Notice Board
now browsing by category
हार्दिक समावेदना सहित अन्तिम श्रद्धाञ्जली जानकारी
ओखलढुङ्गा खिजी फलाटे वढा नं. ४ निभारे, मूल माइति घर भई जनकपुरमा बसोबास गर्दै पिर्ती लुँखीगाउँको टीकाजङ्ग सुनुवारसँग लुँखिच कुलमा विवाह भएकी हाल ललितपुर महालक्ष्मीथानमा स्थाइ बसोबास गर्दै आएकी क्युइँतिच चेली पुस्पा सुनुवारको हङकङमा उपचारको क्रममा असामयिक निधन भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्ता परिवार प्रति पर्न गएको पीर वेदनामा पारमोसिरी आनिलासिरी देयिलिकी इँगीले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनी पिदारनामदा गर्दछौं । साथै सम्पूर्ण आफन्तजन, शुभचिन्तकहरुलाई उहाँको अन्तिम श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा उपस्थित हुन जानकारी गराउँदछौं ।
मिति : माघ १९ गते शुक्रवार, समय : विहान ७ देखि ८ बजे
-चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, र दुरदा डट कम
हार्दिक अनुरोध तथा निमन्त्रणा
ओभर थाटी (+30) को कोइँच (सुनुवार) फुटवल खेलाडी तथा आदिवासी सामाजिक कार्यकर्ता खेलाडीहरु वीच यही आउँदो शनिवार दिनको ठीक तीन बजे जावलाखेल मैदानमा मैत्री प्रतियोगिता हुन गइरहेको हुँदा सबै खेलप्रेमी कोइँच दाजुभाई दिदीबहिनीहरुलाई प्रतियोगिता हेन आउन हार्दिक अनुरोध गरिन्छ । फुटवल टीम क्याप्टनमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, टिम म्यानेजर सामुयल सुनुवार ।
-चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम, अखवर नेपाल, सुनुवार सेवा समाज ।
नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा कविता सम्बन्धी अत्यन्त जरुरी सूचना
अन्तराष्टिरिय मातृभाषा दिवस (२१ फेब्रुअरी २०१३) को उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले मिति २०६९ फागुन १० गते मातृभाषा कविता महोत्सवको आयोजना गर्न लागेको बेहोरा सहर्षजानकारी गराउँदै इच्छुक मातृभाषी कविहरुले नेपाली अनुवादसहित बढीमा १२० शब्दसम्मको कविता मिति २०६९ माघ २० गतेभित्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आइपुग्ने गरी पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ । fax ४२२११७५ email : office@nepalacademy.org.np, if u want to send through www.sunuwar.org, or Naya nepal Koits page email : kaatich@gmail.com b4 20 magh.
सूचना
रापाचहरु पनि चाँडै संगठित हुँदै छन् । राजकुमार रापचा ककनी, कटुञ्जे ४ ओखलढुंगालाई ९८१३५३६२९७ र इन वारची कोइँचबुलाई ९७४१२८०६४४ मा सर्म्पर्क गर्ुन होला ।
सुनुवार सेवा समाज काठमाडौं जिल्ला कार्य समितिको अपिल
किराती कोइँच (सुनुवार) को महान चाड शाँदार पिदारको उपलक्ष्यमा भोली २०६९ पौष २१ गते शनिवारको दिन बिहान १०:०० बजे टुडीखेल, शहिदगेट काठमाडौंमा आफ्नो आदिवासी कोइँच भेषभूषासहित शाँदार सिल -नाच) मा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु । साथै कोइँचको खाजा पनि लिएर आउन अनुरोध छ ।
गोपाल बहादुर सुनुवार
(अध्यक्ष)
सुनुवार सेवा समाज
जिल्ला कार्य समिति
काठमाडौं
सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लिमिटेड
श्री ………………
…………………..
……………………
बिषय : साधारण सभामा उपस्थित हुनेबारे
महोदय,
प्रस्तुत बिषयमा यस सुनुवार समाज वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा तपशिल बमोजिमको मिति, स्थान र समयमा हुने निश्चित भएकोले तपाईको गरिमामय उपस्थितीको निम्ति हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
मिति : २०६९÷९÷२१
स्थान : सुनुवार सेवा समाज, कोटेश्वर ३५
समय : बिहान ७:३० बजे
झनाकुमारी सुनुवार विश्वकिरण सुनुवार
सचिव अध्यक्ष
उपस्थिति सम्बन्धमा
श्री सम्पूर्ण साधारण सदस्य ज्यूहरु
सुनुवार सेवा समाज, जिल्ला तदर्थ समिति,
काठमाडौं ।
उपरोक्त सम्बन्धमा संस्थाको विधान बमोजिम काठमाडौं जिल्लामा बसोबास गर्दै आएका सुनुवारहरुलाई स्थानीय तौरमा ऐक्यवद्ध गरी सुनुवार सेवा समाजको उद्देश्यानुसार कोइँच (सुनुवार) भाषा, संस्कृतिको संरक्षण संवद्र्धन तथा विकास गर्दै आदिवासी जनजातिको हकाधिकार प्राप्तिको लागि सशक्तरुपमा लाग्न सुनुवार सेवा समाज प्रथम काठमाडौं जिल्ला सम्मेलन यही असोज १३ गते सुनुवार सेवा समाजको भवन, कोटेश्वर काठमाडौंमा गरिने भएको हुँदा उपस्थितिको लागि काठमाडौं जिल्ला तदर्थ समिति हार्दिक अनुरोध गर्दछ । निर्णय गर्नु पर्ने विस्तृत प्रस्तावहरु, प्रगति तथा आर्थिक प्रतिवेदनहरु तपाईँको ठेगानामा पत्रचार गर्नुका साथै एसएमएसमा जानकारी र इ–मेलमा फाइल एटेच गरी पठाइएको समेत समितिले जानकारी गराउँदछ ।
……………………..
गोपाल सुनुवार
अध्यक्ष
सुनुवार सेवा समाज
जिल्ला तदर्थ समिति, काठमाडौ