Archives
now browsing by author
Sunuwar bhasa Radio 2068-3-01
Click on play icon to play koinch ( sunuwar ) radio
गुलाबका फुलहरु
आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु
पस्किंदै थिए सुगन्ध
अनि सुगन्धित हुँदै थिए
पृथक अस्तित्वका लागि
कोलम्बो तिर ठडिएका नदिहरु
र, गुलाबका फुलका सुगन्धित शक्तीले
प्रज्वलित हुंदै
कनाकरायन नदिसंगै थुप्रै नदिहरु
राजपक्षका जल्लाहदहरुको सामनामा
उर्लिसकेका थिए सयौं पटक । Read More
जिजिविषा
समयको चक्रले
कहिले किचिएर
कहिले थिचिएर
जाँतोको मानी झैं
खिइँदै गएको आयुको ह्राससँगै
कतै पानि झरीले ओसिएर
खरीजुका झैं ढाडिदै गएको
कतै धामको रापले पिल्सिएर
मरिचको दाना झैं चाउरिदै आएको
यो अुहारको अस्तित्व खोज्न
पीरैपीरको खकन भिरेर Read More
मुक्तिसंग्राम
कपिलबस्तुमा
बुद्ध जन्मिएकै कारणले मात्र
शान्तीप्रेमी हुन सक्दिन अब म
बिश्वयुद्धहरुमा अरुको निमित्त
ज्यान समर्पन गरेकै आधारमा मात्र
बहादुर कहलिनु हुँदैन अब म ।
तर पनि
शान्तीप्रेमी र बहादुरहरुले
फेरि अर्को
मुक्तिसंग्राम बिश्वयुद्ध आयोजना गरिरहेका छन् ।
Read More
राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी सचेतना अभियान कार्यक्रम
सुनुवार सेवा समाज केन्द्रीय समितिको आह्वानमा देशव्यापि सञ्चालित अभियान “जाति, थर, भाषा, धर्म, संस्कृति आदिवासी कोइँच सुनुवारको पहिचान, राष्ट्रिय जनगणनामा सही सूचना दिई गरौं आफ्नो पहिचान” भन्ने नारासहित “राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी सचेतना अभियान कार्यक्रम” सुनुवार सेवा समाज क्षेत्रीय समिति, धरान, सुनसरी कार्य समितिले २०६८ जेष्ठ २९ का दिन धरानमा आयोजन गर्ने भएकोले सम्पुर्ण कोइँच सुनुवारहरुलाई यसै सुचना मर्फत आव्हान गरिन्छ।
सुनुवार सेवा समाज क्षेत्रीय समिति
धरान ,सुनसरी
Sunuwar bhasa Radio 2068-2-25
Click on play icon to play koinch ( sunuwar ) radio
किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को प्रारम्भिक साधारण सभा सम्पन्न
किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को प्रारम्भिक साधारण सभा २०६८ जेष्ठ २१ गते शनिबारका दिन भूतपूर्व सासंद एवं नेकपा (एमाले) केन्द्रीय समितिका वैकल्पीक सदस्य श्री कमलप्रकाश सुनुवारको प्रमुख आतिथ्यमा सुनुवार सेवा समाजको भवन, कोटेश्वरमा सम्पन्न गरियो । प्रमुख अतिथि लगाएत कार्यक्रममा उपस्थित विभिन्न संघसंस्था एवं सहकारी संस्थाका प्रतिनीधिहरुले संस्थाको उत्तरोत्तर प्रगतीका लागि शुभकामना समेत दिएका थिए । वहुसंख्यक शेयरधनी सदस्यहरुको उपस्थिति रहेको साधारण सभामा तदर्थ समितिका अध्यक्ष श्री उदयबहादुर सुनुवारद्वारा प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्री शान्तबहादुर सुनुवारद्वारा आर्थिक प्रतिवेदन एवं भाविकार्य योजना प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनहरु र कार्ययोजना शेयर सदस्यहरुद्धारा सर्वसहमतिले पारित समेत ग¥यो । साधारणसभाले आगामी तीन वर्षका लागि निम्न वमोजिमको संचालक समिति, लेखा समिति र विभिन्न उपसमितिहरु समेत सर्वसहमतिले गठन ग¥यो । Read More