Notice Board
now browsing by category
क्युइँतबु कल्याण कोषको वार्षिक साधारण सभा
सुनुवार डट ओआरजि समाचारदाता ।
१७ भदौ । लगभग छ दर्जन विभिन्न कोइँचहरुमा क्युइँतिच थरीको सामाजिक तथा राजनीतिक संस्था क्युइँतबु कल्याण कोषको वार्षिक साधारण सभा यही भदौं २३ गते शनिवार सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सो सभामा क्युइँतिचहरुले वर्षभरि गरेको विभिन्न गतिविधिहरु सार्वजानिक गर्ने छन् । उनीहरुको नियामित प्रकाशन जातनामुइलि वर्ष ७, अंक ७ पनि सोही दिन सार्वजानिक गर्ने भएका छन् । विश्वभरि छरिएर रहेको क्युइँतिचहरुको आस्थाको केन्द्र क्युइँतबु कल्याण कोषले विभिन्न शुभ, अशुभ कार्यमा साथसहयोग गर्ने तथा पहिचानको लागि अध्ययन अनुसन्धान गर्ने काम मात्र होइन छिमेकी अन्य थरीहरुको इतिहासको खोजविन पनि गर्दै आएको छ । यस पटक मुलिच थरीहरु कसरी भए भन्ने वारे टिकाराम मुलिचको अनुसन्धानलाई जातनामुइलि मार्पmत सार्वजानिक गर्दै छन् ।
हुन त अन्य थरी ज्याँतिच, जेस्पुच कोइँचहरुको पनि संस्था खुलेको छ । जिजिचहरु पनि संगठित हुने हल्लासम्म चलेको हो । तर क्युइँतिचहरु जस्ता सक्रिय र सिर्जनात्मक काम भने गर्न सकेका छैनन् । क्युइँतबु कल्याण कोषले आप्mना विधानमा प्रष्टसँग उल्लेख गरेको छ कि सुनुवार सेवा समाजलाई पहिचानको लागि साथसहयोग गर्ने छ । यस्तै अन्य थरीका कोइँचहरु पनि सक्रिय हुन क्युइँतिचहरुलाई उदाहरण मान्ने कि ।
हार्दिक समावेदना
केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइशशि लाँ लाचा
१९९२ सालमा रागिन-३, चुप्लु (ओखलढुङ्गा) मा जन्मिनु भएको लालबहादुर सुनुवार मिति २०६९ साउन २१ आइतावारका दिन आसामयिक निधान हुनु यस दुःखद घडीमा क्युइँतबु कल्याण कोष, केन्द्रीय समिति रगनी, ओखलढुङ्गा स-परिवार शोक सन्तप्त परिवारमा पर्न गएको दुःख पीडा सहन गर्ने शक्ति परम् परमेश्वर इँगि देयि, रागिन ग्याम पोइँबोसँग प्रर्थना गर्दै हार्दिक समावेदना प्रकट गर्दछ ।
रणवीर सुनुवार
अध्यक्ष
क्युइँतबु कल्याण कोष, सपरिवार
अबश्य पनि हेर्न नभूल्नु होला ऐतिहासिक कथानक चलचित्र क्योङ
अबश्य पनि हेर्न नभूल्नु होला कोइँच ऐतिहासिक कथानक चलचित्र क्योङ । चाँडै तपाइँको बजारमा आउँदै छ । साथै यही असार ३१ गते छैटौं अन्ताराष्ट्रिय आदिवासी फिल्म फेस्टीभलको अवसरमा राष्ट्रिय सभागृहमा प्रिमियर शो हुँदै छ ।
The Koĩts (Sunuwar) are one of the 59 indigenous peoples listed under the Nepal government’s NFDIN schedule, who inhabit the eastern part of Nepal, alongside the Liku (Likhu), Ngãku (Sunkoshi), Subuku (Tamakoshi) Rivers and Read More
हाम्रो अपिल
राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नु गल्ती होइन । जब हामीले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिन सक्दैनौ वा दिनुपर्छ भन्ने आँट गर्दैनौं, हामी सधैं पछाडि परिरहने छौं । खस बाहुन भन्ने वित्तिकै सबै खस बाहुन आदिवासी जनजाति विरोधी होइनन् र हुँदैनन्, छैनन् । आदिवासी जनजाति भन्ने वित्तिकै सबै आदिवासी जनजाति (राइ, लिम्बु, सुनुवार, तामाङ, गुरुङ, मगर, थारु, थकाली, शेर्पा आदि) आदिवासी जनजातिका हितका लागि काम गरिरहेका छन् भन्ने सोच्नु महामुर्खता हुने छ । शेरधन राइ, यज्ञराज सुनुवार, पर्वत गुरुङ, परशुराम मेघी गुरुङ, गोपालमान श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, कुलबहादुर गुरुङ, भीमबहादुर तामाङ, प्रकाशमान सिङ, कमलप्रकाश सुनुवार, कृष्णगोपाल श्रेष्ठ जस्ता धेरै आदिवासी जनजातिहरु व्यक्तिगत स्वार्थमा आदिवासी जनजातिको कुम टेकेर उनीहरुको विरुद्धमा राजनीति गरिरहेका छन् । उनीहरु प्रति अब सबैले स्पष्ट धारण निर्माण गर्नु पर्दछ । हामी व्यक्तिका विरोधी होइनौं, प्रवृतिका विरोधी हौं । बाहुनवादी सोंचबाट मुक्त हुनु जरुरी छ यदि सबैलार्इ समान अधिकार भएको नेपालको परिकल्पना गर्छौं भने । आदिवासी जनजातिको हक अधिकार सुनिस्चित हुनुपर्छ भन्नु खस बाहुन धपाउ अभियान ठान्नु संकुचित मानसिकताको पराकाष्टा हो । शासकिय निरङ्कृशता त थियो थियो । हिजोआज सञ्चार तथा बौद्धिक निरङ्कुशताको अतिवाद बढीरहेको छ । बेलैमा सबै सचेत हुने हो कि !
—————–
आदिवासी जनजाति युवाहरु
वल्लो किरात संघिय परिषदको अपिल
ऐतिहासिक वल्लो किरात वासी सम्पूर्ण किरात लगायत वहुल भाषीक संस्कृतिक पहिचानको आधारमा संघिय राज्य वल्लो किरातको माग अव वन्ने संविधानमा सुनिश्चित गराउन विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्दै आएको व्यहोरा यहाहरुलाई विदितै छ आगामि जेठ ६ गते पनि कोणसभा गर्ने कार्यक्रम भएको हुदा यहाहरुको सकृय सहभागिका लागि हार्दिक अपिल गर्दछौं ।
स्थान :
सरस्वती मंदिर तीनकुने
समय : मध्यान्न १ वजे
कार्यक्रमको स्वरुप
झाकि सहित कोण सभा
सम्पर्क नं.
४१५४०५०
९८५१०७९९३३
सहभागी हुन हार्दिक अनुरोध
जातिय पहिचान सहित प्रदेश घोषण गर्न दबाब दिनका लागि आदिवासी जनजाति संघसंस्थाहरुको विरोध कार्यक्रमहरु
* जेठ ३ गते सि.टी जुलुस समय २ बजे स्थान हनुमानथान अनामनगर
* जेठ ५ गते मोटरसाइकल ¥याली
* जेठ ६ गते आमसभा समय २ बजे नयाँ बनेश्वर, एभरेश्ट होटेल
आयोजक
आदिवासी जनजाति महासंघ र
संयूक्त संघर्ष समिति
अनुरोध
सुनुवार सेवा समाज
वल्लो किरात संघिय राज्य परिषद
सुचना !!! सुचना !!! सुचना !!!
वल्लो किरातका सम्पूण सुनुवार, सुरेल, जिरेल, वाहिङ, जेरो, थामी, कुलुङ, थुलुङ, वम्वुले, खालिङ किरातहरुले संवैधानिकरुपमै वल्लो किरात स्वायत्त प्रदेशको सुनिश्चित गरियोस भनि २०६६ सालबाटै सम्पूर्ण वल्लो किरातका किरात जातीय संस्थाको छाता संगठन वल्लो किरात संघीय राज्यपरिषद गठन गरि विभिन्न क्रिया कलाप गर्दै आईरहेको जानकारी गराउछौ अगामी दिनहरुमा अझ सशक्त आन्दोलन गर्नु पर्ने भएकोले संघर्ष गर्न अनुरोध गर्दै वल्लो किरात भूमि, वल्लो किरातका किरातहरुको सामूहिक पहिचान खुल्नेगरी वल्लो किरातको प्रादेशिक गान आवश्यक परेकोले याँहहरुमा हार्दिक अनुरोध गरीन्छ । उत्कृष्ट गीतको निम्ति रु ५,००० पुरस्कार प्रदान गरीने छ ।
वल्लो किरात संघिय राज्य परिषद
केन्द्रीय समिति, कोटेश्वर : ३५
काठमाण्डौं