News
now browsing by category
दन्त शिविर सम्पन्न
ओखलढुंगा २१, पुस । क्युाइतबु कल्याण कोषद्वारा सञ्चालन गरिएको दुई दिने दन्त शिविर आज सम्पन्न भएको छ । ओखलढुंगा र रामेछाप जिल्लाका विभिन्न गाविसबाट आएका करिव ३०० जना रोगीले दाातसम्बन्धी उपचार तथा परामर्श लिएका छन् । स्थानीय रेडियोबाट सुनेको सूचनाको आधारमा निकै टाढाबाट आएको कुरा सैपू, दुरागाउा, गाम्नाङटार र बेतेनीबाट आउने दाातका रोगहरुले बताए । समापान कार्यक्रममा बोल्दै श्री चण्डेश्वरी उच्च माविका प्राचार्य बेदबहादुर रोकाले क्युाइतबु कल्याण कोष क्युाइतिचहरुको मात्र नभएर सम्पूर्ण जातजातिको भएको कुरा बताए । त्यसैगरी शिविरस्थल श्री चुली निमाविका प्रधानाध्यापक बेदबहादुर महतराले आफ्नो विद्यालयमा सञ्चालन भएको शिविरले दाातका रोगीहरुलाई निकै राहत पुगेकोमा हर्ष व्यक्त गरे । त्यस्तै क्युाइतबु कल्याण कोषका सल्लाहकार गंगाबहादुर सुनुवारले यस्तो कार्यक्रम धेरै अगाडिदेखि गर्ने योजना सुनाए पनि यसपटक मात्र रगनीमा आएको कुरा बताउादै अबका दिनमा सुनुवार सेवा समाजसागको सहकार्यमा अन्य यस किसिमका उपयोगी कार्यक्रम ल्याउनुपर्ने बताए । यसै क्रममा सो समापन कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले यस किसिमको कार्यक्रम रगनीमा ल्याउनु निकै सकारात्मक भएको र कोषको मुल उद्देश्य शिक्षा, स्वास्थ्य र संस्कृति भएकोले आउने दिनमा अझ जोड दिएर लाने कुरा बताए । समापन कार्यक्रमका सभाध्यक्ष तथा क्युाइतबु कल्याण कोषका अध्यक्ष प्रकाशकुमार सुनुवारले कोष स्थापनाको उद्देश्यलगायत यो शिविर ल्याउनुपर्नेबारे प्रकाश पार्दै धेरैपछि आफ्नो पुख्र्यौली थलोमा आएर यस्तो खालको सेवामूलक कार्य सञ्चालन गरेको बताए । यो दुईदिने दन्त शिविरका लागि ललितपुरस्थित स्वास्थ्य तथा विकास समाज नेपालले प्राविधिक रुपमा सहयोग गरेको हुनाले यो कार्यक्रम सफल भएको कुरा पनि बताए ।
दन्त शिविर सञ्चालन हुँदै
ओखलढुंगा २०, पुस । क्युँइतबु कल्याण कोषद्वारा सञ्चालन गरिएको दुई दिने दन्त शिविर आजबाट शुरु भएको छ । शिविरमा आज करिव दुईसयभन्दा बढी दाँतका रोगीहरुले उपचार गराए । सो कार्यक्रममा ओखलढुंगा जिल्लाको रगनी गाविसलगायत आसपासका छिमेकी गाविसहरुबाट उपचारका लागि आएको र उपचारमा आफूले भोगेको समस्याको समस्या हल भएको कुरा शिविरमा आउने कामी शेर्पाले बताए । उक्त शिविर सञ्चालन हुने कुरा विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि एक दिनको बाटो हिँडेर अघिल्लो आएको कुरा बताए । शिविरमा उपस्थित भएका दाँतका रोगीहरुको चाप देखेर आफूलाई अझ हौसला बढेको कोषका अध्यक्ष प्रकाशकुमार सुनुवारले बताए । यो शिविरले स्थानीय बासिन्दामा निकै राहत मिलेको कुराले आफूलाई अझ आउने दिनमा यस्तो स्वास्थ्य शिविर चलाउने उत्साह बढेको र अझ सकेसम्म आउने दन आसपासका गाउँहरुमा भविष्यमा यस्तो कार्यक्रम सञ्चालन गर्ने ऊर्जा मिलेको पनि बताउनुभयो । शिविरमा उपचार गराउन आएका रोगीहरुको समस्या हामीले सोचेभन्दा पनि अझ जटिल भएको र यसलाई सकेसम्म समाधान गर्ने कोसिस गरेको र सम्बन्धित अस्पतालहरुमा सिफारिस गरेको कुरा डा. विजय तामाङले बताए । कार्यक्रममा उपस्थित दाँतका बिरामीहरुले हाम्रो दुईदिने शिविरमा निकै सहयोग पुगेको स्वास्थ्य शिबिर संयोजक अजय बस्नेतले बताए । कोषद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम आजसम्म सञ्चालन हुनेछ ।
हार्दिकश्रद्दान्जली !!!
जन्म उर्दी लगाउदै ढोल बजाएर आउदो रहेछ
मृत्यु झुक्काएर चोर जस्तै लुसुक्क आउदो रहेछ
तब त मलाइ कठिन परेको छ पम्फा काकीको मृत्युको खबर पत्याउन
त्यो असुभ खवर पचाउन सक्नु पनि कसरि
गत २० डिसेम्बरको दिन
एक भोजमा हाम्रो भेट भएको थियो
नेपाल पुगेर फर्केनी छोरी सबैलाई भेटेर …हास्दै भन्नु भाको कानैमा गुन्जी रहेछ
मेरो काकीको दिदी उहा, सो नाता पहिलाउदै म काकीको सम्मान दिन्थे उहालाई
सधै हसिलो मुहारमा सबै संग मिठो बोल्ने उहा
निभारे पुर्खौली घर क्याबा थरकी बुहारी
उहाको श्रीमान खबिन्द्र काका भन्नु हुन्थेयो
तपाइको ससुरा र हामी त एकै धाराको पानी खाका हौ
हामी त कुतुम्बेरी भएनी दाजु भाइ सरका पो हौ
यसरि अति घनिष्ट थियो हाम्रो सम्बन्धको डोर
कुनै कुरामा उल्झन हुदा मन अति दुखी र खुसी हुदा
मेरो लागि सम्झने योग्य एक हुनु हुन्थेयो उहा
अचनाक यति असुभ खबर…………….उफ्फ !
एक हप्ता अगाडी हासी खुसी तन्दुरुस्ती भेटेको मान्छे
एक हप्ता पछाडी २७ डिसेम्बरमा उहाले यो धरा छाड्नु भएछ
२८ डिसेम्बर २०१४ एका बिहानै दुखद समाचारले मस्तिक्त सुन्य बनायो
घाटी इन्फेक्सनको कारण ज्वोरोले सिकिस्त अबस्था थियो मेरो
हलचल गर्ने ताकत र बोल्ने आगाज रोगको कब्जामा थियो
मान्छे कति मजबुर रहेछौ
न त जीन्दगी चाहेनुसार जिउन सक्छौ
न त मृत्युलाई फकाएर जीवनको पल थप्न सक्छौ
न त मैले नै रोगलाई जितेर पुग्न सके सोकाकुल परिवारलाई भेट्न
न त सके सब्द निकालेर कसै संग समबेदनाको कुरा गर्न
यो धरा हाम्रो स्थाई हैन न मानवको चोला नै अन्तिम सत्य
सत्य त केवल मृत्यु रहेछ अन्तिम सत्य
जन्म र कर्म लगायत बाकि सब मित्थ्य सपनासरी मात्र
काकी पम्फा सुनुवार क्वाबाको आत्मालाइ चिर शान्ति मिलोस
उहाको परमधामको यात्रा यो जगत भन्दा अतुलनीय आनन्द प्रदायक होस्
प्रकृतिको नियमलाई शासोत सत्यलाइ ललकार्ने हामी कसैको पनि अधिकार र योग्यता छैन
जानेको बाटो उज्यालो तिर लम्कियोस हार्दिक श्रद्दान्जली मृत आत्मालाई
भोली सबैको पालो निश्चित छ मृत्युको टिकट हातमा छ तर त्यो मिति तिथि पढ्न हामी सक्दैनौ
कसैको घरको ढोका अछुत छैन मृत्युबात
समयले दिएको घाउ उसैले जानेको छ लेप लगाएर पुर्न
बरु लिनेछ समय सुस्तरी सुस्तरी
धर्य धारण गर्ने शक्ति प्रदान होस् सोकाकुल परिवार जनमा
हार्दिक समबेदना !हार्दिक समबेदना !! हार्दिक समबेदना !!!
भावना परिस्कृत सुनुवार, बेलायत
किरात सुनुवार सेवा समाज, बेलायत
किरात सुनुवार महिला समाज, बेलायत
आदिवासी जनजाति महिला महासंघ, बेलायत
सुनुवार सेवा समाज, केन्द्रिय समिति, काठमाडौं
चुप्लु समाज, काठमाडौं
चुप्लु फाउण्डेशन, काठमाडौं
रेडियो लिखु परिवार, गुप्तेश्वर, रामेछाप
सुनुवार डट ओआरजी
दुर्दा डट कम
जुनसुकै पार्टर्ीीई भोट हाल्नुस् तर कोइँच हुँ भन्ने कुरा नविर्सर्ीी होस् : वल्लो किरात प्रादेशिक आमसभा सम्पन्न
-कोइँच बु काःतिच
१२ पुुस, रस्नालु, वल्लो किरात । वल्लो किरात भूमि रामेछाप जिल्ला राशनाइलु रानी पोखरी पर्ूण्ा प्रा.वि.मा सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषद्को व्यवस्थापनमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको आयोजनामा सम्पन्न वल्लो किरात प्रादेशिक आमसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि पासाङ शर्ेपाले भन्नु भयो, तपाईँ जुनसुकै पार्टर्ीीई भोट हाल्नुस् तर कोइँच हुँ भन्ने कुरा नबिर्सर्ीी होस् । तपाईँहरु घर घरबाट जाग्नु भएन भने आन्दोलित हुनु भएन भने तपाईँहरुको पुख्र्यौली थलोमा स्वायत्तता पाउन सक्नु हुन्न ।
कोइँच गाउँमा पहिलो पटक भएको ऐतिहासिक आमसभामा बेताली, फर्पु, नमाडी, गुप्तेश्वर, कुँबु काँस्थली, प्रितीका सुनुवारहरु उपस्थित रहनु भएको थियो ।
ओल्लो किरात विशाल प्रादेशिक आमसभामा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजाति कोइँचहरुको पुख्र्यौली थलोको लागि जे जस्तो कार्यक्रम गर्नु हुन्छ महासंघको ऐक्यवद्धता रहने छ भन्नु भयो । आमसभामा नेकपा एमाओवादी प्रतिनिधि पर्ूव सभासद तारानारायण श्रेष्ठले वल्लो किरात स्वायत प्रदेशप्रति पार्टर्ीीे तर्फाट र्समर्थन रहेको जानकारी गराउनु भयो ।
कोइँचभूमि रास्नालुमा पहिलो पटक यत्रो ठूलो कार्यक्रम भएको हुँदा सम्पर्ूण्ा रस्नालुवासी खुशी भएको जानकारी स्थानीय समाजसेवी छत्रबहादुर सुनुवारले बताउनु भयो । आमसभामा बर्ुर्के साँस्कृतिक समूहले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । विभिन्न जातजातिले आ आफ्नो झाँकी प्रस्तुत गरेको थिए । कोइँच गाउँ भए पनि अहिलेसम्म ढोल झयाम्टा बजाएर शाँदार सिल ननाचेको हुँदा पुरानीय बुढापाकाहरु शाँदार सिल नाच्न पाउँदा औधि खुशी भएका थिए ।
वल्लो किरात प्रदेशमा विशाल आमसभा सुरु
सुनुवार डट ओआरजी प्रतिनिधि
रस्नालु, रामेछाप, पुस १२ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको रामेछापस्थित रस्नालु गाउँमा कार्यक्रम शुरु भएको छ । कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न जातीय प्रतिनिधिलगायत सुनुवार सेवा समाज रामेछाप जिाल्ला समितिले विभिन्न सुसेस गाउँ समितिको संयुक्त पहलमा झाँकीसहित कार्यक्रमस्थलमा प्रवेश गरेको थियो । कार्यक्रममा विभिन्न विद्यालय तथा सांस्कृतिक समूहबाट सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भएको छ । जसअनुसार कार्यक्रममा हाल विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य दिइरहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, प्रमुख वक्ता नेफिन पूर्व अध्यक्ष, पूर्व सभासद् तथा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पा, सुनुवार सेवा समाजका केन्द्रिय अध्यक्ष मनप्रसाद सुनुवारलगायत विभिन्न जिल्ला तथा स्थानीयस्तरका दोलखा र रामेछाप जिल्लाका राजनीतिक प्रतिनिधिको उपस्थिति रहेको छ ।
ससामाजिक सञ्जालमा रापवा शाँदार पिदारको वारेमा चर्चा र समाचार
बिहान देखि स्थलमा आएर पोल, डोरी हाल्न, ब्यानर टाङ्ग्न खट्नु हुने सम्पूर्णमा, खाजाको व्यबस्था मिलाउनु हुने सवि सिवानी, ललितपुर तथा अन्य सम्पूर्ण व्यक्तिहरुमा, न्हासो, स्वयंसेवकको भूमिका निर्वाह गर्नु हुने सम्पूर्णमा, गुइंदुवा (ढोल), बुम्थेल (झ्याम्टा) बजाउनु तथा श्याँदार कुम्सो बनाउनु, गाउनु अनि नाच्नु हुने सम्पूर्ण कलाकारहरुमा, अनुहार पेन्टीङ् गरेर कोइँच पहिचान दिनु हुने सम्पूर्ण कलाकारहरुमा, ब्यानर बनाउन दिनु हुने र बनाउनु हुने सम्पूर्णमा, आवश्यक सामाग्री उपलब्ध गराउनु हुने सम्पूर्णमा, मुर्त अनि अमुर्त सहयोग गर्नु हुने सम्पूर्णमा र उपस्थित सम्पूर्णमा श्युश श्युश चेरेदुमीन (धेरै धेरै धन्यवाद) तथा आभार प्रकट गर्दछौ… र आगामी दिनहरुमा अझै सहयोग गर्नु हुनेछ भन्ने आशा गर्दछौ.. सल्लाह सुझाब तथा धेरै भन्दा धेरै साथको आवश्यकता रहेको छ र दिनु हुनेछ वन्ने पूर्ण आश गर्दछौ, तपाई हाम्रो आफ्नो भन्ने सोचाई नै मुर्त रुप हुन्, चेरेदुमीन l
इँगि होपो कोइँच सुनुवार
सुनुवार सेवा समाज
जिल्ला समिति, काठमाण्डौ
प्व प्व प्व…..सङ्सो……को उद्घोषणसगै नाह्सो श्री कान्छाराम सुनुवार ज्यूले पिदार गर्नु भएपछि र ढोलेहरुले श्याँबु श्योब्सा देलेमेले, अफु ड्याम ड्यामको भाकामा ढोल- झ्याम्टाको ताल दिएपछि किरात यले थोचे(सम्बत) ५०७४ को रापवा श्यादर पिदार (उधौली)को सुरुवात भएको थियो हिजो मंगसिर २७ गते सन्चबारको दिन काठमान्डौ टुडिखेलमा l समय बित्दै जादा श्यादरमा रमाउनेको भिड पनि बाक्लिदै थियो l थरिकुटि जातक ,सुरोगासो चातक… हासल दाम्सल पाईतक, कोइंच के मुलकेम कोइतक.. ह हा हासल हासल.. भाकामा रम्दै गर्दा इलामका कोरिना बैनीलाई देखेर ओखलढुंगाका अरुण कोर्मोचा ज्यूले अचार खानु सिलामको केटि राम्रो इलामको भनेर भाका हाल्नुहुदाKoreena Sunuwar बैनी पनि सारै दंग पर्दै ह हा हासल हासल.. भनि साथ दिएकी थिइन् l यतिकैमा दोलखाका Lekh Bdr Sunuwar Kirat ज्युले पनि किला गाड्नु खाबाको, केटा राम्रो हाँबाको भनेर भाका थप्नु भएपछि त सिन्धुलीका Kërr Köîñçh Lïñüçh Sunuwarज्यु पनि तातिनु भएछकि क्या हो.. टाकाटुलि बाटुली, आँके खि:द सिन्धुली भनेर अर्को भाका थप्नु भयो l ओखलढुंगाका Arun Kormocha Sunuwar ज्यू पनि के कम र? उहाले पनि दिनु भयो.. फलफुल खानु खर्बुजा, केटा राम्रो कोर्मोचा l सबैले आफ्नो-आफ्नो ठाउँ र आफ्नो नामको श्यादर भाका गाउन थाले म पनि के कम र अनि दिए मेरो पालो..बीर हामी गोर्खाली, केटा राम्रो दोलखाली, बारीमा फल्यो खर्बुजा, आयो जीवन दुर्बिचा. ह हा हासल हासल…l यसरि नै एक-आपसमा भेट-घाट गरि ,माया-पिरती गासि ,आत्मियता बाडी, श्यादर गाउदै ,नाच्दै अब आउने सालिवा श्यांदर पिदार (उभौली)मा फेरी भेट्ने बाचा गर्दै यो बर्षको रापवा श्यांदरलाई धुमधामले मानाएर बिदा गरियो l
किराँत हरुकाे महानचाड रापवा उधौलिकाे श्याँदर पिदार(२०७१) (येलेथोचे५०७४) को पावन अवसरमा टुडिखेलमा भएको कायक्रममा विभिन्न ठाउमा ब्यबासय गरेर बस्नु हुने सुनुवार बाट श्याँदर पिदारको शुभकामना टेवल पानी खाजा दिएर सहयोग गरि दिनुहुने सविसिवनि साथै स्वायम सेवक गरिदिनुहुने स्वायम सेवक मित्रहरु सबैलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछौ
सुनुवार सेवा समाज
काठमाडौं जिल्ला समिति
अर्को नया कुरा हामिले सुनुवार बेबसाये गरेर बस्ने कोइच हरुको कम्पनिको पनि प्रचार बोर्द बनायेर बिग्यापन गरेर जति सकेको सहयोग दिनु भयो उहाहरुलाई अनि धन्यवाद भनु चाहन्छौ। यो कुराको चुरो उथाउने हाम्रो अग्रज दाजु केन्द्रीय कोष अध्यक्ष श्री उकुसु कातिच लाई पनि धन्यवाद छ।
११ लाख ७५ हजार उपचार खर्च फिर्ता न्यूरो हस्पिटल बाँसबारीबाट ।
न्यूरो अस्पताल बाँसबारी सुनुवारको लागि अफाप सिद्ध भएको छ । आजको दिनसम्म तीन जना सुनुवारको अनहकमा ज्यान गएको था छ । हिड्दा हिड्दैको राम्ो मान्छे लग्यो अस्पतालमै मारेर फर्किनु पर्दाको पिडा आफन्तमा खपीनसक्नु छ । आज पनि सुनुवार सेवा समाजसहितका अन्य साथीहरु पुगेर ११ लाख ७५ हजार उपचार खर्च फिर्ता गराइयो । मध्येस्था कर्ता सुसेस केन्द्रीय उपाध्यक्ष रणवीर सुनुवारको उपस्थितिमा दिनभरी न्यूरो हस्पिटलमा बसेर साँझ उक्त रकम फिर्ता गरे पछि दोलखा जिल्ला हाँवा गाविस नेपानेका होम बहादुर सुनुवार गारशि याताको २० वषर्ीय छोरी कञ्चनको मृत लाश हस्पिटलबाट निकालेर पशुपति आर्यघाटमा दहासंस्कार गरिएको छ ।
अब प्राइभेट अस्पतालहरुमा भर्ना भएर उपचार गर्न सबैले सोच्नु पर्ने भएको छ । पैसाको लागि नेपालका डक्टर र अस्पतालहरु मानिसको ज्यानसँग खेलबाड गर्ने भएका छन् । मृतकका आफन्तका अनुसार अस्पतालमा सफल अपरेशन पछि जनरल वार्डमा सारेर राखेपनि सही उपचार र सेवा सुसार नगर्दा यस्तो घटना भएको दावी गरेका थिए । तर हस्पिटल त्यो कुरा मान्न तयार भए पनि कुनै पनि कर्मचारीहरुको मिस व्यवहारप्रति खेद प्रकट गर्दै क्षमा मागले पनि क्षतिपर्ूर्ति दिन भने तयार भएन ।
यसैले डा. उपेन्द्र देवकोटको नाम सुनेर उपचार गर्न जाँदा कोइँचहरुले र्ससराउँदो तीन जनालाई गुमाउनु परेको तीतो यथार्थ सबैले एक पटक मनन् गर्ने पो हो कि !