All about Sunuwar

Notice Board

now browsing by category

 

हार्दिक अनुरोध

* वैशाख ११ गते देश व्यापी मसाल जुलुस समय साँझ ५ वजे स्थान शान्ति वाटिका रत्नर्पाक
* वैशाख १३ गते मोटर साईकल ¥याली समय दिनको १ वजे स्थान भृकुटि मण्डप
* वैशाख १४ गते जनप्रदशन समय दिनको १ वजे स्थान वसन्तपुर काठमाण्डौं
उक्त कार्यक्रममा वल्लो किरात प्रदेश प्राप्तिको निम्ति व्यानर, झण्डा र प्लेकार्ड सहित जनप्रदशर्ण पनि गरिने हुनाले सम्पूर्ण वल्लो किरात प्रदेश वासी आम समुदयमा हार्दिक अनुरोध ।

आयोजक

आदिवासी जनजाति महासंघ र
संयूक्त संघर्ष समिति

उपस्थितीका लागि हार्दिक अनुरोध

किराँतहरुको महान चाड येले सम्वत् ५०७२ को शांदार पिदार/ साकेला उभौली सुनुवार सेवा समाज दोहा, कतार र किराँत राई यायोख्खा दोहा, कतारको संयुक्त आयोजनामा सु-सम्पन्न हुने कुराको जानकारी गराउँदै तपशिलका मिती, स्थान र समयमा दोहाका श्रमजीवि किराँती तथा गैर किराँती नेपालीहरुमा हार्दिक उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ !
आयोजक :- सुनुवार सेवा समाज दोहा, कतार तथा किराँत राई यायोख्खा दोहा, कतार !
मिती :- …१८ मे २०१२ स्थान :- दोहा सिटी प्लाजा होटल समय :- बिहान ११ बजे !
कार्यक्रमका बारेमा जानकारी चाहिएमा सम्पर्क :-
राम बहादुर सुनुवार- ६६३४१२०१, सोम सुनुवार- ३०२९८२३७, राजु मुखिया- ३३२५८०५२, केशर कुमार सुनुवार- ६६१२७६२७, भुवन सुनुवार- ३३२६९८६६, दशरथ वाहिङ्ग राई- ७७२४३४२६, चन्द्रशेर राई- ५५९२५२९०, दिपेन्द्र राई- ५५३७१५७९, तिर्थ संगम राई- ७७६३८२९१, र रबिन राई- ५५७६६३१८

शान्ति, सुस्वास्थ, समृति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना

हामी कोइँचको नयाँ वर्षनभए ता पनि राष्ट्रले स्वीकार गरी नयाँ वर्षघोषणा गरी र्सार्वजानिक विदा दिएको हुँदा हिन्दू धर्मशास्त्रानुसार मानिने नयाँ वर्ष२०६९ को सुखद उपलक्ष्यमा आम नेपाली किकि-पिपि, मामा-पापो, दाजुभाई दिदीवहिनीहरुमा शान्ति, सुस्वास्थ, समृति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना । तर ज्योतिषशास्त्रानुसार यो वर्षपछि २४ दिन ढिलो गरी मनाइएको छ । तर राष्ट्रिय पञ्चाङ्ग निर्ण्र्ा समितिले भने हिन्दुहरुको चार्डपर्वमा दक्खल पर्ने जिकिर गर्दै नयाँ वर्षघोषणा ढिलाई गरेको हो ।

सुनुवार सेवा समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाज सम्पूण् परिवार ।

कोइँच बु पत्रिका

किराँतहरुको महान पर्व श्याँदर पिदारको अवसरमा सुनुवार सेवा समाज केन्द्रीय समिति द्वुरा प्रकासित ” कोइँच बु ” पत्रिकाको  लागी सुनुवार लेखक ज्यूहरुले आफना रचनाहरु samusu@gmail.com वा कार्यलयमा उपलब्ध गराउनु होला।

स्थानीय विकास मन्त्रालयको पत्र जिल्ला विकास समितिलाई

च.नं. ३३३
लक्षित समूह विकास कार्यक्रम सम्बन्धमा
श्री जिल्ला विकास समितिको कार्यालय
सबै (७५ वटै)
प्रस्तुत विषयमा जिल्ला विकास समिति अनुदान सञ्चालन कार्यविति, २०६७ र गाउँ विकास समिति अनुदान सञ्चालन कार्यविधि, २०६७ को दफा ११ -३) मा लक्षित समूहलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम/आयोजनामा लगानी हुने गरी बजेट विनियोजना गर्नुपर्ने व्यवस्था बारे अवगत नै छ । यस सम्बन्धमा आदिवासी/जनजातिको लागि बजेट वितरण नगरिएको गुनासो आएको भनी नेपाल आदिवासी जनजाति महासंघको मिति ०२८/९/२९ को पत्रबाट लेखी आएको हुनाले परिषद्बाट लक्षित समूह विकास कार्यक्रम स्वीकृत गर्दा उक्त कार्यविधिमा व्यवस्था भए बमोजिम आवश्यक व्यवस्था हुन निर्देशाननुसार अनुरोध गरिन्छ ।
डालविक्रम कँडेल
शाखा अधिकृत
२०६८ फागुन ५
बोधार्थः
नेपाल आदिवासी जनजाति महासंघ

कोइँच सर्जकहरुलाई आफ्नो सिर्जना लिएर उपस्थित हुन हार्दिक अनुराध

कोइँच पहिचानको लागि साहित्य, सञ्चार र मनोरञ्जन ।यही मूल मन्त्र बोकेर कोइँच चुप्लु (चुप्लु समाज) ले अगाडि सारेको अभियान लागभग अब आधा दशक कटीसकेको छ । अहिले यसले मर्ुतरुप लिइसकेको पनि । अब यही ११ गते सनिवार सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार विद्यार्थी समाज, सुनुवार डट ओआरजिको संयुक्त पहलमा चुपलुमि कोइँच शारिरेँसो कार्यक्रम हुँदै छ । सम्पर्ण्ा कोइँच सर्जकहरुलाई आफ्नो सिर्जना लिएर उपस्थित हुन हार्दिक अनुराध छ ।
समय : दिनको ११। बजे
२०६८ साल चैत्र ११ गते शनिवार
कार्यक्रम संयोजक
इन्द्रसेन सुनुवार
सचिव, सुनुवार विद्यार्थी समाज
कोटेश्वर, काठमाडौं ।
सुनुवार डट ओआरजि, दुरदा डट कम, कोइँच चुप्लु (चुप्लु समाज)

-:::: हार्दिक निमन्त्रणा ::::-

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट समुद्घाटन हुने नेपाल प्रज्ञा–प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०६८ मा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध ।
मिति : २०६८ फागुन ९ गते, मङ्गलबार
समय : दिनको १२:३० बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान
कमलादी, काठमाडौं