News
now browsing by category
सुश्री एस्तर सुनुवारलाई उपचार खर्च
-सुनुवार सेवा समाज, शाखा युएई |
रामेछाप जिल्ला गुप्तेश्वोर गा.वि.स. वडा नम्बर १ चुलेपू निवासी श्री रुद्र बहादुर सुनुवारको साईली छोरी सुश्री एस्तर सुनुवार रोजगारीको सिलसिलामा मिति २०७१/०१/३१ मा यु.ए.ई. को अबुधाबी स्थित ईमिरेटस मोडेल बिल्डिंग मेन्टेनेनस एल.एल.सी. आउनु भएको थियो | तर उक्त कम्पनीले १५-२-२०१५ मा मात्र भिसा लगाएको कारण हवाई टिकट पनि नदिने बुझिएको र यस सु.से.स. शाखा यु.ए.ई. गठन पूर्व भेटघाट मीटिंग देखिनै एकेब्दैता जनाउदै आउनु भएको आजीवन सदस्य एस्थर सुनुवार विगत एक वर्षा देखि पेट सम्बन्धि रोगले ग्रस्त हुदै आएको र हाल निकै रोगले चेप्दै लागेको हुनाले र मासिक तलब भन्दा औषधि उपचार खर्च बढी हुन गएकोले, १३-५-२०१६ मा सु.से.स. यु.ए.ई. प्रथम बार्षिक साधारण सभामा यस सुसेस शाखा युएई को सचिब श्री मोहन बहादुर सुनुवार ले राखेको सहयोग प्रस्ताब अनुसार यस सुसेस युएई को कार्य समिती,सल्लाहकार समिती, आजिबन र साधारण सदस्यहरुको सहमतिमा सुश्री एस्तर सुनुवारलाई उपचार खर्च जुटाई सहायो गर्ने निर्णय गरिए अनुरुप १९-६-२०१६ का दिन हवाई टिकट र संकलिंत रकम समेत उपलब्ध गराई उपचारको लागि नेपाल पठाईएको छ | उहाको उपचार सफलता पुर्बक होस् भन्ने सुसेस युएई परिवारको कामना छ |
सहायो दाताहरु र सहयोग अनरुप प्राप्त रकम यस अनुरुप छन् | Read More
फुल्दै गरेको पिरतीको फूल नाम्सि फु
–काःतिच ।
पचासको दशकमा एक हुल युवा गाउँघरको पाखाभित्तामा बेबरिसे फूल्ने सुन्दर फुल सेरेम फू काखी च्यापेर झुल्किए । कतिले उनीहरुको यो दुस्साहसलाई सलामी ठोके त कतिले प्रेस विज्ञाप्ति नै जारी गरेर विरोध गरे । दुर्भाग्य भन्नु पर्छ । त्यो पूmल त्यसै त्यसै ओइलाएर मर्नु न बाँच्नु भएर बसेको बेला लगभग एक दशक पछाडि तामिचाइमिहरु जुर्मुराए सेरेम फुको साख जोगाउन । तै पनि कोइँच युवाहरु वालाइ पा बाअ्चा दुम भनेर नै चुपचाप गुमनाम बसे । झण्डैले एक दशक आधा कटेपछि सेरेम फुको अर्को औतार दोमोका दार्शो सेरेम फु लिएर देश विदेश भौतरिना लागे । कसैले मुख फोरेर मायाको दुई शब्द पस्किने आँट गरेनन् । बरु नाच्न नमिल्ने आँगान टेँडो भने जस्तै गर्दा गर्दा पनि कसैले चट्ट माया मार्न भनेक सकेको देखिएन । र, अहिले आँट गरेर मुख फोरेका छन् ति संगीतका पारखीहरुले ङा दाः बा ङा मिम्चा इ ने फ्लुअ्ता । नाम्सी फु नाम्सी फु । बल्ल पो दुई दशक पछाडि पिरतीको फुल फुल्न लागेको छ, नाम्सि फु ।
हजुर, अब तपाईँको घर आँगनमै ७ वटा गीत समेटिएको कोइँच भाषाको चौथो गीति एल्बम नाम्सि फु (पिरतीको फूल) आउने कोशिशमा छ । यो गीति एल्बमले धेरै ऐतिहासिकता पनि बोकेर आएको छ । यो एल्बमले पाँच जना नयाँ कलाकारको जन्म गरेको छ ।
सबै गीत कोइँच मुलबस्तीमा गाइने गीतलाई शब्द मात्र फेरेर जस्ताको तस्तै पस्किएको छ ।
सुनुवार सेवा समाज पुवामझुवाको अध्यक्षमा रत्नदेवी
-सुजता सुनुवार
इलाम, ५ असार । सुनुवार सेवा समाज इलामका संयोजक पृर्थसिहं भुजुवार सुनुवारले आफ्नो भाषा र संस्कृतिको जर्गेना गर्न एकजुट भई अगाडि बढ्न सुनुवार समुदायलाई आग्रह गर्नुभएको छ । इलामको पुवामझुवामा हिजो आयोजित सुनुवार सेवा समाज पुवामझुवाको पाँचौ अधिवेशन उद्घाटनका क्रममा उहाँले आफ्नो पहिचानको संरक्षण गर्नकै लागि २०४८ सालमा संस्थाको जन्म भएको स्मरण गर्नुभयो ।
‘आदिवासी जनजाती सुनुवारहरुको भाषा, संस्कार र संस्कृतिलाई लोप हुन नदिन अग्रज व्यक्तिसँगै तमाम् युवाहरुले आफ्नो ढोल र कलम आफूसँगै अगाडी लैजान आवश्यक छ’ उहाँले भन्नुभयो, ‘त्यसो गर्नसके मात्र संस्थाको सबै प्रकारको चुनौतिको सामना गर्न सकिन्छ ।’कार्यक्रममा सांस्कृतिक समितीका संयोजक नरबहादुर सुचिचा सुनुवारले संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सचिव देवकुमारी प्रेतिचा सुनुवारले एक लाख ४५ हजार छ सय ९३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सदस्य कमल थोलोचा सुनुवारले प्रस्तुत गर्नुभएको थियो । Read More
भट्ट परिवारलाई सहयोग प्राप्त
सुनुवार डट ओआरजि समाचारदाता ।
काठमाडौं । एकै परिवारका चार जना सदस्य विकलङ्ग भएको हुँदा कोरियामा भट्ट परिवारको लागि सञ्चालित सहयोग अभियानबाट केदर भट्ट परिवारको सानीमा बैंकमा रहेको खातामा रु. पाँच लाख पैतिस हजार रुपैंया सहयोग प्रदान गरिएको छ । द्वन्द्वपिडीत था अपाङ्गा समाज नेपाल, सलम्बुटार, साँखु काठमाडौंमा आश्रय लिइ बसेका भट्ट परिवारलाई कोरियाबाट सहयोग लिएर आएका विक्रम ठाकुरीले सो रकम हस्तान्तरण गर्नु भएको हो । संस्थामा आश्रय लिइ बसेको ४२ जना द्वन्द्वपीडित तथा अपाङ्गहरुको लागि चालिस इञ्चको सामसुङ टिभी, १९० लिटरको प|mीज पनि हस्तान्तरण गरिएको जानकारी समाजका संस्थापक तथा अध्यक्ष युवाराज थापाले जानकारी गराउनु भयो ।
संस्थामा आश्रय लिइरहेका बयालिस जना द्वन्द्वपीडित तथा अपाङ्गहरुको सहयोगका लागि एबिसी टेलिभिजनको चर्चित लोकगीत कार्यक्रम इन्द्रेणी पनि आज सोही संस्थाको प्राङ्गाण सुटिङ गरिएको जानकारी कतारबाट किशोर सुनुवारले बताउनुभएको छ । उहाँको अनुरोधमा समाजसेवी आङ काण्डी शर्ेपाले चार बोरा चामाल, तेज, विस्कुट सहयोग गर्नुभएको छ ।
इन्द्रेणी कार्यक्रमका सञ्चालक श्रीकृष्ण कँडेल लगायत इन्दे्रणी परिवार, कोरियामा सहयोग अधियान सफल बनाउनु हुने संयोजक गोविन्द गौतम र संतोष अधिकारी लगायत सम्पर्ूण्ा सहयोगदाता, भट्ट परिवारलाई अस्पताल आउन जान निःशूल्क यातायात सहयोग गर्नुहुने कमल सुनुवार, र विक्रम ठकुरीलाई पनि कृतज्ञता जाहेर गर्दै अगामि दिनको लागि पनि सहयोग गर्न रेगिस्तानमा बसेर पनि समाजसेवामा लागि पर्ने अभियान्त किशोर सुनुवारले हार्दिक अनुरोध गर्नुभएको छ ।
के गर्दै छ सुनुवार सेवा समाज ?
–कोइँचबु काःतिच
एक महिना नाघेको छ, सुनुवार सेवा समाज नवौं राष्ट्रिय सम्मेलन भएको । धेरैलाई कौतुहल हुनुपर्छ, यतिबेला सुनुवार सेवा समाज के गरिरहेछ ? यसरी जनचासो हुनु सबैको सूचना पाउने अधिकार हो । यसर्थ सुनुवार सेवा समाजले एक महिनामा गरेको कार्य विवरणहरु देहाय बमोजिम छन् ।
प्रथम बैठक
प्रथम बैठक वैशाख २६ गते विहान ३ बजे बसेको थियो । उक्त बैठकले आठौं पुरक समितिलाई विदाई तथा सम्मेलनमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने र सुनुवार सेवा समाजको तत्कालिन कार्य सम्पादन गर्नको लागि वैठक बसी निर्णय गर्न गराउनको लागि ७ सदस्यीय सचिवालय गठन गरेको थियो ।
सोही निर्णय बमोजिम सुनुवार सेवा समाजले तत्कालीन राष्ट्रिय चाड शाँदार पिदारको उपलक्ष्यमा जेठ ७ गते विहान ११ बजे सुनुवार सेवा समाजका अग्रज संस्थापक सचिव गुञ्जबहादुर सुनुवारको आतिथ्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै गरी जेठ २१ गते आठौं समितिका पदाधिकारी तथा सदस्यहरुलाई विदाई तथा सम्मेलनमा सहयोग गर्नेहरुलाई सम्मान गर्नेक्रममा कलाकार, स्वयम्सेवकहरुलाई सम्मान गरियो । उक्त विदाई कार्यक्रममा निवर्तमान अध्यक्ष मनप्रसाद सुनुवार, सचिव अमरदीप सुनुवार, सदस्य मोहन सुनुवार, नारायणबहादुर सुनुवार, प्रेमकुमार सुनुवार, शोभादेवी सुनुवार, दिर्घबहादुर सुनुवार उपस्थित हुनुहुन्थ्यो ।
कामहरुको समिक्षा
समाजको दोस्रो बैठक जेठ २२ गते बस्यो । सो बैठकमा सर्वप्रथम कार्यसमितिले गरेका कामहरुको समिक्षा गरियो । उक्त समिक्षामा अध्यक्षले केन्द्रमा बसी दैनिक कार्य सम्पादन गर्दै शाँदार पिदारका दिन हात्तिवन मन्दिरमा र सिन्धुलीको बस्तीपुर शाँदारथानमा आतिथ्यता ग्रहण गर्नु भएको साथै सुनुवार सेवा समाज ललितपुरले ठूलो दुर्लुङमा आयोजित अमूर्त सम्पदा संरक्षण सचेतना कार्यक्रममा आतिथ्यता गरी त्यहाँका सुनुवारहरुलाई सचेतनामा जागरुक गराउनु भएको जानकारी भयो । उपाध्यक्ष अमृतबहादुर सुनुवार लगायत सदस्य रमेश सुनुवारले रामेछाप दुरागाउँमा धेरै वर्ष पछाडि पुनः शुरु गरिएको शाँदार पिदारमा आतिथ्यता गर्नु भएको र रेडियो लिखु मार्पmत शाँदारपिदारको प्रचार प्रसारमा संयोजनकारी भूमिका निर्वाह गरेको जानकारी भयो । उपाध्यक्ष किरण मुखियाले झापाको कालिकास्थान स्थित शाँदारथान तथा झापा सुसेस जिल्ला सम्मेलनमा आतिथ्यता ग्रहण गर्दै रेडियो लिखुबाट झापा शाँदारको छ मिनेट प्रत्यक्ष प्रसारण गरेको जानकारी दिनुभयो । महासचिव समिर मुखियाले हात्तिवन शाँदारथान संलग्न हुँदै सुनुवार सेवा समाज काठमाडौंद्वारा लब्सीफेदि सुनुवार गाउँमा आयोजित भूकम्प जोखिमबाट बच्ने उपय र सुनुवार सेवा समाज ललितपुरले ठूलो दुर्लुङमा आयोजित अमूर्त सम्पदा संरक्षण सचेतनाको स्रोत व्यक्तिको रुपमा सचेतना कार्यक्रममा सहभागी हुनुको साथै होटल सोल्ठीमा आदिवासी प्रतिष्ठानले आयोजना गरेको भुकम्प विपद व्यवस्थापन विचारगोष्ठीमा समाजको तर्पmबाट सहभागी भएको जानकारी गराउनु भो । सचिव कोइँचबु काःतिचले इलाम जिल्लाको पहिलो शाँध्दारथान पुवा मझुवाको चैतेमा सदस्य देवकुमारी सुनुवार, सुनुवार विद्यार्थी समाजका उपाध्यक्ष सागर सुनुवार, सचिव विवक सुनुवारसहित सहभागी भएको र सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले पाँचथर इथुङ र काठमाडौंमा आयोजना बगरेको एक हप्ते सुनुवार भाषा शिक्षक प्रशिक्षण कार्यक्रमको प्रशिक्षक भएको जानकारी दिनु भो । कोषाध्यक्ष शोभा सुनुवार सुनुवार सेवा समाजले गरेको शुभकामना आदानप्रदान तथा विदाई र सम्मान कार्यक्रममा कोइँच खाजा व्यवस्थापन गर्नको साथै सुनुवार सेवा समाज काठमाडौंद्वारा लब्सीफेदिमा आयोजित भुकम्प विपद व्यवस्थापन सचेतना कार्यक्रमको सहजीकारण गर्नको साथै सुसेस ललितपुरको शाँदार पिदारमा घरघरमा सुरो हुल्ने कार्यक्रममा सहभागी भएको जानकारी गराउनु भयो । त्यसै गरी सदस्य किशोर र सुरज सुनुवारले सुनसारी धरानको शाँदारथानमा सहभागिता जनाएको, सदस्य आशिषले खिजीकातिको शाँदारथानमा, ओखलढुङ्गामा, सदस्य चम्पक सुनुवारले खिजी चण्डेश्वरीको शाँदारथानमा सहभागी भएको, सदस्य रेवातिरमणले पोकलीको शाँदार पिदारको वारेमा जानकारी गराउनु भयो भने सदस्य जीवनकुमार सुनुवारले दोलखाको हाँवा र सिन्धुली दुधौलीको मगरकट्टी शाँदारथानमा आतिथ्यता गरेको जानकारी गराउनु भयो । सदस्य बुद्धिबहादुरले सर्लाही शाँदारथानको आयोजना गरेको र सदस्य महेन्द्रमानले सिन्धुली महादेवाडाँडा र दुधौलीको शाँदारथानमा आतिथ्यता गरेको साथै सदस्य टंककुमारी सुनुवारले सिन्धुलीमाडीको शाँदार पिदार नाअ्शो जुठो परेको हुँदा शाँदार पिदार हुन नसकेको जानकारी गराउनु भो । पदेन सदस्य मानबहादुर सुनुवारले मातृभाषा संरक्षणको लागि विद्यार्थीले पाँचथर र काठमाडौं गरी ५४ जना कोइँच मातृभाषा प्रशिक्षक उत्पादन गरेको जानकारी दिनुभयो । अन्तमा सचिवले सदस्य देवकुमारी सुनुवार, बुद्धिबहादुर सुनुवार, दिपा सुनुवारले विशेष काम परेको हुँदा वैठकमा उपस्थित हुननसक्ने जानकारी दिएको सबैलाई जानकारी गराउनुभयो । Read More
दोस्रो आदिबासी जनजाती कप फुटबल-२०७३ सुसेस ललितपुरलाई ।
सुनुवार डट ओआरजी समाचारदाता ।
१ जेठ , ललितपुर । “एकताले नै सपना साकार हुन्छ” भन्ने मुल नाराका साथ किरात कोइँच स्पोर्टस क्लबले आयोजना गरेको दोस्रो अदिबासी जनजाती कप–२०७३ फुटबलको उपाधि सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएको छ । प्रतियोगिताको फाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीबीच भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा ५–४ गोलले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो । खेलको छैठौ मिनेटमा सुमन मगरले गोल गर्दै ट्याक्सी व्यवसायीलाई अग्रता दिलाएको थिए । खेलको दोस्रो हाफमा ट्याक्सी व्यवसायीलाई ६३औं मिनेटमा बसन्त तामाङको गोलले खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो प्रतियोगिा भरिको क्रमशः उच्च गोलकर्ता दुरा सेवा समाजबाट निर्मल दुरा, उत्कृष्ट रक्षक कमल तामाङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट फरवार्ड सुमन मगर अञ्चल ट्याक्सी व्यवसायी, उत्कृष्ट गोलकिपर सोम सामताङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट मिडफिल्डर त्रिलोक दुरा दुरा सेवा समाज र प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी रवि थिङ सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएका छन् । पुरस्कृत खेलाडीलाई प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले वितरण गरेका थिए । प्रतियोगितामा क्रमशः सुनुवार विद्यार्थी समाज चौथो, दुरा सेवा समाज तृतीय, सुनुवार अञ्चल ट्याक्सी व्यवसायी दोस्रो र सुनुवार सेवा समाज ललितपुर प्रथम भएको थियो । विजेता टोलीलाई नगद, प्रमाण–पत्र तथा ट्रफी वितरण गरिएको थियो ।
प्रतियोगिताको प्रथम हुने टोलीलाई राजेश सुनुवार कतारबाट ट्रफी, मेडल तथा नगद ५० हजार सुनुवार सेवा समाज शाखा यूएईले सहयोग गरेको थियो । त्यसैगरी दोस्रो हुने टोलीलाई सुनुवार सेवा समाज शाखा दक्षिण कोरियाले ट्रफी, प्रमाण–पत्र तथा नगद २५ हजार सहयोग गरेको थियो । त्यस्तै तृतीय टोलीलाई अशोक ङवाचा सुनुवारले स्व. भाई गोविन्द सुनुवार प्रति समर्पित गर्दै ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद १५ हजार सहयोग गरेको थियो ।
त्यसैगरी अन्य सहयोगी संस्था सुनुवार सेवा समाज कतारबाट फेयर प्ले टोलीलाई ट्रफी लगायत अन्य विविध विधाको खेलाडीहरुलाई ट्रफी प्रयोजन गरी सहयोग गरेका थिए । त्यस्तै सुनुवार सेवा समाज शाखा मलेसिया, ओखलढुंगा एकता समाज मलेसिया, युकेबाट व्यक्तिगत सहयोग समेत यस प्रतियोगिताका लागि सहयोग गरेका थिए ।
प्रतियोगितालाई उच्च मनोबलको हौसाला प्रदान गर्न निम्ति भेट्रान टोलीलाई पनि आयोजकले समावेस गरेको थियो टोलीमा सुनुवार को–आपरेटिभ लि. , आदिवासी जनजाति फुटबल क्लब (आइएफसी) र नेपाल आदिवासी जनजाति प्रतिष्ठान गरी ३ टोलीको सहभागी थियो । भेट्रान टोलीमा सुनुवार को–अपरेटिभ लि.ले उपाधि जितेको थियो । उपाधिका लागि निरबहादुर सुनुवार कतारबाट स्वा. बुबा प्रति समर्पित गर्दै ट्रफी, मेडल र प्रमाण–पत्र सहयोग गरेका थिए । यसैबीच देश विदेशबाट आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई कदर–पत्र सहित आयोजक किरात कोइँच स्पोर्ट्स क्लबले सम्मान गरेको थियो ।
अञ्चल ट्याक्सी, दुरा, सुनुवार विद्यार्थी र सुसेस ललितपुर सेमिफाइनलमा ।
सुनुवार डट ओआरजी समाचारदाता ।
३० वैशाख, ललितपुर । दोस्रो आदिवासी जनजाति कप २०७३ को क्वाटरफाइनलमा खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी, दुरा सेवा समाज, सुनुवार विद्यार्थी समाज र सुनुवार सेवा समाज ललितपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । सुनुवार अञ्चल ट्याक्सी व्यवसायीले वालुङ युथलाई २–० ले, दुरा सेवा समाजले लिखु भुजी रामेछापलाई १–० ले, सुनुवार विद्यार्थी समाजले मगर फुटबल टिमलाई ५–२ ले, सुनुवार सेवा समाज ललितपुरले नेवा युथ क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन् ।
सुनुवार अञ्चल ट्याक्सी व्यवसायीका जर्सी नं. ७ सुमन मगरले २१औं मिनेटमा र जर्सी नं. ११ का विकास मोक्तानले ६४औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी दुरा सेवा समाजका जर्सी नं. ८ का राम दुराले ८औं मिनेटमा गोल गरेका थिए । सुनुवार विद्यार्थी समाजका जर्सी नं. १७ का मार्बल सुनुवारले ६ मिनेट, जर्सी नं. ४ का विनोद गुरुङले १८ मिनेट, जर्सी नं. १६ का रोशन गुरुङ २० मिनेट, जर्सी नं. ८ का सुमन श्रेष्ठले ४३ मिनेटमा र जर्सी नं. ७ का प्रह्लाद सुनुवारले ७० मिनेटमा गोल गरेका थिए भने मगर फुटबल टिमका जर्सी नं. १० का विजय श्रेष्ठले ४० मिनेट र जर्सी नं. ७ का चन्द्र राना मगरले ४७ मिनेटमा गोल गरेका थिए । त्यसैगरी सुनुवार सेवा समाज ललितपुरका जर्सी नं. ५ का छवि रोका मगरले १७ र ३७ मिनेटमा गोल गरेका थिए भने नेवा युथ क्लबका तर्फबाट जर्सी नं. १६ का विकास महर्जनले ५५ मिनेटमा गोल गरेका थिए ।
सेमिफाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीविरुद्ध सुनुवार विद्यार्थी समाज र दुरा सेवा समाजविरुद्ध सुनुवार सेवा समाज ललितपुरबीच हुनेछ ।