All about Sunuwar

Literature

now browsing by category

Literature, Songs, Poems

 

इच्छा

-कोइँच बु काःतिच (उत्तम)
चुप-लु होपोको कसम
मेसेल-मि,
तिमीसँग मैले अमर जीवन मागेको छैन
तिमी आस्थाको देवी
तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो
तिमी मेरो जीवनमा
तायामा खियामा भएर बस
म खाक-चिलिपा काक-तिसोला
किरातीको साम्यो ओलो भएर बाँची रहुँ ।

गिच-चाका काःतिच म
किक-बÞाकुमा प्राण आहुति दिन नपरोस्
किन कि
तुबी भएर जिन्दगी भरि मेरो सन्तानले बाँच्नु नपरोस्
देश रोएर थाकेको बेला
तिमी मेरो जीवनमा
फुपु बिन-तामि बनेर बाँच्नु
म बिनिच होपो ब्यूँझेर
किराती मर्चा संविधानसभा र राज्यपुनःसंरचनामा र्छर्दै जाने छु ।

चुप-लु होपोको कसम
मेसेल-मि,
तिमीसँग मैले अमर जीवन मागेको छैन
तिमी आस्थाको देवी
तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो
तिमी मेरो जीवनमा
लिलोत-ति पालोत-ति भएर आउनु
म ख्योम-पातिच,
पुख्र्यौली थलो एर-माअकु सिरुवामा पुनः बाँचीरहुँ ।

(यो कविताको खेस्रा २०६३ साल भदौ ३ गते शनिवार तदानुसार २००६ अगस्त १९ मा मेरो दैनिकीमा लेखेको रहेछु । अहिले फर्केर हर्ेदा ठिकठिकै लाग्यो । र, यसो साथीहरुसँग शेयर गरेको नि !)

केही किराती कोइँच शब्दार्थ
चुप-लु होपो – आगो तथा अगेनाको देवता
मेसेल-मि – ओखलढुङ्गा खिँजिमा मूल थान रहेको कोइँचहरुको देवी
तायामा खियामा – किराती मिथकको चेली
खाक-चिलिपा/काक-तिसोला – किराती मिथकको पर्ुखा मानव
साम्यो ओलो – किराती धर्म दर्शन र संस्कृति
गिच-चाका काःतिच – उहिले एक जना मात्र सन्तान भएकोले काःतिच थर रहेको एक्लो सहराविहीन कोइँचको एक थरि

किक-बाकु – काःतिचको पर्ुखा आफ्ना ससुराली क्याःबले पासो थापेको जालमा परेर मृत्यु वरण गरेको ठाउँ जुन ओखलढुङ्ग खिँजि काःतिमा पर्छ ।
तुबी – दिदीले भाइलाई पानी माग्दा नदिएकोले मरेपछि खोलाको पानी खाना नमिल्ने चरा ।
फुपु बिन-तामि – कोइँच मिथकमा आफ्नो राजा बनेको भदैलाई बचाउन गोप्य सूचना प्रवाह गर्ने स्वच्छा पन भएकी पात्र ।
बिनिच होपो – कोइँच मिथकमा जाँड रक्सीले मातेर बेहोसी किसिमले राज्य सञ्चालन गर्ने राजा ।
लिलोत-ति पालोत-ति – कोइँच मिथकमा भाइको लागि खाना खोज्ना हिँड्दा भाइ हराएर बैरागि भएर हिँडेको कोइँच चेलीहरु ।
ख्योम-पातिच – मालेपार-तेनको धर्मग्रन्थमा लुकाइएको लिलोत-ति पालोत-तिको भाइ ।
एर-माकु सिरुवा – ख्योमपतिचहरुको पुख्र्यौलि थालो सोलुखुमबुको चौलार्इखर्क र गोली गाविसमा पर्ने ठाउँ ।

अनुत्तरित प्रश्न

-शोभा सुनुवार

माटो यही हो हिजो पनि स्वच्छ देशभक्त जन्माउने
किन आज विदेशी मनमस्तिस्कले आक्रान्त बन्दैछ ?
हिमाल यही हो हिजो पनि मन्द मुस्कान जन्माउने
किन आज नेपालआमा चित्कारले आक्रान्त बन्दैछ ?
हजुर,
गुराँस फुल्ने पखेरा
उजाड उजाड फुङ्गिएको छ किन ?
Read More

‘किनार’

‘किनार’ By निराकार

खोलामा बग्ने स्वतन्त्र पानीलाई
दिशानिर्देश गर्छ किनार
पानीको वहकाईसंगै
पलपल आफु काटिइंदै, खिइंदै
खोला/ नदि इत्यादिलाई आकार दिन्छ
समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ
हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ
उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ
स्वागत गर्छ, विदाई गर्छ । Read More

श्याँदर पिदार

– अमरदिप क्युँइतिचा

कोँइच आन सङ्स्यो
कोँइच आँइके नेँस
आँइके सिनातङा रागीनु
बुँखि फुः बोइस्शो खोइपा
थुः थुः मि आँइकल माल्श्या बाःब श्याँदर । Read More

पुँइलाते

– रणवीर क्युँतिचा
साइ पुइँलातेपुकि पुइँनापुइन
कोँइचके एको राःगिमि जाअतेमे
कोँइच इपशो राःगि मुखे थारशा थाअतेमे
काः देरपा जाअशो पुइँलातेपुकि
मुलात सिनातिआवास नेल जाअशा शोमतेमे
मार देँचाङा कोइँच इँयिकालि
काः दुमचा मगेथु प्लोलतेमे Read More

सुशुप्त कथा

कोइँचबु काःतिच (उत्तम)
आज विहान आचानक नयाँ बानेश्वरमा दुर्गासँग भेट भयो । छोराको स्कूलमा हिडेकी रहिछे साथीहरुसँग । नाम त उसको दुर्गादेवी भट्टर्राई हो । तर म उसलाई दुर्गा भन्न रुचाउँछु ।
‘मामे मेरे मेरे बाप-फो । मादुक हाइ दे इँकालि’ भन्दै गोरु हकार्दा ‘होइन ऐ ! चेरेहाम्सो, त्रि्रो गाईगोरुले कहिलेदेखि ‘तेरे मेरे तेरे मेरे’ भन्ने हिन्दी बोल्न थाले हँ ?’ खितिती खित्का छाडेर जिस्किन्थी । उनी अघि-अघि दौडिन्थी । म पछि पछि लघार्थेँ ।
उनी बाहुन्नी भए पनि हामी कोइँच भाषामै बातचित गर्थ्यौं । मिल्ने साथी, दवाँले थियौं । सँगै स्कूल जन्थ्यौं । सँगै गाई गोरु, भैंसी चराउँथ्यौं । उनी बाहुन्नी । म कोइँच । हामीमा जातभातको कुनै मतल थिएन । भर्खरै चौंध-पन्ध्र वर्षी कल्कलाउँदी दुर्गा डिट्ठीनी बजैको एक्ली छोरी थिइन् । डिट्ठा बाजेको काम जिल्ला सदरमुकाम थियो । त्यसैले छोरालाई भने आफुसँगै राखेर जिल्लाको राम्रो नाम चलेको स्कूलमा पढाउनु भएको थियो । Read More

प्रेमानुभूति

आज एका विहानै हावाको एक झवाक्काले मेरो कानको जरीमै बलियो र अनौठो उच्द्ध्वास दिएर गयो । मेरो आङ नै जिरिरि गर्‍यो । कस्तो कस्तो नौलो । कता कता काउकुति लगाउँदा पेट संकुचित भए जस्तो । मनमा तुलबुल तुलबुल । अनौठो चुम्बन, भित्री मनदेखि त्यसलार्इ कहिल्यै नविर्सीने गरी अनुभूत गरेँ । मन मनै कुरा खेल्न थाल्यो । जा है ! आज विहान किन यस्तो भर्इ रहेको छ ? दिनहरु सधैंका जस्ता छन् । हिउँदाको समय । काठमाडौंको यो चीसो, कठिङ्ग्रीने जाडो मौसम । विहानहरु साधैं आउँथे जान्थे । उस्तै लाग्थ्यो । हुस्सुले ढाक्यो अलि तातो । खुला भयो चीसो तुषारो । मलार्इ कहिल्यै फरक अनुभूति हुँदैन थियो । किन आज त्यस्तो भयो । मन मनै अनेक प्रश्न खेलीरहृयो र प्रश्नको जवाफ खोजीरहेँ । मनभित्र अनेक तर्क-वितर्कहरुको अपासमा घमासन युद्ध भयो । दस बर्से जनयुद्धाको जस्तै छापामार शैलीमा । मेरा गोर्खाली दाजुभाईले अफ्गानिस्तान, इराक, मलेसिया र फोकल्याण्ड टापुमा युद्धा गरे जस्तै ।
जिन्दगीमा कहिल्यै प्रेम गरेको अनुभूति थिएन न युद्ध नै । अरुले भनेकोसम्म सुनेको थिएँ ‘प्रेम अन्धो हुन्छ’ । शायद हो रहेछ क्यार । थाहै नपार्इ मेरो कसैसँग मायापिरती बसीसकेको रहेछ । हिजो मात्र मेरो कपाललार्इ काटेको थिएछु । साला, यति सम्भिmनु पनि कति समय लाग्यो । कानको जरी न्यानो राख्न मैले कपालसँग पो प्रेम गरेको रहेछु ।