पहिचानको खोजी
जब जब महिला अधिकारको सवालहरु आउछन यो ३३% महिला अधिकारको कुरा गरि रहदा मलाइ सधैं जसो यो बाक्लो दिमागमा आदिवासी महिलाहरुको अधिकारको कुरा तेर्सिएर आउथ्यो कि हामी आदिवासी महिलाहरुको अधिकार कहिले सुनिश्चित होला र हामी जनजाति महिलाहरुको चेतना कसरी आउला भनेर अनेकन प्रस्न घुमी रहन्थ्यो यो मानसपटलमा ,तर आज मेरो सबै कुराको समाधान भएर आए जस्तो महसुस भयो किन कि त्यो सबै मन भित्रका इच्छाहरुलाई वकालत गर्ने एउटा अदालतको रुपमा इन्डिजिनियस मिडिया फाउन्डेसनले हामी माझ “पहिचानको खोजी” नामक पुस्तक सार्बजनिक गरेको छ र आज नै मेरो हातमा परेको छ र मैले आफुलाइ रोक्न सकिन सरसर्ती पल्टाइ पनि हाले खुसी लाग्यो यो किताब भित्र आदिवासी महिलाहरुको खुराक अनि एउटा दरिलो स्तम्भ खडा भएको महसुस गरे। यो पुस्तकमा आदिवासी महिलाहरुलाइ न्याय गरेको पाए उनिहरुको बौद्धिक , धार्मिक , सास्क्रीतिक ,मौलिक, बिबिधताको महत्त्वपूर्ण कुराहरु समेटिएको पाए। राजनिती सास्क्रीतिक सामाजिक र रास्ट्रीय स्तरमा जनजाति महिलाहरुको सन्दर्भ बिमर्शलाई खुबै जोड दिएको पाइयो। पुस्तक भित्र धेरै लेखहरु समाबेश थिए समग्र आदिवासी महिलाहरुको जिवनशैली रहनसहन पेशा जस्ता महत्वपूर्ण एजेन्डाहरु प्रस्तुत गरिएको थियो र अधिकारको लागि सडक आन्दोलन शिक्षा चेतनाको खोजी जस्ता कुराहरुले साच्चिकै केही हदसम्म हामी जस्ता आदिवासी महिलाहरुलाइ ब्युझाउछ कि भन्ने सकारात्मक पक्ष बोकेको पनि अनुभव गरे। केही मेरो ब्यक्तिगत खड्केको कुरा यसमा २०१६ देखि २०७३सम्म पचिस वटा बिबिध लेखहरुमा केही आदिवासी महिलाहरुको मात्र लेखहरु समेटिएको पाए ।५९ जनजाति महिला सस्थाहरुमा २५ आदिवासी महिलाहरुको कुरा मात्र उठेको पाए र जब आदिवासी महिला भित्र पनि सिमान्तक्रुत अति सिमान्तकृत लोपोन्मुख अल्पसंख्यक जस्ता महिलाहरु छन तर उनिहरुको त्यति लेखहरु आएको पाइन जो अलि प्रकाश मा छन त्यो मात्र आएको हो कि भन्ने मेरो भान मात्र हो। सबै महिलाहरुको मात्री सस्थाहरु सग सहकार्य गरेर सबैलाइ समेटेको भए झन सुनमा सुगन्ध हुने थियो कि? आशा छ अब आउने अर्को अंकमा लिखु पारी वारिका महिलाहरुको जीवन शैली , थाक खोलाको थकाल्नी जस्ता लेखहरु समेटिएर सबै जातीय महिलाहरुको पहिचान सहितको लेखहरु आउने आशामा छु। यो भित्र मलाइ चित दुखेको कुरा जुन यश भित्र भोजपुरे रैनी भनेर श्रीकृष्ण जोशिले राइनी महिलाहरुको नजान्दो पाराले अलि होच्याउने दुस्साहस गरेको देखे राइनिहरु आफ्नो स्वार्थको लागि जस्लाइ पनि चेपारो बोली लगाइ फसाउने जस्तो कुरा बाल बिबाह गर्नु आफ्नो पेटमा गर्व हुँदा पनि अर्को केटा सग जाने प्रथा हाट्बजारमा जो सग पनि लाग्नु अनि पोइलाइ जानू र गएको स्वास्नी फेरि फर्काएर लिने चलन हुन्छ भनेर राइनी दिदिबहिनी हरु मात्र होइन सबै आम जनजाती दिदिबहिनी हरुको इज्जतमा पतङ्ग उडाएको जस्तो लाग्यो किन कि उहाँ त बाहुन न पर्नु भयो नगरे जस्तो गरेर तिर त हानेकै हो नि ।यो गल्ती उहालाइ लेख लेख्न दिनुमा भयो कि जस्तो लाग्छ।तर उहाको जबाफ थुलुङ्प्रसाद मान राई ज्युले बजारेर दिनु भएको छ सायद अब यस्तो लेख्ने दुस्साहस कुनै अरु जोशी हरुबाट हुँदैन होला। अन्तमा यो इन्डिजिनियस मिडिया फाउन्डेसन ले प्रकासक गरेको पहिलो किताब आदिवासी महिलाहरुको मेरुदण्ड नै हो आउने दिनहरुमा पनि यस्त पुस्तकहरु बजारमा आउने आशा गर्दै अझै पनि अरु प्रगती होश भन्न चाहन्छु । अनि हार्दिक आभार प्रकट व्यक्त गर्दछु सम्पादकीय कैलाश राई ज्यु र लेखक ज्युहरु सबैलाइ अनि प्रकासक टिम इन्डिजिनियस मिडिया फाउन्डेसनलाई शुभकामना ब्यक्त गर्दछु ।
शोभा सुनुवार
सुनुवार समाज केन्द्रिय समिती
कोषअध्यक्ष