Archives
now browsing by author
खोटाङमा राखामा शाँदार स्थापना : ख्योम्पातिचको फोल पिदार धुम्धामसँग मनाइयो
राखा ऐसेलुखर्क खोटाङमा नयाँ शाँदार थान स्थापना गरिएको छ । कोषाध्यक्ष सुसेस संघीय समिति शोभा सुनुवारको नेतृत्वमा साब्लाको कान्छाराम शिकारीले शाँदार पिदार स्थापना गरेका छन् । त्यसैगरी ओखलढुंगा काःत खिँचीदेम्बा ३ मा धुमधामसँग शाँदार पिदार गरिएको छ । सुनुवार सेवा समाज संघीय समितिले कोरोना महामरीमा सामाजिक दुरी कायम गरी शाँदार पिदार गर्न सुचना जारी गरिएको थियाे ।
त्यसैगरि विश्वभरि छरिएर बसेको कोइँचहरुमा ख्योम्पातिचहरुको महान चाड फोल पिदार आज शुरु भएको आज तेस्रो दिन भएको छ । उँधौली र उँभौली गरी दुइ पटक शाँदार पिदार गरिने कोइँचमा मंसिरे पुर्णिमामा दिगर्चहरुले युल्सि र ख्योम्पातिचहरुले फोल मानाउँछन् । मंसिरे पुर्णिमाको अगाडिको दिन कास पिदार गरे पछि आज फोल पिदार गरिन्छ । कुँबु कास्थाली ख्योम्पातिचहरुको मुल थलो हो । आज वाचखोला महेश ख्योम्पातिचको घरमा मुलिचहरुको फोल पिदार धुमधामसँग गरिएको छ । त्यसैगरी बेल्दिङ्गे ख्योम्पातिचहरुले कुँबु सुकमान ख्योम्पातिचको घरमा ठाडो फोल गरिएको छ ।
विश्वभरि छरिएको किरातहरुले हर्सोल्लासका साथ किरात चाड मानेको छन् । सबैमा किरात चाडको उपलक्ष्यमा हार्दिक शुभकामना ।
देब कुमार सुनुवार संयुक्त राष्ट्रसंघको स्वैच्छिक कोषकाे प्रतिनिधि सदस्य तथा महासचिवकाे सल्लाहकार मनोनयन
देब कुमार सुनुवार, आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वैच्छिक कोष सञ्चालक समितिमा एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधि गर्दै तीन वर्षकाे लागि बाेर्ड सदस्य तथा काेषा सञ्चालनार्थ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकाे सल्लाहकारमा मनोनयन भएको छन् । सुनुवारले २०२१ जनवारी १ देखि कार्याभार सम्हाल्नेछन् । कोष संचालनका लागि उनले महासचिवलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासीहरूको तर्फबाट सल्लाह दिनेछन् । सुनुवारसँगै कन्गोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो मिसलाई पनि मनोनयन गर्नुभएको छ ।
एशिया र प्रशान्त क्षेत्रका सल्लाहकारको रुपमा मनाेनित सुनुवारले स्वीजरल्यान्डको जेनेभास्थित मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको मुख्य कार्यालयमा फेलोको रुपमा सन् २०१० मा आदिवासीहरूको मानव अधिकारसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन् । आदिवासीहरूको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघको निकायहरूसँग निकट भई काम गरेका उनले आदिवासीहरूको क्षेत्रमा संयुक्त राष्ट्रसंघले गरेको कार्यहरूबारे जानकार हुन् । सन् २०१५ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गत इण्डिजिनियस मिडिया ककसको नेतृत्व गर्दै आएका उनले संयुक्त राष्ट्रसंघको रेडियो, टेलिभिजनमा आदिवासीहरूको आवाज समेट्न र आदिवासीहरूले संचालन गरेको सञ्चारमाध्यमलाई सहयोग पु¥याउन संयुक्त राष्ट्रसंघभित्र स्थान उपलब्ध गराउन योगदान पु¥याउदै आइरहेका छन् ।
सुनुवार विद्यार्थी समाजका केन्द्रीय सदस्य तथा सञ्चार प्रमुख हुँदै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य विदेश विभाग प्रमुख भएर आदिवासी जनजातिकाे मानवाधिकारका सम्बन्धि आवाज उठाउने खिवाँराे गरेका सुनुवारले अन्तर्राष्ट्रिय कानून र मानव अधिकार; राजनीतिशास्त्र; आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । सुनुवार संयुक्त राज्य अमेरिका बोस्टनस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कल्चरल सर्भाइभलका एसिया कार्यक्रम संयोजक उनी हाल काठमाडौं स्कुल अफ लमा अन्तर्राष्ट्रिय कानून अध्यापन गराउँदाछन् । आदिवासी पत्रकारिताको क्षेत्रमा विगत १५ वर्षदेखि कलम चलाउँदै आइरहेका सुनुवार नेपालका आदिवासीहरूद्वारा संचालित पहिलो सामुदायिक टेलिभिजन, इण्डिजिनियस टेलिभिजनका संस्थापक अध्यक्ष हुन् ।
२०७८ मा हुने राष्ट्रिय जनगणनामा ‘किरात धर्म’ लेख्न लेखाउन अपिल
काठमाडौं : आज आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा सबै किरातीहरुले ‘किरात धर्म’ लेख्न लेखाउन किरात संस्थाले संयुक्त अपिल गरेको छन् ।
संयुक्त अपिलमा आदिवासी जनजाति हायु, जिरेल, थामी, याक्खा, सुनुवार, लिम्बू र राइका प्रतिनिधिमुलक संस्थाका प्रमुखहरु सुरेल जाति उत्थान समाज केन्द्रीय समितिका अध्यक्ष सुवास सुरेल, किरात हायु समाज केन्द्रीय समितिका अध्यक्ष धनवहादुर हायु, जिरेल संघ नेपाल केन्द्रीय समितिका अध्यक्ष टहलबहादुर जिरेल, नेपाल थामी समाज केन्द्रीय समितिका अध्यक्ष सुखवीर थामी, किरात याक्खा छुम्मा केन्द्रीय समितिका अध्यक्ष लिलबहादुर रोगु, सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणवीर सुनुवार, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समतिका अध्यक्ष योगराज लिम्बु बनेम र किरात राई यायोक्खा केन्द्रिय समितिका अध्यक्ष दिवस राईले हस्ताक्षर गरेका छन् ।
किरात समन्वय समितिको संयेजनमा किरात संस्थाहरुले जात/जातिको महलमा आआफ्नो जाति, पूर्खाको भाषामा आआफ्नो भाषा, मातृभाषामा आआफ्नो मातृभाषा र दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न लेखाउन अपिल गरिएको हे ।
आदिवासी जनजाति राइको हकमा भने राईको थरगत भाषाहरुमा वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयू÷कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तवा, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलिङ/छुलुङ, फाङ्दुवाली, मुगा÷मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम/लिङखिम, देवासमध्ये कुनै एक लेख्न लेखाउन अनुरोध गरिएको छ ।
याक्खा, सुनुवार, लिम्बु, राईलगायतले २०४८, २०५८ र २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा समेत जातिको महलमा आआफ्नो जातिहरु, मातृभाषाको महलमा आआफ्नो मातृभाषाहरु, थरको महलमा आफ्नो थरहरु, धर्मको महलमा एकताको रुपमा ‘किरात’ धर्म लेखाएका थिए भने यस पटकके जनगणनामा भने सुरेल, हायु, जिरेल, थामी पनि एक्यबद्दका हुन् ।
संयुक्त अपिल
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु
सेउपाता, च्याकुम, सेवत्, सेवा, सेवायो, नमसेवल, सेवारो, सेवा !
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतालाई आत्मसात गर्दै समावेशी र समतामूलक समाजको निर्माण गर्न संकल्पित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालका हामी आदिवासी जनजातिहरु सुरेल, हायु, जिरेल,याक्खा,थामी, सुनुवार, लिम्बु, राई लगायतले २०४८, २०५८, २०६८ सालहरुमा सम्पन्न राष्ट्रिय जनगणनामा जातिको महलमा आ–आफ्नो जातिहरु, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषाहरु, थरको महलमा आफ्नो थरहरु, धर्मको महलमा एकताको रुपमा किरात धर्म लेखाएर आ–आफ्नो पहिचानहरुलाई राज्यमा स्थापित गरेको सबैमा जानकारी गराउँदछौं । यस सम्बन्धमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी वि.सं. २०७८ जेठ २५ असार ८ गतेसम्ममा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा सक्रिय सहभागी भई निम्न तालिका अनुसारको उत्तर लेख्न लेखाउन हार्दिक अपील गर्दछौं ।
प्रष्ट, मजबुत र संगठित तथ्याङ्क किन ?
जात/जाति महलको सन्दर्भमा : हामी आदिवासी जनजातिको आन्दोलन समेतले स्थापित गरेको समानुपातिक समावेशीताको व्यवस्था बमोजिम राज्यसंयन्त्रहरुबाट योजना, अभ्यास, कार्यान्वयन भइरहेको अवस्था हो । यसका उदाहरणहरु संघीय संसद, प्रदेश संसदमा, निजामती सेवा, सेना, प्रहरी सेवाहरुमा प्रतिनिधित्व, सहभागिता एवम् प्रवेश हुन् । त्यसैगरी प्रान्त÷राज्य प्राप्तिको लागि पनि विभिन्न आयोग, अध्ययन कार्यदल, योजनाविदहरुले जनसंख्यालाई एक प्रमुख आधार बनाएको हो र अझ रहनेछ । संविधानमा उल्लेखित स्वायत्तता, स्वशासन, विशेष संरक्षित क्षेत्रको व्यवस्थाहरुलाई योजना र अभ्यास गर्नको लागि पनि जातिगत जनसंख्या एक मुख्य आधार हुनेछ । यी व्यवस्थाहरुबाट प्रदत्त अधिकार उपभोग एवम् कार्यान्वयनलाई सुनिश्चित गर्न साथै थप अधिकार प्राप्तिको लडाईको लागि पनि प्रष्ट, र मजबुत जनसंख्या जरुरी हुन्छ ।
पुर्खाको भाषा, मातृभाषा र दोश्रोभाषा महलको सन्दर्भमा : हामी आदिवासी जनजातिहरुको एक प्रमुख सरोकार भनेको हाम्रा मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा स्थापित गर्नु हो । संविधानले नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषाको रुपमा मान्यता दिएको छ । संविधानले प्रदेशको सरकारी कामकाजको रुपमा निर्धारण हुने, भाषा आयोगको सिफारिस बमोजिम हुने व्यवस्था गरेको छ । त्यसैगरी कतिपय स्थानीय सरकार साथै अदालतहरुले मातृभाषाको प्रयोग एवम् अभ्यास गर्न थालेका छन् । मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा स्थापित एवम् सुनिश्चित गर्नको लागि पुर्खाको भाषा, मातृभाषाको महलमा हालसम्म स्थापित र परिचित आआफनो मातृभाषाहरु लेखौं लेखाऔं । त्यसैगरी दोश्रोभाषा महलमा आफना नजीकका आदिवासी जनजातिहरुको मातृभाषालाई लेखौं लेखाऔं ।
धर्मको महलको सन्दर्भमा : नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त देश हो । नेपाल धर्मनिरपेक्ष राज्य पनि हो । धर्मनिरपेक्षता हामी आदिवासी जनजातिको आन्दोलनको एजेन्डा एवम् उपलब्धी हो । नेपालको धर्मनिरपेक्ष र बहुधार्मिक अवस्थालाई कायम गर्न गराउनको लागि संगठित, प्रतिशतमा देखिने र केही ब्यापक आकारको धर्मको रुपमा विगत २०४८ सालको जनगणनादेखि स्थापित ‘किरात धर्म’को संख्यालाई कायम गराउँदै अझ बृद्धि गर्नु आवश्यक देखिन्छ । यो अभियानमा सहभागी भइरहदाँ आआफना मौलिक एवम् पृथक संस्कार संस्कृतिहरु पनि उत्तिकै महत्वका साथ आआफनो अस्तित्व र अभ्यासमा रहनेछन्, विलय हुनेछैनन् । यी विविध अनुष्ठानहरुको एकताबद्ध धार्मिक पहिचान किरात धर्म हुनेछ । संसारमा प्रचलित धर्महरुलाई हेर्दा बुझ्दा धर्म केही ब्यापक र ठूलो घेरामा परिचित भएका पाइन्छन् तथापि त्यसभित्र विभिन्न रुपहरु पाइन्छन् । धर्मनिरपेक्ष राज्य, समावेशी, धार्मिक स्वतन्त्रताको हकलाई अर्थपूर्ण र बलियो उपस्थिति सिद्ध गर्नको लागि धर्मको महलमा किरात धर्म लेखौं लेखाऔं ।
तथ्याङ्क संकलन र निर्माण गर्नको लागि नेपालमा प्रत्येक दश वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । जनगणना जनसंख्याहरु स्पष्ट बनाउने महत्वपूर्ण अवसर हो । राष्ट्रिय र ब्यापकस्तरमा तथ्याङ्क संकलन हुने अवसर नेपालमा यो बाहेक अन्य छैन । राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, भाषिक अधिकार प्राप्तिको लागि जनसंख्या एक आधारभूत पक्ष हो । अधिकार लडेर लिनलाई जनसंख्या जरुरी छ । जनसंख्या स्पष्ट मजबुत बनाउने समय र सन्दर्भमा अन्य विषयलाई प्रमुख मानी तर्क, बहस र विकल्पहरुमा अलमलियौं भने परिणामतः जनसंख्या कमजोर बनाउनेछ । अधिकारको संघर्ष, प्राप्ति र उपयोगलाई ‘डिरेल’ गर्नेछ । तसर्थ जनसंख्यालाई कमजोर बनाउने बहसहरुबाट सचेत भई प्रष्ट, मजबुत र ब्यापक जनसंख्या निर्माणमा लागौं ।
टाइप गर्न सजिलाे काेइँच लिपी : मुक्दुम फन्टमा
अब काेइँच लिपीकाे मुक्दुम फन्ट Mukdum font डावनलाेड गरी सजिलै आफ्नाे कम्प्युटर र ल्यापटपमा टाइप गर्न सक्नुहुने छ । याे लिपीका सर्जक जेँतिच कर्णबहादुर सुनुवार हुनुहुन्छ । मुक्दुम फन्टकाे काेइँच लिपीकाे किबाेर्ड यस्ताे बनाइएकाे छ । याे किबाेर्डबाट कुनै पनि काेइँच शब्द टाइप गर्न जाेसुकैले सक्ने छन् । जेँतिचकाे लिपि राेमन लिपिकाे शैलीमा थियाे । तर पछि लाल रापाचले आफ्नाे डाक्टर उपाधिकाे लागी अध्ययनकाे क्रममा आ अ् ख ङ ट ठ थ फ श वर्ण र चन्द्रविन्दु हलन्त रेफ थपेर देबनागरी शैलीकाे बनाउनु भयाे । वास्तवमा काेइँच लिपिमा हलन्तकाे आवश्यक पर्दैन । यहाँ Mukdum Font मुक्दुम फन्टमा रापाचले सापटी लिएर थपेकाे वर्ण सहित जेँतिचकै सिर्जनालाइ सकेसम्म हुबहु उतार्न खाेजिएकाे छ । याे २०२९ सालमा ताप्लेजुङका जेँतिच कर्णबहादुर सुनुवारले सिर्जना गरेका हुन् । उनी ब्रिटिश गाेर्खा आर्मीका सञ्चार कम्पनीमा थिए । याे लिपि २०३७ सालकाे काेङ्पी मधुपर्क पत्रिकामा समेत छापिएकाे छ । उनकाे भनाइ अनुसार हेमकृष्ण सुनुवारकाे घरमा छालामा खाेपिएकाे अवस्थामा याे लिपि पाएका हुन् । तर याे लिपि लेखाइ राेमन लिपिमा आधारित छ । बनाेट भने क्युनेइफर्ममा छ । याे काेइँच लिपिकाे पहिलाे अक्षर द बाट शुरु हुन्छ । देयि जस्तै भएकाे हुँदा द अक्षर जन्मियाे । इमर जस्तै भएकाे हुँदा इ अक्षर जन्मियाे भन्ने मान्यता रहेकाे छ । याे लिपि केही आपसी जुँगाकाे लडाइले गुपचुपमै रह्याे । हस्तलिखितकाे रुपमा स्वयम् सर्जककाे घर, सुसेस धरानमा, सुसेस सङ्स्थापक अध्यक्ष देवीबहादुर सुनुवारकाे घरमा, सुकियापाेखरीका शिक्षक बलबहादुर मुखियाकाे घरमा साे सामाग्री माैजुद थिए । बलबहादुर मुखियाले सुनुवार भाषा ज्ञानमाला सानाे पुस्तिका छापेका थिए । पछि सिक्किम सरकारले सुनुवार भाषालाइ मान्यता दिने भएपछि सन १९९५ मा बलबहादुर मुखियाकाे सङ्ग्रह लगेर सिक्किममा सरकारी मान्याता दिलाइयाे भने नेपालमा भएकाे देवीबहादुरकाे सकलनमा रहेकाे दस्तावेज अहिले केही डा लाल रापाचासँग केही, सुसेस काठमाडाै अध्यक्ष गाेपाल सुनुवारसँग र सुसेस सङ्घीय समिति काेषाध्यक्ष शाेभा सुनुवारसँग माैजुद छ । यसकाे Digital font डिजिटल फन्ट श्याम किराती राइले Kirat1 font बनाएका थिए भने याे Mukdum font मुक्दुम फन्टलाइ सबैलाइ युनिकाेड बनाएर Mobile माेबाइलमा टाइप गर्न र PC पीसी तथा Laptop ल्यापटपमा टाइप गर्न सजिलाे हाेस् भनेर अहिले राेमन लिपिकाे किबाेर्डसँग मिलाएर मैले बनाएकाे हुँ ।
स्मरण रहाेस् : फन्ट Font बनाउनु भनेकाे Script लिपी सिर्जना हाेइन ।
सरकारले नै जनतालाई सडकको बास गराएपछि
यो जग्गा सार्वजानिक हो ? यो कसैको नाममा छैन । वडाध्यक्षले भने । पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको हस्यौली ठट्यौली गर्नेहरुको अब आँखा खुल्छ कि ? पार्टीलाई सहयोग गर्दा पनि सडकको बास भने होइने रहेछ । चुनाव हुँदा भोटर चाहिने तर चुनाव जितेपछि कोही नचाहिने व्यवहार स्थानीय जनप्रतिनिधिहरुले गरिरहेको भुक्तभोगीको भनाइ यता पनि लागु भयो । अब आँखा खुल्छ कि ?
हिजो विहान कामनपा वडा नं. ४ टुँडालदेवी नजिकै ठुलीमाया सुनुवार बस्दै आएको घर भत्काएपछि त्यहाँका पञ्चकन्या युवाक्लबले नापी कार्यालय डिल्लीबजारका कर्मचारी बलाएर नापी गरायो । मालपोतका कर्मचारी पनि थिए भन्ने सुनियो तर मैले चिनिन तर वडा अध्यक्ष भने भन्दै थिए यो सार्वजानिक जग्गा हो । सार्वजानिक जग्गामा कसैले हस्तक्षेप गर्न मिल्दैन । तपाइँहरुले भिडियोमा अन्तवार्ता पनि हेर्नुभयो होला । खासमा लालपूर्जा अगाडि हो कि जग्गा अगाडि हो ? भुमाफियाहरुले मालपोत र नापीको कर्मचारीहरुसँग मिलेर जुनजुन जग्गा सरकारको नाममा दर्ता छैन तिनीहरुलाई सकेसम्म आफ्नो नाममा बनाउने नसके सरकारी सार्वजानिक भनेर गरिबनिमुखालाई उठीबास लगाउने गरिरहेका छन् । उहिले मुखियाले उठीबास लगायो भन्थे अहिले वडाध्यक्षले उठीबास लगाउने गर्दोरछ ।
ठुलीमाया सुनुवारले भोग चलन गर्दै आएको जग्गा जुन २०४५ सालमा घर भएको नापी कार्यालयको नक्सामा प्रष्ट देखिएको छ । तर २०२१ सालमा प्रतिजग्गा भनेर देखाएको छ भन्ने तर्क रहेको छ । धेरै सरकारको नाममा नभएको र व्यक्तिहरुको नाममा पनि नभएको जग्गाहरुमा सुकुम्वासी बसेर उनीहरुलाई लालपूर्जा दिइँदै आइएको छ । र, टुँडलदेवी वरिपरि सुकुम्वासीहरुले ओगटेको जग्गाहरु व्यक्तिको नाममा लालपूर्जा आएको र ठुलीमाया सुनुवारको नाममा मात्रै बोल्ने मान्छे नभएको हुँदा लालपूर्जा निकाल्न नसकेको कथन छ । तर दुःखको कुरा जनताको अविभावक भनिने सरकारका स्थानीय प्रतिनिधि वडाध्यक्षले नै आफ्नै वडाको जनताको हुँदाछँदाको घरधुरी किन उठीवास लगायो ? यहीनेर गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । कुनै जनता भोक नरहुन कुनै जनता दुःखी नरहुन कुनै जनता आकाशमुनि बास बस्न नपरोस् भन्ने सरकार र पाटीहरुले किन हुँदाछँदाको घरबाट आकाशमुनिको बास गराए ? यसपछाडि लुकेको रहस्य के छ ? सबैले घोत्लिनु आवश्यक छ ? के २०२१ सालमा प्रति देखिएको तर पछि व्यक्तिको नाममा नापी नभएको वा व्यक्तिको नाममा लालपूर्जा बनाउन नसकिएको सबै जमीन सार्वजानिक छन् त ? वडाध्यक्षले नै घर भएको मानिसलाई सडकमा बास गराउन मिल्छ ? प्रश्नहरु अनुत्तरीत छन् । जग्गा पहिला कि लालपूर्जा पहिला । जग्गा थियो अनि पो लालपूर्जा दिइयो ।
लिखु नदीमा निर्माणाधिन जलविद्युत विरुद्ध संयुक्त राष्ट्र संघमा प्रतिवेदन पेश
सुनुवार सेवा समाज केन्द्रीय कार्यसमितिले रामेछाप, सोलुखुम्बु । ओखलढुङगा जिल्ला भएर बग्ने लिखु नदीमा निर्माणाधिन जलविद्युत निर्माता विरुद्ध सुनुवार आदिवासीहरुको मानव अधिकार हनन गरेको विषयमा प्रतिवेदन तयार गरी संयुक्त राष्ट्र संघमा पेश गरेको छ ।
सुनुवार सेवा समाजले लिखु नदीमा निर्माणाधिन जलविद्युत निर्माणका क्रममा जलविद्युतबाट प्रभावित स्थानीय आदिवासी कोइँच सुनुवारसँग कुनै पनि प्रकारको छलफल, परामर्श र सहमति नगरी आयोजना संचालन गर्दा व्यपाक मानव अधिकार हनन भएको पक्षलाई समेटेर संयुक्त राष्ट्र संघको विश्वव्यापी आवधिक समिक्षा (युपिआर) मा वैकल्पीक प्रतिवेदन पेश गरेको हो ।
संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरुको मानव अधिकार अवस्थाको समिक्षा गर्नको लागि सन् २००६ मा मानव अधिकार परिषद्को स्थापना गरि विश्वब्यापी आवधिक समिक्षा गर्दै आइरहेको छ ।संयुक्त राष्ट्र संघको बडा पत्रमा ब्यक्त मानव अधिकार सम्बन्धी दायित्व र प्रतिबद्धता, मानव अधिकारको विश्वब्यापी घोषणापत्र, अन्तर्राष्ट्रिय कानुन, बिभिन्न राष्ट्रहरुले हस्ताक्षर गरेका मानव अधिकार सम्बन्धी महासन्धीहरु, पक्ष राष्ट्रहरुले गरेका प्रतिबद्धताहरु तथा अन्य सम्बन्ध दस्तावेजहरुको आधारमा परिषद्ले प्रत्येक राष्ट्रको हरेक चार बर्षमा समिक्षा गर्ने गरेको छ । सोही अनुरुप नेपालको पहिलो समिक्षा सन् २०११ मे र दोस्रो समिक्षा सनु २०१५ नोभेम्बरमा भएको थियो भने आगामी समिक्षा सन् २०२१ को जनवरीमा हुने भएको छ । यही समिक्षामा सुनुवार सेवा समाजले दर्ता गरेको गुनासो उपर संयुक्त राष्ट्र संघले सम्बोधन गर्नेछ ।
लिखु नदीमा यतिबेला २६३ मेघावाट क्षमताका पाँच जलविद्युत परियोजना निर्माणधिन छन् । तर ती सबै जलबिद्युत परियोजनाको योजना निर्माण देखि कार्यन्वयनसम्मका सम्पूर्ण चरणमा प्रभावित सुनुवार समुदायलाई सामान्य सूचनासम्म दिइएको छैन । स्थानिय सुनुवार समुदायको प्रतिनिधिका अनुसार जलबिद्युत सञ्चालकहरुले स्थानीयहरुलाई उल्टो दुख दिईरहेका छन् । जलविद्युत निमार्ण कम्पनीका सन्चालकहरु सधै झगडा गर्ने र कहिलेकाही त बाहिरबाट नचिनेका मानिस ल्याएर तर्साउँने गरेका छन् ।
नेपाल सरकार पक्ष राष्ट्र भई पारित भएको आदिवासीको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघको घोषणा पत्र (युएनड्रिप) र अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ बमोजिम आदिवासी जनजातिको पुख्र्यौली थलोमा प्राकृतिक स्रोत साधनको प्रयोग गरी कुनै पनि प्रकारको आयोजना, उद्योग तथा खानीलगायतको सञ्चालन गर्दा सम्बन्धित आदिवासी जनजातिहरुसँग छलफल, परामर्श, सहभागिता र सहमति गर्नुपर्ने व्यबस्था छ ।
तर नेपालमा प्राकृतिक स्रोत साधनको प्रयोग गरी नाफामूलक आयोजना सञ्चालन गर्दा त्यस्ता आयोजनाबाट प्रभावित हुने आदिवासी जनजाति तथा स्थानीय बासिन्दासंग कुनै पनि प्रकारको छलफल, परामर्श र सहमति हुने नगरेको पाइएको छ । यसबाट त्यसप्रकारको आयोजनामा स्थानीयबासिन्दाको सहभागिताको अंश सुन्य हुने गरेको छ ।
रामेछापको लिखुमा कार्यन्वयन भएको पाँच विद्युत परियोजनाका लागि काठमाडौँ केन्द्रित निजी कम्पनीहरुको संयुत्त लगानी रहेको छ, जसमध्ये टिएम दुगड गु्रप, हिमालयन हाइड्रोपावर प्रा.लि, पिके हाइड्रापावर, एपलो हाइड्रोपावर प्रा.लि, ग्रिनभेन्चर प्रा.लि मुख्य साझेदार हुन । ती कम्पनीका लागि लक्ष्मी बैंकको नेतृत्वमा सिद्धार्थ वैंक, सिटिजन बैंक इन्टरनेशनल, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमान्डूसमेत पाँच नीजि बैंकहरुको पनि सम्लग्नता रहेको छ ।
प्रतिवेदन यहाँ पढ्न सक्नुहुनेछ :–
https://www.culturalsurvival.org/sites/default/files/Nepal%20UPR-CS-2020.pdf
बर्षमासमा खोलापारिको मायाका नियती हामी : माननीयको प्रयास असफल हुँदा स्कुल सेन्ट अप भइयो ।
-शाह कृष्ण(किराँत) सुनुवार
रामेछापमा कक्षा सातकाे पढाइ भएकाे दुइ महिनापछि तेश्राे महिना फी तिर्ने बेला मुखियाले तिमीले त पहिलाे दुइ महिनादेखि तिरेका छैनाै त भनि दिएपछि म छाँगाबाट खसे झैँ झसंग भएकाे थिएँ।जाडाेकाे छुट्टि भएकाेले एकैचाेटि दुइ महिनाकाे फी बुझाउनु पर्ने भएकाेले मैले लगेर दिने बेला असाध्य भीडभाड भएकाेले मेराे पासमा हराउने डरले मुखियालाई पछि रसिद लिने गरि पैसा दिएँ, पछि न त उसले नै रसिद दियाे,न त मैले मागेँ। मैले अस्ति नै तपाईलाई दिएकाे नि सर भन्दा उसले नलिएकाे जिकिर गरेपछि मैले घरबाट फेरि दाेहाेराएर माग्ने कुरै भएन। त्याे समयमा हाम्राे घरमा मात्र हैन,गाउँघरमै सय रुपैञा पनि आजकालकाे लाखभन्दा पनि अझ बडि महत्व राख्थ्याे।
जुनियर हाई स्कूल भनेर कक्षा आठसम्म संचालन थियाे र हाई स्कूलकाे लागी माननीयज्यू लगायत संपूर्ण ग्रामिण जन्ताकाे धेरै काेशिस हुँदा हुँदै स्वीकृति नपाएकाेले हामी अर्कै स्कूल खाेज्न बाध्य भयाैँ र अमिलाे मन बनाउँदै रगनी जस्ताे मायालु गाउँ र साथी हरुलाई छाडनु पर्याे।
कक्षामा मेराे पढाई राम्रै भएकाेले पहिलाभन्दा हेप्ने निन्दानीय शब्द कमै बाेल्थे तर २/३ जना यस्ता मूर्ख थिए कि तिनिहरुसँग म आजित भै सकेकाे अवस्था थियाे। मगरलाई हेपेर बाेलाउँदा लिडाे भन्छन् भन्ने पनि मलाई थाह थिएन,मलाई त्यहि शब्दले ऐ लिडाे भन्दै बाेलाउने गर्थे, कक्षामा मिन ब. दर्लामी नामकाे साथी मभन्दा ठुलाे निकै मेाटाे घाटाे बलियाेलाई साह्रै चित्त नबुझे पछि उसले प्रतिबाद गर्याे र त्यसाे भन्न पनि छाडे,त र कुनै न कुनै रुपले मलाई हेपि नै राख्थे। यि सबै तनावले म वाक्कै भएकाे अवस्था र लक्ष्मणले पहिलै छाडेर रगनीमा भर्ना भै सकेकाे थाह पाए पछि म पनि त्यतै जाने निधाे गरेँ।हिउँदकाे महिना बिँबिरेमा काठकाे साँघु भएकाेले एकदिन स्कूल हेर्न गएँ,टिफिन छुट्टिकै बेलामा पुगेछु।लक्षमणलाई भेटेँ र अरु २/४ जना साथी हरुसँग परिचय पनि गरियाे।साथीले नाम फेरेर लाल बहादुर बनाएछ।यसाे कुरा बुझ्दा र वाता वरण हेर्दा म पनि त्यतै आकर्षित भएँ र आउँछु भनेर बिदा भएँ।
घरमा बुबा आमासँग स्कूल फेर्ने कुरा राखेँ। अहिले पाे हिउँद भएकाेले बिँबिरेमा साँघु छ, भाेलि पर्सि बर्षामासमा कहाँबाट लिखु काेशी पार गर्ने भन्ने यक्ष प्रश्न यथार्थमा एकदम जायज थियाे। भूजी र रगनीकाे साेझै बाटाे नभएकाेले दिनभरि लगाएर कि त लिम्तिकाे फलामे पुल हुँदै गाम्नाङ वाच्पुकाे फेदि र चप्लेटी हुँदै रगनी पुग्नु पर्थ्याे,कि त पिर्ती र कातीकाे पुच्छर संगम सत्देल्बुकाे फलामे झाेलुङ्गे पुल तरेर कातीकाे फेदि गाेठ डाँडा, निमेषमै कालकै रुप लिने चाेकाेति खाेला यसकाे उर्लँदाे बाढिेले लिखु काेशीलाई समेत बर्षा महिना भरि जहिल्यै गडगडट र रुप रंगै फेरि दिन्य्याे जुन तर्दै स्यानी निस्केर साल्पु खाेला तरे पछि बल्ल रगनी टेकिन्थ्याे।
जसाेतसाे वहाँहरुलाई राजी बनाए पछि लागेँ रगनी।त्यहाँ पनि कक्षा सातमा भर्ना हुँदा सम्म लगभग ३/४ महिना बिति सकेकाे थियाे।आधा पढाइ रामेछापमा भएकाेले त्यति गाह्राे पिराे नभए पनि पाठमा नयाँ कुराहरु त आउने नै भै हाल्याे।मलाई नजाने पछि निकै छट पटा हट बडि हाल्थ्याे र बिहान बेलुकी आफु भन्दा जान्ने काेहि सँग सिक्न पाए पनि हुन्थ्याे भन्ने लाग्थ्याे।
बस्ने मेसाे चाहि गाउँका बडाबाका छाेरी दिदीकाे घरमा बन्दाेबस्त गर्ने कुरा राखेकाे हुनाले त्यहि बस्नु सिवाय अरु काेहि बकल्प वा नजिककाे चिनजान थिएनन्।त्याे दिदीकाे घर माथि मुखिया(रापंस)माननीय श्री चन्द्र ब.सुनुवार, गाउँघरकाे सम्बाेधनार्थ धाेक्रे मुखे फुपाज्यू, वहाँका जेष्ठ सुपूत्र भूपु(रापंस) माननीय,सुदूर पश्चिमा अञ्चलका बडा हाकिम श्री चम्पक सुनुवार,माइलाे भूपु ब्रिटिश आर्मी श्री ईन्द्र सुनुवार,रेडियाे नेपालका प्रशिद्ध कर्मचारी कलाकार स्व.श्री पाण्डव सुनुवार, प्रशिद्ध कबि ,कलाकार तथा अधिबक्ता श्री अतित मुखिया र बहु आयमिक कान्छाे श्री बिश्र्व किरण सुनुवार दाज्यूहरुकाे घर।म सदा वहाँहरुलाई आदर सम्मान गर्दछु,किनकि वहाँहरुबाट धेरै ज्ञान गूण पाएकाेछु र मुनि श्री हरि मुखिया वहाँ हरुकै नजिककाे दाजु भाइकाे घर पर्ने थियाे रहेछ।
तल्लाे माथ्लाे दाजु भाइका त्यत्राे संपन्नता र प्रतिष्ठाले चरमचूली चुमेका छिमेकी तर त्याे घर चाहि उजाड झैँ लाग्थ्याे ! कारण त्याे दिदीकाे श्रीमान कुन्नि कता बर्षाैँदेखि बेठेगान बेपत्ता हुनु भएकाे र भएकाे एउटा छाेराे पनि इन्डिया आर्मीमा हाे वा त्यस्तै कता जागिरे तर छुट्टिमा घरमै आउँदैन भन्थिन्।बुढी दिदी छ्याङ पिए पछि उतै राम रहाेस् मै हराउने।म स्कूल गए पछि ढाेका भाेटे ताल्चा लगाएर हिडि दिए पछि ३/४ दिनसम्म नै नआई दिने, मलाई फसाद पर्नसम्म पर्थ्याे।
त्यस्ताे बेला कुनै समय तल्लाे घरमा सूर्यराम आएर बसेकाे बेला जान्थेँ तर धेरै जसाे चाहि माथ्लाे घरमै मेराे श्री मुकुन्द सुनुवार(जाे दाज्यू हरुकाे फूपुकाे छाेरा)सिनियर,कक्षा आठकाे प्रथम प्रतिभाशाली बिधार्थी अति नै मिलनसार साथी भएकाेले वहाँसँग धेरै कुरा सिक्न पाउने हेतुले जान थालेँ।मलाई नआउने प्राय:सबै प्रश्न वहाँसँगै साेधि हाल्थेँ।वहाँले गर्ने झिना मसिना काम पनि सँघाउन थालेँ।वहाँकाे अरुले गर्नै नसक्ने अद्भुत एउटा कला दुइटै खुट्टा ठाडै आकाशतिर फर्काएर दुइवटा हातले भूँइमा टेकेर मजाले सन्तुलन कायम गर्दै उकालि ओरालि सिँडी सबै घण्टाैँ हिड्न सक्ने क्षमता थियाे,सबैकाे लागी रमिता सिवाय गर्न सक्ने हिम्मतै हुदैन थियाे।
बिस्तारै बानी पर्न थाले पछि म पनि आपत कालिन समयमा त्यतै साथीसँग बेलुकी मकै झुत्ता बनाउने क्रममा अरु परिवार फुपाज्यू , फूपु,जेठा दाइ,माइला दाइ पेन्सन रिटायर्ड आइ सक्नु भएकाे थियाे वहाँ,काँइला अतित दाइहरुसँग बिभिन्न प्रसंगमा गफिँदै काम गर्न पाउँदा स्वर्गानु भूती प्राप्त हुन्थ्याे।धेरै जसाे काँइला दाइले हामीलाई अँग्रेजी ब्याकरण (ग्रामर)का बिभिन्न पाठहरु बिस्तारपूर्बक पढाउनु हुन्थ्याे, ति सबै आजतक मेराे दिल दिमागले बचाइ राखेकाे छ।बिशेष माइला दाइकाे डेढ दुइ बर्षकाे छाेरा सुरज हाम्राे आकर्षणकाे केन्द्रबिन्दु बन्थ्याे,ताेते बाेलिमा सललल है झिल्के काकाकाे गीत।
कक्षामा बिस्तारै राम्रै माहाेल बन्दै गयाे।डेढ दुइ महिना पछिकाे अर्ध बार्षिक परीक्षामा दाेश्राे भैयाे। त्यहाँ रामेछापमा झैँ हेपिनु पर्ने स्थिती थिएन,कारण बाहुल्यता सुनुवार साथीहरुकै थियाे।बेला माैका साथीहरुले अब हर्के थपियाे हाेस् गर है दुइजना मिलेपछि भूजीकाे लाले हर्केकाे बयान त सुनेकै हाेला नि भनेर ठट्याैलि पनि गर्थे।पछि भान्जा जय प्रकाशलाई पनि त्यतै जाने प्राेत्साहन गरियाे र लगियाे तर बसाइ आफन्तकैमा बस्ने भएकाेले बेग्ला बेग्लै बसिन्थ्याे।पढनमा भान्जा पनि कक्षा प्रथम नै हुन्थे।
स्कूल जाँदा आउँदा बिस्तारै सबै साथीसँग हेल मेल बढदै गयाे।बिशेष गरि साल्पुका शंकर दास सँग निकै नजिक भयाैँ,कारण उनि कक्षामा प्रथम म दाेश्रा भएकाेले र भलिबल खेल्दा म रेजर उनि सटर थिए।अलि पछि हाम्राे टीम राम्राे खेल्न थाले पछि कक्षा आठका साथी हरुलाई समेत चूनाैति दिन्थ्याैँ र बाजी पनि जितिन्थ्याे।
स्कूलमा खै के काे सन्दर्भमा नाटक निकाल्ने कार्यक्रम मन्चन हुँदै गर्दा मध्य भागतिर जयनन्द लामाकाे तामाङ सेलाे लाेकगीतमा शंकर र मैले गाउनु पर्ने राेल थियाे र अन्तमा स्याब्जी..भन्नु पर्ने थियाे, साथीले भुलेर भनेन म एक्लैले गाउँदा साथी त पर्दा पछाडि मरि मरि खित्का छाडेर पाे हाँसि राखेकाेले मञ्चमा नाच्ने भाइ बहिनीहरु लय तालमा अलमल परेर दर्शक दीर्घा हाँस्दा हाँस्दा रंगमञ्च नै कमेडीमा परिणत भएकाे थियाे र त्यस्तै प्रस्तुति हाेला भनि ठाने छन् पर्दा बन्द भएपछि बेजाेडले तालि पड्काएका थिए।
पछि बार्षिक परीक्षामा मेराे निकै राम्राे माहाेल बनि सकेकाे थियाे।थ्याेरिकल बिषय सबैमा मेराे प्रथम भन्दा धेरै राम्राे छँदा छँदै मेराे स्थान त्यहि दाेश्राेमै सीमित हुन पुग्याे कारण ब्यबसायिक शिक्षाकाे चित्रकला र हस्तकला बिषयमा साथीले मलाई बल्ड्याङ खुवाएकाे थियाे।उनि अलि म भन्दा उमेरले जेठाे पाकाे र घरायसि काममा निपूण थिए।त्यसैले ब्यबहारिक कुरामा म भन्दा उनि धेरै अनुभवी थिए।
हुन पनि मलाई न त राम्राे चित्र काेर्न नै आउँथ्याे न त हातले बनाउने कुनै सीप नै थियाे।चित्र एउटा घरकाे नक्सा बनाएकाे थिएँ र हस्तकलामा मैले एक जना दाइसँग हारगुहार मागेर काठकाे ढिकी बनाइ मागेकाे थिएँ तर त्याे त्यति आकर्षक थिएन।साथीले दल्सिँङ ढुंगाकाे हेर्दैमा चिटिक्क काे चट्ट घट्ट केराकाे दाम्चा बाेकेर ल्याएर पानीकाे धारा सललल झारेर पक्का प्राक्टिकल गरेर देखाउँदा मैले नै तारिफ गर्नयाेग्य सीप प्रस्तुत गर्दा मेराे त्याे काठकाे ढिकी भनेकाे टुक्रा आफैले कता लुकाउँ झैँ नभएकाे हैन, फल स्वरुप मलाई साँडे दुइ नम्बरले पछि पारे छन्,म हेरेकाे हेरेकै हुनु परेकाे थियाे।
त्यस बेला सम्ममा नयाँ शिक्षा पद्धतिले पाइला टेकि सकेकाेले निम्न माध्यमिक बिधालय कक्षा सातसम्ममै सीमित भयाे।त्याे भन्दा अघि जुनियर हाई स्कूल भनेर कक्षा आठसम्म संचालन थियाे र हाई स्कूलकाे लागी माननीयज्यू लगायत संपूर्ण ग्रामिण जन्ताकाे धेरै काेशिस हुँदा हुँदै स्वीकृति नपाएकाेले हामी अर्कै स्कूल खाेज्न बाध्य भयाैँ र अमिलाे मन बनाउँदै रगनी जस्ताे मायालु गाउँ र साथी हरुलाई छाडनु पर्याे।
…………………………..
पाेखरा-११ रानीपाैवा
३१/२/०७७(८२ओैँ लकडे)