश्य पनि कोइंच सुनुवारको भविष्य उज्यालो छ भन्ने प्रष्ट पार्नु भयो ।
कार्यक्रममा ४ जना टिप्पनिकर्ताहरुलाई निम्तो दिएको जानकारी प्राप्त भएता पनि विभिन्न कारणवश २ जना मात्र उपस्थित हुनुहुन्थ्यो ।
कार्यपत्र माथि संस्थापक कोषाधक्ष्य श्री टिकाराम मुलिचा र भूतपूर्व सु से स अधक्ष्य श्री लोकप्रिय सुनुवारले टिप्पणी गर्नु भएको थियो ।
(टिप्पणीकारद्वय को टिप्पणीहरु र डा. रापचाको कार्यपत्र जस्ताको तस्तै यसै वेव साइट मा उपलव्ध गराउने वाचा गर्दछौ, प्रिय कोइंच पाठकहरुको सल्लाह, सुझाव र टिप्पणी अमुल्य छ, धन्यवाद ! )
डा. लाल रापाचाद्वारा प्रस्तुतपत्र कार्यपत्र ए टु जेड पढ्न नपाएपनि वहाँ हिंडीरहनु भएको बाटोमा कदममा कदम मिलाएर संग्गै हिंड्नको निमित्त उत्साह जगाइरहनु भएको छ, त्यो ठिक हो – तर आमन्त्रण गरेको कार्यक्रममा सहभगी पनि नहुने अनि बाहिरबाट उस्ले गरेको कामलाई अनावस्यक प्रतिकृया दिनेहरुको एउटा जत्था छ, त्यो जत्थाका टाउकोहरु पनि सहभागी भएर बिचारहरुलाई एकगट्ठा गर्न सके अझै बेस हुने थियो । बाहुनबादीहरुले सुनुवारलाई चिर्लिप्पै टुक्रा पारेको छ, त्यो लामो समय सम्म अगाडी नजाओस, मेरो शुभोकामना
रापाचा जिऊ, एस्तो कार्यक्रम र बिचारहरुको गोलमेच अझै बारम्बार अनि निरन्तर भइरहनु पर्ने अनिबार्य भइसकेको छ
धन्यबाद
प्रकास जी नबोलाएका हरु लाई पनि बोलाएको भनेर आयोजक ले भनेको पत्तौने ? प्राचा प्रसार र सबै लाई बोलावोट भएकै छैन कमेन्ट पछी ….
बिमला ज्यु वास्तवमा सबैलाई सुपारीको निम्तो त अवश्य दिन सकिदैन ! सुनुवार कोइंच को उत्थान, प्रगति र सम्बर्धन मा चासो र अभिरुची राख्ने, वुज्रुक र नेता प्रनेताहरुले आम संचारको माध्यमहरु वाट गरिएको निमंत्रनालाइ सर्वोपरी मानेर आउनु पर्दैन ? यस्तो चिरा परेको र पार्नखोज्ने, सौतेलो व्यवहार गर्ने, त्यो विकराल मनस्थितिलाई कसले “हो, खुब गरिस” भन्छ होला र खै !
रापच जी तपाइको व्यक्तिगत विचार लाई बिगत का कुरा सबै सत्य हुन् भनेर कसरि पत्याउने ? सिकिमे हरु संग सुनुवार भाषा, बाहुन संग ग्रामर सिकेर लाद्नु खोज्नु भयो भन्छन नि के हो ?
हाम्रो मुलुक मा पडी-लेखी बयकुफ हुने को कमि छैन र अल्प ज्ञानी हरुले आफुलाई पूर्णता सम्झने मुर्खता गर्छन यो नै हाम्रो कमजोरी पना हो . बाद- विवाद ,क्रिया -प्रतिक्रिया को माध्यमबाट नै वास्तविक यथार्तको जन्म हुन्छ / तर वास्तविक धरातल खोजि गर्ने नाममा समाजलाई दिक्भ्रमित पार्नु कताबी हुँदैन ,चेतना को बिकाश पदार्थ संग गाँसिएको कुरो बिर्सनु पनि हुँदैन /विद्वान वर्गबाट हुने बिचारको आदान-प्रदान सबैको चासोको बिषय हो येस्तो अबसरमा जो कोहिले भाग लिने मौका पाउनु पर्दछ ,आयोजकले योजना मनमनै गुथेर मात्रै हुँदैन ,आजको बिस्वमा संचार बडो तेज छ//
प्रकाश मुखिया सर, “संचार वडो तेज छ” ! त्यसैले त सकेसम्म वेब साइट, सामाजिक संजाल आदिमा समेत निम्तो बाडेको देखे मैले त ! अरुलाई त होइन, यहि काठमान्डू खाल्डो भित्र बसेकाहरु दिनमा केहि नभए पनि १ घण्टा त अवश्य अन लाइन मा बिताउछन- तिनी हरु लाइ कार्यक्रम को वारेमा सबै थाहा हुन्छ – तेसैले तिनीहरु आउनु पर्दैन त ? गाउँ घरका लाइ व्यक्तिगत रुपमा फोन गर्न कति गारो छ, त्यो त तपाई आफैले नि बुझ्नु हुन्छ ! आयोजक पक्षको कमि कमजोरी र गल्तिहरु त धेरै छन् तर त्यस्ता गल्तिहरुको अगाडी यो कार्यक्रम निकै तेजिलो र सान्दर्भिक लाग्यो ! आउने दिनहरुमा यस्ता गल्तिहरु सुधार्दै जानेछन भन्ने आशा छ !
कार्यपत्र को पुरा पेज देखिएन सबै प्रस्ट भएन त पनि टोनी ह्यागन ले “सुनुवार नबुझेर गए” भने जस्तै लाल रापच जी ले सुनुवार भाषा संसकृति बारेको अल्प ज्ञान बस पी एच दि गर्नु भएकोले खाँट्टी सुनुवार संस्कृति र इतिहाँस गडबड हुने सम्भावना छ त्यसैले वहाँले अझै प्रस्ट पार्दै जानु पर्छ र मास मिटिंग बढाउदै जान सल्लाह दिन सकिन्छ /
Prakashle aba Dr Doerte Borchersko PhD thesis jun prakashit A Grammar of Sunwar padhun ra evaluation garun kaso alpa ra kasko bikalpa gyan rahe6.
Prakash Dolkha,
yaha jasto aruko kuro मात्रै सुन्नु भनेको dukhhakai कुरो हो. ma teha sikauna chahi gayeko थिएँ. मेरो mission सफल नै रह्यो. आज ४ जना teachers appoint हुनुभनेको मेरो सफलता maneko6u मैले.
नाम्सेवल नेल्ल्ले कोइंच्बू इंन्काली/ एको आं ता नगा
लो सी ब्रेस पाँ देंमुशो तंगंनू गो रिच्चा का दाती, मार मार दें मुइनिनी कोचा तैंसीब होला मरहानियो रिम्श्यो लोली श्याँका पमुने , रेश्यो कोब आंकलि श्युश मरिपतेन /
श्यांकारेलू लाँ मप्रोनिन गो का निशी मोर् बा तै / इं खिं सेल्ने जाबश्यो छैन / गो लेश्या जानुंग एकोकेमी ग्रुमचा दुम्
चेरे दूमेने
होम दसुच
हामीमा जातिगत रुपमा सामुहिक स्वार्थ बोकेको कुनै पनि खाले कार्यक्रममा औपचारिक निम्तोलाई पर्खिरहनु भन्दा पनि सामान्य सूचनालाई आधार मानेर प्राथमिकताका साथ सहभागीता दिनुपर्छ भन्ने मानसिकताको बिकाश नभएसम्म हामी सुनुवारहरु कालिमाया सुनुवारलाई ६५ बर्ष सम्म ओडारको बास दिन सफल भएकोमा अर्सोल्लास मनाउनु सरह नै हुन्छ, बाहुन(बादी)हरुले अल्ग्यायो भन्दैमा पानी बाराबारको स्थिति देख्नु नपरेको नै राम्रो
पैला पोङ्ग रक्सी र जाँडमा भुलायो
ऐले चाई के ले भुलाउँदैछ
बुझिनसक्नुको छ कुरो !
@ दसुचा Mukhe yo eko homepage kobaatini …rimshon laati … maplethu konkon पने.
टिप्पणी प्रति सबैलाई साधुबाद भन्दा कसो hola. राम्रो बहस भएको छ यो बहसलाई येसरी नै लागौं कर्येपत्रको पुरा adiyo बचन क्रमश किनलो चुप्लुमा सुन्नु होला. बेक्तिगत घोच्पेच्भंदा पनि विचार प्रति केन्द्रित भए अलि राम्रो हुन्थ्यो कि ! जे होस् छद्म नाम बाट भए पनि मौन सस्कृति तोड्नु भएकोमा ति बुज्रुक साथीलाई salam. अब पनि साथीहरु खुलेर नै बोल्न सक्नुको कारण के होला ?
सिनात सबेर सुसेसमि दकतर पचाकिल मरै मथायिँदि दे शेा कुसकुस देब दकतर सुसेसम लशा रममानु देाम दारतावन , अान रापस तारि वारच अान खिकेायेा तामकेायेा थम पा दाअताअङा,देाथकका बिमला सुनुवारै कका दिउ पेलेखु पशेातेमे एकेा तशा मुने याे लाअति । ते मेरे मार बेलेचा तेमेरे मार वाचा दे मरे मरूपशेा मै ?…
नम्सेवल श्याँकारेलु इनकली , हो गो एको ब्रेसपुकी कोनुंग एक् जाश्या ब्रेस पश्यो लो सी पुकी / मेको इ- मेल मि सोइश्यो जत्नामुली ब्रेसपुकी रिम्श्यो बात नेल कोने थुम्श्यो छुइन , ओंपाँ कोँईच् आँन मीच् ब्राश्यो रिम्श्यो हो मुलाई रुप्चा दाईश्यो लो पुकी शुश् छन् /गो इँके मजोब ममे जोब मुर् शुश् छन् मो पत्केयो गे मदुम श्यो कों लानुग / ईचचिना कोइ २ आल ब्रेप्च रिम्श्यो ब्रेस पश्यो रुपश्यो बातिके नो ले रिम्श्यो पाईनिमि कों दापश्यो छुँ/ फेरि नोले रे ग्रुमचा दूम
चेरे दूमिने
Dr.Shyakarelu ji अनि हालैमा सुनुवार जाति लाई “किराँत कोइच ” लेखाउने तार तम्मे मिलाएर सुनुवारको अस्तित्त्वो नै समाप्त पार्न न्वारन देखिको बल निकालेर लागि पर्नु भएको छ रे नि के भन्नु हुन्छ यसमा …………?………..
प्रकाश भाइले भनेको कुरामा सत्य लुकेको छ, अब मो बुढो सुनुवार मान्छे सुनुवार हरुले बोलेको कुरानै बुझ्न छोडी सके, को नजान्ने होलाता? मो कि को? येसरी जे जे पायो उही सिर्जना गर्दै र अरुमाथि नियम लड्दै गयो भने कत्ति दिन सहने? सहने र सहि कुरपो सहने नसहने कुरा कसरि सहने? अब बल्ल विवाद बाट मुक्त हुन खोजेको सुनुवार जातलाई फेरी बिबादम डाल्ने कामत गर्नु भयेनानी तेस्को अर्थ रपचा लई मात्र तोकेको चाही होइन है.मोइले कहिले पनि नाम खोजेको त होइन तर कुन्चाही मुला सुनुवारले पहिला चोटी सुनुवार भनेको वल्लो किराँत हो भनेर स्पस्टिकरण दिएको थियो, आज भन्दा १५ १६ वर्ष अगाडी मोइले सुनुवार समाजमा स्पेसिअल निबेदन दिएर सुनुवार सेवा समाज नलेखेर अगाडी किराँत सुनुवार समाज सेवा लेख्नु पर्चा भन्दा सबैले बिरोद गरेका थिए अब बल्ल आएर त्यो कुराको अर्थ आएको छ र सबैले अगाडी किराँत लेखना थालेका छन्.येले सम्बत भानौकी यलम्बर सम्बत भनौ सबिको सृस्ती कर्तानै मोहु, कुनै मुला आधा रिशे सुनुवारले कहिले मेरो नाम लिएको छ?, अहिले वल्लो किराँतको मुद्धा बनाइएको छ एसको कुराको मुद्धा उठाउने पहिलो व्यक्ति मो हू, कसैलाई थाहा छ.किन थाहा छैन? प्राय सबैलाइ थाह छ तर एउटा सुनुवार प्रतिनिधिले कहिले धन्यवाद भनेको छन्?, मोइले आफुलाई थुलो बनाउनु खोजेको त पक्कै होइन तर सुनुवार सेवा समाज येह सम्म अउन हाम्रो पनि ठुलो देनछ, अब अकस्मात च्यौ उम्रेजस्तो उम्रिएर जे जे पायो उही पनिता गर्न भएन.प्रकाशले भनेको कुरा एकदम सत्य हो बल्ल बल्ल मान्छेले सुनुवार भनेको किराँत हो रहेछ भनेर छिन्न लागेका छन्, अब सुनुवार हैन किराँत कोइच लेखौरे? अब फेरी कोइच भन्ने चिनौनालाई बिष वर्ष कठोर त्याग गर्ने मनचकि क्या हो?
@ PS OKhaldhunga नु CP,
aaike dumsho baasho rimatseman Kiranti-Kõits me Indigenism arthat Fourth World Movementmi. Hoiti meko movement ruptek lopane munu Kiranti-Kõitsaanke exonympiki Sunwar, Sunuwar, Bhujuwar, Pirthwar, Mukhia, Sikari baatem densha tuinini. CPmi dentsa hoitin gom ake PhD Thesismi (JNU) Kiranti-Kõits blesho nang.
@ दसुचा Mukhe,
रिम्शो दुमता . चिनुयो Farnboroughmi ग्लुम्तेक टांगे पचादुम.
नाम्सेवल श्याकरेलु इन्काली, ग्रुमतेक गेना हो ? तंगे किचा दुम्