All about Sunuwar

Archives

now browsing by author

 

मलेशियामा सुनुवारहरुको भेटघाट कार्यक्रम हुने

koitsक्वालामपुर, फेबुअरी १४ । प्रवास मलेशियामा रोजगारीका लागि पुगेका सुनुवारहरुको भेटघाट राखिने भएको छ । आफ्नो संस्कार, संस्कृति र पहिचानका लागि एक जुट भइ मलेशियामा सुनुवारहरुको मातृ संस्था सुनुवार सेवा समाज, मलेशिया शाखा गठन गरिने कुरा कार्यक्रमका संयोजक जोन सुनुवारले बताए । सो कार्यक्रम मलेशियामा रहेका चाइनिज मुलका नयाँ वर्ष विदाको अवसरमा केएलस्थित कताराय नेपाल होटलमा फेबुअरी २० तारिख विहान १० बजे हुने भएको कुरा पनि बताए ।
मलेशियामा गरिने सो भेलाका लागि सुनुवार सेवा समाज कतार र सुनुवार समाज हङकङको पनि सहयोग रहेको बताइएको छ । उक्त भेटघाट कार्यक्रममा मलेशियामा विभिन्न रोजगारमा रहने सुनुवारहरुलाई उपस्थितिका लागि अपिल समेत गरिएको छ ।

लिम्बुवानमा कोइँच अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान प्रारम्भ

चुप्लु दाम्लोच
२५ माघ, पाँचथर । पहिचानको लागि सूदुर पर्ूव पाँचथरका आदिवासी कोइँचहरु वीच अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान प्रारम्भ भएको छ । सुनुवार सेवा समाज केन्द्रीय समितिको आयोजना तथा सुनुवार सेवा समाज जिल्ला समिति पाँचथरको संयोजनमा साराङडाँडा थामडाँडा कोइँच गाउँमा शाँदार सिल तथा बाद्यवादन प्रशिक्षणको क्रममा अमर्ूत संस्कृति संरक्ष तथा पर््रवर्द्धन अभियानको शुरुआत गरिएको हो ।
अमर्ूतर् सस्कृति भन्नले कोइँचको पिदार नाम्दार, सागुन, कास, ख्येँगु, गिल, शाँदार पिदारहरु पर्दछन् । साथ साथै कोइँचले मान्दै आएको अन्य संस्कार र उनीहरुको आस्था र विश्वाससमेत अमर्ूत संस्कृति हुन् सुनुवार सेवा समाजका महासचिव समीर मुखिया सुनुवारले बताउनु भयो ।
शाँदार ग्योर संरक्षण तथा विकास समिति पाँचथर इलामको विशेष अग्रसरतामा शुरुआत अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियानले कोइँच पहिचान भनेको के हो – वल्लो किरात कोइँचको लागि किन आवश्यक छ – किन पहिचान सहितको संघीयता आवश्यक छ – संघीयतासहितको संविधान भनेको के हो – लिम्बुवानमा बसेका कोइँचहरुले लिम्बुवानका वारेमा कसरी जनवाकलता गर्ने र लिम्बुवानवासीहरुसँग वल्लो किरातको वारेमा कसरी सहकार्य गर्ने गाउँ गाउँमा घरदैलो कार्यक्रम गर्ने अभियानसमेत शुरुआत गरिने भएको छ ।
अमर्ूत संस्कृति संरक्षण तथा पर््रवर्द्धन अभियान दोलखा जिल्लामा पनि शुरुआत गरिएको जानकारी प्राप्त भएको छ । सुनुवार सेवा समाज दोलखा जिल्ला समितिले यो आभियानलाई अगाडि बढाइरहेको छ ।

आदिवासी ज्ञान र संस्कृतिको पुनःस्थापना गर्न जागरुक कोइँचहरु

-कोइँच बु काःतिच

२० माघ, सिरहा । आदिवासी जनजाति दनुवार र वल्लो किरातको आदिवासी ज्ञान र संस्कृतिको खोजी गर्दै सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. कमलदहमा विश्व सिमसार दिवस मनाइयो । चुरे क्षेत्र जलाधार संरक्षण समितिबाट आयोजित कमलदह सिमसार क्षेत्र संरक्षण सचेतनात्मक अभियानमा विभिन्न व्यापार, सरकारी निकायका प्रमुख लगायत स्थानीय व्यापारी तथा सामुदायिक वनका अध्यक्षले आ-आफ्ना धारणा राखेका थिए । सचेनात्मक अभियानका प्रमुख अतिथि धानोदेवी महराले आफ्नो ठाउँको लागि सदनमा जोडदार कुरा उठाउने बताइन् । सभाध्यक्ष डम्बरबहादुर सुनुवारले कमलदहमा नन्वाबाट देविले सुनचाँदी गहनाहरु राँगाको गाडामा लिएर कमलदहमा लुकाएर राखेको मिथक रहेको हुँदा यो मिथक हिन्दू धर्मको नभई आदिवासी जनजाति दनुवार र वल्लो किरातको किरातीको लोक मिथक भएकोले आदिवासी जनजाति नै सिमसार क्षेत्रका संरक्षक भएको बताउनु भयो । साथै उहाँले कमलदहमा पानी मुला, पानी अमला र अन्य ठाउँमा नपाइने आदिवासी कमलको फुल रहेको दाबी गर्दै जैविक विविधता संरक्षणको लागि आदिवासी जनजाति र स्थानीय जनता लागीपर्नु पर्ने धारणा प्रस्तुत् गर्नु भयो । अहिले कमलदहमा पाँच वर्षो ४० लाखमा माछा पालनको लागि सामुदायिक वनले ठेक्का दिएको छ । तर घर्ुर्मी सामुदायिक वन भने दिनानुदिन विनास भइरहेको छ भने जैविक विविधता संरक्षणको कुनै उपय अबलम्बन गरिएको देखिदैन । न त यहाँका आदिवासी जनजाति दनुवारको आदिवासी ज्ञान र उनीहरुको भूमिको सुरक्षा गरिएको छ । त्यस्तै गरी यहाँका आदिवासी जनजाति दनुवार पनि आफ्नो पुख्र्यौली थलोको लागि सचेत भएको पाइँदैन । आदिवासी जनजाति कोइँच सुनुवार भने २०३९ साल देखि सिरहाली सुनुवार समिति गठन गरी संगठित भए पनि खासै उपलब्धिमूलक काम गर्न सकेको देखिँदैन । बरु मधेसी यादबहरुको हरेक क्षेत्रमा दबदबा प्रष्ट देख्न सकिन्छ ।

हार्दिकश्रद्दान्जली !!!

pamphaaजन्म उर्दी लगाउदै ढोल बजाएर आउदो रहेछ
मृत्यु झुक्काएर चोर जस्तै लुसुक्क आउदो रहेछ
तब त मलाइ कठिन परेको छ पम्फा काकीको मृत्युको खबर पत्याउन
त्यो असुभ खवर पचाउन सक्नु पनि कसरि
गत २० डिसेम्बरको दिन
एक भोजमा हाम्रो भेट भएको थियो
नेपाल पुगेर फर्केनी छोरी सबैलाई भेटेर …हास्दै भन्नु भाको कानैमा गुन्जी रहेछ
मेरो काकीको दिदी उहा, सो नाता पहिलाउदै म काकीको सम्मान दिन्थे उहालाई
सधै हसिलो मुहारमा सबै संग मिठो बोल्ने उहा
निभारे पुर्खौली घर क्याबा थरकी बुहारी
उहाको श्रीमान खबिन्द्र काका भन्नु हुन्थेयो
तपाइको ससुरा र हामी त एकै धाराको पानी खाका हौ
हामी त कुतुम्बेरी भएनी दाजु भाइ सरका पो हौ
यसरि अति घनिष्ट थियो हाम्रो सम्बन्धको डोर
कुनै कुरामा उल्झन हुदा मन अति दुखी र खुसी हुदा
मेरो लागि सम्झने योग्य एक हुनु हुन्थेयो उहा
अचनाक यति असुभ खबर…………….उफ्फ !
एक हप्ता अगाडी हासी खुसी तन्दुरुस्ती भेटेको मान्छे
एक हप्ता पछाडी २७ डिसेम्बरमा उहाले यो धरा छाड्नु भएछ
२८ डिसेम्बर २०१४ एका बिहानै दुखद समाचारले मस्तिक्त सुन्य बनायो
घाटी इन्फेक्सनको कारण ज्वोरोले सिकिस्त अबस्था थियो मेरो
हलचल गर्ने ताकत र बोल्ने आगाज रोगको कब्जामा थियो
मान्छे कति मजबुर रहेछौ
न त जीन्दगी चाहेनुसार जिउन सक्छौ
न त मृत्युलाई फकाएर जीवनको पल थप्न सक्छौ
न त मैले नै रोगलाई जितेर पुग्न सके सोकाकुल परिवारलाई भेट्न
न त सके सब्द निकालेर कसै संग समबेदनाको कुरा गर्न
यो धरा हाम्रो स्थाई हैन न मानवको चोला नै अन्तिम सत्य
सत्य त केवल मृत्यु रहेछ अन्तिम सत्य
जन्म र कर्म लगायत बाकि सब मित्थ्य सपनासरी मात्र
काकी पम्फा सुनुवार क्वाबाको आत्मालाइ चिर शान्ति मिलोस
उहाको परमधामको यात्रा यो जगत भन्दा अतुलनीय आनन्द प्रदायक होस्
प्रकृतिको नियमलाई शासोत सत्यलाइ ललकार्ने हामी कसैको पनि अधिकार र योग्यता छैन
जानेको बाटो उज्यालो तिर लम्कियोस हार्दिक श्रद्दान्जली मृत आत्मालाई
भोली सबैको पालो निश्चित छ मृत्युको टिकट हातमा छ तर त्यो मिति तिथि पढ्न हामी सक्दैनौ
कसैको घरको ढोका अछुत छैन मृत्युबात
समयले दिएको घाउ उसैले जानेको छ लेप लगाएर पुर्न
बरु लिनेछ समय सुस्तरी सुस्तरी
धर्य धारण गर्ने शक्ति प्रदान होस् सोकाकुल परिवार जनमा
हार्दिक समबेदना !हार्दिक समबेदना !! हार्दिक समबेदना !!!

 

भावना परिस्कृत सुनुवार, बेलायत

किरात सुनुवार सेवा समाज, बेलायत

किरात सुनुवार महिला समाज, बेलायत

आदिवासी जनजाति महिला महासंघ, बेलायत

सुनुवार सेवा समाज, केन्द्रिय समिति, काठमाडौं

चुप्लु समाज, काठमाडौं

चुप्लु फाउण्डेशन, काठमाडौं

रेडियो लिखु परिवार, गुप्तेश्वर, रामेछाप

सुनुवार डट ओआरजी

दुर्दा डट कम

जुनसुकै पार्टर्ीीई भोट हाल्नुस् तर कोइँच हुँ भन्ने कुरा नविर्सर्ीी होस् : वल्लो किरात प्रादेशिक आमसभा सम्पन्न

-कोइँच बु काःतिच
DSC03206१२ पुुस, रस्नालु, वल्लो किरात । वल्लो किरात भूमि रामेछाप जिल्ला राशनाइलु रानी पोखरी पर्ूण्ा प्रा.वि.मा सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषद्को व्यवस्थापनमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको आयोजनामा सम्पन्न वल्लो किरात प्रादेशिक आमसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि पासाङ शर्ेपाले भन्नु भयो, तपाईँ जुनसुकै पार्टर्ीीई भोट हाल्नुस् तर कोइँच हुँ भन्ने कुरा नबिर्सर्ीी होस् । तपाईँहरु घर घरबाट जाग्नु भएन भने आन्दोलित हुनु भएन भने तपाईँहरुको पुख्र्यौली थलोमा स्वायत्तता पाउन सक्नु हुन्न ।
कोइँच गाउँमा पहिलो पटक भएको ऐतिहासिक आमसभामा बेताली, फर्पु, नमाडी, गुप्तेश्वर, कुँबु काँस्थली, प्रितीका सुनुवारहरु उपस्थित रहनु भएको थियो ।
ओल्लो किरात विशाल प्रादेशिक आमसभामा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजाति कोइँचहरुको पुख्र्यौली थलोको लागि जे जस्तो कार्यक्रम गर्नु हुन्छ महासंघको ऐक्यवद्धता रहने छ भन्नु भयो । आमसभामा नेकपा एमाओवादी प्रतिनिधि पर्ूव सभासद तारानारायण श्रेष्ठले वल्लो किरात स्वायत प्रदेशप्रति पार्टर्ीीे तर्फाट र्समर्थन रहेको जानकारी गराउनु भयो ।
कोइँचभूमि रास्नालुमा पहिलो पटक यत्रो ठूलो कार्यक्रम भएको हुँदा सम्पर्ूण्ा रस्नालुवासी खुशी भएको जानकारी स्थानीय समाजसेवी छत्रबहादुर सुनुवारले बताउनु भयो । आमसभामा बर्ुर्के साँस्कृतिक समूहले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । विभिन्न जातजातिले आ आफ्नो झाँकी प्रस्तुत गरेको थिए । कोइँच गाउँ भए पनि अहिलेसम्म ढोल झयाम्टा बजाएर शाँदार सिल ननाचेको हुँदा पुरानीय बुढापाकाहरु शाँदार सिल नाच्न पाउँदा औधि खुशी भएका थिए ।DSCN3910

वल्लो किरात प्रदेशमा विशाल आमसभा सुरु

सुनुवार डट ओआरजी प्रतिनिधि

DSC03164रस्नालु, रामेछाप, पुस १२ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको रामेछापस्थित रस्नालु गाउँमा कार्यक्रम शुरु भएको छ । कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न जातीय प्रतिनिधिलगायत सुनुवार सेवा समाज रामेछाप जिाल्ला समितिले विभिन्न सुसेस गाउँ समितिको संयुक्त पहलमा झाँकीसहित कार्यक्रमस्थलमा प्रवेश गरेको थियो । कार्यक्रममा विभिन्न विद्यालय तथा सांस्कृतिक समूहबाट सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भएको छ । जसअनुसार कार्यक्रममा हाल विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य दिइरहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, प्रमुख वक्ता नेफिन पूर्व अध्यक्ष, पूर्व सभासद् तथा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पा, सुनुवार सेवा समाजका केन्द्रिय अध्यक्ष मनप्रसाद सुनुवारलगायत विभिन्न जिल्ला तथा स्थानीयस्तरका दोलखा र रामेछाप जिल्लाका राजनीतिक प्रतिनिधिको उपस्थिति रहेको छ ।

समावेदना

सुनुवार सेवा समाज शाखा, दोहा कतारका द्रीतिय उपाध्यक्ष हेम बहादुर सुनुवार का पिता हर्क बहादुर सुनुवार हिजो बिहान स्वर्गरोहन हुनु भएको खबरले सुनुवार सेवा समाज शाखा, दोहा कतार परिवार मर्महित भएका छौ । यस दुखद घडिमा मृत आत्मालाई चिरशान्ति मिलोस साथै सोकाकुल परिवार प्रती धर्यधारणा गर्ने शक्ति स्वयमता अपनाउने समर्थया मिलोस भनी पर्मेश्वर सग प्रथर्ना गर्दछौ ।
सुनुवार सेवा समाज शाखा, दोहा कतार, परिवार