Articles
now browsing by category
Articles
सिल पाउ फारपुले सिल पाउ, बोक हाइ बुरकेलि बोक हाइ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण
कोइँचबु काःतिच
गत माघ महिनाको एक साँझ । चक्रपथको थसिखेल खण्डबाट १०० मिटर पर नाखीपोट जाने शाखा रोडको फुटपाथमा हामी कोरमोच पाम, बुजिच सङखु, क्युइँतिच साथिर र म, कोइँचबु काःतिच । विपरित दिशाको झम्काभेटले कुराकानी गरिरहेका थियौं । त्यो थलोमा थापिना आइपुगे पुमा प्रविन, नव प्रतिभाशाली किराती नाटककार तथा कलाकार ।
मेरो किरात मुन्धुम मिथक पढ्नु भयो ? सोधनी भयो । Read More
आइँके दा बैंजा रोङगुमि ः कोइँच देलमि कोइँच लोः, मुलकेम नु ओलोके रेँमसार
कोइँचबु काःतिच
नामसेवाल हाइ नाम सेवाल
प्लेततिमि जाअÞबा नेलआनकाल
नाया सालङा सालङा नामसेवाल
नामसेवाल हाइ नाम सेवाल
नामसेवाल हाइ नाम सेवाल ।
सिमेबुमे देउता पानिको
वाशरेलु पुजा पानिको
शाँदार सिल पाचा नाइला
पाउनाके थुँ काइयो माखाइला
एकोन आइँ थुँमि मिमशो चाउँ
एकोन आइँ थुँमि मिमशो चाउँ ।
वाशरेलु पुजा पाकानु
शाँदार थान जाःकानु
पाउना नेलकालि रिमशो चाउँ
इनकालि थुँले मिमशो चाउँ ।
नामसेवाल हाइ नाम सेवाल
प्लेततिमि जाअÞबा नेलआनकाल
नाया सालङा सालङा नामसेवाल
नामसेवाल हाइ नाम सेवाल
नामसेवाल हाइ नाम सेवाल । Read More
किराँती-कोँइच मुक्दुममा संकथन र दर्शन
डा.लाल-श्याँकारेलु रापचा
मानव जातिले आफ्नो विवेक र सीपको उपयोग गरी सृजना गरेको यावत् कुराहरू त्यस अनुसारको जीवन शैली नै मानव संस्कृति हो । मान्छेले सृजना गरेको कुरा भौतिक र अभौतिक गरी दर्ुइ किसिमको हुन्छ । दुवै किसिमका मानव सृजनाहरू तथा संस्कृतिलाई विभिन्न रूपमा सम्वोधन गरिन्छ । – अज्ञात
“Truth, morality, and meaning are created through discourse.”
-Michel Foucault
१. पृष्ठमूमि
यस शर्ीष्ाकले पुनर्लेखन गर्न खोजेको मूल अभिष्ट अनुसन्धाता अतीत मुखियाको शास्त्र श्याँदर-पिदारः मुक्दुमी अदेखा सत्य भित्र भएको मूलभाव संकथन ‘डिस्कोर्स’ र दर्शन नै हो । यसमा मैले लेख्ने कुरा खासै नवीन नभएर लेखकको भावलाई नै सैद्धान्तिक कलेवरमा पुनर्लेखन मात्रै गरेको छु । उनको यो पछिल्लो शास्त्र मैले झन्डै तीन वर्षयता अध्ययन गर्दै आएको छु । यसको मूल उठान कसरी भयो भन्ने सूचना यसै पुनःलिखित लेखको पादटिप्पणी संख्या तीनमा उल्लेख गरेको छु ।
Read More
कुमारी विश्व र कोइँच -सुनुवार) वीच चलेको तातो वहस ‘एकता कि ऐक्यवद्धता’ ?
-कोइँचबु काःतिच
कुमारी विश्वको ‘यात्रा’ मा बढी जनसर्म्पर्कमा आएको वाक्यहरु हुन्- ‘सुनुवारमा ‘फुट’ आयो । सुनुवारहरु कहिल्यै ‘एक वा एकजुट’ हुन सकेनन् । सुनुवारमा ‘एकता’ नै छैन । सुनुवारमा ‘एकता’ हुनुपर्छ । ‘एकता’, ‘यूनिटी’, ‘काः अर्थात् गिचचाःकाः’ यी रस नभरिएका फोस्रा शब्द वा गफहरुले कानेगुजी खाएको हुनुपर्छ धेरै सुनुवारको । गिदीमा हुनसम्मको उचाचाकलि, रइफाँडो मच्चाएको हुनुपर्छ । कतै ‘सुनुवारमा फुट आउनु हुँदैन’ भनेर एकताको लिँडे तर्क । कतै ‘एकता’ को नाममा अरुको इच्छा, भावना र साखलाई निमिट्यान्न पार्ने ‘निरंकुशता’ । के, कस्तो कुरा, विषय वा कार्यलाई ‘फुट’ को संज्ञा दिने र के कस्तो अर्थ बोक्ने ‘कार्य’ लाई एकताको संज्ञा दिने – खोइ कुनै सुनुवारले गहिर्राईसम्म सोच्यो सोचेन वा बहसको शुरु गर्यो गरेन, थाहा भएन । तर, खोकिएको ‘कोइँच एकता’ नामक रागलाई उच्च आलापमा बहस चलाउनु चाहिँ आवश्यकता भएको देखिन्छ । विविधताका कतिपय कुराहरु नराम्रो लाग्न सक्छन्, मन नपराइन सक्छन्, मेरो भनाई मात्र सही भन्ने लाग्न सक्छ ‘कोइँच एकता’ का खोकी खोक्नेहरुलाई । ‘म मात्र जन्ने, बुझने, अरु सबै खत्तम भयो, अरुले गरेका राम्रा कामहरु पनि व्रि्रीयो वा विगार्यो’ भनेर आफ्नो मात्र योगदानलाई कसी लगाएर छापावाला सुन बनाउन खोज्नु मुर्खताको पराकाष्टा हो । ‘आफ्नो सुन्ने बानी छैन’ भन्दैमा सबै कोइँच -सुनुवार) मा क्षमता छैन, धैर्यता छैन भन्नु सम्भवतः एकात्मवादी निरंकुश वाहुनवादी सोँच हुनसक्छ । सुन्न चाहने क्षमता नहुनु अपरिपक्वताको दरो ‘संकेत’ हो । ‘म राजनैतिक तथा कुटनैतिक परिपक्वता, सक्षम र सभ्य जातिको प्रतिनिधित्व गर्दै छु’ भन्ने कुनै पनि कोइँच -सुनुवार) लाई आडम्बर छ भने उसले समाजमा, समुदयमा आफ्नो व्यवहारलाई खार्नु नै पर्दछ । वैयाक्तिक विचारलाई त्यागेर आदिवासी जनजातिको सामुहिक अधिकारलाई आत्मसात गर्नसक्नु पर्दछ । लुकेर, छद्मभेषमा ‘बोक्रे पण्डित्याइँ प्रवचन’ दिनु भनेको पुरातानी बहुनवादी ढोँगी संस्कारको पृष्ठापोषण गर्नु हो ।
समयले फड्को मारीसकेको छ । अबका दिन भनेको यथर्थको धरातलमा उभिएर वैचारिक सिद्धान्तलाई मानवीय व्यवहारमा कसी लगाउने दिन हो । यथार्थलाई अँगाल्ने हो भने ‘कोइँच वस्तीको माग र चाखलाई र्स्पर्श’ गर्नु पर्दछ । हरेक मानिस स्वतन्त्र जीवन जिउन चाहन्छ । हुन त आफ्नो बलियो प्रभाव जमाउन अरुलाई गाली गर्नु, सत्तो सराप गर्नु पर्छ भन्ने कच्चा राजनीतिक अवधारण बोकेका कोइँच -सुनुवार) हरुको पनि कमी छैन । हामीले कहिल्यै खस बाहुनको विरुद्धमा न कलम चलार्यौ न त तरवार । न कुरा चलायौं न छुरा नै चलायौं । खस बाहुनसँग लडाइ गर्न राजनीतिक संगठन खोलेको धाक लगाउने छद्माभेषी कच्च विचारका कोइँचहरु पनि कुमारी संसारमा झुल्किएका छन् । तर कुमारी भित्तोमा खोक्नु जस्तो सरलता व्यवहरमा उतार्नुमा छैन । वास्ताविकता के हो भने ‘खस बाहुनहरु बढी जातिवादी भए, उनीहरुको विचार, धर्म-संस्कृति र रहनसहन हामी माथि लाधे, यसो गर्न भएन वा पाइँदैन, हामी कोइँचको आफ्नै मौलिक धर्म, संस्कृति, भाषा र परम्परागत संस्था तथा न्याय प्रणाली छ त्यसलाई पनि राज्यको वाग्डोर सम्हालेका खसबाहुनले फल्न फुल्न दिनु पर्छ, वहिस्करणमा पार्नु हुँदैन’ भन्ने हो । Read More
कोँयचबुको विगत, वर्तमान र भावी कार्यनीति
डा. लाल–श्याँकारेलु रापचाद्वुारा ७ असोज २०६८(२४ से. २०११) शनिवरका दिन प्रश्तुत कार्यपत्र हेर्नलाई यहाँ थिच्नुस् ।
पहिचानको खोजीमा भौतरिएको कोइँच साहित्य
-कोइँचबु काःतिच (उत्तम)
‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने वित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महशुस हुन्छ- हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य’ आस्चार्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको कुरा गर्दा त कुनै अर्को ग्रहबाट आएको प्राणी जस्तै गरी हर्ेछन् । सबै आचम्भित ।
यसो हुनुमा दर्ुइ कारण मुख्य रहेको कोइँचहरुले महसुश गरेका पाइन्छ : १) राज्यको राष्ट्रिय मुलप्रवाहमा मिसाउने एकल जाति, एकल भाषा र एकल हिन्दू मूल्या-मान्यतामा आधारित शिक्षा नीति : जसको कारण दश वर्षम्म कलिला नानीहरुलाई ‘सुनुवार’ भनेको सुनका काम गर्ने जाति हुन भनेर पढाइए, देशको प्राज्ञ बस्ने भनिएको प्रज्ञा प्रतिष्ठानले निकालेको वृहद नेपाली शब्दकोशमा ‘सुनुवार’ को अर्थ पानी नचल्ने शुद्र जाति भनेर पहिचान गराइयो, १४ वर्षमिहिनेत गरेर बनाएको नेपाली शब्दसागरमा ‘सुनुवार र सुनार’ शब्दको अर्थ एउटै लगाइयो र्।र् इ. १८२५ मा धान खेत किपट थाँती राखेर हिन्दु धर्म अँगाल्दै मनुस्मृतिमा आधारितर् इ. १८५४ मा जारी जङ्गबहादुरको मुलुकी ऐनमा नमासिने मतुवाली जातिमा सुचीकृत बनेको ‘सुनुवार’ को पहिचान हिन्दु मुल्य-मान्यतामा सधैं अछुत नै रहेको देखिन्छ । किपट र पहिचान दुवै स्वाहाः । २) कोइँचहरुमा पुनर्जागरणको चेत नजाग्नु : अझै पनि हिन्दुकरण तथा संस्कृतकारणमा सुनुवारहरु रुमल्लीरहेका छन् । उनीहरुको मनमस्तिष्कबाट वाहुनवादी सोँच हट्न सकेको देखिँदैन । बरु तीव्ररुपमा इसाइकरणमा हाम फाली रहेकाछन् । Read More
building dignity डकुमेन्ट्री कमेन्ट्री
डा.लाल–श्याँकारेलु रापचा
हुम्बोल्ट फेलो तथा चिफ रिसर्च अफिसर
आजउरा विकास मन्त्रालय, नेपाल सरकार
बोलिभियाली आदिवासीहरु –जम्मा ३६) को अनवरत संघर्षले २५ जनवरी २००९मा संविधान सभाले देशको संविधानमा बहुलराष्ट्रियता (Plurinational State of Bolivia) र स्वतन्त्रता लिखितम गराएपश्चात् स्वाभिमान निर्माण भएको भन्ने निष्कर्षमा कथा समाप्ति read more……