Articles
now browsing by category
Articles
लाज लाग्ने, अचम्म लाग्ने ,जान्नै पर्ने अनि भन्नै पर्ने कुरा
– जीवन सुनुवार किरात
कोइंच (सुनुवार) हरुले अरु समुदायको धर्म-सस्कार
चाडपर्ब ,सस्कृतिलाई त धुमधामले अनि हर्षपूर्ण
तरिकाले मान्ने गर्दछन l मानिस सामाजिक
प्राणी भएकोले सबै संग सास्कृतिक सहिष्णुता राख्नु
राम्रो उदाहरण हो यो सुनुवार समुदायको l
उदाहरणको लागि परदेश गएका सुनुवारहरु दशैँ मान्नलाई
आफ्नो गाउठाउँ/ स्वदेश फर्किने गर्दछन महिनौ दिन
देखि बिदा मिलाएर l यो एउटा उदाहरण मात्र
हो दशैंको l तर लाज लाग्ने कुरा के भने सुनुवार जातिले
आफ्नो मौलिक धर्म-सस्कार चाडपर्ब, सस्कृतिलाई कहिलै
धुमधाम तरिकाले मनाउने गरिएको पाइएन
केहि सुनुवारहरु र सिमित ठाउँहरुमा बाहेक l हुन त
नजिकको तिर्थ हेला भन्ने उखान तेसै बनेको होइन होला l
अचम्म लाग्ने कुरा कति सुनुवारहरुलाई आफ्नो मौलिक
धर्म-सस्कार चाडपर्ब ,सस्कृति के के हुन् भनेर थाहा नै छैन
l यो स्वयम् उनीहरुको दोष भने हैन किनभने एक त अग्रज
पुर्खाहरुले नया सन्ततिलाई आफ्नो सस्कार हस्तान्तरण
गरेनन भने ,कति सुनुवारहरु आफ्नो मौलिक किपट भूमिबाट
बसाई सरेर अन्यत्र जादा आफ्नो धर्म-सस्कार, सस्कृति नै
लोप भएको देखिन्छ र कतिले जानेर पनि बुझ पचाएर
जानीजानी बिर्सेकाछन् l तर जान्ने पर्ने कुरा के भने
अहिले नेपालका हरेक जातजातिको आफ्नो मौलिक
चाडपर्बलाई नेपाल सरकारले राष्ट्रिय
चाडको रुपमा मान्यता प्रदान गरेको छ र सो दिन
नेपालभर सार्बजनिक बिदा हुने गर्दछ l राष्ट्रिय
चाडको रुपमा मान्यता पाएको हामी सुनुवारहरुको चाड
कैले पर्छ भनेर सोधने गर्दछन अहिले पनि कतिपय
सुनुवारहरुले l राष्ट्रिय चाड भने पछि प्रत्येक
क्यालेण्डरमा लेखेको हुन्छ कुन महिनामा कुन चाडपर्ब
पर्छ भनेर l अनि भन्नै पर्ने कुरा दशैं, तिहार, रामनवमी,
कृष्णजन्माशठामी, होलि, चैते दशैं ,क्रिशमस, बुद्धजयन्ती,
छठ, लोछार ,शिवरात्रि जनैपूर्णिमा, तीज
आदि चाडपर्बहरुको सुनुवारहरुले राम्रै ख्याल
राखी धुमधाम मनाउने गर्दछन तर आफ्नो मौलिक महान
चाड सालिवा श्यादर (उभौली), रापवा श्यादर
(उधौली) लगायतक अन्य चाडपर्बलाई कुनै ख्याल गर्दैनन्
त कतिले हेयको दृष्टिकोनले हेर्ने गर्दछन l अब हेर्नु यो छ
कि जहाँ-जहाँ उधौली मनाउने गरिन्छ त्यहा यो आउदै
गरेको रापवा श्यादर (उधौली) लाई कति सुनुवारहरुले
धुमधाम संग मनाउने चेस्ठा गर्दछन ? कति सुनुवारहरु
आफ्नो मौलिक चाड मनाउनलाई
आफ्नो थातथलोमा फर्कनेछन् ? र कति सुनुवारहरु
परदेशबाट स्वदेश फिर्नेछन ? पराइतिर
पोइला जाने,अर्काको सस्कृतिमा आँखा चिम्लेर सति जाने
प्रकृति नत्यागे सम्म हामी हाम्रा सस्कृतिमा गौरब
गर्न सक्दैनौ ,हामी परपर जाने र परपरकाले
हाम्रामा घर बनाउने क्रम बढ्दै जादा हामि एक दिन
सुकुम्बासिमा परिणत हुनेछौ l आउदै
गरेको किरातीहरुको महान चाड रापवा श्यादर
(सुनुवार), चासोक ताङ्गनाम (लिम्बु) ,चासुवा (याक्खा),
साकेला (राई) को सु-अवसरमा सम्पूर्ण
किरातीहरुमा मेरो शुभ-कामना छ l नम्सेवल /सेउ-
चेरेदुमिन…!
– निक्-अवाक् कोइंच (सुनुवार) ग्रुप -Nik-Awak Koinch (sunuwar) Group
अन्तर्राष्ट्रिय नारी दिवस – मार्च आठ
–भावना परिष्कृत सुनुवार
सचिव
आदिबासी जनजाति महिला महासंघ, बेलायत
कति अरूलाई उठाइरहन्छौँ
पहिले साँचो रूपमा आफै उठ्न सिक
आखिर कहिलेसम्म पछि र तल परिरहन्छौ
अब अगाडि हिँड्दै बढ्दै माथि माथि पुग्न सक, माथि माथि पुग्न सक
विगतको वर्षझैँ यो वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठको दिन आयो । प्रायजसो सबै नारीहरूको जीवन अति पिछडिएको एसिया, अफ्रिका लगायतका कैयौँ मुलुकमा फेरि एक पटक आठ मार्चको विशेष चर्चा छायो । यसै क्रममा आजको दिन हामी नेपाली सम्पूर्ण नारीहरू पनि १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१४ लाई घरदेशदेखि परदेशसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर धुमधामले मान्ने क्रममा छौँ ।
प्रत्येक वर्ष मार्च ८ तारीखका दिन मनाइने नारी दिवस कुनै खुशीयालीको उत्सव नभएर आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् समाज र राष्ट्रको हर तह तप्कामा नारीहरूलाई पुरुष सरह समान हक अधिकार पाउनुपर्ने लैंगिक विभेदको अन्त्य गर्दै हर पक्षबाट राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सुनिश्चित गरिनुको साथै महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापीरूपमा बुलन्द पारिँदै मनाइने महान सङ्कल्प र अठोट बोकेर निरन्तर जारी राखिने अनन्तकालीन महायात्रा हो । अन्तर्राष्ट्रिय नारी दिवस आठ मार्च विशेष गरी नारी अधिकारसम्बन्धी चर्चा हुने मुख्य दिवस हो ।
प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य विषय (थिम) मा रहेर नाराहरू बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक विषयहरूलाई समावेश गरी नाराहरू बनाएका हुन्छन् । यस १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको लागि नेपालको राष्ट्रिय नारा “महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधान सभासम्म” रहेको छ भने अन्तर्राष्ट्रिय नारा “समानता महिलाका लागि, प्रगति सबैका लागि” रहेको छ । यी नाराहरूलाई नारामा मात्र सिमित नराखेर कार्यात्मक रूपमा अगाडि बढाउनु सदैव महत्वपूर्ण रहन्छ । यसरी नारी चेतनासँग सम्बन्धित नाराहरू निर्माण भई विकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने १०४ वर्ष अगाडिको पुरानो काल खण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ । २९ फेबु्रअरी सन् १९०९ ताका जसको प्रारम्भिक अध्याय लेखिने काम संयुक्त राष्ट्र संघमा सामाजिक, जागरुक र चेतनशील महिलाहरूबाट शुभारम्भ भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरूको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए । श्रमिक महिलाहरूले पुरुषसरह समान ज्याला र बिदा पाउनुपर्ने, नारीमाथि सदियौँदेखि हरेक क्षेत्रमा हुँदै आइरहेको विभिन्न खाले अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, विभेद जस्ता अनगिनत अमानवीय व्यवहारहरू प्रति खुलेर सङ्घर्षको श्रृङ्खलालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ती साहसी नारीहरूबाट । जसको फलस्वरूप लैङ्गिक विभेद, राजनैतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक जस्ता क्षेत्रमा असमान हक अधिकारका विरुद्धमा आवाज उठाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सफल भए नारीहरू । त्यसपछि यस प्रकारको महिला जागृतिले सन् १९११ मा विभिन्न राष्ट्रमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको थालनी गराई छाड्यो । यही क्रमलाई निरन्तरता दिँदै रसियाले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनायो । त्यस पश्चात ८ मार्चकै दिन प्रत्येक वर्ष सबै युरोपेली राष्ट्रहरूले नारी दिवस मनाउन थाले ।
सन् १९१७ ताका आइपुग्दा मार्च आठकै दिन रसियाका नारीहरूले विश्व युद्धको विरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरूको मत अधिकारको निम्ति, पुरुषसरह समान हक अधिकारको निम्ति आवाज बुलन्द पारेका थिए । जसको फलस्वरूप रसियाका राजा (जार) ले नारीहरू (रसियाका) लाई पहिलो पटक मतदान दिन पाउने अधिकार सुनिश्चित गराएका थिए । यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको रूपमा निरन्तरता पाइरह्यो । सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मान्ने सबै देशका नारी प्रतिनिधिहरूलाई बोलाएर ८ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रूपमा घोषणा गरेको थियो । त्यसपछिको समयमा बिस्तारै मार्च ८ को दिन नारी दिवस मनाउने क्रमले विश्वव्यापी रूप लिँदै गयो । Read More
वाटर नु कोँइचपिक
दा. लाल–श्याँकारेलु रापचा
kiranti.muru@hotmail.com
वाटरकलि किराँती–कोँइच (हरे मुरपिकमि देँःतेक दुरदा ‘सुनुवार’) ल्वोमि ब्वाकु देँःसिब । एँको ब्लेसमि कोँइचआनकलि ब्वाकुनु कम्पेअर पतिके आँके ल्वो काः बा । वाटर (ब्वाक) के ल्वो पशोनु तुरकि ल्वोमि “ब्लद इज थिकर दयान वाटर” (पानी भन्दा रगत बाक्लो हुन्छ) देँःनिम । कोँइचआनके केसमचन मार दुम्बा दे देँःशा एँको ब्लेसमि कोःतेक गेपाइँसिब ।
सिनाःतरे मुलातसम प्राक्टिसमि कोःशोनु कोँइचआनके केसमचन “ब्लद इज थिकर दयान वाटर” मदुम्थु “वाटर इज थिकर दयान ब्लद” (रगत भन्दा पानी बाक्लो हुन्छ) ताइँसिशो बा । मेको दोपा मोदेब ताइँसे दे देँःशो हिल्लोपशोनु एच्चिसम कोःशोनु हेराहेराला नेल्ले कोँइचपिकमि आम किराँती–कोँइच हुइश (ब्लद) प्लोँइशा ब्वाकके नोलेन दोरस्शो बाःनिम ।
ब्वाककलि एँके मेटाफरके रोलमि वाइस्शा कोयानु ब्वाक देँःशोमेरे जतेक–तुतेक यो रुप्सिब । गोम मुलातसम कोःशोनु नेल्लन कोँइचपिक जतेक–तुतेकके नोले ला दोरस्शो ताइँसाव । तेइतेइ लने सुइसुइकलि कोङिने—मोदेब ला ताइँसिब । मेकोमि यो तेकेइ ला मारइयो तशोनु “गोम ताताङ ङन रिम्शो ममेङन मरिम्शो” देँःब कोँइच मुरुपिक आइँ एरओँत्थ साप्पान थिँःसिनिम ।
सिदा किकि खोँदेशो देब्रान आइँ मुरआनके रिमाचिमान ताइँसिशो बा । ओँदेब मारदे ताइँसाव ङन “वाटर इज थिकर दयान ब्लद” दुम्शो पतिकेमी । ‘ब्वाक’ के मेटाफर जतेकतुतेक दुम्शो बुदिन ‘ब्लद’ (हुइश) के मेटाफर आम कोँइच मुरु, मुल्केम, ल्वो मुनु रिमाचेमा नु नेल्लेन कोँइचपिक काः दुम्तेक नु गेत्थी बारत्तेक ल्वो दुम्ब । मो पतिकेम ‘ब्लद थिक’ दुम्तेक मेटाफर कोँइचआनके ब्लोँइच मे ।
मुलसम मो दुम्शो तचा द तेमेतेमे काः निअÞशी आम बुतामिन गेत्थी बारत्तेम ङनाइयो खोइली किथ पुइँतेमे । जेलसीके विक्टिम दुम्तेमे । मो मारदे दुम्बहना कोँइचआनकलि ‘ब्लद’ ममे ‘ब्वाक’ दुम्त ङना नेल्लेन ताइनिमम, प्लेँनिम मुनु जाम्निम । जथ ताम्तेम ङना ‘ब्लद’ देँःशो दोलेब दुम्बा मेकोन प्लेँनिम । एजुकेसन, पोलिटिक्स नु व्युरोक्रसी तेइतेइ लशोनु यो कोँइचआनके सिनारिओ ‘ब्लद’ (हुइश) प्लेँःशा नु प्लोँइशा ‘ब्वाकु’ केला ल्वो दुम्ब ।
मोपतिकेम आम मुल्केम यो प्लोँइन प्लोँइन लाम्तेमे । लगापरगी यो ताइत्तेमे । सुरुपकलि पुलपाल्मेतेमे । मसीकलि पुलपाम्तेमे । आम खिँकेन मुरकलि यो प्लोँइतेमे । जतेकतुतेक ला कोःतेमे । ल्वो यो प्लोँइतेमे । कोँइच ल्वो जोःशा तुइस्शा मार दुम्बाङा देँःतेमे । मेको मुर जतेक ल्वो मपने देँःतेमे । एँको नेल्ले मारकलि देँःशा हिल्लोपशोनु ‘ब्वाक’ तुचाकलि ला मे । मेको लाअÞशा हुइशके द ल्वोन मपिब ।
‘ब्वाक’ केन पितिम आम ल्वो प्लोँइशा जाम्शो कोँइचपिक नमी—सुरेल । ‘ब्वाक’ माल्नामाल सुरी–खारी ओःशोमेरे सुरेल मइसिशो कोँइच मुरपिक मुलात आम ममाल्वो प्लोँइशो प्राइस साप्पा थाप्नाथाप बाःनिम । दिःसा अमेरिका, युके, क्यानादा, अस्ट्रेलिया, हङकङ ओब कोँइचपिकके चसीमसीमि आमकलि ‘गो यो कोँइच नङ’ देँःशा कोँइतेक मार लिःबा मेको देँःचा मचाब्सिब ।
दिसेन्त लाइफ पितिम ब्लोँइचाकलि ला आम रिमाचेमा ताइत्तेक कोँइचपिक ‘ब्वाक’ केला लवर नमी । हुइशके हेइटर नमी । दुम्नादुम एँको कोँइच ने दुरदा यो मुल जामजाम लशो तुइँसिशो बा । स्टेट व्युरोक्रसीमि नागरिकताम गेशो ने नु आमके थमा रिमाचेमा काःन मनमी । मारदेङना कोलोनिएल स्टेटमि कोँइचआनके आम कोँइच ल्वोमि मब्लेशो नागरिकता साठिपिकेट खोँदेबन मे एँको प्लोँइसिशो कोँइच । मब्लेसिशो कोँइच । एँको नेल्लेन ‘ब्वाक’ के पितिम दुम्शो मे ।
मोदे कोँइचआनकलि गेत्थी बारपाइत्तेक गेमि “ब्लद इज थिकर दयान वाटर” दुम्चान माल्ब । मुलसम तेकेइ तेकेइ ‘ब्लद’ (हुइश) ‘वाटर (ब्वाक) थिकर’ दुम्शो पतिकेमिन कोँइचपिक जाम्नाजाम लशो नमी । ब्वाक (वाटर) प्लोँइशा हुइश नु कोँइच दाःतेमि साप्पा गारत्तेक ल्वो दुम्तङना ला कोँइच रिमाचेमा ब्लोँइब ।
………………
क्याःब्राच २०७०
आदिवासी जनजाति विद्वानको स्वीकारोक्ति : हामी यो युगको नपुंशक।
-कोइँचबु काःतिच
अष्टे्रलियामा बसोवास गर्दै आएका नेपाली आदिवासी जनजातिको, नेपालका आदिवासी जनजाति राजनीतिकर्मी र राजनीतिक पार्टी एक ठाउँमा उभिवुन भन्ने चाहनाको प्रतिनिधित्व गर्दै आएका निमाग्याल्जेन लामाको उपस्थितिमि आदिवासी जनजाति कार्यकर्ता र विद्वानहरु वीच आज ललितपुरको एकान्तकुनामा विशेष छलफल भयो । पहिचान पक्षधर विभिन्न राजनीति पार्टी आवद्ध तथा आदिवासी जनजातिको मानव अधिकारकर्मी र आदिवासी विद्वान, पेशाकर्मीहरु वीच भएको वहसमा प्रायः सबैको आ-आफ्नै तर्क र व्यक्तिगत धारणाहरु मात्र प्रस्तुत भएका थिए । नेपाल बाहिर बसोबास गर्दै आएका आदिवासी जनजातिहरु नेपालका आदिवासी जनजातिहरु आफ्नो हक अधिकारप्रति एकजुट हावुन् भन्ने धारणा रहेको बताइए तथा महशूस गरिए ता पनि वैचारिकरुपमा त्यो एकताको सुत्र के हो भन्ने कुरामा एक दुइ जना भन्दा बढी बक्तालेे छलफलको विषय बनाएनन् ।
ती धेरै वक्ताहरुको व्यक्तिवादी पण्डित्याइँ सुनेपछि भान्ते मगरले सबैले म भन्ने अहम् भावना छाडेर हामी भन्न सिक्न अनुरोध गरेका थिए ।
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का सचिव शंकर लिम्बूले संविधान सभा र नेपाल सरकार विरुद्ध आदिवासी जनजातिको मानव अधिकार उल्लंघन गरेको भनी सर्वोच्चमा रिट हाल्ने तयारी भएको जानकारी गराएनु भएको थियो । र, कानुनी उपचारको लडाइँ वारे सबैलाई जानकारी गराउँदै सो अभियानमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध पनि गर्नु भएको थियो । Read More
हुस्सु भन्छ रे साह्रै चुस्छु : सभासदहरुको नालीबेली प्रियासीलाई ।
मेरी प्रिय,
तिमीलाई अविरल मिम-सि ।
हिजोआज काठमाडौं, हरेक विहानी शीतमय अनौठो हुस्सुको घुम्टोले सजिएर आउँछे । र, एक झोक्का चिसो सिरेटो उपहार थमाउँदै बढो भद्रतासाथ बाटो लाग्छे । उसको भद्रतामा न मेरो कुनै दिलचस्पी छ न उसको आवश्यकताको महसुश । नामै हुस्सु । जातै हुस्सु ।
यसैले हुस्सुको कुनै प्रवाह नगरी एकाविहानै म एक जना कोइँच अग्रजको घरमा पाहुन लाग्न पुगेँ । बहाना थियो, फागुन १० र २४ मा हुने कार्यक्रमको निम्तो ।
कुराकानीको क्रममा उहाँले भन्नुभयो, ‘भाईले भनेको कुरा सही रहेछ ।’
म झसङ्ग भएँ । त्यस्तो कुरा त केही गरेको थिइँन । के पो भनि पठाएँ नि । किरातीको छोरा अँध्यारोमा हानेको घुयेँत्रोले ट्याक्र्याक्कै कसलाई पो लाग्यो नि ! – ‘के पो कुरा गरे पठाएँ नि दाग्यु -‘ Read More
पटक पटक मृत्युवरण गरेका सिरहाली कोइँच : सबैका राजनीतिक गुरु ।
-कोइँचबु काःतिच (उत्तम)
एक भाषा, एक संस्कृति, एक जात, एक धर्मको निरंकुश शासकीय कालरात्री । घरपरिवार सबै गहिरो निन्द्रमा छन् । अचानक ढोका ढक्ढकाएको आवाज आउँछ । मानिसहरुको हल्लीखल्ली छ । ढक्ढकाहट आवाज चर्को हुँदै जान्छ । ढोका खोल्नुको विकल्प हुँदैन । लुकेर बाँच्ने सम्भावना छँदै छैन भन्दा पनि हुन्छ । तर्राईको गर्मी । कपडाले बेरिएर सुत्ने कल्पना कमै गर्न सकिन्छ जो सुकैले । कट्टु -धोती) मात्र ।
मृत्यु बरण गरेर घर परिवारसँग विदावारी हुनुको अर्को विकल्प छैन । उ आफ्नो जीवनसंगिनी र नानीहरुलाई सम्झाउँछ-‘घर बाहिर पुलिसले घेरी सके । यिनीहरुले मलाई अब जंगलमा लगेर मार्छन् । मेरो चिन्ता नलिनु । राष्ट्रको लागि मेरो बलिदानीको ठूलो महत्व रहने छ । आम नेपाली जनताको मुक्तिको लागि कसै न कसैले मर्नु त पर्छ नै । मैले मर्नु पाउँदा म खुशी छु । तिमीहरु भोली शहिदको परिवार हुने छौ । सारा देशले चिन्ने छ । मर्न त सबैले पर्छ नै कुकुर मराइ के मर्नु ? त्यसैले मेरो चिन्ता नलिनु । मेरो साथीहरु छन् उनीहरु आउने छन् । म मरे पनि मेरो साथीले तिमीहरुलाई हर्ेर्ने छन् । म अब पुलिसहरुसँग जान्छु ।’
आफ्नो जीवनर्सगिनी र छोराछोरीसँग सल्लाह गर्दै गर्दा ढोका ढक्ढकाउने क्रम बढ्दै जान्छ । ढक्ढकाहट आवाजसँगै धम्कीको आवाज पनि गर्जिन्छ- ‘ऐ ढोका खोल । ढोका खोल्छस् कि फोरी दिउँ ।’
अन्ततः गह्रो मन लिएर ढोका खोलिन्छ । एक हुल पुलिस ढोका अगाडि नै उभिए बसेका हुन्छन् । ढोका उघ्रिनु सँग बन्दुकका मुहारी र पेस्तोलले उसैलाई ताकी रहेको हुन्छन् । नानीहरु आँत्तीएर रुन्छन् । पुलिसले समातेर लैजान्छन् । उसको जीवनसंगीनी र नानीहरु पुलिससँग नलैजाना अनुनय विनय गर्छन । खुट्टामा छाँद हालेर रुन्छन् । तर उनीहरुको केही सिप चल्दैन । कट्टु मात्र लगाएको उ नाङ्गो शरिर पुलिसको घेरामा त्यो कालरात्रीभित्र हराउँछ । गाउँका आफन्तहरु सबै जम्मा हुन्छन् । उ पुलिस घेरामा परेर कालरात्री वीच विलीन भएको हल्ला गाउँमा द्रुततर फैलिन्छ । उसको मुक्तिको लागि अनेक उपाय सोच्छन् । भागवानको प्रार्थना गर्छन् । रातभरि न उ फर्किए आउँछ कि भनेर झिनो आशा पालेर आफन्तहरु जम्म भएर बस्छन् । तर उ नफर्किएपछि सबैले उसलाई मारी सकेको ढुँगो लाउँछन् । Read More
उदाहरणसहित व्याख्या मलाई चाहियो
–कोइँच बु काःतिच
(एक जना भविश्यवेत्ता कोइँच बन्न नसकेका सुनुवार मित्रले यही कुमारी सन्सारमा एक जना प्राकृतिक प्रकोपमा परेपछि आर्थिक सहयोगका लागि आव्हान गरेपछि बढो तर्कपूर्ण र मर्मस्पर्शी आफ्नो विचार टाँसेपछि मनमा उठेको मनोबातहरु ।)
ओः होःहोः
तेल’पो
रोल’पो
ओः होःहोः
दुमा होपोः
शाक–कार’पो
ओः होःहोः
सारिङ मु’लि
खारिङ मु’लि
ओः होःहोः
गुँपोः
खुँपोः
ओः होःहोः
शाँदार (शाक–कार) पिदार गर्नु अगाडि बेलुकी देवदेवीलाई आव्हान गर्दाको मन्त्रोच्चारण हुन् यी ।
कुनै पनि धर्मले कसैको धर्म परिवर्तन गर्नु भनेर धर्मादेश गरेको छैन । त्यसैले कसैको धर्म परिवर्तन गर्न यो मन्त्र यहाँ टाँसेको नठान्नु होला । प्रभु, महापुरुष वा धर्म प्रवर्तकहरुको सुसमाचार सुनाउनु सबैको मानव अधिकार हो र सुन्न पाउनु, व्यवहारमा उतार्न चाहनु पनि मानव अधिकार हो । र, हाम्रा महापुरुष, धार्मिक नेताहरुले पनि कहिल्यै कतै देखावटी र हचुवा लफडा, लहैलहैमा लाग्नु त्यसैमा मोक्ष प्राप्ति, निर्वाण प्राप्ति, मुक्ति सम्भव छ भनेका छैनन् । Read More