All about Sunuwar

News

now browsing by category

 

खोटो संविधानको विरुद्धमा पुतलीसडकमा विरोध प्रद्र्शन

–कोइँचबु काःतिच
संसारकै उत्कृष्ट संविधान भनेर खोक्न लाज नमान्ने नेताहरुको अगाडि मौन जुलुस र धर्नाको के औचित्य ? धेरैलाई यस्तै प्रश्नले गिदीमा विचारको ख्यु12583761_1050837848271658_368624087_nरा रयालिनु स्वभाविक हो । ता पनि आदिवासी जनजाति नेपालको इतिहा मा मानव अधिकारको लागि सडकमा उत्रिन भने छाडेका छैनन् । आन्दोलन कहिले उत्कर्षमा पुगेको महुशूस गराउँछन् त कहिले आन्दोलन शेम्शा गएको भान पार्छन् । जे होस् युद्धमा अनेक रणनीतिको प्रयोग हुन्छ । यस्तै यस्तै धेरै आन्दोलन, अभियान र विरोधको ढाँचालाई पच्छाउँदै गएका आदिवासीहरुले आज पुतलीसडकमा मौन धर्ना सहित विरोध प्रदर्शन गरेका छन् ।
सो विरोध प्रदर्शनमा सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा कोइँच सुनुवारहरु पनि प्रदर्शनमा उभिएका छन् । नेपालका आदिवासी जनजतिहरुको अधिकार सम्बन्धि वकिल समूह –लाहुर्निप) को अगुवाईमा केही महिनादेखि आयोजित यस्तो विरोध कार्यक्रमले नेपाल सरकारलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा दबाब सिर्जना भएको जानकारी पनि प्राप्त भएको आन्दोलनका सहभागीहरुले बताएका छन् ।
राजधानीको मुख्य मुख्य चोकमा आदिवासी जनजातिको मानव अधिकारसम्बन्धिका विभिन्न प्लेकार्ड सहित उपस्थित भएका आदिवासी जनजातिहरुको यो अभियानलाई बुद्धिजीवि वर्गले प्रशंसानीय आन्दोलनको अभियान भनेका छन् । “यस्तो विरोध प्रदर्शनले हामी काम गरेर खानेलाई राम्रै गरेको छ । कुन दिन कहाँ यस्तो कार्यक्रम गर्ने भन्ने जानकारी सामाजिक सञ्जलमा शेयर भए एक दिन फुर्सद मिलाएर म पनि सहभागी हुने थिए”ँ, एक ट्याक्सी चालकले आफ्नो धारणा राखेका थिए । Read More

जयकृष्ण सुनुवार परिवारलाई सुनुवार सेवा समाज शाखा साउदी अरेबियाको सहयोग।

11111-MohanMilan Jeromi सुसेस शाखा

साउदी अरेबिया 24 जनवरी 2016। आगलागी बाट पीडित पाचथर ओलने दशमी बजार निवासी जयकृष्ण सुनुवार परिवार लाई सहयोग स्वरुप सुसेस साउदी अरेबिया को तर्फबाट 40,000 रुपैया र रोजगारी को सिलसिला मा रहनु हुने सहयोगी टिक बहादुर सुनुवारबाट 11,500 गरि 51,500 रुपैया सम्बन्धि त स्थान मा हस्तान्तरण गरिएको छ। सुसेस शाखा साउदी का संयोजक देव सुनुवार को संयोजकत्वमा सुसेस साउदी को कार्यसमिति का पदाधिकारीहरु को विशेष पहलमा सुनुवार सेवा समाज केन्द्रिय कार्यलय काठमाडौ को माध्यम बाट सो रकम हस्तान्तरण गरिएको हो। सुनुवार सेवा समाज केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवार ज्यु ले सो कार्य सुनुवार एकता को कारण सम्भव भएको र समस्त सुनुवारहरु को दुख,सुख को साथी सुसेस यस कार्य प्रती आभारी रहेको बताउनु भयो। गत हप्ता पीडित जयकृष्ण सुनुवार को घर उक्त घटना घटेको थियो। भौतिक सम्पत्ती को व्यापक क्षेती भए पनि परिवार सुरक्षीत रहेको र पीडित जयकृष्ण सुनुवार लाई साधारण चोट लागेको थियो। उक्त आगालागी बाट करोडौं को क्षति भएको सूचना प्राप्त भएको छ।

थोरै आदिवासी जनजातिहरु मानवाधिकारको लागि एक जुट हुँदै

–कोइँचबु काःतिच
माघ १०, काठमाडौं । संसारको उत्कृष्ट भनि दाबी गरिएको संविधानसभाबाट जारी संविधानले थोरै जनसंख्या भएका आदिवासी जनजातिहरुको मानवाधिकार कुण्ठित गरेको हुँदा एक जुट भएका छन् । २०४७ सालमा संविधान जारी गर्दा पछि उत्पपिडक शासक वर्गले सन्सारकै उत्कृष्ट संविधान भनि सार्वजानिक रुपमा बोलेका थिए । आखिर ४ वर्षमा जनयुद्ध निम्तायो । अहिले पनि लाजै नमानी खसबाहुन शासक र खसबाहुनको ढोके, हुक्के, सुसारेले संसारकै उत्कृष्ट संविधान भन्ने गरेका छन् तर नेपालको इतिहासमा संविधान जारी भएपछि कित्ता काट गरेर स्कर्टिङमा राती सवारी चलाउनु पने, महँङ्गीको मार जनताले खेप्नु पर्ने र आफ्नै भूमिमा संविधान जारी गर्ने सभासद्ले पाइला राख्न नसकेको अवस्था सिर्जना गर्ने र कार्यन्वयन नभै जारी भएको चार महिनामै संविधान जारी गर्नु पर्ने संविधान चाहिँ संसारमा नेपालकै हो । यस्तो विषम् परिस्थितिमा थोरै जनसंख्या भएका आदिवासी जनजातिको मानवाधिकार कुण्ठित भएको हुँदा निरन्तर संघर्षको लागि संगठित भएका हुन् । आज धुमबराही एस आए क्याटरिङमा आदिवासी जनजातिको ऐन २०५८ अनुसार सुचीकृत आदिवासी जनजातिमा ४८ आदिवासी जनजातिहरु थोरै जनसंख्यामा छन् । भर्खरै नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २३ अल्पसंख्याकहरुको स्वायत्त क्षेत्र जारी गरेपछि सोही विषयमा पनि छलफल गरिएको थियो । उक्त स्वायत्त क्षेत्र भनेको गाउँपालिका जस्तो अधिकार विहीन स्वायत्त क्षेत्र हुनसक्ने पनि सहभागीहरुले छलफलमा वहस उठाएका थिए । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाको अगुवाईमा भएको सो भेलामा २५ भन्दा बढी आदिवासी जनजातिको उपस्थिति रहेको थियो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अबका दिनमा आन्दोलन भने पनि अभियान भने पनि एजेण्डा प्रस्तुत गरेर आगामि दिनमा कसरी अगाडि बढ्ने र को को सँग सहकार्य गर्ने कार्य योजना बनाउनु पर्ने छलफलमा प्रस्ताव राख्नु भयो ।

कुबेतबाट पनि सहयोग प्राप्त

kubetसुनुवार डट ओआरजि समाचारदाता
९ माघ, काठमाडौं । दशमी बजार पाँचथरमा रामबहादुर मुखिया (जयकृष्ण सुनुवार) को घरमा आगलागी भएर करोडौं नष्ट भइ आपतकालीन अवस्था भएको हुँदा कुवेतबाट पनि सहयोग उपलब्ध भएको छ । कुबेतमा कार्यरत सुरेश सुनुवार Suresh Dhabs Sunuwar) ले रु. ३९१८.४८ पैसा हिमाल रिमिट मनिट्रान्फरबाट आपतकालिन सहयोग पठाउनु भएको छ । उहाँले व्यक्तिगत रुपमा उपलब्ध गराएको सो रकम सुनुवार सेवा समाज केन्द्रीय समितिले जयकृष्णको नाममा मनिट्रान्सफर मार्पmत उपलब्ध गराइने जानकारी कोषाध्यक्ष उत्तमकुमार सुनुवारले जानकारी गराउनु भएको छ । यसैगरी सुनुवार सेवा समाज साउदी अरबबाट उहाँको लागि सहयोग उपलब्ध गराउन सहयोग संकलन भएको जानकारी अमर सुनुवार र देव ङावाच जानकारी दिनु भएको छ । त्यस्तै गरी सुनुवार सेवा समाज मलेसियाले पनि सहयोग गर्ने जानकारी प्राप्त भएको छ ।

कतारबाट जयकृष्ण सुनुवारलाई आपतकालीन सहयोग : साउदीबाट पनि सहयोग घोषणा

foto1111–कोइँचबु काःतिच
पाँचथर ओलनेको दशमीको जयकृष्ण सुनुवार परिवारलाई सुनुवार सेवा समाज, आपतकालिन सहयोग कोष दोहा कतारले रु. ४२,०१० सहयोग गरेको छ । कोषले बेलायतमा बसोबास गर्दै आउनु भएको किरात सुनुवार सेवा समाजको पूर्व अध्यक्ष तथा सल्लाहकार जंग सुनुवारले उपलब्ध गराउनु भएको रु. ८००० पनि थपेर रु.५०,०१० रुपैयाँ सुनुवार सेवा समाज ओलने गा.वि.स का सचिव महेन्द्र सुनुवार मुखियाको नाममा सुनुवार सेवा समाज कतारका कोषाध्यक्ष विष्णु सुनुवारले आइएमइ गर्नु भएको छ ।
पटक पटक कोइँच सुनुवारहरुलाई आपत्विपद् आइपर्ने भएको हुँदा यस पटक कतार सुनुवार सेवा समाजले समुयल सुनुवारको संयोजकत्वमा आपतकालीन सहयोग कोष नै स्थापना गरेको छ । संयोजक सुनुवारले विश्वमा रहेका जुनसुकै स्थानका कोइँचहरुले यस कोषमा स्वैच्छिक सहयोग जम्मा गर्न सक्ने र यस कोषमा जम्मा भएको रकमबाट सुनुवार कोइँचहरुलाई आइपर्ने आपत्विपदमा सुनुवार सेवा समाजको सिफारीसमा सहयोग गर्न सकिने कोषका संयोजकले जानकारी गराउनु भएको छ ।
यसैक्रममा सुनुवार सेवा समाज साउदीले रु. ५०,००० आगलागी भएका दशमीका सुनुवार परिवारलाई सहयोग गर्ने जानकारी सुनुवार सेवा समाज साउदीका सल्लाहकार देव ङावाच सुनुवारले बताउनु भएको छ ।

आगलागीले एक करोड भन्दा बढीको धनसम्पत्ति नष्ट : घरधनी सख्त घाइँते

12512291_1265208540162115_4480639893021995616_n–कोइँच बु काःतिच
पाँचथर । घरमा लागेको आगो निभाउन खोज्दा सुनुवार सेवा समाज पाँचथर जिल्ला समितिको उपाध्यक्ष रामबहादुर (जयकृष्ण) सुनुवार सख्त घाइँते भएका छन् । घरमा लागेको आगो निभाउँदै गर्दा घरको जस्ता झरेर टाउकोमा गम्भिर चोट लागी चार टाँका लगाइएको छ ।
माघ ६ गते दिउँसो भाडामा बसेको पसलमा लागेको आगोले दशमी बजारका लोकुँच बुद्ध सुनुवार र सँगै जोडिएको जयकृष्ण सुनुवारकको घर जलेर नष्ट भएको छ । लहरै जोडिएको दशमी बजारमा लागेको आगो दिउँसो बजार लागेको हुँदा अन्य घर भने आगो लाग्नबाट जोगिएको छ ।
जिउमा लगाएरको कपडा बाहेक बुद्ध तथा जयकृष्ण सुनुवारको घरबाट कुनै पनि सामान निकाल्न नसकेको हुँदा अनुमानित एक करोड भन्दा बढी धनमालको क्षति भएको जानकारी हाम्रा सहकर्मी बुद्ध सुनुवारले दिनुभएको छ । अहिले उहाँहरु छिमेकीको घरमा आश्रय लिइरहनु भएको छ ।
घरमा आगो लागेको अवस्थामा आँत्तिएको श्रीमती जयकृष्णको कानमा लगएको एक तोलाको रिङ पनि हराएको छ । ओलने गाउँ विकास समितिमा सुनुवारको घर उहाँहरुको मात्र हो । पाँचथर जिल्लामा बसेका सुनुवारको किपटलाई वर्तमान बाहुनवादी राज्यले साराङडाँडा, रबि, आरुबोटे र ओलने चार गाउँ विकास समितिमा फुटाएपछि उहाँहरुको घर मात्र ओलनेमा रहन पुगेको हो ।
लगभग मृत्यशैय्यामा पुगेको पाँचथर सुनुवार सेवा समाजलाई नयाँ जीवन प्रदान गर्नुहुने जयकृष्ण सुनुवारलाई अहिलै प्राकृतिक विपत्ती आइपरेको छ । “खोइ हो के हो के ? केही गर्छु भन्ने सुनुवारहरुलाई नै सबैतिरबाट प्रहार हुँदोरहेछ । बढो सक्रिय समाजसेवी जयकृष्ण माथि यत्ति ठूलो प्राकृतिक विपत्ति उहाँ समाज विकासको लागि मरिमेट्ने व्यक्ति त हुनुहुन्छ नै कोइँच भाषा संस्कृतिको संरक्षणका खम्ब पनि हुन्छ । उहाँकै पहलमा सुनुवार सेवा समाज पाँचथर जिल्ला समिति सक्रिय भएको हो । उहाँ शाँदार ग्योर संरक्षण तथा विकास समिति इलाम–पाँचथरको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ । यस दुःखद परिस्थितिमा सबै कोइँच लगायत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफु सक्दो सहयोग गर्न पनि अपिल गर्दछु” सुनुवार सेवा समाज केन्द्रिय समिति अध्यक्ष मनप्रसाद सुनुवारले अपिल गर्नु हुन्छ ।
आजै सुनुवार सेवा समाज, पाँचथर जिल्ला समितिले आपतकालिन बैठक राखी जयकृष्ण सुनुवार तथा परिवारको लागि तत्काल आपतकालिन राहत सहयोग संकलन गर्न लागेको छ । सुनुवार सेवा समाज पाँचथरका सविच हरि मुखियाले यस्तो दुःखद घटनामा आफ्नो सक्दो स्वेच्छिक सहयोग गर्न अपिल गर्नु भयो । यतिबेला जयकृष्ण लोँकुच परिवार छिमेकीको घरमा आश्रय लिएको हुँदा उहाँहरुको सहयोगको लागि सुनुवार सेवा समाज जिल्ला समिति, पाँचथरको नेपाल बैंक लि. फिदिम शाखामा रहेको चल्ती खाता नं. ५१०४ मा पनि सिधै सहयोग रकम जम्मा गर्न सकिने जानकारी गराउनु भयो । टाढाको साथीहरुले मनि ट्रान्फर गरी सहयोग गर्न सक्ने पनि बताउनु भयो ।
सुनुवार सेवा समाज कतारका सल्लाहकार भानु सुनुवारले जयकृष्ण सुनुवारको आपत्कालीन राहत सहयोगको लागि रु. 42,010 रकम राहत सहयोग भएको जानकारी गराउनु भएको छ । उहाँले बेलायतबाट सुनुवार सेवा समाजका सल्लाहकार जंग सुनुवारले रु. ८००० राहत सहयोग गर्नुभएको पनि जानकारी गराउनु भयो ।
इजारायलबाट कविता सुनुवार तथा कतारबाट किशोर सुनुवारले बढो चासोका साथ जयकृष्ण सुनुवारको विपत्तिको तस्वीरसहितको तत्काल सुचना प्रवाह गर्नु भएकोमा सुनुवार सेवा समाज, सुचना विभाग हार्दिक आभार प्रकट गर्दछ भन्दै सुनुवार सेवा समाजका महासचिव समीर सुनुवारले जयकृष्ण सुनुवारसँग सिधा सम्पर्क राखी आपैंm कुराकानी गर्न डुलुवा टेलिफोन ९४२६७३९५५ मा सम्पर्क गर्न सकिने जानकारी पनि जानकारी गराउनुभयो । “सक्छौं सहयोग गरौं, सक्दैनौं अनावश्यक गफ नछाँटौं । सेवा नै धर्म हो, सबैले यस्तो विपत्तिमा एक दुई पैसा गाँस काटेर सहयोग गर्न सकिन्छ । तर कसैलाई करकाप भने छैन, होइन” सुनुवार सेवा समाज, भक्तपुर जिल्लाका सम्मेलन संयोजक लेखबहादुर सुनुवार किरातले सबैसँग सहयोगको अनुरोध गर्नुभयो ।

बधाई र कार्य सफलताको शुभकामना

17th jan, साउदी अरेबिया । सुनुवार सेवा समाज साउदी अरेबिया को विभिन्न सहरमा रोजगारी को सिलसिला मा रहनु भएका सुनुवारहरु को एकता द्वारा अन्ततः सुनुवार सेवा समाज शाखा साउदी अरेबिया गठन भएको छ। विभिन्न देशमा छरिएर रहेका सुनुवारहरु को सक्रियता र एकता को कारण सु से स शाखा बेलायत,सुसेस शाखा दक्षिण कोरिया ,सुसेस शाखा जापान,सुसेस शाखा मलेसिया ,सुसेस शाखा कतार यस अघि नै गठन भै सकेका छन। समाजसेवी अगुवा किसोर सुनुवार को पहलमा देभ ङावचा सुनुवार को संयोजकत्वमा सो कार्य सम्भव भएको। यस ले रोजगारी को सिलसिला मा रहेका सुनुवार युवाहरूको प्रतिनिधित्व गरि सहजीकरण को भुमिका निर्वाह गर्नु का सथै सुनुवार भाषा ,सस्कृती को पनि सम्वर्धन,प्रवर्द्धन र संरक्षण गर्ने कुरा समाजसेवी किसोर सुनुवार र संयोजक देभ सुनुवार ले बताउनु भयो। सुसेस शाखा साउदी अरेबिया को मुल उद्देश्य भनेको सुनुवार समुदाय को हकहित नै हो। नव गठित कार्य समिती सस्थापक संयोजकहरु किसोर सुनुवार (कतार) देव ङावचा (साउदी अरेबिया) अध्यक्ष : करन सुनुवार उपाध्यक्ष : गणेश सुनुवार सचिव : मोहन (कोइच)सुनुवार सहसचिव: वसन्त सुनुवार (मुखिया) कोषध्यक्ष : अधिराज सुनुवार स.कोषाध्यक्ष : ओम कुमार सुनुवार सदस्य : सोम माया सुनुवार सदस्य : हनोक सुनुवार सदस्य : भुवन सुनुवार सदस्य : मोहन सुनुवार सदस्य : संदेशसुनुवार (मुखिया) सदस्य : बुद्धिराज सुनुवार सदस्य : रमेश सुनुवार सदस्य : कोमल सुनुवार सदस्य : खेम राज सुनुवार प्रमुख सल्लाकार समिति अम्मर ध्वज सुनुवार दिनेश सुनुवार टिक बहादुर सुनुवार शंकर सुनुवार किम्सु सुनुवार साथै अन्य सुनुवार महानुभावहरु को पनि उपस्थिति रहेको थियो। कार्यक्रम मा विभिन्न नव निर्वाचित पदाधिकारीहरु लाई कार्य सफलता को शुभकामना र बधाई आदानप्रदान गरिएको थियो।
प्रमुख सल्लाकार समिति अम्मर ध्वज सुनुवार दिनेश सुनुवार टिक बहादुर सुनुवार शंकर सुनुवार किम्सु सुनुवार वौद्दिक तथा भाषा,साहित्य उपसमिति वसन्त सुनुवार (संयोजक) बाल कुमार सुनुवार अधिराज सुनुवार भुवन सुनुवार सास्कृतिक उपसमिति करण सुनुवार (संयोजक) भुपाल सुनुवार दिलिप सुनुवार रिसप सुनुवार प्रचार प्रसार उपसमिति गणेश सुनुवार (संयोजक) जेरो मि सुनुवार सन्तोष सुनुवार व्यवस्थापन उपसमिति मोहन कोइच (संयोजक) भिम सुनुवार सन्त सुनुवार ओम कुमार सुनुवार हानोक सुनुवार व्यवस्थापन उपसमिति को कार्यभार धेरै हुनेछ # भेला आयोजना गर्नु # मिटिङ को लागि हरेक सामान उपलब्ध गराउनु # तुल,व्यनर,व्याच उपलब्ध गराउनु नोट :एक जना सदस्य थप गरि समिति पूरा गर्नुहोस।