News
now browsing by category
पहिलाे युद्ध साहित्य पुरस्कार पाउनुहुने केदार संकेतलाइ

खुशलक्ष्मी सुनुवार स्मृति पुरस्कार वितरण ।

दोलखा फाचेका खुशवहादुर सुनुवार र उहाँको जीवनसंगीनी लक्ष्मी सुनुवारको नाममा उहाँको परविारबाट स्थापति सामाजसेवी पुरस्कार यस वर्ष सुनुवार सेवा समाजका छैठौं अध्यक्ष मानबहादुर सुनुवारलाइ प्रदान गरएिको छ । पुरस्कार राशी ३१ हजारको रहेको छ । यो पुरस्कार सुनुवार सेवा समाजले प्रत्येक वर्ष कार्तकि दुइ गते प्रदान गरिँदै आइएको छ ।
काेइँच चुप्लुकर्मी शाेभा सुनुवार कविता वाचनकाे लागि छनाैट ।

यस वर्षकाे UNESCO, काेरियाद्वारा सिओलमा आयोजना हुने 2nd International Academic Forum (Sustainable Development of Indigenous Languages) मा Literature Activities in Indigenous Languages विषयक सम्मेलनमा सहभागी भई आदिवासी भाषाकाे कविता वाचनका लागि नेपालबाट आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, काेइँच राज्य समितिका संयाेजक सुनुवार सेवा समाज संघीय समितिका काेषाध्यक्ष काेइँच चुप्लुकर्मी प्रथम काेइँच भाषी महिला कवि शाेभा सुनुवार ज्यू छनाैट हुनुभएकाेमा हार्दिक बधाई छ !
नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न आदिवासी भाषाका कविहरु मध्ये मातृभाषा लेखन र प्रकाशनकाे निरन्तरताकाे आधारमा कवि शाेभा सुनुवार अर्का एक जना वैकल्पिक कविलाइ भाषा आयाेगमा सिफारीस गरेकाे थियाे । साेही सिफारीसका आधरमा भाषा आयाेगले कविहरुकाे व्यक्तिगत विवरण र भाषासेवाकाे आधारमा कवि सुनुवारलाइ आदिवासी जनजाति आयाेगमा अन्तीम नाम सिफारीस गरेउ । आदिवासी जनजाति आयाेगले पुन कविकाे पृष्ठभुमिलाइ अध्ययन गरेपछि युनेस्काे नेपाललाइ सिवलमा हुने सम्मेलनमा कविता वाचनकाे लागि सिफारीस गरेकाे छ । युनेस्काे नेपालले युनेस्काे काेरियालाइ कवि सुनुवारकाे नामसहितकाे व्यक्तिगत विवरण पठाउने छ । कविहरुले सिवल सम्मेलनकाे लागि १० वटा कविता अङ्ग्रेजीमा अनुवाद सहित पठाउनुपर्ने छ । कविता प्रतियाेगितामा विजयी कविले युएस डलर ३००० हजार नगद पुरस्कार पाउने छ । कार्यक्रम नाेभेम्वरमा हुनेछ ।
झोलामा खोला बोकेर बसेको पिके हाइड्रोपावर विरुद्ध युवाहरु जागे

ओखलढु्रगाको खिँजीदेम्बा ४ का युवाहरु झोलामा खोला बोकेर जनताको मानवाधिकार हनन् गर्दै आएको पिके हाइड्रोपावर विरुद्ध संगठित भएका छन् । राजनीतिक पहुँचको आधारमा गाउँका जनताहरुलाई ढाँट्दै किर्ते कागजपत्र बनाएर जलविद्युत उत्पादन सर्भेक्षण भएको देखाउँदै पावर पर्चेस एग्रिमेन्ट (पिपिए) गरिसकेको लिखुखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले जनतासँग कुनै पनि छलफल गरेको देखिँदैन । न त सार्वजानिक सूचना गरेको पाइन्छ । सुरुङमाथि बस्नुपर्ने भएपनि विकासको नाममा गरिएको विभिन्न किसिमको जालसाँजीको विरुद्ध युवाहरु एक भएर जलविद्युत व्यवसाय गर्न लागेको पिके हाइड्रोपावरले शुरुमै वदमासीपूर्ण काम गरेको पाइएको युवाहरुको आक्रोश देखिएको छ । यो हाइड्रोपावरको मालिक को हो ? यसको आधिकारीक कार्यालय कहाँ छ कुनै पनि जानकारी गाउँलेहरुलाई थाहा छैन ।
नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवस मनाए ।

गत १३ अगस्ट २०२१ शुक्रबारको दिन नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम २०२१ संस्थाका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको सभातित्वमा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बराम ज्यूको प्रमुख आतिथ्यमा जूम भर्चुअलको माध्यमबाट भब्य रुपमा मनाए ।
केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ ज्यूको विशिष्ठ आतिथ्यमा, त्यसैगरि विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष जैबी राई ज्यू, नेफिन द कोरियाका अध्यक्ष युगेन तेडुप शेर्पा ज्यू, नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ ज्यू, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई ज्यू लगायत नेफिन प्रवास संबन्धन संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, त्यसैगरी नेफिन कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिव कुमार भुजेल ज्यू, विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देबराज राई ज्यू, सल्लाहकार तथा पुर्ब अध्यक्ष सियाराम चौधरी ज्यू, संस्थापक सदस्य तथा सल्लाहकारहरु बिल बहादुर गुरुङ, सुक बहादुर तमाङ, सल्लाहकार तथा पुर्ब उपमहासचिव धिरज चाम्लिङ ज्यू, सल्लाहकारहरुमा शंखलाल तामाङ ज्यू, रस गुरुङ ज्यू, नियम भुजेल ज्यू र सामुयल सुनुवार ज्यू, त्यसैगरी अतिथिहरुमा प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रीपाठीज्यू, प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरि गैरे ज्यू, नेपाली जनसम्पर्क समितिका कावा सभापति ठाकुर परियार ज्यू, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वोज राई ज्यू, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान ज्यू, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राई ज्यू, नेपाल पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल ज्यू, मिडिया पाट्नरहरु दिप संचार मिडिया, मुग्लानी खबर त्यसैगरी नेफिन कतारमा आवद्ध जातिय (मातृ) संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु लगायत महासंघमा आवद्ध १४ वटै मातृ संस्थाहरुवाट सकृय सदस्यहरु साथै देश तथा विदेशवाट जोडिनु भएका आदिवासी जनजातिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। Read More
सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवार पुरस्कृत

कोइँचहरुको भाषा संस्कृति प्रवद्र्धन गर्न २००७ देखि निरन्तर सञ्चालनमा रहेको एक मात्र वेवसाइड सुनुवार डट ओआरजिका सञ्चालक पामबहादुर सुनुवार टेकबहादुर सुनुवार विष्णुमाया सुनुवार स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । यस वेभसाइड मार्पmत पाम सुनुवार कोइँच भाषा संस्कृतिसम्बन्धि निरन्तर समाचार, साँस्कृतिक लेखरचना, विभिन्न साहित्यीक सिर्जनाका साथै कोइँच भाषाको पहिलो रेडियो कार्यक्रम किङ–लो चुप्लु, टेलिभिजन कार्यक्रम कोइँच चुप्लु, कोइँच म्युकि भिडियो, वृत्तचित्र प्रसारण, दोमोका दार्शो सेरेम फु, नाम्सि फु गीति एल्वमहरुको उत्पादन गर्नुका साथै कोइँचा भाषा लिपी प्रशिक्षणमासमेत अहम् भूमिका निर्वाह गर्नु भएको छ । यही वेवसाइडबाट सन्सारमा छरिएर रहेका कोइँचहरुले कोइँचहरुको वारेमा धेरै सूचनाहरु प्राप्त गर्नुभएको छ ।
७८ वर्षे विद्यार्थीबाट “हाम्सो” लोकार्पण

–काःतिच
यस वर्ष (५०८१) को एसइइमा बि ग्रेडमा उत्तीर्ण, ७८ वर्षीय विद्यार्थी रत्नकुमारी सुनुवारले कोइँच भाषाको मासिक पत्रिका हाम्सोको लोकार्पण गरिन् । विश्व आदिवासी दिवसको उपलक्ष्यमा प्रकाशित मासिक पत्रिका हाम्सो नेपालबाट कोइँच लिपिमा प्रकाशन भएको पहिलो पत्रिका हो । ५० ६० वर्ष पुग्ने वित्तिक्कै पढ्ने सिक्ने समय सकियो अब भगवानको पुजा आराधना गरेर सन्यासी जीवन विताउने हो भन्नेहरुका लागि नातिसँगै एसइइ उत्तीर्ण गरेकी ७८ वर्षीय सुनुवारको जोशजाँगरलाई सम्मान गर्दै जुनसुकै उमेरका कोइँचहरुले कोइँच भाषा संस्कृति संरक्षणको लागि कोइँच लिपि सिक्नु भनेको म पनि यो मुलुकको स्वतन्त्र स्वभिमानी राष्ट्र हुँ भन्ने सन्देश दिन उहाँको हातबाट हाम्सो लोकार्पण गरिएको प्रकाशक लक्ष्मीराम मुलिचले बताउनुभयो ।
वास्तवमा लगभग पावने एक शताब्दीपछि कोइँच लिपिले सञ्चार माध्यमको रुपमा अस्तित्व स्थापित गरेको छ । कोइँच पत्रिका यसभन्दा अगाडि निस्के पनि देवनागरी लिपिमा छापिएको थियो । नेपालमा कोइँच लिपिमा प्रकाशित पत्रिका यो नै पहिलो हो ।
देवकुमार सुनुवार सम्पादक रहेको हाम्सोको सहसम्पादकमा कोइँचबु काःतिच, समीर मुखिया, शोभा सुनुवार छन् भने व्यवस्थापकमा पाम सुनुवार छन् ।
हाम्सो कोइँच लिपिमा प्रकाशित पत्रिका त हो नै सँगसँगै कोइँच पहिचानको द्योतक पनि हो । यही पहिचानको लागि ७८ वर्षमा पनि पढ्ने हुट्हुटीबाट नथाकेकी रत्नकुमारी सुनुवार भन्नुहुन्छ, पढ्नु भनेको एक्लोपनबाट मुक्ति पाउनु हो भने कोइँच पहिचानलाई प्रवद्र्धन गर्नु पनि हो ।
पहिचान र विकासको लागि सबैले कोइँच भाषा लिपि र संस्कृतिलाई माया गरौं । विश्व आदिवासी दिवस २०२१ को हार्दिक शुभकामना ।