Notice Board
now browsing by category
प्रेस विज्ञप्ती ।
नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको आज मिति ०७० साल अषाढ १५ गते वसेको विस्तारीत वैठकले निम्न निर्णयहरु गरेको छ ।
ड्ड ०६४ सालको निर्वाचन ऐनलाई यथावत कायम गर्नु पर्ने ।
ड्ड ०६९ जेठ ९ गते आदिवासी जनजातिहरु सँग भएको सहमति अनुसार निर्वाचनमा समानुपातिक प्रणाली तर्फ ६०% र प्रत्यक्ष तर्फ ४०% कायम गर्नु पर्ने ।
ड्ड ०६४ श्रावण २२ गते नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेपाल सरकार विच भएको २० वुँदे सहमति अनुसार दुवै निर्वाचन प्रक्रियावाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजाति समुदायको न्यूनतम एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने ।
ड्ड लक्षित वर्गको निम्ति छुट्टयाईएको ३५% प्रतिशत वजेट कटौती तत्काल खारेज गरी जिल्लामा रहेका आदिवासी जनजाति लगायतका सरोकारवालाहरुको अधिकारीक संगठनहरुको प्रतिनिधित्वमा पुन संयन्त्र निर्माण गर्नु पर्ने ।
ड्ड पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गर्ने ।
ड्ड आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार सरकार र लोकसेवा आयोगले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफरीसलाई मान्यता दिनुपर्ने ।
ड्ड सरकारले अनुमोदन गरेको अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघको घोषणा पत्र अनुसार देशव्यापी रुपमा स्वतन्त पूर्व सुसूचित मञ्जुरी (ँएक्ष्ऋ) को संयन्त्र निमार्ण गर्ने ।
ड्ड सुर्खेत जिल्ला स्थित लाटीकोईली गा. वि. स. स्थित कांक्रे वुद्ध विहारमा वुद्धको प्रतिमालाई तत्काल प्रतिस्थापन गर्नु पर्ने ।
आन्दोलनका कार्यक्रमहरु
ड्ड माथी उल्लेखीत मागहरुलाई पुरा गराउनको लागी पहिलो चरणमा सरकार र सवै राजनितिक दलहरुमा ज्ञापन–पत्र वुझाउने र सुनवाई नभए तत्काल दोश्रो चरणवाट दवावमुलक शसक्त चरणवद्ध आन्दोलनका थप कार्यक्रमहरु निरन्तर अगाडी वढाउने ।
ड्ड महासंघका सवै सदस्य जातिय संगठनहरु र जिल्ला संगठनहरु सँग आन्दोलन तयारी वैठक वस्ने ।
ड्ड पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गरी निर्णयक आन्दोलन गर्ने ।
नगेन्द्र कुमार कुमाल
अध्यक्ष
मितिः ०७० अषाढ १५ गते
हार्दिक निमन्त्रणा
किरात कोइँचहरुको महान् चाड शाँदार पिदारको उपलक्ष्यमा काठमाडौं टुँडीखेलमा हुन गाइ रहेको शाँदार पिदार हाँसालताम-साल कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध छ ।
समय : ११.०० बजे ।
मिति : २०७० जेठ १८ शनिवार
स्थान : टुँडीखेल, शहिदगेटसँगै ।
आयोजक
सुनुवार सेवा समाज
जिल्ला समिति, काठमाडौं ।
सुनुवार सेवा समाजको अत्यन्त जरुरी सूचना
सुनुवार सेवा समाज विगत २०४५ सालदेखि सम्पूर्ण सुनुवारहरुको भाषा, धर्म, संस्कृति तथा कोइँच (सुनुवार) हरुको उत्थानका लागि खोलिएको सामाजिक तथा अधिकारवादी संस्था भएको सर्वविदितै छ । प्रधानमन्त्री अध्यक्ष रहेको नेपाल सरकार स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य, नेपाल आदिवासी जनजाति महासंघको सदस्य संगठन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूची १ मा उल्लेखित नेपाल सरकारबाट सूचिकृत मान्यता प्राप्त सम्पूर्ण कोइँच (सुनुवार) को प्रतिनिधिमूलक एक मात्र साझा संस्था हो । यस अन्तर्गत नेपाल अधिराज्यभर जिल्ला, क्षेत्र र गाउँ समितिसमेत रहेको अवगत गराउन चाहन्छौं ।
जसमा सम्पूर्ण कोइँच (सुनुवार) विद्यार्थीको प्रतिनिधिमूलक संस्था सुनुवार विद्यार्थी समाज, कलाकारको संस्था सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज र महिलाको सुनुवार महिला समाज रहेको पनि अवगत गराउँदछौं ।
विगत केही समयदेखि विभिन्न जिल्ला तथा गाउँहरुमा अन्य संघ संस्थाका सम्बन्धन प्राप्त राजनीतिक दलका भातृ संगठनहरुले स्वघोषित रुपमा हामी नै सुनुवारहरुको आधिकारिक संस्था हौ भन्दै विभिन्न गतिविधिहरु सञ्चालन गरेको विभिन्न निकायहरुबाट जानकारी प्राप्त हुन आएकोले त्यसबाट सम्पूर्ण कोइँच (सुनुवार) हरुलाई सुनुवार सेवा समाज एक मात्र सम्पूर्ण सुनुवारहरुको छाता संगठन भएकोमा द्विविधा नहुन सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ ।
मनप्रसाद सुनुवार
अध्यक्ष
सुनुवार सेवा समाज
केन्द्रीय समिति, काठमाडौं
फोनः ०१४१५४०५०
हार्दिक आव्हानसहित निमन्त्रणा
सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरले सदा भैंm यस वर्ष पनि शाँदार पिदारमा सुरो चोअतेक कार्यक्रम निरन्तर जारी राखेको हुँदा यही आउँदो २०७० जेठ ११ गते शनिवार किरात माङहिम हात्तीवनमा शाँदार पिदारको लागि आफ्नो परम्परागत कोइँच भेषभूषामा उपस्थित भई नखिपोट खेल मैदानमा मनोरञ्जन गर्दै दिउँसो ४ बजे ललितपुर जिल्लाका कोइँचको घर घरमा सुरो चोअचा कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।
सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर
ज्ञानचोक, ललितपुर उपमहानगरपालिका १४
सुचना सुचना सुचना
मिति :– २०७० बैशाख २१ गते
समय :- बिहान १० बजे देखी ३ बजे सम्म
स्थान :– सु.से. स., केन्द्रीय भवन, कोटेश्वर
परियोजना प्रस्ताव लेखन तालिम सम्वन्धमा ।
श्री ……………………..
…………………………..
विषय : परियोजना प्रस्ताव लेखन तालिम सम्वन्धमा ।
उपर्युक्त विषयका सम्वन्धमा सुनुवार सेवा समाज, केन्द्रीय समिति अन्तर्गतको सामाजिक परोपकार तथा सशक्तिकरण विभागको तत्वाधानमा निम्न मिति, समय र स्थानमा दुई दिवसीय “परियोजना प्रस्ताव पत्र लेखन सीप विकास तालिम” सन्चालन हुन गैरहेकोले यहाँको अमूल्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मिति : २०६९।१२।३ र ४ गते
समयः १०:०० वजे
स्थानः सुनुवार सेवा समाज, केन्द्रीय कार्यालय भवन ।
……………………. …………………………..
( अमरदीप सुनुवार ) ( मनप्रसाद सुनुवार )
संयोजक अध्यक्ष
सामाजिक परोपकार तथा सशक्तिकरण विभाग सुनुवार सेवा समाज
केन्द्रीय समिति केन्द्रीय समिति
शुशुच कोइँच सामिबु घरदैलो कार्यक्रम
शुशुच कोइँच सामिबु एक हौं, शुशुचको पहिचान अक्षुण्ण राखौं ।।
१. पहिचानको सर्न्दर्भमा
क) शुशुच थरको नाम कसरी रहन गयो –
ख) शुशुचको पहिलो पर्ुखा को हुन् – वंशवाली निर्माण कसरी गर्न सकिएला –
ग) शुशुचको मूल थालो कहाँ हो – कसरी, कहाँ-कहाँ छरिए – बसाइसर्राई कसरी भयो –
घ) शुशुचको मुइलि, मुइग्यो के हो – र, मुलकेम के कसरी विकास हुँदै आयो –
ङ) शुशुचको संस्कार, संस्कृति र भाषामा के कसरी विचलन आयो –
च) शुशुचको जन्म, विवाह र मृत्यु लगायत अन्य शुभ-अशुभ कार्य सर-सहयोग गर्न के कसरी अगाडि बढ्न सकिन्छ –
छ) बसाइसराइ गरेर आफ्नो वंश, संस्कार, संस्कृति बिर्सर्ेे शुशुचहरु वीचमा घट्न सक्ने भावी परिघटना, आपसी सम्बन्धमा सजगता कसरी अपनाउन सकिन्छ –
Read More