Archives
now browsing by author
बधाई र कार्य सफलताको शुभकामना
किरात सम्बत “यले थोचे ५०७६ र सुनुवार चाडँ समिबु पिदार” हर्षोलासका साथ मनाइयो।
-Jeevan Sunuwar Kirat
किरात सम्बत “यले थोचे ५०७६ र सुनुवार चाडँ समिबु पिदार” हर्षोलासका साथ मनाइयो। सुनुवार जाति अथाह सस्कृतिको धनी भएता पनि अहिलेको बद्लिदो आधुनिकीकरण सगै बिस्तारै आफ्नो सस्कृती प्रती अन्जान बन्दै गएका छौ। दिनानुदिन अरुको सस्कृती प्रती चाहिँ बढि उत्तरदायी र आकर्षित हुने तर आफ्नै मौलिक सस्कृती प्रती चाहि कुनै चासो नहुनुले आफ्नो पहिचान गुम्दै गएको अबस्था मा यहि माघ १ का दिन किरात “यले थोचे ५०७६” (पहिलो किराँती राजा यलम्बरको नामबाट किरातीहरुले मनाउने नयाँ सम्बत/बर्ष) र सोही दिन पर्ने सुनुवार चाडँ “समिबु-पिदार” लाई बिगतमा झै काठमाडौ उपत्यकाको सम्बन्धमा- सुनुवार सेवा समाज केन्द्रिय समिती, भक्तपुर/काठमाडौं/ललितपुर जिल्ला समितिहरु, सुनुवार महिला समाज, सुनुवार बिद्यार्थी समाज र सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजहरु सयुक्त रुपमा सुनुवार सेवा समाज केन्द्रिय भवनमा भेला भइ बिबिध कार्यक्रमहरु गरेरे हर्षोलासका साथ मनाइयो। म हृदय देखि नै बिशेष आभारी छु जस्ले यो समारोहमा उपस्थिति जनाउनु हुने कोइँच महानुभाब ज्युहरु प्रति ।
साउदी अरेबियामा सुनुवार सेवा समाज गठन
कोइँच दृष्टिकोणमा नेपालको संविधान र हतास कोइँच युवाप्रति
–कोइँच बु काःतिच
१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेदेखि नेपालमा लिखित कानुनको शुरुआत भएको पाइए ता पनि इष्ट इन्डिया कम्पनी त्र्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको अवस्थामा हुकुमी शासन नटिक्ने ठानी पद्म सम्सेरले नेपालको बैधानिक कानुन २००४ नामक पहिलो लिखित संविधान बनाउन लगाए तर यो आंशिकरुपमा मात्र लागु भयो । जसमा शक्ति बाँडफाँडको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संवैधानिक व्यवस्था गरिए पनि राणा शासनलाई लामो समय टिकाइ राख्न श्री ३ महाराज राणा प्रधानमन्त्रीको अधिकारलाई कुनै कन्जुस्याई नगरि पूर्णरुपमा अधिकारसम्पन्न बनाइएको थियो । तर नागरिकको मौलिक हक, स्थानीय निकायको व्यवस्था, महालेखा परिक्षक, लोकसेवा आयोग, निशूल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था भने विना कञ्जुस्याईँ संविधानमा गरिएको थियो । यतिसम्म कि मुलुकको शासन सञ्चालन गर्न निर्वाचित तथा मनोनित प्रतिनिधिले मात्र सक्ने कुरा संविधानमै उल्लेख गरिएको थियो । त्यस्तै त्यस्तै नक्कल संविधान सभाले २०७२ सालमा बनाएको छ ।
उही खस बाहुनलाई माथिल्लो दर्जाको संवैधानिक जाति र हामीलाई चाहिँ तेस्रो दर्जाको नागरिक । यसमा होमा हो का साथ लाहाछाप लाउने आदिवासी जनजाति भनौदा पाजीहरुको के कुरा गर्नु तर चिन्नु जरुरी छ जनताको शक्ति हामीसँगै छ । दिन आउँछ । नथाक्नुहोस् आदिवासी जनजाति नेता र नथाक्नुहोस् आदिवासी जनजातिको अधिकार वहस पैरवी गर्ने सामाजिक कार्यकर्ताहरु । हाम्रो पहिचानको लडाईँ निरन्तर जारी छ ।
सुनुवार र मुखिया जडौरी पहिचानबाट मुक्त भै खाँटी कोइँच पहिचानको लागि अहोरात्र खट्नुहुने सबै कोइँच सामिबुमा आफ्नो पहिचानको युद्धमा कहिल्यै हतास नहुन अनुरोध छ । यो युद्धमा हिड्ने युवा साथीहरुमा हिजै मात्र पनि आत्मग्लानि र दिक्दारीको रुवावासी चल्यो । तर यि आँशुले एक दिन सार्थकता पाउने छ । हाम्रा शत्रु खस बाहुन हुन् भनेर रट्नु भन्दा पनि कोइँचको नाममा राजनीति गरेर ढाँडमा टेकेर घाँटीमा हान्ने सुनुवारहरु नै हाम्रो पहिलो शत्रु हुन् भन्ने कुरालाई पनि अब बिर्सनु हुन्न । सर्पसँग थोरै भए पनि बिख हुन्छ, खोइ कुन्नी अब कोइँचमा इख छ कि छैन समयले देखाउने छ । जाग युवा सधैं यही अवस्था रहँदैन, हाम्रो पनि पालो आउँछ । जालझेल र हेपुवाचेपुवा प्रवृति सधैं रहँदैन । छेउको सियो वीच र कुनामा पनि पुग्छ । कोइँच पहिचानको लागि लागी पर्ने एक जना जुझारु कोइँच युवाले सुनुवार सेवा समाजको भवनमा झारेका नुनिला आँशुले तमाम कोइँचको मन पोल्छ पोल्दैन कितनसाथ भन्न नसके पनि पहिचानवादी हामी कोइँचहरुलाई सदादिन पिरोली रहनेछ । हेरौं अभैंm बाहुनवादी कोइँच बन्न नसकेका सुनुवारको बाँकी दिनहरु कति नुनचुक दल्नमा उत्प्रेरित हुनेछन् । तर मन अमिलो बनेको छ, भाई … हतास नहुनु, हरेस नखानु, हिजोभन्दा भोलिको दिन सुनौलो छ अवश्य । अरु सधैं अरुकै लागि लडीरहेको बेला तिमी आफ्नै पहिचानको लागि लडेका छौं यो लडाइमा हाम्रा खाँटी कोइँचहरुले सम्झीरहनेछन् ।
किरातीहरुले कतारमा येले सम्बत् भव्यताका साथ मनाए
१५ जनवरी २०१६ दोहा, कतार
किरातीहरुका नयाँ साल नक येले थोचे÷येले दोङ÷येले तङबे–५०७६ को शुभकामना आदान–प्रदान तथा बन भोज कार्यक्रम कतारमा भब्यताका साथ मनाए । कार्यक्रम तीन किराती संस्था सुनुवार सेवा समाज शाखा, किरात राई यायोक्खा शाखा र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा भएको थियो । यहि १५ जनवरी शुक्रवारका दिन कतार स्थित अल समाल पब्लिक गार्डेनमा आयोजित कार्यक्रममा किरात मूल समारोह समितिका संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, किरात मूल समारोह समितिका उप–संयोजक किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष अमृत कुमार राई, किरात मूल समारोह समितिका उप–संयोजक किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मन कुमार आङबोको विषेश आतित्थ्य र कतारमा स्थापित विभिन्न राजनैतिक, सामाजिक, जातिय संघ÷संस्था र बुद्धिजीविहरुको आतित्थ्य रहेको थियो । पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वका रुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा अहिले पनि किरातीहरु काँचो बन तरुलको टिका लगाउदै सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् । उपस्थित अतिथिहरुले शुभकामना मन्तव्यको क्रममा किरातीहरुले आयोजना गरेको कार्यक्रमको सह्राना गर्दै किरात नयाँ सालको शुभकामना दिएका थिए । उल्लेख्य संख्यामा किराती तथा गैरकिरातीहरुको उपस्थित रहेको कार्यक्रम किरात मूल समारोह समितिका सदस्य सचिव कियाचु कतारका महासचिव डम्बर लिङखिम र किराया शाखा कतारका महासचिव एकराज राईको संयुक्त सञ्चालनमा भएको थियो ।
सबै चाड सिर्जित नै हुन, तामिसामिलाई टिका लगाएर शुभाशिर्वाद दिँदै येले थोचे सम्पन्न
-कोइँचबु काःतिच
१ माघ, काठमाडौं । सबै चाड सिर्जित नै हुन३ । हिन्दु, क्रिस्चियन, बौद्ध, मुस्लिम धर्मका चाडहरु पनि विस्तारै मानव सिर्जित चाड नै हुन । तपाईँहरुले धेरै पर जानै पर्दैन एक दुई दशक अगाडिको पात्रो हेर्नु भयो भने पनि त्यो थाहा हुन्छ । पहिला बाहुन्नीहरुले मनाउने तीज चलनचल्तीमा थिएन । अहिले जतासुकै व्यपकता पाएको छ । गुरु पुर्णिमा, बुबा तथा आमाको मुख हेर्ने के के हो के के चाड दिनानुदिन बढी रहेको छ । तर हामी कोइँचले नयाँ चाड सिर्जना गर्नु पर्दैन पुरानै चाडलाई पुनर्जिवित गरे पुग्छ । सामिबु पिदार हामीले मान्दै आएको चाड हो । तर माघे संक्रान्तिले गर्दा गौण मात्र पारेको हो । यही अवसरमा किराती कोइँचको नयाँ वर्ष पनि पर्ने भएको हुँदा सबै कोइँँच तथा किराती दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । सुनुवार सेवा समाजका अध्यक्ष मनपरसाद सुनुवारले कोइँच सामिहरुलाई पिदार गर्दै टिका लगाएर फलाहार दिएपछि सामिबु पिदार तथा येले थोचे ५०७६को शुभकामना आदानपरदान कार्यक्रमलाई सम्बोधन गर्नु भयो ।
सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिका लागि शोभा तथा जीवनकुमार सुनुवार किरातले आयोजना गर्नु भएको शुभकामना कार्यक्रममा सुनुवार सेवा समाज केन्दरीय समितिका कोषाध्यक्ष उत्तमकुमार सुनुवारले, सामिबु पिदार कुनै नयाँ नौलो चाड नभै हामी कोइँचहरुले परम्परागत रुपमा मान्दै आएको चाड हो । हाम्रो चाडपर्वका वारेमा न त पाठयपुस्तकमा पढन पाइन्छ न त नेपाल सरकारको सम्बन्धित निकायले नै खोजविन तथा प्रचारप्रसार गरिदिएको छ । यसैले सिलाम खाने, बनतरुल खाने, फापरको बटुक खाने, स्कुसको जरा, घर तरुल खाने अनि विहानै पानीको मुलमा नुहाएर प्रकृतिको पुजागरी छोरीचेलीलाई दहीचामलको टिका लगाई दक्षिणा दिने, दाल, गेडागुडि र चामाल दिने चलन कोइँचको चलन हो । यसदिन साउने संक्रन्तिमा पर्ने राँके पिदारमा राँके फालेको सिटा वा दियालोको ठुटा बालेर खिर पकाइ खुवाउने चलन छ । कतिपय कोइँच घरमा पितृ पुजा र दान गर्ने चलन छ भने यसै दिन किराँतीहरुकोा पहिलो राजा यलम्बरको सम्झनामा मनाइँदै आएको किराती सम्वत येले नै किराती सम्बत३ भएको समेत जानकारी गराउँनु भयो ।
इतिहासविद३हरुले समेत येले सम्बत प्रथम किरात राजा यलम्बरको स्मृतिमा मानिदै आएको सम्बत भएको तथ्या पस्केको बेला सुनुवार सेवा समाजले आजभन्दा पाँच वर्ष अगाडि नै कोइँचले मनाउने वर्षभरिको चाडपर्वको सुची सार्वजानिक गरेको छ । Read More
सामि पिदार तथा नयाँ वर्ष येले थोचे ५०७६
–कोइँचबु काःतिच (उत्तम)
हिन्दू संंस्कारमा लोग्ने पूजा, गुरु पूजा हुन्छ । साथै कालीको पूजा गर्ने भनेर निर्वस्त्र कन्य केटीको योनी पूजा गर्ने चलन छ । अनि बुबाआमाको मुख हेर्ने तिथि पनि निर्धारण गरिएको छ । तर नारी पूजाको कतै उल्लेख छैन । बरु नारी देवी हुन् । नारी शक्ति हुन् । नारी धर्ती हुन् भनेर फुक्र्याउने काम गरिन्छ । अहिले मनाउने गरेको फेब्रुअरी ८ नारी दिवस कुनै चाड होइन । तर किरात कोइँचमा प्रत्येक वर्ष माघ अर्थात् ङारिच १ नाबु (गते) चेलीबेटीको पूजा गरिन्छ । यस दिन महिलाको सम्मान स्वरुप कोइँच सुनुवारहरुले छोरीचेलीको पूजा गर्छन् । विहानै पानीको मूलमा गई मुख धुन्छन् । ढुङ्गाको प्रतिमा बनाउँछन् अनि फुको धागोेले त्यो प्रतिमालाई सात फन्को बाँधी माइ वा धर्तीमाताको प्रतिमा मानेर बनतरुल तथा अन्य फलाहार चढाई प्रकृति पूजा गरिन्छ र सुख, शान्ति, समृद्धिको बर मागिन्छ । त्यही बर मागी पितृ भाकेर घरमा बनतरुल ल्याइन्छ । छोरीचेलीको पूजा गरिन्छ । कालो मासको दाल, गेडागुडी, चामल पातको बोहतामा राखेर दाही चामलको टिका लगाएर दक्षिणा दिई मिठा मिठा खानेकुरा खुवाइ पूजा गर्ने परम्परागत चलन छ । यसै दिन फापर (तिते, मिठे) को रोटी, आप्mनो वरिपरि पाइने अन्य कन्दमूल खाने चलन छ । सम्भवतः जाडोको मौसम भएर होला गेडागुडीको परिकार र कन्दमूल खाने चलन चल्दै आएको हो । Read More