News
now browsing by category
भाषा सङ्स्कृति सङ्रक्षणको लागि मकावनपुर कोइँचहरु एक जुट हुँदै ।

सुनुवार डट ओआरजि समाचारदाता
२०१२ सालमा मकावनपुरगढीको बडाहाकिम हुँदा डबल कप्तान खड्काबहादुर सुनुवारले शायदै सोचेका थिए होला मकावनपुरमा पनि कोइँच सुनुवारहरु सङ्गठित भएर आफ्नो भाषा सङ्स्कृतिको लागि अगाडि बढ्ने छन् । मकावनपुरमा प्रशासकीय अधिकृत भएर गएको ७० वर्षपछि हेल्टुँडाको चौकोटोलस्थित ओम बृद्धाश्रम हलस्थित मकावनपुरे कोइँचहरुले सुनुवार सेवा समाज मकावनपुर प्रथम जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न गरेको छन् । थाहा नगरपालिका वकैया र भिमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्दै आएका कोइँचहरु एकै ठाउँ जम्मा भएर कोइँच शाँदार नाच नाच्दै आदारपिदार गरेर पुर्खा र प्रकृति भाक्दै कोइँच भाषा सङ्स्कृति सङ्रक्षणको लागि अर्जुन बहादुर सिकारीको अध्यक्षामा एघार सदस्यीय सुनुवार सेवा समाज मकावनपुर जिल्ला समन्वय समिति गठन भएको छ । विशेषगरी ९ पुस्ता अगाडिदेखि रामेछाप ओखलढुङ्गाबाट बसाइ सरेर आएका कोइँचहरुको बाहुल्य मकावनपुरमा देखिँदोरहेछ ।
अध्यक्ष जेस्पुच अर्जुन बहादुर सिकारी हेटौडा १
उपाध्यक्ष जेस्पुच दिपक सुनुवार थाहा २
सचिव देब्बाच रामबहादुर सिकारी बकैया १२
सहसचिव याअता चन्द्रबहादुर सिकारी भिमफेदी ९
कोषाध्यक्ष याअता नारायण सुनुवार हेटौडा १
सदस्य रुपाच लक्ष्मी सिकारी थाहा १
सदस्य क्युइँतिच सीता सिकारी हेटौडा १
सदस्य क्युइँतिच नीता सिकारी हेटौडा १
सदस्य क्युइँतिच रबी सिकारी हेटौंडा १
सदस्य क्युइँतिच प्रेमबहादुर सिकारी बकैया २
सदस्य जिजिच श्यामकुमार सिकारी थाहा ११
सङ्घीय प्रतिनिधि जेँतिच इश्वरी बहादुर सिकारी हेटौडा १
सङ्घीय प्रतिनिधि क्युइँतिच उर्मिला सुनुवार बकैया ३
आकाश सुनुवारको अध्यक्षतामा ‘सुनुवार सेवा समाज युके’को नयाँ कार्यसमिति ।

सुनुवार सेवा समाज युकेको आठौं अधिवेशनले आकाश सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा केदार सुनुवार र प्रकाश सुनुवार, सचिवमा परिष्पा सुनुवार तथा कोषाध्यक्षमा खजेन्द्र बिक्रम सुनुवार चयन भएका छन् । नयाँ कार्यसमितिले प्रथम बैठक बोलाई बाँकी रहेका थप पदाधिकारीलाई आवश्यकतानुसार छिट्टै मनोनयन गर्ने बताइएको छ । कार्यक्रममा सुनुवार सेवा समाज बेलायतका संस्थापक तथा पूर्वअध्यक्ष विजयकुमार मुखियाले सन् २०१७ देखि २०२५ सम्म संस्थामा कार्यरत सबैलाई विशेष धन्यवाद दिए । संस्था सानै किन नहोस् त्यहाँ बसेर काम गर्न सजिलो नभएको कुरामा उनले जोड दिए । पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले जो मनोनित भए पनि संस्थाको पारित विधानलाई आधार मानेर संथालाई आगामी दिनहरूमा सकारात्मक तरिकाले अगाडि डोहोर्याउने सवालमा ढुक्क भएको बताए । नवगठित कार्यसमितिलाई कार्यकाल सफलताको लागि निवर्तमान अध्यक्ष मनोजकुमार सुनुवारले शुभकामना व्यक्त गरे ।कार्यक्रम सचिव गीतराज सुनुवारले खुल्ला र बन्द सत्र गरी दुई भागमा सञ्चालन गरेका थिए ।
सुनुवार समाज हङकङको छैटौ अधिबेशन सम्पन्न ।

२४ नोभेम्बर २०२४ आईतवार जोर्डन स्थित बगैँचा रेष्टुरेण्ट एण्ड बारमा सुनुवार समाज हङकङको छैटौ अधिबेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष श्यामकर्ण सुनुवार अध्यक्षतामा दीप प्रज्वलन गरि सुरु भएको उक्त कार्यक्रममा समितिका बरिष्ठ सल्लाकार तथा किराती कोईच मुक्दुम बिद अतीत मुखिया सुनुवारले जोर सगुन राखी कोईच पित्रि र प्रकृतिलाई पिदार नम्दारगरि कार्यक्रम प्रारम्भ गरिएको थियो । समितिका सह सचिब देबराज सुनुवारले सन्चालन गरेको कार्यक्रममा समितिका सल्लाकार लोक बिक्रम सुनुवाले स्वागत मन्तब्य राखेका थिए । यसै गरि समितिका सह सचिब देबराज सुनुवारले सुनुवार समाज हङकङको पाचौं अधिबेशनबाट गठित कार्य समितिको प्रारम्भ देखि हालसम्मका संस्थाले गरेको प्रगती बिबरण पेश गरेका थिए भने समितिका कोषाध्यक्ष रबिना थापा सुनुवारले समितिको कार्यकाल भरिको आर्थिक बिबरण सविस्तार पेश गरेका थिए । दोस्रो चरनको कार्यक्रममा समितिका सल्लहाकार- अतीत मुखिया सुनुवार, नरेश कुमार सुनुवार र एल बि मुखिया सुनुवारको ३ सदस्य निर्वाचन मण्डलले राम सुनुवारको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको छ । जस अनुसार उपाध्यक्ष र सदस्यहरू पहिलो बैठकमा मनोनयन गर्ने गर्ने गरि पदाधिकारि चयन गरेको छ: अध्यक्ष- राम सुनुवार, सचिव- देवराज सुनुवार, सहसचिव- प्रकाश सुनुवार, कोषाध्यक्ष रविना थापा सुनुवार, सहकोषाध्यक्ष- ओम प्रकाश सुनुवार र सदस्यहरु- संयोग सुनुवार र इन्दु सुनुवार रहेका छन् । नयाँ कार्य समितिका पदाधिकारीहरूलाई बरिष्ठ सल्लाहाकार तथा मुक्दिम बिद अतीत मुखिया सुनुवार ज्यूले पद तथा गोपनिएताको सपथ गराएका थिए । नव निर्वाचित कार्य समितिलाई सम्मान गर्दे निवर्तमान अध्यक्ष श्यामकर्ण सुनुवार, सल्लाहकार ईश्वर किरण सुनुवार, नरेश सुनुवार लगायतले सफल कार्यकालको लागि सुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने नव निर्वाचित अध्यक्ष राम सुनुवारले संस्था र समाजको हितमा काम गर्ने प्रविवद्धता जाहेर गरे ।
सिक्किममा सुनुवार शिक्षण र सिकाइ प्रक्रियालाई अभिवृद्धि कार्यशाला

सिक्किम सुनुवार (मुखिया) कोइन्चबु संघले भाषा शिक्षा विभागको निर्देशनालयसँगको सहकार्यमा शिक्षण र सिकाइ प्रक्रियालाई अभिवृद्धि गर्ने विषयमा केन्द्रित तीन दिने कार्यशाला आयोजना गरेको छ। कार्यशाला आज, अगस्ट 21, 2024, गान्तोकमा सुरु भयो र अगस्ट 23, 2024 सम्म जारी रहनेछ।
संघका अध्यक्ष डीबी मुखिया, कार्यकारिणी सदस्य तथा अन्य समुदायका सदस्यहरुको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यशालाले सहभागीहरूलाई शैक्षिक नतिजाहरू सुधार गर्न, विशेष गरी समुदाय भित्र भाषा शिक्षाको सन्दर्भमा नयाँ रणनीतिहरू र विधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
कवि तथा गीतकार अमरदीप सुनुवारको “दिनरात सधै सधै” भिडीयो सार्वजानिक ।

काठमाडौं । कवि तथा गीतकार अमरदीप सुनुवारले आफ्नो दोस्रो प्रस्तुति “दिनरात सधै सधै” गीतको भिडीयो सार्वजानिक भएको छ । हालै गृह मन्त्रालयको उपसचिवमा सरुवा भएका प्रशासक सुनुवारको पछिल्लो गीतमा जन्मेको गाउँ छोडेर रोजगरिका लागि टाढा बसेको युवकले आफ्नो जन्म घर, गाउँ, आफन्त र साथीभाई सम्झनामा आधारित रहेर भिडियो बनाईएको छ ।
वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको आवज रहेको गीत गीतकार अमरदिप सुनुवार र शान्तिराम राईको युटुयुब च्यानलबाट सोमबार सार्वजानिक भएको छ ।
गीत सार्वजानिक कार्यक्रममा निर्देशक तथा लेखक प्रकाश सायमीले गीतकारको गीतले नेपालको समसामयीक अवस्थालाई दर्साएको बताउनुभयो । उहाँले गीतले नेपाली युवाहरुको पिडा संघर्षलाई देखाएको जोड्नुभयो ।
सुनुवार सेवा समाज शाखा कतारको छैटौं अधिबेशनबाट नेतृत्वमा शुभराज सुनुवार

दोहा कतार – सुनुवार सेवा समाज शाखा कतारले आफ्नो छैटौं अधिबेशन शुक्रबार भब्य रुपमा सम्पन्न गरेको छ । दोहाको सनैया स्थित प्लाजामलको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा सस्थाको अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्व, जनजाति महासङ्घ कतारका अध्यक्ष दुर्गा प्रसाद पाङ्मी ९म्ल्० मगरको प्रमुख आतिथ्यता र सुनुवार सेवा समाज सघिय समितिका बिशिस्ट अतिथी साम सुनुवार साथै कतारमा स्थापित विभिन्न संघ सस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाको प्रमुख तथा प्रतिनिधि, मातृ सस्थाको प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । Read More
प्रदेश सभामुखलाई बुझाए लिखुखोला हाड्रोपवार आयोजना प्रभावितहरुले मागपत्र : पालिकाले प्रस्तावक पिके हाइड्रोपावरलाई ध्यानाकार्षण गरायो।

सुनुवार डट ओआरजि समाचारदाता, २ साउन ।
पिके हाइड्रोपावर प्रा.लि.ले हचुवामा बनाएको आइइ प्रतिवेदनले रावादोलु, काती र खिजीका नागरिकहरुलाई सम्बोधन नगरेको भन्दै आन्दोलित खिजीकातीका प्रभावितहरुले आज प्रदेश नं. १ का प्रदेश सभा सभामुख बाबुराम गौतमलाई एक बुँदे मागपत्र बुझाएका छन् ।
‘प्रदेश सभामुख काठमाडौं आएको मौका मिलेको हुँदा हामी खिजीदेम्बा वडा नं ३, ४ र ७ का नागरिकको तर्पmबाट ५७० जनाको हस्ताक्षरसहित प्रदेश १ का सभामुख ज्युलाई पुनः प्रारम्भिक वातावरण परिक्षण अध्ययन गर्न मागपत्र बुझाएका हौं’ लिखुखोला जलविद्युत आयोजनाका प्रभावितहरुको संघर्ष अभियान्ता कमल सुनुवार जानकारी गराए ।
‘पुनः प्रारम्भिक वातावरण परिक्षण गर्नुपर्ने’ कारणसहितको मागपत्र बुझ्दै प्रदेश सभामुख बाबुराम गौतमले भन्नुभयो, ‘मैले वातावरण परिक्षण हेर्न पाएको छैन तर तपाईको पत्रमा उल्लेख भए अनुसारको अवस्था वातावरण परिक्षण प्रतिवेदनमा उल्लेख भएको हो भने पिके हाइड्रोपावरले नागरिकको मानवाधिकारलाई कुल्चेर जलविद्युत उद्योग सञ्चालन गर्न सक्दैन । मेरो तर्पmबाट सक्दो सहयोग हुन्छ । यस किसिमको कुनै पनि कमकमजोरी हुन नदिन प्रदेश मन्त्रालय र संघको उर्जा मन्त्रालयमा समेत बुझेर तपाइँहरुलाई परेको समस्या माथि कारवाही अगाडि बढाउन पहल गर्ने छु ।’
यसै वीच झोलामा खोला बोकेर लुक्दै हिडेको पिके हाइड्रोपावरलाई खिजीदेम्बा गाउँपालिका, ओखलढुंगाले खिजीदेम्बा वडा नं. ३ खिजी, वडा नं. ४ काःत (काती) र वडा नं. ७ रावादोलुका नागरिकहरुसँग एफपिक नगरी वातावरण प्रतिवेदन तयार गरी जलविद्युत उद्योगले पुराउने असरको न्युनिकरणको यथार्थ अवस्थाहरु परिक्षण नगरी जलविद्युत आयोजना सञ्चालन गर्न लागेको भनेर कातीका नागरिकहरु आन्दोलित तथा भयभित भएको हुँदा यथार्थ विवरण के हो ? गाउँपालिकालाई जति सक्दो वातावरण परिक्षणको प्रतिवेदन बुझाउन र प्रभावित नागरिकले राखेको ‘पुनः वातावरण परिक्षण गर्न’ हाइड्रोपावरलाई ध्यानाकार्षण पत्र दर्ता गराएको छ ।
आन्दोलित खिजीदेम्बा वडा नं. ४ का प्रभावित नागरिकहरुको प्रतिनिधित्व गर्दै सामाजिक सञ्जाल मार्पmत आम नागरिकहरुलाई यथार्थ जानकारी पस्किँदै आएका लिखु खोला जलविद्युत आयोजनाबाट प्रभावितहरुको तर्पmबाट पिके हाइड्रोपावर प्रा.लि.का अध्यक्ष राजेन्द्र प्रसाद तिवारीलाई ५७० जनाको हस्ताक्षरसहित ‘पुनः प्रारम्भिक वातावरण परिक्षण गर्न’ १ बुँदे मागपत्र बुझाइएको प्रभावित नागरिकको संघर्ष अभियानका अभियान्ता किशोर सुनुवारले जानकारी गराएका छन् ।
‘मागपत्र बुझ्दै अध्यक्ष तिवारीले गम्भीर त्रुटी भएको स्वीकार गरे । र, हालको प्रारम्भिक वातावरण परिक्षण संशोधन गरिने वचन व्यक्त गर्नुभयो । हाम्रो माग संशोधन होइन प्रत्यक्ष प्रभावित गाउँ रावादोलु, काती, खिजी, प्रिती र कुँबु कास्थलीमा गएर नै स्थलगत पुनः प्रारम्भिक वातावरण परिक्षण गर्नुपर्ने माग गरेका छौं ।’ मागपत्र बुझाउन गएका संघर्षरत अभियानका सदस्य दिलबहादुर भुजेलले बताए । उनले अगाडि थपे अब हामी संघ तथा प्रदेश सान्सदलाई समेत भेटेर हाम्रो यथार्थ अवस्था जानकारी गराउने छौं ।