यथासम्भव चाँडो राहत दिलाउनुपर्छ
-अध्यक्ष
श्रीप्रसाद लिम्बू
नेपाल आदिबासी जनजाति महासंघ बेलायत
गोर्खाआर्मीका डब्लु ओं टु बाबा धनबहादुर लिम्बू र आमा बिष्णुकुमारी लिम्बूकोकोखबाट मलेसियामा ५० बर्ष अगाडि जन्मेका श्रीप्रसाद लिम्बूको पुर्खौली घरताप्लेजुङ्ग खेवानमा हो । २५ बर्ष ब्रिटिश आर्मीमा सेवा गरेपछि सन् २००४ मालेफ्टिनन्ट पदमा अवकास लिएका उनी सगरमाथा गोर्खा नेपाली समाज फोक्सटनयुकेका संस्थापक अध्यक्ष हुन् । किराँत याक्थुंग चुमलुंग बेलायतको अध्यक्षपदमा ४ बर्ष जम्मा दुई कार्यकाल नेत्तृत्व प्रदान गरिसकेका लिम्बू सन्२०१२ देखि नेपाल आदिबासी जनजाति महासंघ बेलायतको अध्यक्ष पदमा नेतृत्व हाँकिरहेका छन् । यसै गरी एन आर एन बेलायत,संघीय समाजबाद बेलायत आदि जस्ताअन्य सामाजिक तथा राजनीतिक संघ संस्थाहरुमा सल्लाहकार समेत रहेका छन् ।नयाँ बर्ष२०७२ बैशाख १२ गते मंगलबार मातृ भूमिमा गएको महाविनाशकारी भुकम्पपीडितहरुलाई राहत वितरण गरेर लिम्बू हाल बेलायत फर्केका छन् । प्रस्तुत छनेपाल आदिबासी जनजाति माहासंघका अध्यक्ष श्रीप्रसाद लिम्बूसँग राहत वितरणसम्बन्धी गरेको छोटो कुराकानी ।
प्रश्न – भुकम्प पीडितहरुलाई राहत कहिले वितरण गर्नुभयो ?
उत्तर – बैशाख १२ गते महा प्रलयकारी भुकम्प आउनु अगाडि म आफ्जोमातृभुमिमा पारिवार तथा आफन्तहरुसँग भेटघाट गर्ने क्रममा पुगेको थिएँ।भुकम्प आउने दिन म भेडेटारमा थिएँ । सिङ्गो देश रोदनमा थियो । मर्महात हुँदैम राजधानी हानिएँ। मे दुई तारीखको दिन साँखुमा मैले रु।पाँच लाख राहत रकमआदिबासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरकोनेतृत्वलाई हस्तान्तरण गरे ।
प्रश्न – राहत रकम कसरी जुटाउनुभयो ?
उत्तर – अकल्पनीय महाप्राकृतिक दुर्घटनाले जताततै मुटु कम्पनगराउने बिभत्स दृश्यहरु हेरी नसक्नु र पीडायुक्त रोदन चित्कारहरु सुनी नसक्नुको थियो । तुरुन्तै मैले नेपाल आदिबासी जनजाति बेलायतको तर्फबाटबेलायतमा भएका बिभिन्न जातीय संघ संस्थाहरुलाई आर्थिक राहत सहयोगको निम्तिइमेल गरे । दुई दिनको अति छोटो समयभित्रमा आकस्मिक राहतको निम्ति आर्थिकसहयोग जुटाई दिने सबै जातीय संघ संथाहरुप्रति धन्यवाद ज्ञापन गर्नचाहन्छु । साथै राहत रकम संकलनमा मुख्य भूमिका निर्बाह गर्नुहुने नेपालआदिबासी जनजाति महासंघ बेलायतका कोषाध्यक्ष होम सुनुवार र महासचिव नरेशकाङ्गमाङ्ग राई ज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
प्रश्न – भुकम्प प्रभावित कुन कुन क्षेत्रमा राहत वितरण गर्नुभयो त ?
उत्तर – साँखुमा पद्मरत्न तुलाधरज्यूसँग एक महत्त्वपूर्णकार्यक्रममा भेट भयो जसमा मलाई पनि निमन्त्रणा गरिएको थियो । भुकम्पपीडितहरुलाई तत्काल उद्दार र राहत गर्नुपर्ने सम्बन्धी छलफल भयो ।जम्मा पाच लाख रकम प्रयाप्त नभए पनि आकस्मिक सेवामा केही राहत अवश्यपुग्नेछ भन्ने सोच राखियो । जसबाट अति प्रभावित क्षेत्र साँखु र गोर्खाकोछोपारमा राहत पुग्यो ।
प्रश्न – राहतमा कस्तो कस्तो सामग्रीहरु बाँडिएको थियो र ?
उत्तर – भुइँमा बिछाउने दरी, मेट्रेस,पाल, खाद्य पदार्थ,पानी रदबाइमुलो आदि अन्य आवश्यक सामाग्रीहरु आदिबासी जनजाति राष्ट्रिय युवा दस्तासमुहले तयार पारेको थियो ।
प्रश्न – आदिबासी जनजाति राष्ट्रिय युवा दस्ताको बारेमा बताई दिनुहोस् न ?
उत्तर – बास्तवमा भन्नुपर्दा युवाहरु नै देशका शक्ति हुन्, वर्तमान र भविष्य दुवै हुन् । राष्ट्र बिकासको निम्तिदेखि राज्यको हरेकक्षेत्रमा युवाहरुको सहभागिता अपरिहार्य हुन्छ । युवा शक्ति र सहभागिताबिना त देश अपांग हुन्छ । देश भन्नु नै युवाहरु हुन् । युवाहरुबिना देशकोकुनै कार्य सम्भव छैन । १७ वटा सामाजिक संस्थाका युवाहरुलाई समेटेरपद्मरत्न तुलाधरको नेतृत्वले राष्ट्रिय युवा फोर्शको गठन गरेको हो । आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल अन्तर्गत रहेको छ उक्त युवा दस्ता । जसले राष्ट्रको महाबिपतमा निकै प्रशंसनीय कार्य गरेको छ । सेना रसशत्रले समेत उद्दार गर्न नसकेको कतिपय ठाउँमा युवा दस्ताले उद्दार गर्नराहत दिन सक्षम बनेको उदाहरण धेरै छ । जहाँ सरकारको ध्यान नपुगेको,बिकटक्षेत्रतिर युवा दस्ताको समुहले अग्रणी भूमिका निभाएको छ । नक्कलीपीडितहरुले सक्कली पीडितहरुको राहत हडपेको रहस्यहरु खुल्दै गएको बेला युवादस्ताले भने असली पीडितको पहिचान गरी प्रक्रियागत शैलीमा राहत वितरणगर्ने काम हालसम्म अहोरात्र जारी राखेको छ ।
प्रश्न – राहतको अतिरिक्त उद्धार व्यवस्थापनमा तपाईँ स्वयं पनि खटिनुभयोकि ?
उत्तर – यसमा मलाइ समयले साथ दिएन । लगत्तै तीन चार दिनपछि बेलायत फर्कनुपर्नेथियो । साँखुमा मात्र आफूले पनि राष्ट्रिय युवा फोर्शका भाइहरु,पद्मरत्नज्यू,आङकाजि शेर्पा,पासांग शेर्पाका साथै अरु पनि गन्यमान्यव्यक्तित्वहरु र बिभिन्न राष्ट्रका बिदेशीहरुसँग राहत वितरणमा हिँडियो । युवाफोर्शका भाइहरुले अति नै प्रभावित कार्यहरु गरेको देखियो उद्धार कार्यमा । पुरिएका घाइतेहरुको उद्दार तथा राहत कार्यमा अत्यन्त प्रभावकारी भूमिकानिर्बाह गरेकाछन् । पुरिएको घरभित्रबाट सुन चाँदी महत्वपूर्ण कागजपत्र,लुगाफाटो,खाद्यान्न,सरसामान आदि निकालेर धनीहरुलाई बुझाउने कुशल कार्यबाटधेरै पीडितहरु प्रभावित भएका छन् युवा दस्तासँग । गोर्खाको छोपार गाउँमा तीआदिबासी युवा भाइहरुको उद्धारबाट खुशी व्यक्त गर्दै एक रात पीडितहरुले आफूसँगै बस्ने अनुरोध गरेछन् । राष्ट्रिय युवाफोर्शका भाइहरुदेखि जनताहरु खुबैसन्तुष्ट छन् ।
प्रश्न – अरु क्षेत्रबाट पनि युवा फोर्शहरु परिचालन थिएकि ?
उत्तर – अन्य बिभिन्न संघ संस्था,राजनीतिक स्वयं सेवक युवासमुहहरु आ–आफ्नो तवरबाट सक्रिय देखिन्थे । प्रहरी, सशस्त्र, सैनिक, डाक्टर,नर्स र संचारकर्मीहरु उद्दारको निम्ति नेचुरल डिजास्टरमा दिलो ज्यानदिएर खटेका छन् जसलाई हाम्रो आत्मा सलाम नगरी मान्दैन ।
प्रश्न – यति हुँदाहुँदै पनि सरकारले उद्धार,ब्यबस्थापन,राहत कार्यमा प्रभावकारी भूमिका निभाउन नसकेको जनगुनासोहरु प्रशस्तै आइरहेको छ नि किन होला ?
उत्तर – जे आएको छ सही र सत्य आएको छ । त्यो अवस्था सृजनाहुनुको मूल कारण कार्य योजना र पूर्व(तयारी नहुनाले हो । भुकम्प जोखिमक्षेत्र भनेर घोषित भएको हाम्रो मुलुकमा कुनै पनि बेला महाभुकम्प जान सक्छभन्ने कुरा पूर्व निश्चित थियो । भुकम्प आउनु अगाडि पूर्व तयारी र आएपछिगर्नुपर्ने कार्यहरु सही समयमा,सही ठाउँमा व्यवस्थित तरिकाले हुन नसक्दासरकारले जनताको विश्वास जित्ननसकेको हो । अझसम्म पनि प्रभावित सबैक्षेत्रमा सरकार उद्दार र राहतको निम्ति पुग्न नसकेको उज्यालो दिनझैँछर्लङ्ग छ ।
प्रश्न – अन्य देशमा रहेका आदिबासी जनजाति महासंघहरूसँग कतिको समन्वय बनाउनुभएको छ राहत कार्यको निमित्त ?
उत्तर – प्रवासमा जम्मा २० वटा आदिबासी जनजाति महासंघ रहेका छन् । अमेरिका र बेलायतमा गरेर २ वटा आदिबासी महिला महासंघ छन् र यसरी जम्मा २२वटा आदिबासी जनजातिको महासंघ छन् प्रवासमा । बेलायतभन्दा बाहिर रहेकाआदिबासी महासंघबाट पनि राहत सहयोगहरु पद्मरत्न तुलाधरको नेत्तृत्वमाहस्तान्तरण भइरहेको छ र युवा दस्ताहरु द्वारा परिचालित भइरहेको छ । २२वटै आदिबासी महासंघबीच समन्वय भएको छ । राहत जुटाउने क्रम जारी रहने छ ।
प्रश्न – अब जुटाउने राहतमा आर्थिकको अलावा भौतिक सामानहरु पनि जुटाउँदै हुनुहुन्छ कि ?
उत्तर – हामी आर्थिक राहत संकलनमा जोड दिनेछौँ । नेपाल आदिबासीमहिला महासंघ बेलायतले पनि आर्थिक राहत संकलन गरिरहेको छ । आदिबासी जनजातिमहासंघ बेलायतकै समन्वयमा ।
प्रश्न – आदिबासी जनजाति महासंघ बेलायतमा तपाईँको कार्यकाल कहिलेसम्म हो ?
उत्तर – अबको केही दिनपछि३१ मेमा अधिवेशन हुँदै छ । हामीले बेलायतमारहेको ११ वटै जातीय संघ संस्थाहरुलाई उम्मेदवारी र प्रतिनिधिहरुकोनिम्ति पत्राचार पनि गरिसकेका छौँ । नामावलीहरु पनि आउन थालिसकेको छ ।
प्रश्न – अब अगाडिको कार्यकालमा पनि नेतृत्वलिने विचार छकि ?
उत्तर – आदिबासी महासंघ सबै जातीय संघ संथाहरुको छाता संगठन हो । यसमा सबै जातीय संस्थाले पालैपालो नेत्तृत्व गर्न पाउनुपर्छ । किराँतयाक्थुग चुम्लुङबाट त अबको ११ औँकार्यकालपछि मात्र पालो आउँछ ।
प्रश्न – अबको नयाँनेतृत्वकर्ता कस्तो होस् भन्न चाहनुहुन्छ ?
उत्तर – आदिबासी जनजातिसम्बन्धी स्पष्ट दृष्टि भएको हुनुपर्छ । आदिबासी जनजातिको मुद्दा सम्बन्धी प्रष्ट हुनुको साथै राजनीतिक सम्बन्धीज्ञान पनि हुन जरुरी छ । तर आदिबासी जनजाति महासंघ आफैँमा भने राजनीतिकसंस्था हैन ।
प्रश्न – अन्तमा आफ्नो थप भनाइ जोड्न चाहनुहुन्छ कि ?
उत्तर – महाभुकम्पजस्तो प्राकृतिक प्रकोपले क्षतविक्षत भएकोहाम्रो देशमा बाढी(पहिरो समस्या थपिने प्रवल सम्भावना छ । त्यसतर्फसरकारको ध्यान जानु जरुरी छ । जहाँ बस्ति र गाउँ डुबेको छ, मानव बस्तीको लागिअसुरक्षित छ, पीडितहरुलाई जतिसक्दो सुरक्षित स्थानतर्फ पुनर्वास गराउनढिलाइ गर्नुहुँदैन । यथासम्भव पुनः निर्माणमा लाग्नुपर्छ । सरकारलेकेन्द्रिकृत नबनेर अन्कन्टार गाउँ बस्तीको भुकम्प प्रभावित सबै क्षेत्रमा यथासम्भव चाँडो राहत दिलाउनुपर्छ । भरसक आफ्नोथातथलोबाट कोही बिस्थापित नहोस् यसतर्फ पनि संवेदनशील भएर कदम चाल्नुपर्नेहुन्छ । साथै हालको पीडादायी अवस्थालाई शक्तिमा रुपान्तरण गर्दै यो ऊनभनिकन सबै नेपालीहरु एकजुट भएर जतिसक्दो देशलाई पुननिर्माण गर्नेतर्फअग्रसर हुन अत्यन्त जरुरीछ । हामी सबै नेपालीहरू मिलेर आफ्नो मातृभूमिलाई पीडाबाट मुक्ति दिलाउनुपर्छ ।
(प्रस्तुतिकरणस् भावना परिष्कृत सुनुवार)