Notice Board
now browsing by category
Today the indigenous Kiranti-Kõits (Sunwar)
Today the indigenous Kiranti-Kõits (Sunwar) people of east-Nepal have lost everything due to brutal Hinduization and Christianization and thus have become identity-less. If anything they have at the moment to be proud of and narrate the tale of it to their future generation is their intangible linguistic heritage. This heritage is recorded and preserved in the recently appeared book Rimachema Hirssi published by Research Institute for Kirãtology (RIK) financially made possible by friends from the UK (Surya Ram Durbicha Sunwar and Hom Dasucha Sunwar) and Dr Dörte Borchers, Germany. Interested and possessive persons can book in kiranti.muru@hotmail.com asap.
सार्वजानिक हितका लागि सुनुवार सेवा समाजबाट प्राप्त सूचना आदिवासी जनजाति प्रामाण-पत्रको सिफारीस शूल्क वृद्धि भएको जानकारी तथा सिफारिसको लागि आबश्यक कागजातहरु :
1। सुनुवार सेवा समाजको गाउँ या जिल्ला समितिबाट प्राप्त साधारण वा आजिवन सदस्य पत्रको प्रतिलिपि ।
2। नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
3। नाबालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी (जन्म दर्ताको प्रमाण पत्र पनि नभए बाबुको नागरिता प्रमाण पत्रको प्रतिलिपि)
4। छात्रवृत्तिको लागि आफूले उत्र्तिण गरेको शैक्षिक प्रमाण–पत्रको प्रतिलिपी ।
5। अन्तर जातिय विवाह भएको अबस्थामा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी वा स्थानीय सुनुवार सेवा समजको सिफारीस ।
6। अटो साइजको फोटो ३ र पासपोर्ट साइजको फोटो ३ प्रति
7। सिफारिस शुल्क रु २५० ।
माथि उल्लेखित बुँदा अनुसार आवश्यक कागजातहरु लिइ कार्यालय समय बिहान ११:०० देखि १३.०० बजेसम्ममा सिफारीस लिन सम्वन्धित व्यतिm आफैं उपस्थित हुनुपर्ने छ । अन्यथा सिफारीस दिईने छैन ।
नोट : गैर कोइँच (सुनुवार) सँग विवाह गरेर गएका कुनै पनि कोइँच (सुनुवार) महिलालाई सिफारीस दिन संस्था बध्ये हुने छैन ।
छात्रबृत्ति सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रस्तुत बिषयमा २०६९ सालको एस.एल.सी परीक्षमा नियमित उत्र्तिण भई बिभिन्न उच्च मा.वि., क्याम्पस, कलेज तथा प्राविधिक शिक्षालयहरुमा अध्ययनरत सुनुवार विद्यार्थीहरुको लागि सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिद्धारा छात्रबृत्ति अक्षय कोष मार्फत छात्रबृत्ति बितरण गरिने भएकोले तपसिल बमोजिम कागजात सहित आवेदन फारम बुझाई सहभागी हुन सम्पूर्ण सुनुवार विद्यार्थीहरुको लागि यो सूचना प्रकाशित गरिएको छ । यस अन्र्तगत ः
* सामान्य छनोट अन्र्तगत १ महिला र १ पुरुष गरी २ जना तथा बिशेष छनोट अन्र्तगत १ जनालाई गरी जम्मा ३ जना सुनुवार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने छ ।
* छनोट प्रकृया अन्र्तगत एस.एल.सी.को प्राप्ताङ्क, लिखित तथा अन्र्तबार्ता हुनेछ ।
* आवेदन फारम बुझ्ने काम सकेपछि छनोट परिक्षाको मिति सूचना टास गरिनेछ ।
* छनोट परिक्षा पश्चात प्राथमिकतामा परेका नामावलीको अन्र्तवार्ता लिइनेछ ।
* सम्पुर्ण छनौट प्रक्रिया पश्चात छनौट भएका सुनुवार विद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिनेछ ।
आवेदन फारम सहित बुझाउनु पर्ने कागजात तथा अन्य विविध सामग्रीहरु तपशिल बमोजिमका छन् :
* सुनुवार विद्यार्थी समाजको सदस्यताको प्रतिलिपी १ थान ।
* एस एल सी को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी १ थान ।
* उपलब्ध भएसम्म आफ्नो र अभिभावकको नेपाली नागरिकताको प्रतिलिपी १ थान ।
* हाल अध्ययनरत शैक्षिक संस्थाको तह र बर्ष खुलेको सिफारिस ल्याउनु पर्नेछ ।
* बिसेष छात्रबृत्तिको (गरीब,जेहेन्दार,अपाङ्घको) लागि आफु बसोबास गरेको गा.बि.स र एस.एल.सी. उत्र्तिण गरेको स्कुलको सिफारिस अनिवार्य ल्याउनु पर्ने छ ।
* तीन प्रति पासपोट साईजको फोटो ।
आवेदन फारम बुझाउने समय अवधि : २०७०/०४/२० देखि २०७०/०५/०५ गते बुधबार सम्म ।
आवेदन फारम लिने र बुझाउने स्थान : सु.से.स. भवन, कोटेश्वर, काठमाण्डौं ।
थप जानकारीको लागि छात्रबृत्ति वितरण समिति अन्र्तगतका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहोला :
१.संयोजक :– मानविर सुनुवार (९८४१०१०९८६)
२.सदस्य :– छविलाल सुुनवार (९८४१०७२७०३)
३ सदस्य :– मुना मुखिया (९८१४९४६२३४, ०१–४१५४०५० )
सूचना सूचना सूचना
सुनुवार सेवा समाज, ललितपुर जिल्ला समितिको मुखपत्र शाक-कार-पो र क्युइँतबु कल्याण कोषको मुखपत्र जत्नामुइलि प्रकाशन हुना गइरहेको हुँदा तु. आफ्नो लेख रचना र कोइँच मातृभाषामा कथा, कविता र गजल निम्न ठेगनामा पठाइदिन हार्दिक अनुरोध छ ।
address: kaatich@gmail.com, info@sunuwar.org, samusu@gmail.com
उपस्थितिको लागि हार्दिक निमन्त्रणा
मति २०७० श्रावण ३ गते
श्री अध्यक्ष र महासचिव ज्यू ५६ जातीय संस्था
श्री संघीय परिषद सदस्य ज्यूहरु
श्री अध्यक्ष र महासचिव ज्यू ७ संम्बन्धन संस्था,
श्री अध्यक्ष ज्यू ७१ जिल्ला समन्वय परिषद
बिषय ः उपस्थितिको लागि हार्दिक निमन्त्रणा
नेपाल आदिवासी जनजाति महासंघले निम्न मिति, समय र स्थानमा “१९औं विश्व आदिवासी दिवस २०७० श्रावण २५ (अगष्ट ९ सन् २०१३) को तयारी बैठकमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।
मिति ः २०७० श्रावण ६ गते आईतवार
स्थान ः ने. आ. ज. महासंघको सभा कक्ष
समय ः विहान ठीक ११ बजे
नगेन्द« कुमार कुमाल
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
प्रेस विज्ञप्ती नेपाल आदिवासी जनजाति महासंघको
नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको आज मिति ०७० साल अषाढ १५ गते वसेको विस्तारीत वैठकले निम्न निर्णयहरु गरेको छ ।
- ०६४ सालको निर्वाचन ऐनलाई यथावत कायम गर्नु पर्ने ।
- ०६९ जेठ ९ गते आदिवासी जनजातिहरु सँग भएको सहमति अनुसार निर्वाचनमा समानुपातिक प्रणाली तर्फ ६०% र प्रत्यक्ष तर्फ ४०% कायम गर्नु पर्ने ।
- ०६४ श्रावण २२ गते नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेपाल सरकार विच भएको २० वुँदे सहमति अनुसार दुवै निर्वाचन प्रक्रियावाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजाति समुदायको न्यूनतम एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने ।
- लक्षित वर्गको निम्ति छुट्टयाईएको ३५% प्रतिशत वजेट कटौती तत्काल खारेज गरी जिल्लामा रहेका आदिवासी जनजाति लगायतका सरोकारवालाहरुको अधिकारीक संगठनहरुको प्रतिनिधित्वमा पुन संयन्त्र निर्माण गर्नु पर्ने ।
- पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गर्ने ।
- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार सरकार र लोकसेवा आयोगले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफरीसलाई मान्यता दिनुपर्ने ।
- सरकारले अनुमोदन गरेको अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघको घोषणा पत्र अनुसार देशव्यापी रुपमा स्वतन्त पूर्व सुसूचित मञ्जुरी (ँएक्ष्ऋ) को संयन्त्र निमार्ण गर्ने ।
- सुर्खेत जिल्ला स्थित लाटीकोईली गा. वि. स. स्थित कांक्रे वुद्ध विहारमा वुद्धको प्रतिमालाई तत्काल प्रतिस्थापन गर्नु पर्ने ।
आन्दोलनका कार्यक्रमहरु
- माथी उल्लेखीत मागहरुलाई पुरा गराउनको लागी पहिलो चरणमा सरकार र सवै राजनितिक दलहरुमा ज्ञापन–पत्र वुझाउने र सुनवाई नभए तत्काल दोश्रो चरणवाट दवावमुलक शसक्त चरणवद्ध आन्दोलनका थप कार्यक्रमहरु निरन्तर अगाडी वढाउने ।
- महासंघका सवै सदस्य जातिय संगठनहरु र जिल्ला संगठनहरु सँग आन्दोलन तयारी वैठक वस्ने ।
- पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गरी निर्णयक आन्दोलन गर्ने ।
नगेन्द्र कुमार कुमाल अध्यक्ष
। मितिः ०७० अषाढ १५ गते
खुशीको खबर कोइँच भाषाप्रेमीहरुको लागि
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौले कोइँच -सुनुवार) भाषा बोल्न नआउने कोइँचको लागि अडियो कोइँच लोः शेँसाइ श्रव्य सामाग्री उत्पादन गरीरहेको छ । तपाईँ पनि कोइँच भाषा जान्नु हुन्न तर सिक्ने तीव्र इच्छा छ भने www.sunuwar.org मा log in गरेर download गरी आफ्नो मोबाइलमा राखेर जहाँसुकै जुनसुकै बेला पनि सुनेर आफ्नो मातृभाषा सिक्न सक्नु हुने छ । तर कोइँच मातृभाषा मृत देख्न चाहने कोइँच बन्न नसकेकाका लागि यो कार्य महाकाउसो पनि लाग्न सक्छ ।