All about Sunuwar

Archives

now browsing by author

 

हा हा हासल हासल

-भावना परिष्कृत सुनुवार

बैशाखे पूर्णिमा उभौली पर्वमा
ष्याँदर पिदार गर्ने चण्डीको थानमा
दुमा र ग्यूमा ढोलको ताल फेर्दै
झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै
इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै
सबै दुःख थकान भुलेर
ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा
हा हा हासल हासल, हा हा हासल हासल
खल्पी खल्पा बासल, ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हासल, हा हा हासल हासल !!

ष्याँदर देयी देयाको पिदार गर्दै
प्रकृति र पितृदेवको स्मरण गर्दै
पाकेको नयाँ अन्न बाली अर्पण गर्दै
नयाँ बीज र बिरुवाको रोपाई गर्दै
पूर्खाहरूसँग आशिष माग्दै
प्रकृति शक्तिको जय जयकार गाउँदा
भरिन्छ नया जोस र उर्जा
हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हाहा हासल हासल !! Read More

अन्तर्राष्ट्रिय नारी दिवसः एक चर्चा

-भावना परिष्कृत सुनुवार

विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहेतु विभिन्‍न कार्यक्रमको आयोजना गरी धुमधामले अन्तराष्ट्रिय नारी दिवस मनाउछन् । यस दिन समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याउने अग्रणी महिलाहरुलाई सम्झना गर्दै र सम्मान दर्शाउने गरिन्छ । प्रत्येक वर्ष मानिने विश्व नारी दिवस अन्तराष्ट्रिय नारा र थिम निर्मित गरेर मानिन्छ । यसै गरी प्रत्येक देशले आ-आफ्नो समसामयिक नारा प्रष्फुटित गरी अन्तराष्ट्रिय नारालाई पनि समेट्दै नारी दिवस मनाउने चलन छ । यो वर्षको अन्तराष्ट्रिय थिम “चुज टु च्यालेन्ज” हो र स्लोगन “वुमन इन लिडरसिपः अचिभिङ एन् इक्वल फ्युचर इन अ कोभिड-१९ वर्ल्ड” हो भने हाम्रो देश नेपालको यस वर्षको नारा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” हो । संयुक्त राष्ट्र संघले विश्वभरका नारीहरुको समानाधिकारलाई स्थापित गर्दै उनीहरुको सुरक्षाखातिर विश्वभरमा केही विशेष नीति, कार्यक्रम र मापदण्ड निर्धारण गरेको छ । संयुक्त राष्ट्र संघको अनुसार कुनै पनि समाजमा सृजित सामाजिक, आर्थिक, राजनैतिकजस्ता अनेकौँ समस्याउपरको निवारण नारीहरुको सहभागितावेगर सम्भव छैन । Read More

सुनुवार सेवा समाज शाखा कतारको पाचौं अधिवेशन भब्यताका साथ सम्पन्न ।

सामुयल सुनुवार “साम” /कतार
किरात सुनुवार भाषा, लिपी, धर्म, सस्कार र सस्कृतिको सरक्षण र सम्र्वधन गर्नका लागि पहिचान र समानताका लागि प्रतिवद्धताको नारा बोकेर कतारमा स्थापित सुनुवार सेवा समाज शाखा कतारको पाँचौ अधिवेश ४ डिसेम्वर २०२० का दिन कतारमा सम्पन्न भयो ।
सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवारको सभापतित्व, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा अध्यक्ष शिव कुमार भुजेलको प्रमुख आत्यित्थ्यमा सम्पन्न कार्यक्रममा दोहामा स्थापित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा आवद्ध सस्थाका प्रमुख, प्रतिनिधी, पत्रकार, बुद्धिजीवी, समाजसेवी र ब्याबसायीहरुको आतित्थ्य रहेको थियो । सभापति, प्रमुख अतिथि र विशेष अतिथिहरुको वाहुलीबाट दिप प्रज्वलन, ब्यानर अनावरण, राष्ट्रिय गान र सस्थाका प्रथम उपाध्यक्ष स्वर्गीय सर्बधन सुनुवार साथै ज्ञात-अज्ञात सहिदहरु प्रति एक मिनेटको मौनधारण पश्चात कार्यक्रमले गति लिएको थियो । Read More

फरक अनुभूति : उपयुक्त समयको उपभोग

-कोइँचबु काःतिच
एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता क्युइँतिच पाण्डब सुनुवारको आफ्नै वंश परम्परामा यो पहिलो कार्यक्रम हो भर्चुयल कविता गोष्ठी । हुन त भर्चुयल कविता वाचनको शुरुआत पनि कोइँचहरुले नै गरेको हो । तर कोभिड १९ को यो कहरको समयमा आज पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८० मा शोभा जुलियट, तारा सुनुवार, केदार संकेत, शाहकृष्ण सुनुवार, मञ्जुल मिथोच, रोमन लास्पाच, युगल सुनुवार, इँगिहोपो कोइँच सुनुवार, भानु सुनुवार, रणवीर सुनुवार, कोइँचबु काःतिचले कोइँच तथा खस भाषाको कविता वाचन गर्नुभयो । नानीमाया सुनुवार, सहदेव मुखिया, डिबी सुनुवार, होम सुनुवारले कविता उपलब्ध गराए पनि प्राविधिक कारण कविता वाचन गर्नसक्नु भएन ।

कवितामाथि समिक्षा गर्दै केदार संकेतले कोइँच कविहरुले पहिचानको धार समात्न सफल भएको बताउनुभयो । शाहकृष्ण सुनुवारले “पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८०” राम्रो कार्य भएको बताउँदै भन्नुभयो, “कवि होइन तर फुर्सदको समय उपयोग गर्दै जाँदा कविको हुलमा मिसिन पुगेको हुँ “। कवि तारा सुनुवारले यसरी कोइँच कविहरुसँग भेटेर कविता वाचन गर्न पाउनु नै ठुलो कुरा भएको हुँदा यस्तो कार्यक्रम आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो । इँगिहोपो कोइँच सुनुवारले युवाहरुका लागि यसरी नयाँ फोरम सिर्जना गर्न वाटो खुलाइदिनु भएको हुँदा आगामी दिनमा युवाहरुले साहित्यीक गतिविधि गर्न सजिलो भएको विचार राख्नुभयो ।

शोभा जुलियटले नेपाल प्रज्ञा प्रतिष्ठानले कोइँच मातृभाषाको २५ जना कवि जम्मा पारेर कवि गोष्ठी गरौं भन्दा पनि २५ जना कोइँच मातृभाषी कवि जम्मा पार्न नसकेको दुःखेसो पोख्दै  भन्नुभयो, “उहिलेदेखि कवि गोष्ठीमा हिडे पनि भर्चुयल कवि गोष्ठी पहिलो पटक भएको र यस्तो गोष्ठीले युवाहरुलाई हौसला दिने र अग्रजहरुको संगतले नयाँ नजानेको काम सिक्ने फोरम निर्माण भएको हुँदा खुशीले गद्गद भएको र थोरै जनसंख्यामा थोरै कवि हुने नै भए । १६ जनाको उपस्थिति पनि राम्रै हो ।”  ।

सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले कोइँच कविता वाचन गर्दै भन्नुभयो, “२०६२ सालदेखि कवि गोष्ठी गर्दै आउँदा अभैm पनि नयाँ अनुहार भेट्न देखिन मुस्किल भएको हुँदा अबको अभियानको जिम्मा युवा पुस्ताले लिनु पर्छ ।”

कार्यक्रममा सुसेस कतार अध्यक्ष सामुयल सुनुवार, सुसेस जिरी अध्यक्ष राजेन्द्र सुनुवार, सुसेस ललिपुर पुर्व अध्यक्ष तथा कवि शंखु बुजिच, अनुसन्धाता सपना सुनुवार, शुभेच्छुक चित्र रुपाचाको सहभागिता थियो । कोइँच चुप्लुका प्राविधिक प्रमुख पाम सुनुवारले प्राविधिक व्यवस्थापन गर्नुभएको थियो भने इन्डिजिनिअस टेलिभिजनले स्टुडियो उपलब्ध गराएको थियो । त्यसैगरी जुम फोरम ख्योम्पातिच देबकुमार सुनुवारले उपलब्ध गराउनुभएको थियो । कार्यक्रम दिउँसो ४ बजेबाट साँझा ६ बजेसम्म सञ्चालन भएको थियो ।

कहाँ चुक्याै‌ हामी ? अंकमा शक्ती हुन्छ ।

-कोइँचबु काःतिच
नेपालीमा “सुनुवार” आफ्नै भाषामा “काेइँच” भनिन्छ भन्नेहरुले खै त सुनुवारकाे पहिचानलाइ १९१० कै मनुवादी मुलुकी एेनसँग दाँजेर पटक पटक दाेहराइरहँदा कुन दुलाेमा लुक्नु हुनेरहेछ । (आफ्नाे असली पहिचान काेइँचलाइ चपरीमुनी गाडेर सरकारी कामकाजी भाषाकै अन्धभक्ता भएर सरकारी कामकाजी भाषामै दिइएकाे “सुनुवार” सरकारी जातीय नामले उपल्लाे दर्जाकाे भनेर जतिसुकै आफुलाइ व्याख्या गरे पनि युट्युवर साेनिका राेकायासम्म आइपुग्दा सुनुवार जातीय नामलाइ अरुले कसरी बुजीरहेका छन् मालुम छ कि छैन महासयहरु !) Read More

कोइँच समाजमा ढोक्ने सेवु फ्लाःचा संस्कृति

-कोइँचबु काःतिच
कोइँचमा आफुभन्दा मान्यजन, ठूलाहरुलाई ढोग्ने चलन छ । त्यसैगरी खाना वा पानी दिँदा वा पाहुनाहरुलाई खाना खुवाउँदा अनिवार्य ढोग्ने गरिन्छ । ढोग्नु कोइँच संस्कृतिमा एउटा ठूलो संस्कार पनि हो । कसैले टिका लगाएर वा शिर उठाएर सम्मान गर्दा पनि ढोगिन्छ । जसले ढोक्यो उसले आफुभन्दा ठुला सबैलाई ढोक्छ । त्यसरी ढोक थाप्नेले पनि फेरि आफुभन्दा ठुलोलाई ढोक्नुपर्दछ । यो ढोक्ने संस्कृतिको आधारमा पनि अवश्य हाम्रा सामाजशास्त्र पढ्ने भाइबहिनीहरुले कोइँचको समाज विकासको गोहो पहिल्याउन सक्नेछन् । हामी सजिलै अनुमान गर्न सक्छौं हाम्रो समाजमा संयुक्त परिवारमा बस्ने प्रचलनबाट भर्खरै मात्र सानो परिवारमा बामे सरेको हो । बिहेवारीमा त सम्धी ढोक अर्थात् कोकोर्मि अनिवार्य हुन्छ नै । यो ढोक जस्तोसुकै विवाह अपनाए पनि अनिवार्य छ । त्यसैगरी सेवुगावु फ्लातेक संस्कार नै छ कोइँचहरुको विवाहमा । बेहुलाले बेहुलीलाई आफ्नो नातागोता चिनाउदै र बेहुलीले बेहुलालाई आफ्नो नातागोता चिनाउँदै ढोग्ने वा आफुभन्दा साइनोले सानोबाट ढोक थाप्ने चलनलाई ढोकभेट फुकाउने सेवु फ्लाःचा चलन हुन्छ । यसरी ढोकभेट गरेपछि अब नातासम्बन्ध बाँधियो वा दाजुभाईहरुले आफ्नै वंशको परिवार एकै चुप्लुको सदस्य मान्ने र माइतीहरुले पनि फलना वंशालाई छोरीचेली दियौं, कसैगरी छोरीचेली अभर प¥यो भने समात्ने आधारको रुपमा गाउँले दाजुभाई साँची बसेर ढोक समेत थापेर ज्वाइँचेला मानेको दसीप्रमाण भएको मानिन्छ । यसरी ढोकभेट गर्दा साइनो अनुसारको करकोसेली, शिर उठाउनी पैसा पनि दिनु पर्ने चलन छ । यसरी ढोकभेट नगर्दा दाजुभाई वा माइतीमा तेरो श्रीमतीलाई आजसम्म चिनेको छैनौं । तेरो लोग्नेलाई आजसम्म चिनेकै छैनौं । खोइ कहिले चाहिँ ढोकभेट गरेर चिनाइस् भनेर निहु खोज्ने चलन समेत छ।
तर मरोपरोमा भने शोकाकुलको बेला ढोग्नु हुँदैन भन्ने मान्यता छ । शुद्धाइको दिनमा फेरि अरुबेला जस्तै मेलै ढोकाभेट गर्ने चलन छ ।
ढोगका प्रकार : Read More

हार्दिक बधाई !!!

नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको हालै सम्पन्न तेस्रो महाधिबेशनबाट महासचिब जस्तो गरिमामय पदमा हाम्रो कोइंच समी सुमिरा सुनुवार निर्बाचित हुनुभएको छ।उहा किरात सुनुवार महिला समाज बेलायत (किसुमस) को सह सचिव हुनुहुन्छ र महिला महासंघमा सचिब हुनुहुन्थ्यो ।उहालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!