All about Sunuwar

News

now browsing by category

 

किरात सम्बत “यले थोचे ५०७६ र सुनुवार चाडँ समिबु पिदार” हर्षोलासका साथ मनाइयो।

-Jeevan Sunuwar Kirat
किरात सम्बत “यले थोचे ५०७६ र सुनुवार चाडँ समिबु पिदार” हर्षोलासका साथ मनाइयो। सुनुवार जाति अथाह सस्कृतिको धनी भएता पनि अहिलेको बद्लिदो आधुनिकीकरण सगै बिस्तारै आफ्नो सस्कृती प्रती अन्जान बन्दै गएका छौ। दिनानुदिन अरुको सस्कृती प्रती चाहिँ बढि उत्तरदायी र आकर्षित हुने तर आफ्नै मौलिक सस्कृती प्रती चाहि कुनै चासो नहुनुले आफ्नो पहिचान गुम्दै गएको अबस्था मा यहि माघ १ का दिन किरात “यले थोचे ५०७६” (पहिलो किराँती राजा यलम्बरको नामबाट किरातीहरुले मनाउने नयाँ सम्बत/बर्ष) र सोही दिन पर्ने सुनुवार चाडँ “समिबु-पिदार” लाई बिगतमा झै काठमाडौ उपत्यकाको सम्बन्धमा- सुनुवार सेवा समाज केन्द्रिय समिती, भक्तपुर/काठमाडौं/ललितपुर जिल्ला समितिहरु, सुनुवार महिला समाज, सुनुवार बिद्यार्थी समाज र सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजहरु सयुक्त रुपमा सुनुवार सेवा समाज केन्द्रिय भवनमा भेला भइ बिबिध कार्यक्रमहरु गरेरे हर्षोलासका साथ मनाइयो। म हृदय देखि नै बिशेष आभारी छु जस्ले यो समारोहमा उपस्थिति जनाउनु हुने कोइँच महानुभाब ज्युहरु प्रति ।

साउदी अरेबियामा सुनुवार सेवा समाज गठन

सम्पुर्ण कोईच दाजुभाइ तथा दिदिबहिनी हरु मा नम्सेवल विभिन्न देशहरूमा शाखा गठन गर्ने क्रममा धेरै कुरा हरु सिक्न पाए सबैभन्दा हामीलाई गठन गर्नु चुनौती हरु आए हामीले सहनु पर्ने बध्यता हरु थिए किन कि हामी अभियान नै कोईच एकता होस भनेर लागि रहेका थिऔ हिजो साउदी अरेबिया मा भएको पहिलो भेला ले प्रमाणिात गरि सक्यो सुनुवार हरु एकता गर्न चाहेका छन तर हामी लाई बाटो देखाउने आग्रज हरु को कमि भएको छ सबैभन्दा म को हु मेरो नाम के हो मैले आफै ले आफै सोधे पुग्छ हामीले जरुरी छैन सुपारी काटेर निम्तो दिनु पर्दैन मन भित्र बाट चाहानु पर्यो के गर्न सकिदैन साउदी मा रहेको सुनुवार दाजुभाइ तथा दिदिबहिनी हरु बाट सिक्न सकिन्छ १२ घन्टा जागीर खाएर तेति टाढा पुगेर भेला मा सहाभागिता हुनु भयो पैसा पद मात्रै ले काम गर्दैन बिना पद केही गर्न सकिन्छ भने गतिलो प्रमाण हो आज सम्म जे जति अभियान भए सबै एकता को कारण हो म कुनै ठुलो पदमा बसेर अभियान थलेको होईन एउटा सुनुवार भएको नाताले गरेको थिए आज बिश्वभरी सुसेस शाखा बिस्तार हुँदै छ यो सफलता मेरो एक्लो को लागि होईन सम्पुर्ण सुनुवार हरुको हो मैले निर्णय गरे राम्रो कुरा मात्रै लिएर सुनुवार दाजुभाइ तथा दिदिबहिनी हरु एकता गर्न सकिन्छ हुन त जान्ने हरु ले न जान्ने हरु ले बाटो देखाउनु सट सुतेको नाटक गरेर बसेको सुनुवार हरु पनि न भएको चाहिँ होईन कति पटक त मलाई sms गरेर फोन गरेर असभ्य सब्द्ले निराश न बनाएको त होईन मैले ऊनी हरु पछी लागिन सिरिफ एकता चाहना हुने मित्रहरू सग छलफल गरिरहे आशा छ भोलिको दिन हरुमा निरंतरता हुने छ गरि रहने छौ हामीले घर बनाउदै छौ भुकम्प ले तहसनहस बनाउदै छ हाम्रो अभियान पनि कति पटक भुकम्प हरु आए तर हामी निराश हरु होईन एकता गर्दै अगाडि जाने छौ अन्य देशहरु पनि चाडैं अभियान शुरूवात गर्ने छौ चेर्दुम 

किरातीहरुले कतारमा येले सम्बत् भव्यताका साथ मनाए

kaatar–भानु सुनुवार

१५ जनवरी २०१६ दोहा, कतार

किरातीहरुका नयाँ साल नक येले थोचे÷येले दोङ÷येले तङबे–५०७६ को शुभकामना आदान–प्रदान तथा बन भोज कार्यक्रम कतारमा भब्यताका साथ मनाए । कार्यक्रम तीन किराती संस्था सुनुवार सेवा समाज शाखा, किरात राई यायोक्खा शाखा र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा भएको थियो । यहि १५ जनवरी शुक्रवारका दिन कतार स्थित अल समाल पब्लिक गार्डेनमा आयोजित कार्यक्रममा किरात मूल समारोह समितिका संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, किरात मूल समारोह समितिका उप–संयोजक किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष अमृत कुमार राई, किरात मूल समारोह समितिका उप–संयोजक किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मन कुमार आङबोको विषेश आतित्थ्य र कतारमा स्थापित विभिन्न राजनैतिक, सामाजिक, जातिय संघ÷संस्था र बुद्धिजीविहरुको आतित्थ्य रहेको थियो । पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वका रुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा अहिले पनि किरातीहरु काँचो बन तरुलको टिका लगाउदै सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् । उपस्थित अतिथिहरुले शुभकामना मन्तव्यको क्रममा किरातीहरुले आयोजना गरेको कार्यक्रमको सह्राना गर्दै किरात नयाँ सालको शुभकामना दिएका थिए । उल्लेख्य संख्यामा किराती तथा गैरकिरातीहरुको उपस्थित रहेको कार्यक्रम किरात मूल समारोह समितिका सदस्य सचिव कियाचु कतारका महासचिव डम्बर लिङखिम र किराया शाखा कतारका महासचिव एकराज राईको संयुक्त सञ्चालनमा भएको थियो ।

सबै चाड सिर्जित नै हुन, तामिसामिलाई टिका लगाएर शुभाशिर्वाद दिँदै येले थोचे सम्पन्न

-कोइँचबु काःतिच
DSCN8975१ माघ, काठमाडौं । सबै चाड सिर्जित नै हुन३ । हिन्दु, क्रिस्चियन, बौद्ध, मुस्लिम धर्मका चाडहरु पनि विस्तारै मानव सिर्जित चाड नै हुन । तपाईँहरुले धेरै पर जानै पर्दैन एक दुई दशक अगाडिको पात्रो हेर्नु भयो भने पनि त्यो थाहा हुन्छ । पहिला बाहुन्नीहरुले मनाउने तीज चलनचल्तीमा थिएन । अहिले जतासुकै व्यपकता पाएको छ । गुरु पुर्णिमा, बुबा तथा आमाको मुख हेर्ने के के हो के के चाड दिनानुदिन बढी रहेको छ । तर हामी कोइँचले नयाँ चाड सिर्जना गर्नु पर्दैन पुरानै चाडलाई पुनर्जिवित गरे पुग्छ । सामिबु पिदार हामीले मान्दै आएको चाड हो । तर माघे संक्रान्तिले गर्दा गौण मात्र पारेको हो । यही अवसरमा किराती कोइँचको नयाँ वर्ष पनि पर्ने भएको हुँदा सबै कोइँँच तथा किराती दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । सुनुवार सेवा समाजका अध्यक्ष मनपरसाद सुनुवारले कोइँच सामिहरुलाई पिदार गर्दै टिका लगाएर फलाहार दिएपछि सामिबु पिदार तथा येले थोचे ५०७६को शुभकामना आदानपरदान कार्यक्रमलाई सम्बोधन गर्नु भयो ।
सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिका लागि शोभा तथा जीवनकुमार सुनुवार किरातले आयोजना गर्नु भएको शुभकामना कार्यक्रममा सुनुवार सेवा समाज केन्दरीय समितिका कोषाध्यक्ष उत्तमकुमार सुनुवारले, सामिबु पिदार कुनै नयाँ नौलो चाड नभै हामी कोइँचहरुले परम्परागत रुपमा मान्दै आएको चाड हो । हाम्रो चाडपर्वका वारेमा न त पाठयपुस्तकमा पढन पाइन्छ न त नेपाल सरकारको सम्बन्धित निकायले नै खोजविन तथा प्रचारप्रसार गरिदिएको छ । यसैले सिलाम खाने, बनतरुल खाने, फापरको बटुक खाने, स्कुसको जरा, घर तरुल खाने अनि विहानै पानीको मुलमा नुहाएर प्रकृतिको पुजागरी छोरीचेलीलाई दहीचामलको टिका लगाई दक्षिणा दिने, दाल, गेडागुडि र चामाल दिने चलन कोइँचको चलन हो । यसदिन साउने संक्रन्तिमा पर्ने राँके पिदारमा राँके फालेको सिटा वा दियालोको ठुटा बालेर खिर पकाइ खुवाउने चलन छ । कतिपय कोइँच घरमा पितृ पुजा र दान गर्ने चलन छ भने यसै दिन किराँतीहरुकोा पहिलो राजा यलम्बरको सम्झनामा मनाइँदै आएको किराती सम्वत येले नै किराती सम्बत३ भएको समेत जानकारी गराउँनु भयो ।
इतिहासविद३हरुले समेत येले सम्बत प्रथम किरात राजा यलम्बरको स्मृतिमा मानिदै आएको सम्बत भएको तथ्या पस्केको बेला सुनुवार सेवा समाजले आजभन्दा पाँच वर्ष अगाडि नै कोइँचले मनाउने वर्षभरिको चाडपर्वको सुची सार्वजानिक गरेको छ । Read More

सुसेसा शाखा दोहा, कतारद्वारा बिधाई कार्यक्रम ।

bidhaiसामुयल / भानु सुनुवार समाचारदाता, दोहा, कतार ।
दोहा, कतार, जैद्द स्थित ट्पफर्म होटेलको हलमा प्रमुख अथिति सुसेसा शाखा दोहा कतारका प्रमुख सल्लाकार भानु सुनुवारको अथित्य र विशेष सल्लकार पुरुषोतम सुनुवार, पुर्ब अध्यक्ष किशोर सुनुवार अथिती र सुसेसा शाखा दोहा कतारका अध्यक्ष नर बहादुर सुनुवार(सोम)को सभापतित्वमा बिगत दुई बर्षदेखि बैदेशिक रोजगारिको शिलशिलामा दोहा,कतारलाई आफ्नो कर्मभूमी बनाउँदै आउनुभएका सुनुवार सेवा समाज शाखा कतारका पूर्व कोषाध्यक्ष श्री अर्जुन सुनुवार तथा सचिव श्री रुपक सुनुवार आफ्नो कतार बसाईलाई बिट मार्दै जन्मभूमी नेपाल फर्किनु लाग्नु भएको हुँदा उहाँहरुलाई सुसेस शाखा दोहा कतारले औपाचरिक कार्यक्रम गरि बिधाई गर्‍यो ।
सो कार्यक्रममा उपस्थीत सबैलाई सुसेसा शाखा दोहा कतारका उपाध्यक्ष सामुयल सुनुवारले स्वागत मन्तब्य राख्नु हुँदै प्रबासमा रहेर पनि आफ्नो जाती, भाषा र समाज प्रति कठिन परिस्थिमा पनि साथ सहयोग हौसला दिनुभएकोमा उहाहरु प्रति आभार प्रकट ब्यक्त गर्नु हुँदै जहाँ रहे, जस्तो परिस्थिमा रहे, पनि सुनुवारहरुको एकतामा उहाहरुको ठूलो भुमिका रहनेछ, भन्दै सफल यात्रा साथै अग्रेजी नव बर्ष २०१६ को सबैमा शुभकामना ब्यक्त गर्नु भयो । त्यसै गरि सुसेसा शाखा दोहा कतारका पुर्ब आध्यक्ष किशोर सुनुवारले उहाहरु दोहा कतारमा रहुन्जेल जसरि समाजलाई खुलेर साथ सहयोग गर्नु भयो यसमा जति प्रशंसा गरे पनि कमि नै हुनेछ । सुनुवार एकताको लागि सुसेसा शाखा दोहा कतार एउटा उदाहरण मात्र हो । अहिले बिश्वमा सुनुवार समाज गठन र एकता पहल भईरहेको अवस्था छ सबै सुनुवारको योगदान र एकता हुनुपर्छ सबैले आफ्नो ठाउबाट पहल गर्न आनुरोध गर्नुभयो । Read More

किरातीहरुका प्रकृति र पितृको पूजा दोहामा सम्पन्न ।

quatarभानु/सामुयल सुनुवार समाचारदाता, दोहा, कतार । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व ,रापवा श्याँदर पिदार, चासोक तङनाम, साकेला उधौली– ५०७५ लाई किराती तथा गैरकिरातीहरुले कतारमा २५ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ मनाए ।
आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम÷मुक्दुममा बिभिन्न मिथकहरु रहेको पाइन्छ । खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि नयाँ अन्न पितृहरूलाई अपर्ण गररे मात्र खाने परम्परा विकास गर्दै गए ।
यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन् यो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन् यो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख, समृद्घिको कामना गर्दै उधौली चार्ड मनाइन्छ । Read More

कालीमायालाई सहयोग रकम हस्तान्तरण

kali_2समीर मुखिया सुनुवार
ओखलढुंगा, २६ मंसिर । लामो समयदेखि ओढारमा बस्दै आएकी कालमिाया सुनुवारलाई सुनुवार सेवा समाजले नगद सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारमा रहेका सुनुवारहरुबाट प्राप्त ३२ हजार ८ सय ८० रुपैयाँ सुनुवार सेवा समाज केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवारको उपस्थितिमा सुनुवार सेवा समाज ओखलढुंगा जिल्ला समितिका सचिव देवीध्वज सुनुवारमार्फत सुनुवार सेवा समाज पात्ले गाउँ समितिका सचिव खड्गबहादुर सुनुवारद्वारा ‘कालीमाया संरक्षण सरोकार समिति’का अध्यक्ष शारदा सुनुवारलाई हस्तारण गरियो ।
‘नासम’ मासिक वर्ष २, अंक ७, २०६८ भाद्र महिनाको अंकमा पहिलोपटक कालीमायाको अवस्थाबारे प्रकाशन भएको थियो । त्यसपछि सुनुवार सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवार र केन्द्रीय सदस्य उत्तमकुमार सुनुवार पुगी निरीक्षण गरेका थिए । २०७१ चैत ६ गते कान्तिपुर दैनिकमा कुम्भराज राईले पुनः समाचार प्रकाशन गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुको चासोको विषय बन्न थालेपछि सहयोग जुट्न थालेको हो । कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपश्चात् जिल्लाका राजनीतिक नेता, स्थानीय बुद्धिजिवीको सहयोगलगायत गाउँ विकास समितिबाट पनि आर्थिक सहयोग प्राप्त हुनका साथै स्थानीय संघसंस्था तथा जनश्रमदानबाट आवास निर्माण गरिएको छ । कालीमाया सुनुवार आफैं नगद व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय संघसंस्था तथा बुद्धिजिविहरु मिलेर कालीमाया संरक्षण समिति गठन गरि सो समितिबाट खर्च व्यवस्थापन गर्ने कुरा समितिका कोषाध्यक्ष काजी तामाङले बताए ।
ओखलढुंगा जिल्लाको पात्ले गाविस लप्सेडाँडामा वि.सं. २००५ मा वर्जमान सुनुवारसँग विवाह गरेपछि ८ जना सन्तान भए पनि हाल जिवित रहेका दुई जनाले पनि नहेरेको स्थानीयबासीको भनाइ छ । पति बर्जमानको क्षयरोगले मृत्यु भएपछि आफूसँग भएको थोरै जग्गा जमिन पनि कान्छो छोराले बेचेर सिध्याइ आमाको पैसा चोरेर हिँडेपछि हालसम्म नफर्केको स्थानीयले बताए । आफूले जन्म दिएको छोराले विष ख्वाएर मार्ने प्रयास गरेपछि कालीमायाको मानसिक सन्तुलन गुमाएकी छिन् ।