Archives
now browsing by author
अन्तर्राष्ट्रिय नारी दिवस – मार्च आठ
–भावना परिष्कृत सुनुवार
सचिव
आदिबासी जनजाति महिला महासंघ, बेलायत
कति अरूलाई उठाइरहन्छौँ
पहिले साँचो रूपमा आफै उठ्न सिक
आखिर कहिलेसम्म पछि र तल परिरहन्छौ
अब अगाडि हिँड्दै बढ्दै माथि माथि पुग्न सक, माथि माथि पुग्न सक
विगतको वर्षझैँ यो वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठको दिन आयो । प्रायजसो सबै नारीहरूको जीवन अति पिछडिएको एसिया, अफ्रिका लगायतका कैयौँ मुलुकमा फेरि एक पटक आठ मार्चको विशेष चर्चा छायो । यसै क्रममा आजको दिन हामी नेपाली सम्पूर्ण नारीहरू पनि १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१४ लाई घरदेशदेखि परदेशसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर धुमधामले मान्ने क्रममा छौँ ।
प्रत्येक वर्ष मार्च ८ तारीखका दिन मनाइने नारी दिवस कुनै खुशीयालीको उत्सव नभएर आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् समाज र राष्ट्रको हर तह तप्कामा नारीहरूलाई पुरुष सरह समान हक अधिकार पाउनुपर्ने लैंगिक विभेदको अन्त्य गर्दै हर पक्षबाट राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सुनिश्चित गरिनुको साथै महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापीरूपमा बुलन्द पारिँदै मनाइने महान सङ्कल्प र अठोट बोकेर निरन्तर जारी राखिने अनन्तकालीन महायात्रा हो । अन्तर्राष्ट्रिय नारी दिवस आठ मार्च विशेष गरी नारी अधिकारसम्बन्धी चर्चा हुने मुख्य दिवस हो ।
प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य विषय (थिम) मा रहेर नाराहरू बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक विषयहरूलाई समावेश गरी नाराहरू बनाएका हुन्छन् । यस १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको लागि नेपालको राष्ट्रिय नारा “महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधान सभासम्म” रहेको छ भने अन्तर्राष्ट्रिय नारा “समानता महिलाका लागि, प्रगति सबैका लागि” रहेको छ । यी नाराहरूलाई नारामा मात्र सिमित नराखेर कार्यात्मक रूपमा अगाडि बढाउनु सदैव महत्वपूर्ण रहन्छ । यसरी नारी चेतनासँग सम्बन्धित नाराहरू निर्माण भई विकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने १०४ वर्ष अगाडिको पुरानो काल खण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ । २९ फेबु्रअरी सन् १९०९ ताका जसको प्रारम्भिक अध्याय लेखिने काम संयुक्त राष्ट्र संघमा सामाजिक, जागरुक र चेतनशील महिलाहरूबाट शुभारम्भ भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरूको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए । श्रमिक महिलाहरूले पुरुषसरह समान ज्याला र बिदा पाउनुपर्ने, नारीमाथि सदियौँदेखि हरेक क्षेत्रमा हुँदै आइरहेको विभिन्न खाले अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, विभेद जस्ता अनगिनत अमानवीय व्यवहारहरू प्रति खुलेर सङ्घर्षको श्रृङ्खलालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ती साहसी नारीहरूबाट । जसको फलस्वरूप लैङ्गिक विभेद, राजनैतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक जस्ता क्षेत्रमा असमान हक अधिकारका विरुद्धमा आवाज उठाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सफल भए नारीहरू । त्यसपछि यस प्रकारको महिला जागृतिले सन् १९११ मा विभिन्न राष्ट्रमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको थालनी गराई छाड्यो । यही क्रमलाई निरन्तरता दिँदै रसियाले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनायो । त्यस पश्चात ८ मार्चकै दिन प्रत्येक वर्ष सबै युरोपेली राष्ट्रहरूले नारी दिवस मनाउन थाले ।
सन् १९१७ ताका आइपुग्दा मार्च आठकै दिन रसियाका नारीहरूले विश्व युद्धको विरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरूको मत अधिकारको निम्ति, पुरुषसरह समान हक अधिकारको निम्ति आवाज बुलन्द पारेका थिए । जसको फलस्वरूप रसियाका राजा (जार) ले नारीहरू (रसियाका) लाई पहिलो पटक मतदान दिन पाउने अधिकार सुनिश्चित गराएका थिए । यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको रूपमा निरन्तरता पाइरह्यो । सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मान्ने सबै देशका नारी प्रतिनिधिहरूलाई बोलाएर ८ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रूपमा घोषणा गरेको थियो । त्यसपछिको समयमा बिस्तारै मार्च ८ को दिन नारी दिवस मनाउने क्रमले विश्वव्यापी रूप लिँदै गयो । Read More
कोँइच ल्वो–रेमुब्लेमुकलि श्यामदार
गोरखापत्र श्योल्वो ———————————
‘इन्टरनेसनल मदर टङ्ग दे’ २०१४ फेब्रुअरी २१ पितिमि आदिवासी जनजाति उत्थान रास्ट्रिय (आजउरा) प्रतिष्ठानमि गेरापेन्मा पाप्तु । हाश्नाःत दुम्शो मेको गेरापेन्मामि ‘थुँगा’ शारिरेशो एन्थोलोजीके रिलिस प्रा. दा. नोवल किशोर राई नु दा. तारालाल सेरेस्ठ निम्फामि पचा दुम्त ।
तस्कुलः दिलिप बास्के पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस ‘थुँगा—४’ शारिरेशोके रिलिस काथन सइसाप्थोचेला आम ममाल्वोमि ब्लेब लिटराटी आनकलि यो ‘रास्ट्र मातृभासा सेवा पुरस्कार’ (१५ दक) गेशा श्यामदार पतिक ताँःगे गोशो बा । साप्थोचे तामाङ मातृभासामि अमृत ह्योन्जन, उराँवमि बेचन उराँव, किराँती–वाम्बुलेमि गनेस द्वारोङचा नु थारु भासामि किस्नराज सरबहारीकलि श्यामदार पशोमि एँको थोचे किराँती–याक्थुङ पाःनला अमर तुम्याहाङ, किराँती–कोँइचला अतीत क्युँइतिचा, मगरला जीत सिन्जाली, किराँती–रोदुङ (चाम्लिङ) ला बयानसिं यालुङछा, किराँती–किरावा (बान्तावा) ला पदम वालाहाङ नु दिमाल भासाला सोम चातेलाकलि मेको पुरस्कारला श्यामदार पाइँसाव । गेरापेन्मामि बुअÞसु जक थापा मगरमि रेल्फु रेल्शा मुनु चिफ गेस्टमि प्लाक नु केटोस गेशा मेको श्यामदार पाम्तेमे । एँको श्यामदार
मुरु काःकलिला मदुम्थु नेल्लेन लो नु रेमुब्लेमुकेन मे । मोपतिकेम नेल्लेन ल्वो अÞवातिकपिकिम आम ममाल्वोकलि ब्लेशा नमपचा देँःशो आम रिमाचेमाकलि गेत्थी बारपाइच्चा मे । किराँती–कोँइच ल्वो नु रेमुब्लेमुकलि गेत्थी बारपाइत्तिक लिटराटीपिकमि अतीत क्युँइतिचा काः नमी । सेस्सेब्लेसे पतिक गेमि नु शारिरेशोमि लिटराटी क्युँइतिचाके ने कोँइच मुर बासलिःशोसम लिःब दुम्शोपतिकेम नेल्लेन किराँतीकोँइच लो नु रेमुब्लेमुकलि श्याम्दार पशो तुइँसिब ।
वाटर नु कोँइचपिक
दा. लाल–श्याँकारेलु रापचा
kiranti.muru@hotmail.com
वाटरकलि किराँती–कोँइच (हरे मुरपिकमि देँःतेक दुरदा ‘सुनुवार’) ल्वोमि ब्वाकु देँःसिब । एँको ब्लेसमि कोँइचआनकलि ब्वाकुनु कम्पेअर पतिके आँके ल्वो काः बा । वाटर (ब्वाक) के ल्वो पशोनु तुरकि ल्वोमि “ब्लद इज थिकर दयान वाटर” (पानी भन्दा रगत बाक्लो हुन्छ) देँःनिम । कोँइचआनके केसमचन मार दुम्बा दे देँःशा एँको ब्लेसमि कोःतेक गेपाइँसिब ।
सिनाःतरे मुलातसम प्राक्टिसमि कोःशोनु कोँइचआनके केसमचन “ब्लद इज थिकर दयान वाटर” मदुम्थु “वाटर इज थिकर दयान ब्लद” (रगत भन्दा पानी बाक्लो हुन्छ) ताइँसिशो बा । मेको दोपा मोदेब ताइँसे दे देँःशो हिल्लोपशोनु एच्चिसम कोःशोनु हेराहेराला नेल्ले कोँइचपिकमि आम किराँती–कोँइच हुइश (ब्लद) प्लोँइशा ब्वाकके नोलेन दोरस्शो बाःनिम ।
ब्वाककलि एँके मेटाफरके रोलमि वाइस्शा कोयानु ब्वाक देँःशोमेरे जतेक–तुतेक यो रुप्सिब । गोम मुलातसम कोःशोनु नेल्लन कोँइचपिक जतेक–तुतेकके नोले ला दोरस्शो ताइँसाव । तेइतेइ लने सुइसुइकलि कोङिने—मोदेब ला ताइँसिब । मेकोमि यो तेकेइ ला मारइयो तशोनु “गोम ताताङ ङन रिम्शो ममेङन मरिम्शो” देँःब कोँइच मुरुपिक आइँ एरओँत्थ साप्पान थिँःसिनिम ।
सिदा किकि खोँदेशो देब्रान आइँ मुरआनके रिमाचिमान ताइँसिशो बा । ओँदेब मारदे ताइँसाव ङन “वाटर इज थिकर दयान ब्लद” दुम्शो पतिकेमी । ‘ब्वाक’ के मेटाफर जतेकतुतेक दुम्शो बुदिन ‘ब्लद’ (हुइश) के मेटाफर आम कोँइच मुरु, मुल्केम, ल्वो मुनु रिमाचेमा नु नेल्लेन कोँइचपिक काः दुम्तेक नु गेत्थी बारत्तेक ल्वो दुम्ब । मो पतिकेम ‘ब्लद थिक’ दुम्तेक मेटाफर कोँइचआनके ब्लोँइच मे ।
मुलसम मो दुम्शो तचा द तेमेतेमे काः निअÞशी आम बुतामिन गेत्थी बारत्तेम ङनाइयो खोइली किथ पुइँतेमे । जेलसीके विक्टिम दुम्तेमे । मो मारदे दुम्बहना कोँइचआनकलि ‘ब्लद’ ममे ‘ब्वाक’ दुम्त ङना नेल्लेन ताइनिमम, प्लेँनिम मुनु जाम्निम । जथ ताम्तेम ङना ‘ब्लद’ देँःशो दोलेब दुम्बा मेकोन प्लेँनिम । एजुकेसन, पोलिटिक्स नु व्युरोक्रसी तेइतेइ लशोनु यो कोँइचआनके सिनारिओ ‘ब्लद’ (हुइश) प्लेँःशा नु प्लोँइशा ‘ब्वाकु’ केला ल्वो दुम्ब ।
मोपतिकेम आम मुल्केम यो प्लोँइन प्लोँइन लाम्तेमे । लगापरगी यो ताइत्तेमे । सुरुपकलि पुलपाल्मेतेमे । मसीकलि पुलपाम्तेमे । आम खिँकेन मुरकलि यो प्लोँइतेमे । जतेकतुतेक ला कोःतेमे । ल्वो यो प्लोँइतेमे । कोँइच ल्वो जोःशा तुइस्शा मार दुम्बाङा देँःतेमे । मेको मुर जतेक ल्वो मपने देँःतेमे । एँको नेल्ले मारकलि देँःशा हिल्लोपशोनु ‘ब्वाक’ तुचाकलि ला मे । मेको लाअÞशा हुइशके द ल्वोन मपिब ।
‘ब्वाक’ केन पितिम आम ल्वो प्लोँइशा जाम्शो कोँइचपिक नमी—सुरेल । ‘ब्वाक’ माल्नामाल सुरी–खारी ओःशोमेरे सुरेल मइसिशो कोँइच मुरपिक मुलात आम ममाल्वो प्लोँइशो प्राइस साप्पा थाप्नाथाप बाःनिम । दिःसा अमेरिका, युके, क्यानादा, अस्ट्रेलिया, हङकङ ओब कोँइचपिकके चसीमसीमि आमकलि ‘गो यो कोँइच नङ’ देँःशा कोँइतेक मार लिःबा मेको देँःचा मचाब्सिब ।
दिसेन्त लाइफ पितिम ब्लोँइचाकलि ला आम रिमाचेमा ताइत्तेक कोँइचपिक ‘ब्वाक’ केला लवर नमी । हुइशके हेइटर नमी । दुम्नादुम एँको कोँइच ने दुरदा यो मुल जामजाम लशो तुइँसिशो बा । स्टेट व्युरोक्रसीमि नागरिकताम गेशो ने नु आमके थमा रिमाचेमा काःन मनमी । मारदेङना कोलोनिएल स्टेटमि कोँइचआनके आम कोँइच ल्वोमि मब्लेशो नागरिकता साठिपिकेट खोँदेबन मे एँको प्लोँइसिशो कोँइच । मब्लेसिशो कोँइच । एँको नेल्लेन ‘ब्वाक’ के पितिम दुम्शो मे ।
मोदे कोँइचआनकलि गेत्थी बारपाइत्तेक गेमि “ब्लद इज थिकर दयान वाटर” दुम्चान माल्ब । मुलसम तेकेइ तेकेइ ‘ब्लद’ (हुइश) ‘वाटर (ब्वाक) थिकर’ दुम्शो पतिकेमिन कोँइचपिक जाम्नाजाम लशो नमी । ब्वाक (वाटर) प्लोँइशा हुइश नु कोँइच दाःतेमि साप्पा गारत्तेक ल्वो दुम्तङना ला कोँइच रिमाचेमा ब्लोँइब ।
………………
क्याःब्राच २०७०
किरातीहरुले कतारमा किराती नयाँ साल मनाउँने तयारीमा ।
भानु सुनुवार
०५ जनवरी २०१४ दोहा, कतार
तीन किराती संस्था किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज कतारद्धारा यहि १० जनवरी शुक्रवारका दिन कतारको सनैया–१० न्यू माउटेन रेष्टुरेन्टमा किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे–५०७४ तथा कोक्फेवा तङ्नाम शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ मनाउँने तयारीमा छन् ।
एकिकरण पछिको नेपालमा राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा ओझेल पारिएका किरात समुदायको भाषा, मौलिक पहिचान र संस्कृतीलाई लोप हुन नदिन देश बिदेशमा रहेका सबै किरातीहरुका कर्तव्य र आवश्यकता रहेकाले कतारमा पनि तीन भाई किराती संस्थाहरु मिलेर यो बर्षबाट किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे पर्व मनाउँने भएका छन् ।
पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वकारुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा आजपनि किरातीहरु काँचो बनतरुलको टिका लगाएर पहिला काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल (तरुल, पीडालु, फर्सी, सखर खण्ड) भोजनका रुपमा खाने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् ।
यहि आउँदो बिदाका दिन शुक्रबार पारेर कतारमा पनि किरातीहरु मिलेर किराती नयाँ साल येले तङबे/दोङ्ग र नक थोच मनाउने परम्पराको थालनी गर्ने भएकाछन् । यस कार्यक्रमा कतारमा आप्रवास जीवन बिताई रहेका सम्पूर्ण किरात तथा गैरकिरात बिच शुभकामना आदानप्रदान गर्दै सो पर्वमा किरातीहरुले ग्रहण गर्ने गरेको किराती परिकार बितरण गरिका साथै यो पर्वको महत्वका बारे प्रकाश पारिने कुराको
पहिचान शाहितको साँस्कृतिक जागरण
[youtube]http://www.youtube.com/watch?v=WJlK11OUhPo[/youtube]
सूदूरपूर्वका कोइँचहरु उत्तरआधुनिक प्रविधिसँगै कसरी पहिचान र सँस्कृतिको खोजी गर्दैछन्त । होर्नुहोस्
कतारमा किरातीहरुले उधौली पर्व भब्यताका साथ मनाए
भानु सुनुवार
२२ डिसेम्बर २०१३ दोहा, कतार
किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार– किरात येले तङ्बे/दोङ्ग/थोचे–५०७३ तथा बनभोज कार्यक्रम तीन किराती संस्था किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाज कतारद्धारा आयोजित संयुक्त कार्यक्रम २० डिसेम्बर शुक्रवारका दिन कतार स्थित समाल गार्डेनमा भव्यताका साथ सम्पन्न भयो ।
किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निर्वाह गर्ने अवस्था देखिनै पूर्खा र प्रकृति पूजाको परंम्परा सुरु भएर खेतीपाती गर्न थालेपछि पनि प्राकृतिक तथा पूर्खा पूजालाई किरातहरुले निरन्तरता दिदै आए । पञ्च महाभूत शक्तिलाई आत्मसात गर्दै आगो पुज्नु, पानी पुज्नु, बायु पुज्नु, भूमि ढोग्नु, आकाश ढोग्नु, जस्ता बोन आचारसंहिता पालना गर्दै प्रकृतिको सम्मान गर्दै आए । अझ खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकेपछि भित्राउँदा, नयाँ अन्न पितृहरूलाई अपर्णगरेर मात्र खाने परम्परा विकास गर्दै गए । यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन्, सो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन, सो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्घिको कामना गर्दै उधौली पर्व मनाइन्छ ।
केहि फरक संस्कार भएता पनि किरात समुदायका एउटै संस्कृति छ । तसर्थ सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व किरात याक्थुङ चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक र प्रमुख आतिथी नेपाली राजदुतावास कतारका द्धितीय सचिव हरिहरकान्त पौडेलले गरेका थिए भने बिशेष अतिथिहरुमा नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेस तामाङ्ग, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषदका उपाध्यक्ष टि.बी कार्की, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्शुद आलम, किरात याक्थुम् चुम्लुङ कतारका प्रमुख सल्लाहकार दिल किरण खजुम, किरात राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहकार चन्द्रसेर राई, सुनुवार सेवा समाज कतारका सल्लाहकार भानु सुनुवार रहेका थिए । Read More
किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन सु-सम्पन्न l
फारन्ब्रो १४,
“भाषा, धर्म, सस्कृति, हाम्रो गर्नुछ जगेर्ना
किसुसेस युकेको पहिचान, जातीय चेतना”
भन्ने मुल नाराको साथमा किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन १४ डिसेम्बर २०१३ फारन्ब्रोमा भव्यताको साथ सु-सम्पन्न गर्यो l उक्त कार्यक्रम साहित्यकार तथा कवियत्री भावना परिस्कृत द्वारा सन्चालन गरिएको थियो l कार्यक्रममा स्वागत मन्तव्य सस्थाका माहासचिव छत्र सुनुवारले गर्नु भएको थियोभने मन्तव्यको क्रममा सल्लाहकारहरु क्रमश: भू. पु (ब्रिटिश गोर्खा) का मेजर वीरु सुनुवार, मोहन सुनुवार, कीशोर सुनुवार र भू.पू (किसुसेस बेलायत) का अध्यक्ष वीजय मुख़ियाले सस्थाको भावी कार्यक्रममा गर्नु गराउनु पर्ने कार्यनीतिहरु तथा विगतका दिनहरुमा गरेका राम्रा नराम्रा दुवै पक्षहरुलाई औल्याउदै आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए l
त्यस पश्चात अध्यक्ष जंग सुनुवार, महासचिव छत्र सुनुवार र कोषाध्यक्ष पूर्ण कुमार सुनुवारले आ-आफ्नो कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए l
दोस्रो चरण
किसुसस बेलायतको चौथो कार्य समितिको अध्यक्षमा मोतिराज सुनुवार
दोस्रो चरणमा निर्वाचन समितिकास संयोजक केदार सङ्केतको तत्वधानमा किराँत सुनुवार सेवा समाज बेलाएतको विधान नियमावली इस्वी सम्वत् २००७, भाग २, धारा १९, दफा १३ को बमोजिम किसुसेस युकेको चौथो नयाँ कार्य समितीको गठनमा निम्न लिखित पदाधिकारीहरुको मनन-चयन गरियो l
१. अध्यक्ष- श्री मोति सुनुवार (केन्ट, फोक्स्टोन)
२. उपाअध्यक्ष- श्री यादव तुर्सुचा (फारंब्रो, ह्याम्पसाइर)
३. महासचिव- श्री भक्तमान सुनुवार (लण्डन)
४. सह-सचिव- श्री मोहन कुमार सुनुवार (फोक्स्टोन, केन्ट)
५. कोषाध्यक्ष- श्री प्रकाश सुनुवार जिजिच (फारंब्रो, ह्याम्पसाइर)
६. सह-कोषाध्यक्ष- श्रीमती सपना सुनुवार (केन्ट, फोक्स्टोन)
७. प्रवक्ता- श्रीमती भावना सुनुवार परिस्कृत (फारंब्रो, ह्याम्पसाइर)
८. केन्द्रीय सदस्य- श्री बुद्धि सुनुवार (केन्ट, फोक्स्टोन)
९. केन्द्रीय सदस्य –श्री जीतेन्द्र सुनुवार (केन्ट, फोक्स्टोन)
१०. केन्द्रीय सदस्य- श्रीमती शिरीस सुनुवार (केन्ट, फोक्स्टोन)
११. केन्द्रीय सदस्य- श्री चन्द्रकुमार सुनुवार (पिटर्सब्रो)
१२. केन्द्रीय सदस्य- श्री बज्रमान सुनुवार (केन्ट, फोक्स्टोन)
सवै नव-निर्वाचित पदाधिकारी सदस्यहरुलाई कार्यकालको उत्तर्रोतर सफलताको कामनाका साथै अधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण किराँत सुनुवार समाज बेलायतलाई हार्दिक बधाई तथा धन्यवाद l
किसुसेस बेलायत