All about Sunuwar

Notice Board

now browsing by category

 

-:::: हार्दिक निमन्त्रणा ::::-

नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघको दोस्रो केन्द्रीय महाधिवेशन निम्न मिति, समय र स्थानमा हुन गैरहेकोले सो कार्यक्रममा उपस्थिति भै भव्यताका साथ सफल पारिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं !

कार्यक्रम :
मिति : २०६८ फाल्गुन १३ गते शनिवार
समय : विहान १०:०० वजे
स्थान : श्री समाज सामुदायिक भवनको हल
वसुन्धरा, श्री टोल, काठमाण्डौ

आयोजक :
कमल प्रकाश सुनुवार
अध्यक्ष
नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ,
केन्द्रीय कमिटि

परिपत्र

श्री …………………
……………………..
……………………..

बिषयः परिपत्र
नेपाल लोकतान्त्रिक किरात सुनुवार सघं समग्र प्रगतिशिल देशभक्त, लोकतान्त्रिक गणतन्त्रवादीहरुको सशक्त र गतिशील साझा संगठनको रुपमा विगत पाँच वर्ष देखि क्रियाशील रहेको सबैलाई बिदितैछ । सक्रमणकालिन राष्ट्रिय राजनीतिको चपेटाका विचमा अलग जातीय पहिचानका साथ राजनैतिक कार्यकर्ता निर्माण तथा राजनैतिक उद्देश्यमा स्पष्टता सहितर्का सगंठन निर्माणले नै संख्या र जातिय सबाललाई स्थापित गर्ने कुरामा दुईमत रहन्न । देशको मुल कानून संविधान निर्माणको पूर्ण सन्ध्यामा छ । यस्तो अवस्थामा हाम्रो निष्ठापूर्ण क्रियाशिलताको खाँचो अझ टडकारो बनेको छ । परिस्थितीको यस चापलाई मध्येनजर गर्दै २०६८ श्रावण २१ मा सम्पन्न केन्द्रिय कमिटिको बैठकले नेपाल लोकतान्त्रिक किरात सुनुवार सघंको दोस्रो केन्द्रिय महाधिवेशन यहि २०६८ फल्गुण १३ र १४ गते सम्पन्न गर्ने निर्णय गरेको समाचार सम्प्रेषण गर्न पाउँदा हामीलाई अत्यन्त खुशि लागेको छ । विगतमा झै सस्थाको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउनु मातहत कमिटि र सम्पूर्ण सदस्यहरुको दायित्व हो । उक्त महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न त्यस जिल्लामा विधान बमोजिम कमिटिलाई व्यवस्थित गरि तयारीको कामलाई अघी बढाउन हुन हार्दिक अनुरोध गर्दछौ ।

कमल प्रकाश सुनुवार
अध्यक्ष

हार्दिक अपिल:

कोइँच खिं,
यालाखोम,

लामो समयको अन्तराल पछि सुनुवार विद्यार्थि समाजले यहि माघ १४ गते वृहद अधिवेशन गरि नयाँ कार्यसमिति चयन गर्ने भएको छ । सु वि स अधक्ष असिम सुनुवार को संयोजकत्व तथा मान बहादुर सुनुवारको सह(संयोजनमा सुनुवार विद्यार्थि समाजको अधिवेशन तयारी समिति गठन गरिएको छ । १५ सदस्सिय समितिमा देव कुमार सुनुवारको संयोजकत्वमा आर्थिक तथा अमर दिप सुनुवारको संयोजकत्वमा सङठन् तथा प्रचार प्रसार उप(समितिहरु, साथै असिम सुनुवारको संयोजकत्वमा भौतिक तथा अधिवेशन व्यवस्थापन उप(समिति गठन गरिएको छ ।
यसैविच अधिवेशन तयारि समितिका सम्पुर्ण सदस्यहरुले अधिवेशन सफल बनाउन सम्पुर्ण सुनुवार विद्यार्थिहरुलाइ आ(आफ्नो स्थान वाट सक्दो सहयोग पुर्याउन हार्दिक अपिल गरेको छ ।

हार्दिक अपिल:

यहि माघ १४ गते सुनुवार विद्यर्थि समाजको अधिवेशन सम्पन्न हुन गैरहेको हुनाले आर्थिक सहयोग गरि यस ऐतिहासिक सम्मेलन लाइ सफल बनाउन योगदान गरिदिनुहुन सम्पुर्ण सुनुवार कोइंच वन्धुहरुलाइ हार्दिक अपिल गर्दछौं ।

सु वि स
अधिवेशन तयारि समिति
कोइंच खिंस:,
यलाखोम

हार्दिक निमन्त्रणा !!!

किराँतहरुको महान पर्वको उपलक्ष्यमा सपुर्ण सुनुवार दाजु भाई तथा दिदी बहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ  

स्थान: टुडिखेल
समयः ११ AM

हार्दिक समबेदना (श्रदान्जली)

क्युइँतबु कल्याण कोषका सल्लाहकार तथा यस सस्थाका नाशो दल बहादुर सुनुवारको  के.एम.सी हस्पिटलमा उपचारको क्रममा २०६८/०८/१८ गतेका दिन असामयिक निधनले क्युइँतबु कल्याण कोषका सम्पूर्ण सदस्यलाई स्तब्ध बनाएको छ । दिवंगत आत्माको चिर शान्तिको कामना प्रकट गर्दै शोकाकुल परिवारजनमा धर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ ।

अध्यक्षः रणवीर सुनुवार
क्युइँतबु कल्याण कोष परिवार

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

साहित्यकार अतीत मुखीया र गजलकार भानु सुनुवारद्वुरा लेखिएका “अचानो आहत रेखाकाव्य” ,“रहरको विस्कुन गजल संग्रह” बिमोचन हुन गैरहेकोले यहाँहरु सम्पर्ुण्ा वन्धु-वान्धवहरुको गौरवमय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

आयोजक : चुप्लु समाज
स्थान : गुरुकुल आरोहन, पुरानो बानेश्वर
मिति : २०६८ मंसीर १६ गते शुक्रवार
समय : २:०० अपरान्ह ।