दशैंको तीते करेली
–कोइँच बु काःतिच
पत्रकारिताको अर्थ सुझाउने धेरै छन् । तर जति स्वातन्त्र पत्रकारिताको कुरा गरिन्छ त्यतिकै पत्रकारले लेखेका समाचार निस्पक्ष भने हुँदैन । जसरी इतिहास जित्नेहरुको पक्षमा लेखिन्छ । त्यस्तै समाचार पनि मालिक, बाठा र पैसावालका पक्षमा लेखिन्छ । जतिसुकै निस्पक्ष लेख्छु भन्नेहरुले पनि अनन्त नुनको सोझा गरेर वास्ताविकतालाई चपरी मुनि पुर्ने काम गरेकै देखिन्छ ।
हो, दशैंको बेला विभिन्न पत्रपत्रिकाले दशैं विशेष अंक निकालेको देखियो । तर राज्यमा यतिका जनताले ६ महिनामा शाहदत प्राप्त गरे । सारा नेपालीले कष्ट भोग्नु प¥यो । आदिवासी जनजातिको यसभन्दा अगाडि प्राप्त अधिकार खोसियो तर न आदिवासी जनजातिको अधिकारलाई दशैं विशेष अंकले समेट्न सकेको छ न हाम्रा आदिवासी जनजाति खोल ओडेका नेताहरुलाई आदिवासीत्व बोध भएको छ । सबैको आ–आफ्नै डम्फु बजाउने होडबाजी छ । अन्ततः न डम्फु राम्रो बजाउन जान्नेहरुको डम्फुको ताल सर्वसाधारण जनताले सुन्न पाए न बेसुरा तालमा डम्फु बजाउनेको डम्फुको ताल जनताले राम्ररी सुन्न पाए । अखिरी जनतालाई डम्फुको मादकता कति हुन्छ ? अनुभूति गर्न नै दिइएन । यतिबेला राज्यको चौथो अंग र पब्लिक इन्टेलेक्चुयलहरुले संयतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्नुपथ्र्यो । त्यस्तो अनूूभुति कहिल्यै हुन सकेन ।
यसैले
विभिन्न वाद र विचारमा
विभिन्न आस्था र विश्वासमा
वर्षौं अघिको खोमित वचन ध्रुवसत्य मन्त्र जपेर
दासत्व स्वीकार्ने बौद्धिक गिदी सापटी लिएर
वाध्यताको भुमरीमा वैचारिक कारोबार गर्ने
हाम्रा पब्लिक इन्टेलेक्चुयलहरु
राज्यको चौथो अंगका सदस्यहरुबाट
जालझेल र धुत्र्यइँको यथास्थितिमा उन्मुक्तिको आशा राख्नु
भत्भति पोल्ने मध्यान्हको ङास्वा दिवा स्वप्न मात्र हो ।
तर,
वेथिति, स्वेच्छाचारिताका विषयामा
अलिकति मात्र असन्तुष्टि पोख्यो भने
यिनै संकीर्ण र यथास्थितिवादी
हाम्रा पब्लिक इन्टेलेक्चुयलहरु
राज्यको चौथो अंगका सदस्यहरुका
अन्धभक्त चेला विभिषणहरुको मन अचाक्ली कुँडिन्छ
प्रभु भक्तिमा चोट लाग्छ र थुतुना फर्फराउन थाल्छन्
अनि रावणको शिर छेदन गर्ने शक्तिशाली तीर बनेर वर्षिन्छन्
ठाङ्ठाङ् ठुङ्डुङ्
फिउ फिउ फाउ फाउ
सुईँय्या स्विप स्याँ …
सिरिरि रगतका छर्राले ल्याछेप्पै भिज्दा
लाग्छ विभिषणहरु मर्यादापुरुषोत्तम राम नै हुन्
रावण मारेर रक्तताम्य विजयोत्सव मानिरहेका छन् ।