News
now browsing by category
सामाजिक अभियान तथा मजदुर हकहितको लागि एनआरएनएमा सामुयल सुनुवारकाे उम्मेद्वर

सामुयल सुनुवार ‘साम’ले गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिने भएका छ्न । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका प्रिती-४ मा जन्मिएका सुनवार वैदेशिक रोजगारीको शिलसिलामा सन् २०१४ जुलाईदेखि कतारमा कार्यरत छन् । उनी कार्यव्यस्तताका बावजुद पनि समय निकालेर सामाजिक, साँस्कृतिक तथा खेलकुदमा सक्रिय रहदै आएका छ्न । वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको सधै हक हितको लागि डटेर लड्नुपर्छ भन्दै बुलन्द आवाज उठाउने सुनुवारले बर्तमान समयमा एनसीसी कतारमा देखिएका चरम बेथितिविरुद्ध पनि आवाज उठाउँदै आएका छ्न ।
सुनुवार सेवा समाज शाखा कतार (पूर्व अध्यक्ष), नेपाल आदिबासी जनजाती महासंघ (कतार सल्लाहकार), गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (सदस्य तथा सास्कृतिक संयोजक), रामेछाप सेवा समाज कतार (विशेष सल्लाहकार) लगायतका विभिन्न संघ संस्थामा आबद्ध रहेका छ्न । बर्तमान कार्यसमितिमा साँस्कृतिक संयोजक समेत रहेका सुनुवारले आगामी कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
यस्तो छ सामुयल सुनुवार ‘साम’को अपिलः
आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु,
सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,
पार्षद सदस्य ज्युहरु, सामाजिक अभियान्ता, पत्रकार मित्रहरूमा सेउ/नामसेवल नमस्कार
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहने जानकारी गराउदछु ! राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालमा सस्कृतिक संयोजकको महत्त्वपूर्ण जिम्मेवारीमा रहि कतारमा रहेको सिङ्गो नेपाली र नेपालको प्रतिनिधित्व गर्दै कला र सस्कृती मार्फत विश्वलाई चिनाउने अबसर प्रदान गरेको गौरव ठानेको छु । २०२१-२३ कार्यकालमा मलाई सहयोग गर्नुहुने कला र सस्कृतिक क्षेत्रका सम्पुर्ण कलाकार ज्युहरु दोहामा स्थापित सम्पुर्ण संघ सस्था प्रति धन्यवाद व्यक्त गर्दै मैले हासिल गरेको अनुभवलाई सामाजिक अभियान मार्फत निरन्तर कृयाशिल रहनका लागि मेरो द्वितीय उपाध्यक्ष पदको उम्मेदवारी लाई स्वीकार गरि दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु । कतारमा स्थापित विभिन्न संघ संस्था संग समन्वय गर्दै यस सस्थालाई श्रमिकमैत्री बनाउन पहलकदमी लिन साथै श्रमिक हितमा समाजसेवामा अझ समर्पित रहनका लागि यहाँहरुसँग सहयोगको अपेक्षा गर्दछु ।
सामुयल सुनुवार “साम”
सास्कृतिक संयोजक
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार
सधैं देखिने हाम्रै गाउँको एउटा अनुहार : जो मन्त्री बनेका छन् ।

लिला सुनुवार, ओखलढुंगा ।
हाम्रै गाउँको खिँजी फलाटे बजारमा सधैं देखिने एउटा गाउँले अनुहार, अर्थात प्रदिप (प्रदिपकुमार सुनुवार) अहिले मन्त्री भएका छन् । प्रदेश नं. १ प्रदेश सभा सदस्यका लागि ओखलढुंगाबाट निर्वाचित भएका सांसद मुलिच प्रदिपकुमार सुनुवार आज प्रदेश १ सरकारको मन्त्री बनेको छन् । प्रदेश १ को नामकरण कोशी राखेपछि आन्दोलित प्रदेश १, ठुलो दल हुँदा हुँदै पनि एमाले सरकार ढलेपछि नेपाली काङ्ग्रेसका प्रदेश सांसद मा. उद्धव थापा मुख्य मन्त्री बनेपछि आजै उहाँले प्रदेश मन्त्री नियुक्ति लिँदै सपथ लिनुभएको छ ।
सुनुवारको राजनीति यात्रा
“अब युवाको पालो …” भन्दै सामाजिक सञ्जालहरुमा गाली गर्दै उफ्रिएर होसीजोसीमा बाहुलाउने भीडमा मन्त्री सुनुवार नागरिक र माटो प्रति विना योगदान मन्त्री बनेका भने होइनन् । २०४२ सालमा नेपाल बिद्यार्थी संघको सदस्यता लिएर लोकतान्त्रिक राज्य व्यवस्थाका लागि नागरिकको मानवाधिकारको लागि राजनीतिमा होमिएका हुन् । २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनः स्थापित भएपछि उहाँले २०४९ मा नेपाली कांग्रेसको सदस्यता लिएर दलगत राजनीतिक यात्राको गोहो पहिलाएका थिए । नेपाली काँगे्रसको ९ औं माहादिवेशनदेखि हालसम्म निरन्तर ओखलढुंगाबाट माहादिवेशन प्रतिनिधिको रुपमा निर्वाचित हुँदै आएका उहाँले २०५४ को स्थानिय तहको निर्वाचनमा खिजिफलाटेको गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । भुइँ मान्छेहरुसँग घुलमिल गरेर बस्ने र उनीहरुको गुनासो सुन्ने सरलताले नै युवा छँदा नेपाल तरुण दल सगरमाथा सञ्चलको संयोजक भएर काम गर्नुभयो । २०५२ मा नेपाली काँग्रेस ओखलढुंगाको सहसचिब, १० औं महाधिवेशनमा प्रजातान्त्रिक काँग्रेसको ओखलढुंगा जिल्ला उपसभापति भएका सुनुवार, १२ औ महाधिबेशनमा ओखलढुंगा काँग्रेसको सभापति पदमा निर्वाचित भएका थिए । हक्की स्वाभाव भएका ईमानदार र कुशल संगठनकर्ताका रुपमा चिनिनु हुने मान्त्री सुनुवार १३ औ महाधिवेशनमा पुनः ओखलढुंगा कांग्रेस सभापति भए । बाबा शान्त बहादुर सुनुवार र आमा फुलमाया सुनुवारको पहिलो सन्तानको रुपमा ओखलढुंगाको अति बिकट मानिने गाउँबस्ती खिजी फलाटेमा उहाँको जन्मा भएको थियो । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभए सुनुवारले २०७४ को निर्वाचनमा आफ्नै पार्टीको बागी उम्मेदारको कारण उपविजेता हुनुभएको थियो । २०७९ को निर्वाचनमा प्रदेश १ को प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएपछि नेकपा ऐमालेको सरकार ढलेपछि बनेको विषम परिस्थितिको अवस्थमा बनेको सरकारमा अहिले मन्त्री बन्नुभएको हो । अहिले मन्त्रालय बाँडफाँड भएको छैन । तर प्रवक्ताको जिम्मा भने उहाँले पाउनुभएको छ ।
कतारमा किरातिहरुले शालिवा श्यादर पिदार, साकेला उभौली – ५०८३ भब्यताका साथ मनाए।

–सामुयल सुनुवार ।
दोहा, कतार : – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, साकेला उभौली-५०८३ भव्यरुपमा मनाएका छन ।
सुनुवार सेवा समाज शाखा कतार र किरात राई यायोक्खा शाखा कतारको आयोजनामा किरात मूल समारोह आयोजकसमिती दोहा, कतारद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
किरात मुल समारोह आयोजक समिति दोहा, कतारका संयोजक तथा सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाइ काजी गुरुङको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलनको साथ नेपालि राष्ट्रिय गान सहित “यो भुमी चुम्ने” किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो। Read More
किरात मूल समारोहद्धारा कलाकार भेटघाट तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।

मिति १७ मार्च २०२३ शुक्रबारका दिन दोहा कतारमा स्थापित किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारद्धारा किरात मूल समारोह आयोजक समिति अन्तर्गत साँस्कृतिक विभागद्धारा आयोजित कलाकार भेटघाट तथा साँस्कृतिक कार्यक्रम २०२३ कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।
किरात मूल समारोह साँस्कृतिक विभागका कार्यक्रम संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका कार्यवाहक साँस्कृतिक संयोजक धर्मराज राईको सभापतित्वमा औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रमको किरात मूल समारोहका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका साँस्कृतिक संयोजक जमुना श्रेष्ठ र महासंघमा आवद्ध मातृसंस्थाहरुका साँस्कृतिक संयोजकहरु, मूल समारोहका अग्रज तथा सल्लाहकारहरुको उपस्थितमा दिप प्रज्वलन र ब्यानर अवरण गरिएको थियो । र उपस्थित सम्पूर्णलाई उप-संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष निर बहादुर सुनुवारले स्वागत मन्तव्य र कार्यक्रमको औचित्य बारे प्रष्ट पारेका थिए ।
किरात मूल समारोह आयोजक समिति दोहा कतारले आयोजना गर्दै आएको किरातीहरुको महान चाड तथा ऐतिहासिक दिनहरुको अवसरमा आयोजित कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरेर संस्थालाई योगदान गर्नुहुने कलाकारहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ मा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साँस्कृतिक संयोजकको हैसियतले कतारमा विभिन्न संघ संस्थाहरुलाई समन्वय गरि नेपाली समुदायबाट मौलिक साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरि पुर्याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै किरात मूल समारोह आयोजक समितिको तर्फबाट सुनुवार सेवा समाज शाखा कतारका प्रमुख सल्लाहकार सामुयल सुनुवार “साम” लाई त्यसै गरि लामो समय देखि सिलिमोपाको रुपमा पुर्याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै किराया शाखा कतारका सिलिमोपा पदम बहादुर राई र विभिन्न कार्यक्रमहरुमा नृत्य प्रशिक्षकको रुपमा पुर्याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याङ्कन गर्दै सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारलाई किरात मूल समारोह आयोजक समिति दोहा कतारका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि शंकरमान राई, उप-संयोजक सुनुवार सेवा समाज कतारका अध्यक्ष निर बहादुर सुनुवारले खादा, दोसल्ला ओढाएर सम्मान-पत्र सहित सम्मान गरेको थियो । कार्यक्रममा अन्य कलाकारहरु पनि कदरपत्र र प्रशांसपत्र प्रदान गरिएको थियो ।
त्यसैगरि कार्यक्रममा किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारका सल्लाहकार त्यसै गरि नेपाल आदिवासी जनजाति महासघ कतारका सास्कृतिक संयोजक लगायत विभिन्न मातृसंस्थाहरुका सास्कृतिक संयोजक बक्ताहरुले उक्त कार्यक्रम आयोजना गरेर आयोजकले कलाकारहरुलाई उच्च सम्मान गरेको र कलाकारहरुलाई हौसला प्रदान गर्ने यस्ता किसिमका कार्यक्रमहरु अन्य संस्थाहरुले पनि आयोजना गनुपर्ने विचारहरु राखेका थिए । कार्यक्रममा दोहा स्थापित कलाकार लगायत धेरै कलाकारहरुले विभिन्न बिधामा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत सथै बालकलाकारहरुको नृत्य प्रस्तुती मौलिक झाकी नृत्य, गायन प्रस्तुतिले उपस्थित सबैले भरपुर मनोरञ्जन लिएका थिए
मूल समारोह आयोजक समितिका सदस्य सचिव तथा सुनुवार सेवा समाज शाखा कतारका महासचिव शुभराज सुनुवारले पहिलो चरण र दोस्रो चरण साँस्कृतिक कार्यक्रम सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमल बिक्रम सुनुवारले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै कार्यक्रमका सभपति धर्मराज राईले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको निष्कर्ष सहित कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त थिए ।
सुनुवार सेवा समाजको १०औं राष्ट्रिय सम्मेलनबाट अमृत सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

काठमाडौं । यही फागुन २७/२८ गते सुनुवार सेवा समाज संघीय समितिको १० औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको थियो भने उद्घाटन सत्रमा विभिन्न जातिय संघ संस्था लगायत स्थानीय तहको जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । सम्मेलनबाट अमृत बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ जसमा उपाध्यक्षमा एसा सुनुवार (सुनसरी), शोभा सुनुवार (रामेछाप), चम्पक सुनुवार (ओखलढुंगा), केदारराज सुनुवार (दोलखा), र विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने महासचिवमा उत्तम कुमार सुनुवार निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा रमेश कुमार सुनुवार (रामेछाप) र महिला सचिबमा देबु सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ज्योति सुनुवार र सह-कोषाध्यक्षमा लुक माया सुनुवार निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः पेसल सुनुवार (सुनसरी), राम कुमार सुनुवार (सिन्धुली), मदन सुनुवार (ललितपुर), राजेन्द्र सुनुवार (झापा), सावित्री सुनुवार (भक्तपुर), हरिकृष्ण सुनुवार (पाँचथर), लिला बहादुर सुनुवार (ईलाम) निर्वाचित भएका छन् ।
सुनुवार सेवा समाज ओखलढुङ्गा पाँचौं सम्मेलन सम्पन्न

खिजिदेम्बा गाउँपालिका ओखलढुंगामा सुनुवार सेवा समाजको जिल्ला र पालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ । बुधबार खिजिफलाटेमा एक कार्यक्रमको आयोजना गरि सुनुवार सेवा समाज जिल्ला समन्वय समितीको पाँचौ र खिजिदेम्बा गाउँपालिका स्तरीय समाजको दोस्रो सम्मेलन सम्पन्न भएको हो । अधिवेशनबाट जिल्लामा देविध्वज सुनुवारको अध्यक्षता ९ कार्यसमिती सदस्य र पालिकामा कविराज सुनुवारको अध्यक्षता ९ कार्यसमिती सदस्य चयन भएको छ । सुनुवार जातिको पहिचान, भाषा, संस्कृतीलाई जगेर्ना गर्दै, जातिय शशक्तिकरण, सुशासन र समावेशीका लागि गठित समाजले कोइँच सुनुवार जातिको क्षेत्रमा काम गर्ने अध्यक्ष देवीध्वज सुनुवारले बताउनुभयो । सुनुवार सेवा समाजका पूर्वअध्यक्ष भिमबहादुर सुनुवारको अध्यक्षताका भएको उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सांसद प्रदिपकुमार सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै सबै जातजाती समान भएकाले समानुपातिक र पहिचानको आधारमा सबै क्षेत्रमा विकास हुनुपर्ने बताउनुभएको छ । सेवा समाज संघीय समिति अध्यक्ष रणविर सुनुवारको विशेष अतिथ्यता रहेको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाङ लगायत विभिन्न जातिय संघसंस्थाको सहभागीता रहेको थियो । सोही अवसरमा प्रमुख अतिथी प्रदेश सांसद सुनुवार र गाउँपालिका उपाध्यक्ष तामाङलाई मायाको चिनो स्वरुप सुनुवार जाति पहिचानमा आधारित जाली रुमाल प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सुनुवारी झाँकी प्रदर्शन समेत गरिएको थियो ।
मानबहादुर विष्णुमाया सुनुवार स्मृति छात्रवृत्ति समर्पण

किरात सुनुवार सेवा समाज बेलायतका पूर्व सचिव भक्तमान सुनुवारले आफ्नो बुबा मानबहादुर सुनुवार र आमा विष्णुमाया सुनुवारको सम्झनामा स्थापित मानबहादुर–विष्णुमाया सुनुवार स्मृति छात्रवृद्धि आज पूर्खस्मरण गर्दै समर्पण गरियो । सुनुवार सेवा समाज संघीय समितिले आफ्नो भवन कोटेश्वरमा विष्णुमाया सुनुवारको तस्वीरमा नाति मनप्रसाद सुनुवार र अध्यक्ष रणवीर सुनुवारले फुलमाला अर्पण गरी कोइँच मुक्दुम विधि अनुसार जोर सगुन, फलपूmल र खानेकुरा चढाएर पिदारनाम्दार गरी हार्दिक श्रद्धा अर्पण गरिएपछि छात्रवृद्धि प्राप्त विद्यार्थीहरुलाई नगद छात्रवृद्धि नाति मनप्रसाद र सुसेस अध्यक्ष रणवीर सुनुवारले छात्रवृत्ति समर्पण गर्नुभएको थियो ।
गत वर्ष ८ जना स्नातक पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः इन्जिनियरीङ अध्ययनरत मोरङकी एक जना (समिका सुनुवार) लाई रु २५ हजार अनि बाँकी अन्य विषय अध्ययन गर्ने पाँच जना (एलिसा सुनुवार हिमेश सुनुवार, रिना सुनुवार कृतिका सुनुवार र एनिमन रापचा) लाई जनही रु. १५ हजार र एकै घरका दुई जना दिदीबहिनी (सुस्मा तथा सुस्मिता) लाई जनाही रु १२ हजार मानबहारदुर विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषले प्रदान गरेको थियो । तर यसपटक स्नातक दोश्रो वर्षमा छात्रवृत्ति हस्तान्तरण गर्नेक्रममा भने छ जना विद्यार्थीहरुले मात्र छात्रवृत्ति निरन्तर रुपमा पाएका छन् । सुस्मिताको नेपाल प्रहरीमा सेवा प्रवेश गरेर अध्ययन ब्रेक भएको छ भने हिमेशको घरायसी कारणले वैदेशिक रोजगारीमा जानुपर्ने भएको हुँदा अध्ययन व्रेक भएको छ ।
सुनुवार सेवा समाजको स्थानीय समितिहरु काठमाडौं जिल्ला, भक्तपुर जिल्ला, जिरी नगर तथा आङ्गिक संस्था सुनुवार विद्यार्थी समाज महिला समाज, ब्लामिच समाजको प्रतिनिधिहरुले समेतले मानबहादुर विष्णुमाया सुनुवारलाई पुष्पगुच्छाले हार्दिक श्रद्धा अर्पण गरेका थिए ।