Notice Board
now browsing by category
के यो संविधान संसारकै सर्वोत्कृष्ट छ ?
साथीहरु आजदेखि हाम्रो फेसबुक लगायत सबै सामाजिक सञ्जालको trend#ForPeacefulNepal हुनेछ ।
——————————–
कुरा के हो भने जाडोमा माझमा सुत्ने साथीले छेउमा सुत्न मान्दैन । उसलाई छेउमा सुताउन संघर्ष नै गर्नु पर्छ । यो माझमा सुतेका शासक साथीहरु उसै त कोखामा दाह्र भएको भनिन्छ, त्यति सजिलै छेउको बासमा सुत्न राजी हुने कुरै भएन । हामी छेउ लागेकाको कुरा माझमा सुत्न पाम पाम भनेर अनुनय विनय गर्ने बानी परेको हुँदा बच्चा जस्तै डाइला गरिरहेको छाम् ।
जाउँ हिँड पोखरा र कब्बडी कब्बडी एकै दिन रिलीज भो । जाउँ हिँड पोखराका निर्देशकले यति गुणगाण गाए कि कब्बडी कब्बडी काबाडी नै हो । सन्सारको उत्कृष्ट फिल्म जाउँ हिँड पोखरा नै हो । र, जाउँ हिँड पोखरा भनेको फिल्मविज्ञहरुले बनाएको हो । आफ्नो २५ औं फिल्म निर्देशनको अनुभवले जोडदार, उत्कृष्ट प्रस्तुति भन्न भ्याए । आफ्नो फिल्मको त प्रशंसा र व्याख्या प्रचार प्रसार गरे नै कब्बडी कब्बडीलाई नौटंकी गर्नेहरुको फिल्म, त्यसमा नाटक खेल्ने कलाकारलाई लिएर बनाएको फिल्म भन्न पछि परेनन् । हो, यस्तै नेपाली फिल्मी क्षेत्रको खोकी र सस्तो लोकप्रियताको प्रचारशैलीमा प्रधानमन्त्री ओली र तिनका मतियार प्रचण्ड “नेपालको संविधान” लाई संसारकै सर्वोत्कृष्ट भनीरहेका मात्र छैनन्, आफ्ना कार्यकर्ताहरुलाई पढ्न नजानेर राम्रो छैन भनेका हुन् पढ्न सिकाउनुहोस् भन्दै विज्ञापन गर्दै हिडेका छन् । अबका नेपाली जनता उल्लु छैनन् र त्यत्तिको मुर्ख पनि होइनन् कि पार्टीका कुनै कार्यकर्ताले भन्दैमा विश्वास गरिहाल्ने ।
२०४७ सालको संविधानलाई पनि संसारको सर्वोत्कृष्ट संविधान भनेकै हो । अहिलेको तीन बाहुनको सम्झौतामा बनेको संविधानालाई पनि उत्कृष्ट भन्दै आफ्नै पार्टी च्यानालबाट स्थानीयस्तरसम्म ह्विप जारी गरी जबर्जस्ती मान्छे थुपारेर खोक्ने प्रयास गरिएको छ । संसारको सर्वोत्कृष्ट भनेको २०४७ सालको संविधानले पाँच बर्षमा जनयुद्ध निम्तायो । अहिले त संविधान जारी नहुँदै अघोषित युद्धको जग हालेको छ । खसबाहुनले गरेको आन्दोलन मात्र आन्दोलन, आदिवासी जनजाति, मधेसीहरुले गरेको आन्दोलन नदेख्ने काठमाडौंले दश वर्षे जनयुद्धभन्दा खतरा दिनलाई निम्तो दिएको हो कि भन्ने आभाष मिल्छ । यसैले सचेत नेपाली नागरिकहरु सबै सचेत हौं । जागौं । त्यस्तो अवस्था आउन नदिना शासकवर्गलाई आ–आफ्नो क्षेत्रबाट शान्तिपूर्ण दबाब दिऔं ।
हार्दिक समावेदना ।
केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइश्शि लाँ लाचा ।
जसलाई यो समाजको लागि धेरै आशा थियो, उसैले यो सन्सार छाडेर गएपछि सपनाहरु अधुरै विचल्लीमा परेका छन् । बढो दुःखद घटनालाई मनले नमानी नमानी पनि स्वीकार गर्नु पर्ने अनुभूती शुन्य यो पीडा । किन, हामी जुन व्यक्ति प्रति धेरै अपेक्षा गरीरहेका छौं उही व्यक्ति हामीसँग टाढा हुन्छ ? शायद … शायद …
सुनुवार सेवा समाज, केन्द्रीय समितिका सदस्य शोभा सुनुवारका दाजु, जुझारु, संस्कृतिप्रेमी, समाजसेवी साथै शिक्षक हाम्रा अनन्य, सहहृदयी मित्र रामेछाप भूजी वडा नं. ३ ठिन्केप पिपलडाँडाका नवराज सुनुवार (अतिराम) को हिजो काठमाडौं आउनेक्रममा काभ्रेमा मोटरसाइकल दुर्घटनामा परी असमायिक निधन भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामनासहित इँगिबुलबुल सायबुलबुल आत्मले बुइश्शि लाँ समातेर इँगिसोरी आनिलासिरि पार्मेसोरीमा समाहित होस् भनि आदारनाम्दार टक्राउँदै यस दुःखद घडीमा शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि हार्दिक समावेदना (उइत्थिखाइलि) प्रकट गर्दछौं ।मनप्रसाद सुनुवार, रणवीर सुनुवार, समीर मुखिया सुनुवार, उत्तमकुमार सुनुवार लगायत
सुनुवार सेवा समाज केन्द्रीय समिति, चुप्लु समाज, सुनुवार डट ओआरजि सम्पूर्ण परिवार ।
कोइँच दृष्टिकोणमा नेपालको संविधान र हतास कोइँच युवाप्रति
–कोइँच बु काःतिच
१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेदेखि नेपालमा लिखित कानुनको शुरुआत भएको पाइए ता पनि इष्ट इन्डिया कम्पनी त्र्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको अवस्थामा हुकुमी शासन नटिक्ने ठानी पद्म सम्सेरले नेपालको बैधानिक कानुन २००४ नामक पहिलो लिखित संविधान बनाउन लगाए तर यो आंशिकरुपमा मात्र लागु भयो । जसमा शक्ति बाँडफाँडको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संवैधानिक व्यवस्था गरिए पनि राणा शासनलाई लामो समय टिकाइ राख्न श्री ३ महाराज राणा प्रधानमन्त्रीको अधिकारलाई कुनै कन्जुस्याई नगरि पूर्णरुपमा अधिकारसम्पन्न बनाइएको थियो । तर नागरिकको मौलिक हक, स्थानीय निकायको व्यवस्था, महालेखा परिक्षक, लोकसेवा आयोग, निशूल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था भने विना कञ्जुस्याईँ संविधानमा गरिएको थियो । यतिसम्म कि मुलुकको शासन सञ्चालन गर्न निर्वाचित तथा मनोनित प्रतिनिधिले मात्र सक्ने कुरा संविधानमै उल्लेख गरिएको थियो । त्यस्तै त्यस्तै नक्कल संविधान सभाले २०७२ सालमा बनाएको छ ।
उही खस बाहुनलाई माथिल्लो दर्जाको संवैधानिक जाति र हामीलाई चाहिँ तेस्रो दर्जाको नागरिक । यसमा होमा हो का साथ लाहाछाप लाउने आदिवासी जनजाति भनौदा पाजीहरुको के कुरा गर्नु तर चिन्नु जरुरी छ जनताको शक्ति हामीसँगै छ । दिन आउँछ । नथाक्नुहोस् आदिवासी जनजाति नेता र नथाक्नुहोस् आदिवासी जनजातिको अधिकार वहस पैरवी गर्ने सामाजिक कार्यकर्ताहरु । हाम्रो पहिचानको लडाईँ निरन्तर जारी छ ।
सुनुवार र मुखिया जडौरी पहिचानबाट मुक्त भै खाँटी कोइँच पहिचानको लागि अहोरात्र खट्नुहुने सबै कोइँच सामिबुमा आफ्नो पहिचानको युद्धमा कहिल्यै हतास नहुन अनुरोध छ । यो युद्धमा हिड्ने युवा साथीहरुमा हिजै मात्र पनि आत्मग्लानि र दिक्दारीको रुवावासी चल्यो । तर यि आँशुले एक दिन सार्थकता पाउने छ । हाम्रा शत्रु खस बाहुन हुन् भनेर रट्नु भन्दा पनि कोइँचको नाममा राजनीति गरेर ढाँडमा टेकेर घाँटीमा हान्ने सुनुवारहरु नै हाम्रो पहिलो शत्रु हुन् भन्ने कुरालाई पनि अब बिर्सनु हुन्न । सर्पसँग थोरै भए पनि बिख हुन्छ, खोइ कुन्नी अब कोइँचमा इख छ कि छैन समयले देखाउने छ । जाग युवा सधैं यही अवस्था रहँदैन, हाम्रो पनि पालो आउँछ । जालझेल र हेपुवाचेपुवा प्रवृति सधैं रहँदैन । छेउको सियो वीच र कुनामा पनि पुग्छ । कोइँच पहिचानको लागि लागी पर्ने एक जना जुझारु कोइँच युवाले सुनुवार सेवा समाजको भवनमा झारेका नुनिला आँशुले तमाम कोइँचको मन पोल्छ पोल्दैन कितनसाथ भन्न नसके पनि पहिचानवादी हामी कोइँचहरुलाई सदादिन पिरोली रहनेछ । हेरौं अभैंm बाहुनवादी कोइँच बन्न नसकेका सुनुवारको बाँकी दिनहरु कति नुनचुक दल्नमा उत्प्रेरित हुनेछन् । तर मन अमिलो बनेको छ, भाई … हतास नहुनु, हरेस नखानु, हिजोभन्दा भोलिको दिन सुनौलो छ अवश्य । अरु सधैं अरुकै लागि लडीरहेको बेला तिमी आफ्नै पहिचानको लागि लडेका छौं यो लडाइमा हाम्रा खाँटी कोइँचहरुले सम्झीरहनेछन् ।
कोइँच सुनुवार महिलाको लागि खुशीको खबर
के तपाईँ फेसन डिजाइनर बन्न चाहनुहुन्छ ? जेवु, यदि चाहनुहुन्छ भने तुरुन्त सुनुवार सेवा समाजमा सम्पर्क राख्नु होस् । सुनुवार सेवा समाज (सुसेस) केन्द्रीय समितिले सम्बन्धित सुसेस जिल्ला समितिको सिफारीसमा ४० जना महिलाहरुको लागि ३ महिने सिलाईबुनाई तालिमको भर्ना फारम धमाधम वितरण गर्दै छ । छुट्ला है ।
भर्ना फारम पाइने स्थान ः सुनुवार सेवा समाजको भवन कोटेश्वर काठमाडौं ।
विशेष जानकारीको लागि सम्पर्क ः सुनुवार सेवा समाज केन्द्रीय समिति, काठमाडौं । ९८४९०५२५९९, ९८५१०७९९३३, ९७५१००७०२८, ९८४१२३९३५२
सुनुवार सेवा समाज बेलायतको अनुरोध
सुनुवार सेवा समाज बेलायतको 4th October 2015, Aldershot Bhetghat Restaurant मा भएको मिटिंग छ्हल्फलले बेलायतबासि सुनुवार परिवारका तर्फबाट Minimum £ 100. उठाउने निर्णय भएको व्यहोरा यहाहरुलाई अवगत गरौन चाहान्छौ र हामीसबै कोइच परिवारहरुले यो निर्णयलाई स्वीकार गरि सहयोगगरि दिनुहुनका लागि यस सुनुवार सेवा समाज बेलायत अनुरोध गर्दाछ /
पैसा किन के का लागि उठाउने ? भन्ने सवालमा
1st Priority
धेरै समय देखि काठमाडौँ सुनुवार सेवा समाज भवन संग गासिएको ३ आना जग्गालिनु नै परेको छ भन्ने कुरा भएको थियो तर हाम्रोमा कुनै पत्रहरु पठाउनु भएको थिएन र यस पटक सुसेस काठमाडौँ बाट पत्र साथै रसिद पठाएको हुदा हामीले मिटिंगमा छलफल गरियो र सहयोग गरौ भनि निर्णय
गरियो साथै यसैमा सबै सुनुवार हरुबाट उठाएर रु 5100.000 एकाउन्न लाख ३ आनाजग्गा खरिदको लागि लाग्ने भनिएको छ /
2nd priority
बाकि रहेको सुनुवार समाज भवन अझ बढाउने यसकोलागि माथिको समेतगरि कुलखर्च १ करोड ५० लाख लाग्ने देखाइएको छ जसमा हामीले पहिला
३ आना जग्गालाइ प्राथमिकता दिएर जग्गा खरिद गर्ने त्यस पश्चात भवन निर्माण मा लागिने बताइएको छ र गएको भूकम्पले केहि नोक्सान भएको
हुदा मर्मतपनि गर्नु पर्ने बतैएको छ /
किन भवन थप निर्माण गर्नुपरेको ? भन्ने सवाल /
( 1) Ground floor Parking Facility + किर्यापत्री Facility , (2 ) 1st floor Offices Facility + बाश स्थान कोठा गाउले हरुका लागि Facility /
( 4 )Top floor 350 जनाकालागि सभा हल / पार्टी प्यालेश बनाएमा सुसेस भवनलाइ कुनै खर्चको अभाब न हुने /
यति अवाक्ष्यक्त पुरागर्न सकिएमा सम्पूर्ण गाउबाशि हरुलेपनि सुबिधा पाउने निश्चित भएको ठहर गरिएको छ सभाहल पार्टी प्यालेश ले खर्च उठाउने
निश्चित छ आशा छ /
पैसा कति कसरि उठाउने ? भन्ने सवालमा /
प्राप्त अनुरोध पत्र अनुसार र हामीले काठमाडौँ सुसेस का अदक्क्ष संग नै मिटिंगमा छलफलगर्दा हामीले सबै पेन्सनवाला दाजुभाई संग कम्तिमा
बेलायतबासि दाजुभाई दिदीबहिनी हरुसंग कम्तिमा £100.00उठाउने भन्ने निर्णय गरीय त पनि हाम्रा भत्ताखाने सिनियर दाजुभाई दिदीबहिनी
हरुलाई चाही आफुले सकेको रुचिअनुसार सहयोग गरिदिनु हुन अनुरोध गर्दाछौ /
काठमाडौँ सुनुवार सेवा समाज भवन हामीसबै सुनुवार परिवारको एउटा साझा चौतारी अनि हामीसबैले साथमासाथ हात्माहातगरि सहयोगबाट
बनिएको हामीसबै सुनुवार परिवारको एकमात्र चौतारीलाइ आखेरी एकपटक फेरि मदतको लागि सम्पूर्ण सुनुवार परिवारमा सुनुवार सेवा समाज
बेलायत यहाहरुमा बिनम्रअनुरोध साथै कसैलाई केहिजिज्ञाशा टिप्पणी भएकोखण्डमा हाम्रा सुनुवार समाजका अदक्क्ष मोतिराज 07717875125
वा सचिब भक्तमान सुनुवारलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दाछौ /
तसर्थ सम्पूर्ण सुनुवार परिवार बेलायतका इष्टमित्र ज्यु हामी सबै बेलायतमा भए त पनि हाम्रा सन्तानहरु नेपाल छन् वहाहरुले सुबिधा पाउन सक्छन
भनि हामीआशा राख्ने छौ साथै हाम्रो दुखगरेर कमाएको पसिनाले कसैलाई मदतपुग्छ भने हामीले किन पछाडीहट्ने सबै मलेर सहयोगगरौ भनि यहाहरु
लाइ किरात सुनुवार सेवा समाज बेलायतका तर्फ़बाट बिनम्र अनुरोध गर्दा छौ धन्यबाद /
रकम जम्मा गर्ने खाता नम्बर <<<<
KSWS UK
HSBC BANK
Account: 61515357
sort code: 40 35 45
Reference: जग्गा खरिद
Text Message : प्रकाश सुनुवार कोष अदक्क्ष
mobile 07894711628
हार्दिक समावेदना
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका कोषाध्यक्ष, हाम्रा सहृदयी सहकर्मी तथा आदिवासी जनजाति कोइँच सुनुवारका प्रथम पहिला कवयित्री शोभा सुनुवारका ममतामयी पूजनीय माता टंकमाया सुनुवारको हिजो बेलुकी ६ बजे (२०७२ असोज १७ गते) आप्mनै निवास भुजी गा. वि.स. वडा नं. ३ ठिन्केप, पिपलडाँडा रामेछापमा असामायिक निधन भएको हुँदा उहाँको आत्मले बुइश–शि लाँ प्राप्त गरोस् भन्ने कामनासहित शोक सन्तप्ता सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति इँगिदेयिले प्रदान गरुन् भनि हार्दिक समावेदना प्रकट गर्दछौं ।
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौं ।