Archives
now browsing by author
खोटो संविधानको विरुद्धमा पुतलीसडकमा विरोध प्रद्र्शन
–कोइँचबु काःतिच
संसारकै उत्कृष्ट संविधान भनेर खोक्न लाज नमान्ने नेताहरुको अगाडि मौन जुलुस र धर्नाको के औचित्य ? धेरैलाई यस्तै प्रश्नले गिदीमा विचारको ख्युरा रयालिनु स्वभाविक हो । ता पनि आदिवासी जनजाति नेपालको इतिहा मा मानव अधिकारको लागि सडकमा उत्रिन भने छाडेका छैनन् । आन्दोलन कहिले उत्कर्षमा पुगेको महुशूस गराउँछन् त कहिले आन्दोलन शेम्शा गएको भान पार्छन् । जे होस् युद्धमा अनेक रणनीतिको प्रयोग हुन्छ । यस्तै यस्तै धेरै आन्दोलन, अभियान र विरोधको ढाँचालाई पच्छाउँदै गएका आदिवासीहरुले आज पुतलीसडकमा मौन धर्ना सहित विरोध प्रदर्शन गरेका छन् ।
सो विरोध प्रदर्शनमा सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा कोइँच सुनुवारहरु पनि प्रदर्शनमा उभिएका छन् । नेपालका आदिवासी जनजतिहरुको अधिकार सम्बन्धि वकिल समूह –लाहुर्निप) को अगुवाईमा केही महिनादेखि आयोजित यस्तो विरोध कार्यक्रमले नेपाल सरकारलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा दबाब सिर्जना भएको जानकारी पनि प्राप्त भएको आन्दोलनका सहभागीहरुले बताएका छन् ।
राजधानीको मुख्य मुख्य चोकमा आदिवासी जनजातिको मानव अधिकारसम्बन्धिका विभिन्न प्लेकार्ड सहित उपस्थित भएका आदिवासी जनजातिहरुको यो अभियानलाई बुद्धिजीवि वर्गले प्रशंसानीय आन्दोलनको अभियान भनेका छन् । “यस्तो विरोध प्रदर्शनले हामी काम गरेर खानेलाई राम्रै गरेको छ । कुन दिन कहाँ यस्तो कार्यक्रम गर्ने भन्ने जानकारी सामाजिक सञ्जलमा शेयर भए एक दिन फुर्सद मिलाएर म पनि सहभागी हुने थिए”ँ, एक ट्याक्सी चालकले आफ्नो धारणा राखेका थिए । Read More
जयकृष्ण सुनुवार परिवारलाई सुनुवार सेवा समाज शाखा साउदी अरेबियाको सहयोग।
साउदी अरेबिया 24 जनवरी 2016। आगलागी बाट पीडित पाचथर ओलने दशमी बजार निवासी जयकृष्ण सुनुवार परिवार लाई सहयोग स्वरुप सुसेस साउदी अरेबिया को तर्फबाट 40,000 रुपैया र रोजगारी को सिलसिला मा रहनु हुने सहयोगी टिक बहादुर सुनुवारबाट 11,500 गरि 51,500 रुपैया सम्बन्धि त स्थान मा हस्तान्तरण गरिएको छ। सुसेस शाखा साउदी का संयोजक देव सुनुवार को संयोजकत्वमा सुसेस साउदी को कार्यसमिति का पदाधिकारीहरु को विशेष पहलमा सुनुवार सेवा समाज केन्द्रिय कार्यलय काठमाडौ को माध्यम बाट सो रकम हस्तान्तरण गरिएको हो। सुनुवार सेवा समाज केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवार ज्यु ले सो कार्य सुनुवार एकता को कारण सम्भव भएको र समस्त सुनुवारहरु को दुख,सुख को साथी सुसेस यस कार्य प्रती आभारी रहेको बताउनु भयो। गत हप्ता पीडित जयकृष्ण सुनुवार को घर उक्त घटना घटेको थियो। भौतिक सम्पत्ती को व्यापक क्षेती भए पनि परिवार सुरक्षीत रहेको र पीडित जयकृष्ण सुनुवार लाई साधारण चोट लागेको थियो। उक्त आगालागी बाट करोडौं को क्षति भएको सूचना प्राप्त भएको छ।
थोरै आदिवासी जनजातिहरु मानवाधिकारको लागि एक जुट हुँदै
–कोइँचबु काःतिच
माघ १०, काठमाडौं । संसारको उत्कृष्ट भनि दाबी गरिएको संविधानसभाबाट जारी संविधानले थोरै जनसंख्या भएका आदिवासी जनजातिहरुको मानवाधिकार कुण्ठित गरेको हुँदा एक जुट भएका छन् । २०४७ सालमा संविधान जारी गर्दा पछि उत्पपिडक शासक वर्गले सन्सारकै उत्कृष्ट संविधान भनि सार्वजानिक रुपमा बोलेका थिए । आखिर ४ वर्षमा जनयुद्ध निम्तायो । अहिले पनि लाजै नमानी खसबाहुन शासक र खसबाहुनको ढोके, हुक्के, सुसारेले संसारकै उत्कृष्ट संविधान भन्ने गरेका छन् तर नेपालको इतिहासमा संविधान जारी भएपछि कित्ता काट गरेर स्कर्टिङमा राती सवारी चलाउनु पने, महँङ्गीको मार जनताले खेप्नु पर्ने र आफ्नै भूमिमा संविधान जारी गर्ने सभासद्ले पाइला राख्न नसकेको अवस्था सिर्जना गर्ने र कार्यन्वयन नभै जारी भएको चार महिनामै संविधान जारी गर्नु पर्ने संविधान चाहिँ संसारमा नेपालकै हो । यस्तो विषम् परिस्थितिमा थोरै जनसंख्या भएका आदिवासी जनजातिको मानवाधिकार कुण्ठित भएको हुँदा निरन्तर संघर्षको लागि संगठित भएका हुन् । आज धुमबराही एस आए क्याटरिङमा आदिवासी जनजातिको ऐन २०५८ अनुसार सुचीकृत आदिवासी जनजातिमा ४८ आदिवासी जनजातिहरु थोरै जनसंख्यामा छन् । भर्खरै नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २३ अल्पसंख्याकहरुको स्वायत्त क्षेत्र जारी गरेपछि सोही विषयमा पनि छलफल गरिएको थियो । उक्त स्वायत्त क्षेत्र भनेको गाउँपालिका जस्तो अधिकार विहीन स्वायत्त क्षेत्र हुनसक्ने पनि सहभागीहरुले छलफलमा वहस उठाएका थिए । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाको अगुवाईमा भएको सो भेलामा २५ भन्दा बढी आदिवासी जनजातिको उपस्थिति रहेको थियो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अबका दिनमा आन्दोलन भने पनि अभियान भने पनि एजेण्डा प्रस्तुत गरेर आगामि दिनमा कसरी अगाडि बढ्ने र को को सँग सहकार्य गर्ने कार्य योजना बनाउनु पर्ने छलफलमा प्रस्ताव राख्नु भयो ।
कुबेतबाट पनि सहयोग प्राप्त
सुनुवार डट ओआरजि समाचारदाता
९ माघ, काठमाडौं । दशमी बजार पाँचथरमा रामबहादुर मुखिया (जयकृष्ण सुनुवार) को घरमा आगलागी भएर करोडौं नष्ट भइ आपतकालीन अवस्था भएको हुँदा कुवेतबाट पनि सहयोग उपलब्ध भएको छ । कुबेतमा कार्यरत सुरेश सुनुवार –Suresh Dhabs Sunuwar) ले रु. ३९१८.४८ पैसा हिमाल रिमिट मनिट्रान्फरबाट आपतकालिन सहयोग पठाउनु भएको छ । उहाँले व्यक्तिगत रुपमा उपलब्ध गराएको सो रकम सुनुवार सेवा समाज केन्द्रीय समितिले जयकृष्णको नाममा मनिट्रान्सफर मार्पmत उपलब्ध गराइने जानकारी कोषाध्यक्ष उत्तमकुमार सुनुवारले जानकारी गराउनु भएको छ । यसैगरी सुनुवार सेवा समाज साउदी अरबबाट उहाँको लागि सहयोग उपलब्ध गराउन सहयोग संकलन भएको जानकारी अमर सुनुवार र देव ङावाच जानकारी दिनु भएको छ । त्यस्तै गरी सुनुवार सेवा समाज मलेसियाले पनि सहयोग गर्ने जानकारी प्राप्त भएको छ ।
आदिवासी जनजाति रेडियो र रेडियो लिखुको अनुभव
–कोइँचबु काःतिच
जहाँ यातायात, पानी, विजुली बत्ती र बजारको त कुरा नगरौं बस्ने सामान्य कुनै भौतिक पूर्वाधारसमेत नरहेको ठाउँमा, त्यो खेर गएको बाँजो पहाडी डाँडामा रेडियो स्थापना गर्छु भन्नु जस्तो महामूर्खता अरु केही हुन सक्दैन । तर यस्तै महामूर्ख काम गरेका छन् कोइँच (सुनुवार) हरुले । कोइँच भाषाको पहिलो रेडियो कार्यक्रम किङ–लो चुप¬लु नामक आधा घण्टाको कार्यक्रमलाई आम कोइँच दाजुभाई दिदीवहिनीहरुले मन पराएपछि हौसिएर रामेछाप जिल्लाको गुप्तेश्वर गाउँ विकास समिति वडा नं. २ झलमलेमा रेडियो लिखु नामक रेडियो स्थापना भएको छ । नेपालमा सबै रेडियो विज्ञापन बजारको पहुँचका लागि बजार खोजेर रेडियो स्थापना गर्ने चलन छ । हुन त फ्रिक्वन्सी मोडुलेसन (एफ. एम.) व्याण्डको रेडियोले खास स्रोता र सानो क्षेत्रलाई लक्षित गर्ने भए पनि नेपालमा भने राष्ट्रिय प्रसारणकै रुपमा पूर्वदेखि पस्चिमसम्म एकै पटक प्रसारण भइरहेको पनि छ ठूला सञ्चारगृहहरुको लगानीमा । यस्ता ठूला सञ्चारगृहको अगाडि आना सुकी उठाएर रेडियो सञ्चालन गर्नु निस्चय पनि वहुलट्ठीपन हो । यस्तै वहुलट्ठीपनले खोलिएका धेरै रेडियो विस्तारै बन्द हुँदै छन् । त्यस्तो जटिल अवस्थामा पनि आफ्नो व्यापार व्यवसाय, राजनीतिक पहुँच नभएका साथै राज्यका कुनै पनि संयन्त्रमा आफ्नो उपस्थिति नभएका सिमान्कृत कोइँचहरुले आदिवासी जनजाति सामुदायिक रेडियो घोषणा गरेर रेडियो स्थापना गर्नु पागलपन नै मान्नु पर्छ । र, पनि त्यो पागलपनले एक वर्ष पुरा गरेको छ । विभिन्न वाधा व्यवधानका बाबजुद पनि दैनिक १० घण्टा रेडियो प्रसारण भएको छ । कोइँच भाषामा कार्यक्रम सञ्चालन हुने होइन कि कोइँच भाषाबाटै रेडियोको विहानी सेवाको उठान गर्दै रेडियोको सबै कार्यक्रमको लिंक उद्घोषणसहित बेलुकीको सेवाको समापन पनि कोइँच भाषामै गरिन्छ । कतै औपचारिक प्रशिक्षण नलिएका भुइँफुट्टा कोइँच युवाहरु काम गर्दै आपैmं सिक्दै अनुभव गर्दै आदिवासी जनजातीय कोइँचपनको रेडियो सञ्चालन गरीरहेका छन् । आफ्नै भाषाको सञ्चारमाध्यमको अभ्यास गरिरहेका छन् ।
आदिवासी जनजातिको लागि रेडियो नै किन ?
रेडियो त्यस्तो शक्तिशाली माध्यम हो किनभने यो एकै पटक धेरै श्रोताहरु माझ चाँडोभन्दा चाँडो पुग्छ र टेजिभिजन दर्शक र समाचारपत्र पाठकहरु भन्दा सजिलै एकार्कासँग मन लागेको विषयमा स्रोतासँग अन्तक्रिया गर्न सक्छ । रेडियो विभिन्न प्रकारका हुन्छन्– सामुदायिक, व्यापारिक, सरकारी र आदिवासी जनजाति । तर जति प्रकारको रेडियो भए पनि उनीहरुको साझा लक्ष्य भनेको श्रोताहरुसँग तत्काल र उपयुक्त किसिमले सम्बन्ध विस्तार गरिरहने सम्पर्कमा रहिरहने नै हो ।
रेडियो यस अर्थले पनि शक्तिशाली र महत्वपूर्ण छ कि यसले अन्य सञ्चारभन्दा तुरुन्त सूचना प्रवह गर्न सक्छ । र, यसको प्रविधि पनि सजिलो छ । सजिलै सूचना पाउन सक्दछन्, समाचारपत्र, टेलिभिजनमा जस्तो किन्नु पर्दैन र समय खर्च पनि गर्न पर्दैन । यसको आवाज जुनसुकै ठाउँमा जुनसुकै अवस्थामा पुग्न सक्छ । गाडि हाक्नुस्, धारामा पानी भर्नु होस्, हलो जोत्दै गर्नुहोस्, अफिसमा काम गर्नुहोस्, भात पकाउनुहोस्, पढ्दै गर्नुहोस् तपाई जहाँ भए पनि रेडियोको उपस्थिति हुन्छ । रेडियो सुन्नको लागि छुट्टै समय खटाउनु पर्दैन । र, यो समावेशी छ । कसैलाई वहिस्कार गर्दैन । गरिब होस् धनी, पढेको होस् या त निराक्षर सबैलाई रेडियोले समेट्न सक्छ । यसो भनी रहँदा रडियो सञ्चालन भने बढो जटिल र चुनौतिपूर्ण पनि छ ।
तर आदिवासी जनजातिहरु राज्यको सुविधाबाट बञ्चित भएका हुँदा आफ्नो कुरा सुन्ने सुनाउने सजिलो माध्यम रेडियो भएको हुँदा रेडियो महत्वपूर्ण देखिन्छ । र, अहिले प्रायः आदिवासी जनजाति रेडियोको स्थापना हुनेक्रम जारी छ । यही क्रममा राज्यबाट वहिस्कृत बनेका कोइँचहरु लगायत आदिवासी जनजातिको आवाजलाई एकट्ठा गरि सबै माझ पस्किन रेडियो लिखु सञ्चालन भइरहेको छ ।
श्रोत साधनको उपलब्धता
रेडियो स्थापना गर्न जति सजिलो छ त्यसलाई निरन्तर सञ्चालन गर्न बढो चुनौतिपूर्ण छ । आदिवासी जनजाति रेडियो भन्ने वित्तिक्कै यसको चिनारी धुन कस्तो हुने ? यस्को स्टेशन परिचय धुन कस्तो हुने ? यी धुन निर्माण गर्दा प्रयोग गर्ने बाजा कस्ता हुने ? विहानको धुन कस्तो रहने र बेलुकी कस्तो धुनको प्रयोग गर्ने, आदिवासी जनजाति गीत संगीत, श्रृङ्गार, रस कस्तो हुने भन्ने अनेक तर्क वितर्क, प्रश्नहरुले निरन्तर ठुङ्नु कुनै अनौठो कुरा त होइन । सँग सँगै आदिवासी जनजातीयपन छाडेर दक्षिण भारतीय मुलुकको संगीतबाट प्रेरित संगीतकार, संगीत संयोजक, वाद्यवादकले आदिवासी जनजाति बाजा बजाउन नजान्नु नसक्नु र जो बजाउन जान्ने आदिवासी जनजाति जन्मजात कलाकार छन् उनीहरुमा आधुनिक प्रविधि र स्टुडियो ज्ञान नहुँदा रेडियोलाई चाहिने ठेट नेपालका आदिवासी जनजाति धुन नपाउनु बढो पिरलोको विषय भएको छ । हुन त यी सबै कुरा बन्न सक्ला तर त्यस्तो गीत संगीत उत्पादन गर्ने प्रयाप्त समय र पैसा नहुनु अर्को समस्या रहेको हामी जोसुकै आदिवासी जनजातिले महसुश भइरहेको छ । विहान बजाउने आदिवासी जनजाति संगीत, भजन, प्रवचनहरु अहिलेसम्म उपलब्ध छैनन् । सम्भवतः आदिवासी जनजातिको संस्कार, संस्कृतिमा दिउँसो र बेलुकी पूजा आराधना गरिने भएकोले पनि हुन सक्छ । अहिलेसम्म मुक्दुम सम्बन्धि प्रवचन गर्ने चलन नभएको हुँदा मुक्दुम प्रवचन दिने र प्रवचनको रेकर्डहरु साथै मुक्दुम वाचनका रेकर्ड अभाव रहे । साथ साथै आदिवासी जनजाति सोँच र दृष्टिकोणका मानव संसाधनको खाँचो रह्यो । निस्चय पनि साधारण वा अहिले वजारमा चलेको रेडियोको शैलीमा कार्यक्रम चलाउनको लागि समाचार संकलनको लागि मानिस पाइएला तर आदिवासी जनजाति दृष्टिकोणलाई आत्मसत गर्ने जनशक्तिको अभाव रेडियो लिखुले महशूस गर्यो । अल्पसंख्याक आदिवासी जनजाति भएको र कुनै पनि व्यापार व्यवसाय नभएकोले पनि आर्थिक स्रोतको अभाव रह्यो ।
रेडियो लिखुको उपलब्धि
किङ–लो चुप–लु कोइँच भाषाको पहिलो रेडियो कार्यक्रमको विस्तारित रुप रेडियो लिखु कोइँच भूमिमा सञ्चालन भएको एक वर्षमै केही उपलब्धिहरु देखा पर्न थालेको छ । मुख्यतः कोइँच भाषाको वक्ताहरु बढ्ने क्रम जारी छ । कोइँच मात्र होइन कोइँच भूमिका अन्य जातिहरुमा पनि कोइँच भाषा बोल्ने इच्छा बढीरहेको छ । सबै जातजातिले कोइँच भाषामा स्वागत, नमस्कार, वधाई, शुभकामना दिने चलनको विकास भएको छ । कोइँच भाषा, संस्कृति वारे सबैले बोल्ने बहस गर्ने क्रम जारी छ । कोइँच भेषभूषाको वारेमा बहस गर्ने र व्यवसायिक उत्पादन तथा विक्री क्रम बढेको छ । खसीकरण भएका धेरै कोइँच गाउँका नामहरुको पुरानो नामहरु पुनः स्थापित भएका छन् । आदिवासी जनजाति भनेको के हो ? समावेशी, सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व तथा मानव अधिकारको विषयमा कोइँच भूमिका सबै जनताहरु जागरुक बनेको सूचाङ्क प्राप्त हुन थालेको छ ।
घाँस काट्दै गर्दा, पत्कर सोर्दै गर्दा, मही पर्दै, खाना पकाउँदै, बारीमा कोदो टिप्दै, धान काट्दै, गाई बाख्रा चराउँदै गर्दा अन्य विभिन्न काम गर्दै गर्दा पनि रेडियो लिखु सुनिरहेका हुन्छन् । सिधा श्रोताहरुसँग सम्पर्कमा रहेर विभिन्न जनचेतनामूलक कार्यक्रम पस्किन सकिने अनुभव रेडियो लिखुले बटुलेको छ । जसले गर्दा अल्पसंख्याक आदिवासी जनजातिका लागि रेडियोको भूमिका महत्वपूर्ण रहेको अनुभूति भईरहेको छ । यसैले २४ घण्टाको प्रसारणमा आधा घण्टा आदिवासी जनजाति मातृभाषामा चलाइने कार्यक्रम मात्र सामुदायिक तथा व्यवसायिक रेडियोको वजार विस्तार भएको अनुभूति आदिवासी जनजाति रेडियो रेडियो लिखु सञ्चालन भएपछि महशूस गरिएको छ ।
र, अन्त्यमा
रेडियो लिखुको प्रवद्र्धनको क्रममा आदिवासी जनजातिले लगनी गरेको एफ एम व्याण्ड रेडियोका सञ्चालक, लगानीकर्ताहरुसँग सल्लाह सूझाव लिन जाँदा यस्तो अनुभूति भयो कि हामी आपैंm प्रति र आफ्नो क्षमता प्रति विश्वस्त रहेन छौं । सबैले भन्नु भयो आदिवासी जनजातिको नभन्नु है । रेडियो चलाउनु पर्यो नि अरु जातिले सहयोग गर्दैनन् । त्यसैले हामीले पनि दुई खाले नीति लियौं, कोइँचहरुलाई हामी कोइँचहरुको आफ्नो रेडियो हो सबैले सहयोग गर्नु परेऊ भन्यौं । सबैले सहयोग गरे । उता अन्य जाति विशेषगरी खस बाहुनलाई हामी सबैको सामुदायिक रेडियो हो सहयोग गर्नु परेऊ । तर अहिलेसम्म एक पैसा उनीहरुबाट सहयोग भएन । तै पनि हामीले सामुदायिक रेडियो भन्दै बखान गर्दै हिड्यौं । हामी आपैंm पनि अलिकति डरायौं अरुले सुझाएको हुँदा । तर जब कोइँच युवाहरुले यसो गर्नु हुँदैन भन्दै तर्क अगाडि सारे, हामीले जतिसुकै गरे पनि जतिसुकै भने पनि खस बाहुन लगायत अन्य जातिले कोइँच सुनुवारको रेडियो, तिमीहरुको रेडियो भनेर भिल्ला लगाइदिन्छन् । सहयोग गर्दैनन् र गरेका पनि छैनन् । बरु खुलेर आदिवासी जनजाति रेडियो भन्नु पर्छ । खुलेर सबै सामु बोल्नु पर्छ । यहाँ मात्र होइन सन्सारमा आदिवासी जनजाति रेडियो स्थापना भएका छन् भने हामी किन डर मान्ने ? हाम्रो रेडियो लिखुले खस बाहुनले सञ्चालन गरेको रेडियोमा जस्तो २४ घण्टामा एक दुई घण्टा मातृभाषालाई समय छुटाएर वीस, बाइस घण्टा खस भाषा प्रसारण गर्ने, हिन्दू दर्शनमात्र प्रसारण गर्ने जस्तो विभेद नगर्ने । सबै भाषा, जातजातिको कार्यक्रम समानुपातिकरुपमा समावेश गर्ने ।
अहिले रेडियो लिखुले पहिचान र विकासको लागि सञ्चार, आदिवासी जनजाति रेडियो रेडियो लिखु भन्ने मुख्य वैचारिक वहस अगाडि सारेको छ । सम्बन्धित क्षेत्रका स्रोताहरुले रेडियो लिखुको अभियानलाई स्वीकार गर्न थालेका छन् भने आदिवासीविज्ञहरुले पनि विस्तारै चासो राख्न थालेका छन् । र, सुहाउँदो रेडियो कार्यक्रम पनि प्रसारणको लागि उपलब्ध गराईदिने क्रमको शुरुआत हुनथालेको छ । अहिले रेडियो लिखुले नियामित आधा घण्टाको आदिवासी जनजाति रेडियो पत्रिका सेँदा उत्पादन गरी देशव्यापीरुपमा प्रसारणको सञ्जाल विस्तार गर्ने सपना पालेको छ । यो अभियान आदिवासी जनजतिको साथ सहयोग रहेको अबस्थामा मात्र सम्भव छ । सबैलाई थाहा भएकै कुरा हो ।
कतारबाट जयकृष्ण सुनुवारलाई आपतकालीन सहयोग : साउदीबाट पनि सहयोग घोषणा
–कोइँचबु काःतिच
पाँचथर ओलनेको दशमीको जयकृष्ण सुनुवार परिवारलाई सुनुवार सेवा समाज, आपतकालिन सहयोग कोष दोहा कतारले रु. ४२,०१० सहयोग गरेको छ । कोषले बेलायतमा बसोबास गर्दै आउनु भएको किरात सुनुवार सेवा समाजको पूर्व अध्यक्ष तथा सल्लाहकार जंग सुनुवारले उपलब्ध गराउनु भएको रु. ८००० पनि थपेर रु.५०,०१० रुपैयाँ सुनुवार सेवा समाज ओलने गा.वि.स का सचिव महेन्द्र सुनुवार मुखियाको नाममा सुनुवार सेवा समाज कतारका कोषाध्यक्ष विष्णु सुनुवारले आइएमइ गर्नु भएको छ ।
पटक पटक कोइँच सुनुवारहरुलाई आपत्विपद् आइपर्ने भएको हुँदा यस पटक कतार सुनुवार सेवा समाजले समुयल सुनुवारको संयोजकत्वमा आपतकालीन सहयोग कोष नै स्थापना गरेको छ । संयोजक सुनुवारले विश्वमा रहेका जुनसुकै स्थानका कोइँचहरुले यस कोषमा स्वैच्छिक सहयोग जम्मा गर्न सक्ने र यस कोषमा जम्मा भएको रकमबाट सुनुवार कोइँचहरुलाई आइपर्ने आपत्विपदमा सुनुवार सेवा समाजको सिफारीसमा सहयोग गर्न सकिने कोषका संयोजकले जानकारी गराउनु भएको छ ।
यसैक्रममा सुनुवार सेवा समाज साउदीले रु. ५०,००० आगलागी भएका दशमीका सुनुवार परिवारलाई सहयोग गर्ने जानकारी सुनुवार सेवा समाज साउदीका सल्लाहकार देव ङावाच सुनुवारले बताउनु भएको छ ।
आगलागीले एक करोड भन्दा बढीको धनसम्पत्ति नष्ट : घरधनी सख्त घाइँते
–कोइँच बु काःतिच
पाँचथर । घरमा लागेको आगो निभाउन खोज्दा सुनुवार सेवा समाज पाँचथर जिल्ला समितिको उपाध्यक्ष रामबहादुर (जयकृष्ण) सुनुवार सख्त घाइँते भएका छन् । घरमा लागेको आगो निभाउँदै गर्दा घरको जस्ता झरेर टाउकोमा गम्भिर चोट लागी चार टाँका लगाइएको छ ।
माघ ६ गते दिउँसो भाडामा बसेको पसलमा लागेको आगोले दशमी बजारका लोकुँच बुद्ध सुनुवार र सँगै जोडिएको जयकृष्ण सुनुवारकको घर जलेर नष्ट भएको छ । लहरै जोडिएको दशमी बजारमा लागेको आगो दिउँसो बजार लागेको हुँदा अन्य घर भने आगो लाग्नबाट जोगिएको छ ।
जिउमा लगाएरको कपडा बाहेक बुद्ध तथा जयकृष्ण सुनुवारको घरबाट कुनै पनि सामान निकाल्न नसकेको हुँदा अनुमानित एक करोड भन्दा बढी धनमालको क्षति भएको जानकारी हाम्रा सहकर्मी बुद्ध सुनुवारले दिनुभएको छ । अहिले उहाँहरु छिमेकीको घरमा आश्रय लिइरहनु भएको छ ।
घरमा आगो लागेको अवस्थामा आँत्तिएको श्रीमती जयकृष्णको कानमा लगएको एक तोलाको रिङ पनि हराएको छ । ओलने गाउँ विकास समितिमा सुनुवारको घर उहाँहरुको मात्र हो । पाँचथर जिल्लामा बसेका सुनुवारको किपटलाई वर्तमान बाहुनवादी राज्यले साराङडाँडा, रबि, आरुबोटे र ओलने चार गाउँ विकास समितिमा फुटाएपछि उहाँहरुको घर मात्र ओलनेमा रहन पुगेको हो ।
लगभग मृत्यशैय्यामा पुगेको पाँचथर सुनुवार सेवा समाजलाई नयाँ जीवन प्रदान गर्नुहुने जयकृष्ण सुनुवारलाई अहिलै प्राकृतिक विपत्ती आइपरेको छ । “खोइ हो के हो के ? केही गर्छु भन्ने सुनुवारहरुलाई नै सबैतिरबाट प्रहार हुँदोरहेछ । बढो सक्रिय समाजसेवी जयकृष्ण माथि यत्ति ठूलो प्राकृतिक विपत्ति उहाँ समाज विकासको लागि मरिमेट्ने व्यक्ति त हुनुहुन्छ नै कोइँच भाषा संस्कृतिको संरक्षणका खम्ब पनि हुन्छ । उहाँकै पहलमा सुनुवार सेवा समाज पाँचथर जिल्ला समिति सक्रिय भएको हो । उहाँ शाँदार ग्योर संरक्षण तथा विकास समिति इलाम–पाँचथरको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ । यस दुःखद परिस्थितिमा सबै कोइँच लगायत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफु सक्दो सहयोग गर्न पनि अपिल गर्दछु” सुनुवार सेवा समाज केन्द्रिय समिति अध्यक्ष मनप्रसाद सुनुवारले अपिल गर्नु हुन्छ ।
आजै सुनुवार सेवा समाज, पाँचथर जिल्ला समितिले आपतकालिन बैठक राखी जयकृष्ण सुनुवार तथा परिवारको लागि तत्काल आपतकालिन राहत सहयोग संकलन गर्न लागेको छ । सुनुवार सेवा समाज पाँचथरका सविच हरि मुखियाले यस्तो दुःखद घटनामा आफ्नो सक्दो स्वेच्छिक सहयोग गर्न अपिल गर्नु भयो । यतिबेला जयकृष्ण लोँकुच परिवार छिमेकीको घरमा आश्रय लिएको हुँदा उहाँहरुको सहयोगको लागि सुनुवार सेवा समाज जिल्ला समिति, पाँचथरको नेपाल बैंक लि. फिदिम शाखामा रहेको चल्ती खाता नं. ५१०४ मा पनि सिधै सहयोग रकम जम्मा गर्न सकिने जानकारी गराउनु भयो । टाढाको साथीहरुले मनि ट्रान्फर गरी सहयोग गर्न सक्ने पनि बताउनु भयो ।
सुनुवार सेवा समाज कतारका सल्लाहकार भानु सुनुवारले जयकृष्ण सुनुवारको आपत्कालीन राहत सहयोगको लागि रु. 42,010 रकम राहत सहयोग भएको जानकारी गराउनु भएको छ । उहाँले बेलायतबाट सुनुवार सेवा समाजका सल्लाहकार जंग सुनुवारले रु. ८००० राहत सहयोग गर्नुभएको पनि जानकारी गराउनु भयो ।
इजारायलबाट कविता सुनुवार तथा कतारबाट किशोर सुनुवारले बढो चासोका साथ जयकृष्ण सुनुवारको विपत्तिको तस्वीरसहितको तत्काल सुचना प्रवाह गर्नु भएकोमा सुनुवार सेवा समाज, सुचना विभाग हार्दिक आभार प्रकट गर्दछ भन्दै सुनुवार सेवा समाजका महासचिव समीर सुनुवारले जयकृष्ण सुनुवारसँग सिधा सम्पर्क राखी आपैंm कुराकानी गर्न डुलुवा टेलिफोन ९४२६७३९५५ मा सम्पर्क गर्न सकिने जानकारी पनि जानकारी गराउनुभयो । “सक्छौं सहयोग गरौं, सक्दैनौं अनावश्यक गफ नछाँटौं । सेवा नै धर्म हो, सबैले यस्तो विपत्तिमा एक दुई पैसा गाँस काटेर सहयोग गर्न सकिन्छ । तर कसैलाई करकाप भने छैन, होइन” सुनुवार सेवा समाज, भक्तपुर जिल्लाका सम्मेलन संयोजक लेखबहादुर सुनुवार किरातले सबैसँग सहयोगको अनुरोध गर्नुभयो ।