आजाद हिन्दका योद्ध : जसको जिन्दगी गाडी चालक बनेर बित्यो
कोइँचबु काःतिच
आजाद हिन्द तक्मा पाउने ११ जना व्यक्तिहरु मध्ये पाँच जना नेपाली पर्छन् । त्यसमा पनि एक जना कोइँच (सुनुवार) पनि थिए भन्दा धेरैलाई आश्चर्य र गर्व दुवै लाग्न सक्छ । हो, उनै आजाद हिन्द जस्ता सम्मानित भारतीय पदक पाउने व्यक्तिको पुरा जिन्दगी गाडी चालक बनेर बित्यो । पुरा भारत देश गाडी र चालक ती योद्धा कोइँच ।
२१ तारिख, फेब्रुआरी १९२५ का दिन दारजिलिंको बान्नोकबारन टि स्टेटमा रबिलाल र साबित्री सुनुवारको कोखबाट यस्तो एउटा कोइँचको जन्म भयो जसले कहिल्यै जीवनमा हार खाएनन् । किशोर अवस्थामै गाडी चलाउन सिकेका उनले विश्व युद्धाको लागि मानव संसाधनको पुरा गरिदिए ब्रिटिशको लागि गुम पहाडको डिपोबाट रिक्रुट बनेर २१ मार्च, १९४१ मा । इन्डियान आर्मी अर्डिन्यान्स कार्पोरेशन टेरेनिं सेन्टर जबालपुर, मध्ये प्रदेशमा तालिम पुरा गर्दा नगर्दै दक्षिण अफ्रिकामा युद्धा गर्न पुगे पुरै पल्टनको साथमा ।
पृथ्विको पल्लो फाँटबाट वल्लो सुर्का सिंगपुर आएर अग्रपंतिमा युद्धा गर्ने क्रममा जापानी युद्धावन्दी बन्न पुगे उनी । युद्धाबन्दीको क्रममा नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजका रिक्रुट बन्न पुगे १५ फेब्रुअरी १९४२ मा । आजाद हिन्द फौजको पक्षधार भएर उनले फेरि उनलाई भर्ती लिने ब्रिटिस विरुद्ध नै युद्ध गरे बर्मामा शख्त घाइते बन्न पुगे । यसरी घाइते भएपछि उनी आर्मी अस्पतालमा भर्ना भए । आजाद हिन्द फौजको पक्षबाट उनले जापानी फौजलाई शत्रु पक्ष ब्रिटिशलाई पेल्दै आउने क्रममा रंगुन आइपुगेपछि जापानी फौज फिर्ता भयो अमेरिकाले जापानी शहरमा एटम बम खसालेपछि । उनी पुनः व्रिटिशको युद्धावन्दी बने । पछि बर्माबाट उनलाई जेसोर जिल्ला क्याम्प बंगाल ल्याइयो र कोर्ट मार्सल पछि उनको जागिर खारेज गरियो । उनी मुक्त भए । साधारण नागरिकको जीवन जिउन दार्जिलिं फर्किए ।
आप्mनो घर फर्केपछि उनले पुनः अगाडि जानेको पेशा अँगाले । २७ वर्षसम्म दार्जिलिं डिस्टिरिक्त स्कुल बोर्डमा गाडी चालकको काम गरेर १९८४ मा सेवानिवृत भए । २६ जनवारी, १९७४ मा दार्जिलिं डिस्टिरिक्ट म्याजिस्टेरेटबाट मातृभूमि रक्षा स्वतन्त्रका लागि युद्धा गरेको हुँदा कास्य पदक प्रदान गरियो । यसको अलाव अन्य धेरै सम्मानहरु उनले पाएका छन् । ब्रिटिस दासत्वबाट मुक्ति पाउन र स्वतन्त्र भारत बनाउन उनले दिएको योगदानलाई कुनै पनि भारतीले बिर्सने छैन । अभैm पनि उनी स्वतन्त्र सेनानीको रुपमा भारत सरकारबाट पाउने सुविधा उपयोग गरिरहेका छन् । आप्mनो व्यक्तिगत पहिचान मात्र बनाएनन् आम कोइँचको शिर पनि उच्च पार्ने काम गरेका छन् कृष्णबहादुर सुनुवारले ।
विश्वको इतिहासमा कोइँचको पनि इतिहास प्रत्यक्ष अप्रत्यक्षरुपमा जोडिन पुग्छ चाहे त्यो पहिलो विश्वयुद्धको कुरा गर्रौ चाहे दोस्रो विश्व युद्धको । अहिलेको जस्तो अत्याधुनिक हातहतियार नभए पनि नांगो खुकुरि बोकेर युरोप अमेरिकामा जीवन आहुति दिए । युद्ध बन्दी भएर जापान पुग्दा कति कोइँच उतै मरे कतै लेखाजोखा पाइँदैन । यसको एउटै कारण थियो पहिचानको संकट । कोइँच भन्दा कसैले नबुभ्mने, सुनुवार भन्दा कामी मानिने । सजिलो उपाय थियो जातै फेर्नु । यो समस्या कोइँचको मात्र थिएन, सबै नेपाली आदिवासीको थियो । कसो कसो मुखिया लेखेर आप्mनो परिचय दिने दोरलिंमा सुनुवार जातिय नाम लेखेको हुनाले उनी कोइँच हुन् भन्नेसम्म चिन्ने आधार बन्यो ।
कृष्णबहादुर सुनुवार जस्तै धेरै कोइँचको देन छ भारत बन्नुमा, भोटां बन्नुमा, बर्मा बन्नुमा, हंकं बन्नुमा अनि ब्रिटिश भइरहनु मा । नेपाल त पूख्र्यौली थलो नै भयो । तर भारतको सिक्किमले बाहेक अन्य ठाउँमा कोइँचको पहिचानको लागि सम्मान गरिएको छैन । स्वयम् कृष्ण बहादुरहरुका जिल्लो दार्जिलिंमा उनीहरुको पक्की पहिचान कोइँच (सुनुवार) स्थापित हुन सकेको छैन । नेपालमा समेत कोइँच आप्mनै माटोमा कोइँच बन्न पाइरहेका छैनन् । न त बाहुनबादी मनु सोंचका कोइँचमा त्यस्तो चेत जागेको छ ? जे होस् कृष्णबाहादुर सुनुवार, सुनुवार भएर इतिहासमा लिपिवद्ध भएका छन् । आशा गरौं कुनै दिन उनको नाम केर सोअ्तिच कोइँच भनेर लेखिने छ ।
सन्दर्भ सामग्री स्रोत : जनपक्ष मासिक, भगत सुनुवार द हिमालयन विकन, दार्जिलिं ।
पुर्खाहरुको वीरताको कदर त गर्नै पर्छ । सम्पुर्ण कोइँचको गर्वको विषय हो यो । अझै यस्ता ऐतिहाँसिक तथ्यहरु कति छन्, कति । थप खोज र अनुसन्धान को आवश्यक्ता छ ।
आजाद भारतका सेनानीहरु मध्येका कोइँच सेनानी कृष्ण बहादुर कोइँच सम्मानका हकदार त उसै पनि हुन् । तमाम कोइाचहरुले उनको बहादुरी मा गौराम्ति हुनु सँगै उनलाई सहि सम्मान पनि गर्नु उचित हुने छ । जातीय संस्थाहरुले बढी सोच्नु पनॆृ पो हो कि । र मेरो आप्नै तर्पुबाट भने गाडी चालकको सादा जविनका लागि साधु वाद
नाम सेवाल
Well i have big salute on him because i came from military background.Even i am not army my father was captain for 29 and half years in british gurkha army and i know the meaning of the victoria cross or any other valour given to the army how important it is.We must honour this importan man KRISNA BAHADUR SUNUWAR.I have big appeal on all sunuwar and sunuwar welfare society of the nepal,uk and hong kong please bring him from darjeeling and honour him.This honour is not only for him but honour for all sunuwar,nepali and hindustan.
Dhannebad chha khojkhbar le yesari naya jankari prapta gareko ma ajhai yesta lukera baseko kura lai amjanta ma ra media marfat biswobhar nai jankari garai ajha badhi rup ma chinaune karyekram puruskrit ko yojana banai charcha ma leune kam gari dinu huna sampurna sunuwar(koinch) haruma anurodh gardachhu dhannebad/