All about Sunuwar

किरात याक्थुङ र कोइँच मुक्दुम : समानता र विविधता

-कोइँचबु  काःतिच (उत्तम)
‘हिन्दूहरुको वेद, इसाइहरुको बाइबल र मुसलमानहरुको कुरान जस्तै किरातहरुको मुन्दुम, दर्शन र साँस्कृतिक श्रोत हो । पृथ्वी, र्सर्ूय ग्रहहरु तारा मण्डलको उत्पत्ति, मानिस र अन्य प्राणीहरुको सृष्टि, वनस्पतिहरुको उत्पत्ति र प्राकृति सन्तुलन, मानवीय सद्गुण र सदाचार आदि कुराहरुको व्याख्या मुन्दुममा रोचक र तर्कपर्ूण्ा ढंगले गरिएको छ । मुन्दुमविद्हरुका भनाइ अनुसार हिन्दु र बौद्ध धर्मको उदय हुनु अगाडि नै किरात धर्मको विकास भईसकेको थियो ।’ किराँती विद्वान जितपाल किरातका यी भनाईसँग फरक छैन किराँती विद्वान तथा इतिहासका ज्ञाता मञ्जुल याक्थुम्बाका यी भनाइ- ‘किरात धर्म भनेको किरात जातिको श्रृष्टि भएदेखि नै चलिआएको विश्वको सबैभन्दा जेठो धर्म हो । किरात धर्मको मूल धर्म ग्रन्थ काव्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहाङ, सोधुगेन्, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ आदि किरात जीवन, दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु-पंक्षी, झार-जङ्गल तथा मानव श्रृष्टिका  तर्क सङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् । मुन्धुममा समस्त किरातहरुलाई एक सूत्रमा बाँधी वर्गविहीन जातीय समानता, अन्य धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ ।’
लिम्बुवान (पल्लो किरात), खम्बुवान (माझ किरात) मा किरात धर्म र मुक्दम प्रतिको धारणा, सोचाइ, बुझाइ, अभ्यास र व्याख्या जे जसरी भएको छ त्यससँग आनका तान फरक छ भन्ने लाग्दैन र छैन कोइँचवान (वल्लो किरात) मा पनि । आदिवासी जनजाति किराँतीहरु प्रकृतिलाई र्सर्वेर्सव ठान्दछन् । प्रकृतिको सम्मानपर्ूवक पूजा पर््रार्थना गर्दछन्, अनि प्रकृति र भूमिलाई मानव भन्दा जेठो मान्दछन् । आफ्नो इष्टदेवताको रुपमा प्रकृतिलाई नै सहर्षस्वीकार्छन् । प्रकृतिको परिवर्तनबाट आउने समयलाई सम्मान गरी पूजाअर्चना गर्ने गर्दछन् । किरात धर्म र किराती चार्डपर्व, क्रियाकलापहरु प्रकृतिवादसँग अत्यन्त घनिष्ट छ कोइँचवानमा । जिन्दगी दिने र जिन्दगी जिवित राख्ने हर तत्वहरू र्सवव्यापी परमात्मा हुन् भन्ने मान्यतानुसार किराँती कोइँचहरुले अन्नपात र आफ्ना पर्ूखाहरूलाई होपो, देयिलिकि, याब्लेगुब्ले अनेकन नामले पुकार्दैर् इश्वरको स्थान दिने गर्दछन् । आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, आकाश ढोग्नु, धर्ती ढोग्नु र पितृ पुज्नु जस्ता मौलिक आचारण प्रकृति निर्देशित अनुशासन बोकेको किराँती कोइँचहरू मौलिक धर्म किरात धर्म हो । र, यस धर्मको मूल आधारभूत दर्शन, कार्यविधि, नियम वा आचार संहिता भनेको मुक्दुम हो ।
विविधताभित्रका समानता र यसको अन्तर बस्तु
मुक्दुम सभ्यतासँगै विकसित हुँदै आएको एक गतिशील प्रकृया हो । मुक्दुमको मुहानबाट विभिन्न संस्कार संस्कृतिहरु विकासित भइरहन्छन् । यही संस्कार संस्कृतिमा कुनै पनि आदिवासी जनजाति किरातीको जीवन चरित्र झल्किएको हुन्छ । मुक्दुम किराँतीहरूको उर्वर मस्तिष्कको दिव्य उपज, प्रचीन सभ्यताको दस्तावेज, धार्मिक संस्कृतिको निधि, तत्वज्ञान अर्थात् धार्मिक एवम् सामाजिक संविधान हो ।
किरात विद्वान दर्ुगाहाङ याक्खा र्राईका अनुसार मुक्दुम भनेको प्राचीन किराँत पुस्ता दरपुस्ता मुखौली सुन्दै कण्ठस्त पार्दै ल्याइएका सृष्टि र धार्मिक रहनसहन सम्बन्धि कवितामय प्राचीन वचनहरू हुन । जहाँ पृथ्वी, अकाश, हावा, पानी पशु, पंक्षी, झार, जङ्गलदेखि लिएर मान्छेको सृष्टिसम्मको र किराँत जीवनदर्शनको कुरा आउँछ । कवि तथा किरात संस्कारका लेखक राजन मुकारूङको विचारमा मुग्दुम आफंैमा किरात जातिको विशिष्ट सभ्यताको इतिहास हो । हराइसकेको इतिहासको उत्खनन् पनि हो यो आफैंमा भव्यशैलीमा भनिने कलात्मक साहित्यको नमूना पनि हो । वर्गविहिन जातीय समानता धार्मिक सशिष्णुता सिद्घान्त अँगालिएको प्रकृति पूजक, वर्ग विभाजनरहित छुवाछुतको भेदभाव नभएको लिङ्गभेद नभएको मानव कल्याणकारी दर्शन हो ।
वास्तवमा आदिम सृष्टि, प्राणी तथा मानव विकासको विविध चरणहरुदेखि किरातहरुको जीवन दर्शन, सामाजिक जीवन पद्धति, न्याय तथा शिक्षा प्रणाली, संस्कार-संस्कृति लगायत विविध पक्ष तथा विधिहरुका बारेमा मुक्दुममा वर्ण्र्ाापाइन्छ । फरक यति हो कि भौगोलिक स्थिति, समय तथा विविध परिस्थिति अनुसार मुक्दुमी अभ्यास गराइमा केही भिन्नताहरु भए पनि मुक्दुमको सार एउटै देखिन्छ, विभिन्न किराँती विद्वानहरुको मतमा कोइँच र याक्थुङ मुक्दुममा । विविधता नै किराती एकताको विशेषता हो भन्ने मान्यता आम किराँती वीच सहमति रही आएको हुँदा केही बस्तुगत र विषयगत विशेषता किराती थाक्थुङ र कोइँच मुक्दुम वीचको समानता, सारमा यसरी चर्चा गर्न उपयुक्त हुने छ :

मुक्दुमका किसिम : मुक्दुमलाई याक्थुङ चुक्मुक् साम्जिक मुन्धुममा इमानसिंह चेम्जोङले किरात दार्शनिक उपदेश दोस्रो अध्यायमा येहाङले मुन्धुम बनाई दुइ भागमा बाँडे भन्ने उल्लेख छ । प्रथम भागलाई थुङसाप, र दोस्रो भागलाई पेसाप नाम दिएको चर्चा गर्दै पेसापलाई पनि चार भाग १. सक् सक्, २. साम्जिक, ३. साप्जि र ४. साप्मुन्धुम उल्लेख गरेका भए पनि कोइँच मुक्दुम भने अहिलेसम्म कथ्यरुपमै छ । तै पनि कोइँच मुक्दुम पनि चार भागमा विभाजित छ : क) सासि मुक्दुम (सृष्टि, चाडबाड, मानव, पृथ्वी र अन्य मिथक सम्बन्धि मुक्दुम), ख) मुइग्यो (पिदार) मुग्दुम (आदार सद्भाव र निराकरण सम्बन्धि मुक्दुम), ग) मुलकेम (मुइलि) मुग्दुम (संस्कार, संस्कृति सम्बन्धि मुक्दुम), घ) मेग्यो (पारसार) मुग्दुम (शिक्षा, जडिबुटि, युद्ध, अर्ति उपदेश सम्बन्धि मुक्दुम) ।

परम्परागत देवीदेवता कुलपुरोहित : किराती याक्थुङ र कोइँच मुक्दुममा परम्परागत देवीदेवताहरु कुनै कुनै सर्न्दर्भमा ठ्याक्कै नाम मिल्दछन् भने कतिपय अबस्थामा तलमाथि अक्षर हराउने वा परिवर्तन भएको पाउँछौं । त्यस्तै गरी कुलपुरोहितको नाम पनि उस्ता उस्तै र कार्य तथा जिम्मेवारी एउटै पाउँछौं । कोइँच र याक्थुङ दुबै एकीश्वरवादी आदिवासी जनजाति हुन् भन्ने देखिन्छ । याक्थुङहरुले ‘युमा-थेबा’ भन्छन् भने कोइँचले ‘युमा-युल्सि’ । ‘थेबा’ लाई कोइँचले ‘देवा/थोम्बार’ । ‘तेन्छामा र खन्जमा’ लाई ‘तेन्जे र खन्जे’, ‘थोतोक्ला’ लाई ‘थोदुङ’, ‘योतोक्ला’ लाई ‘यातो’ । ‘तागेरा निङवा-फु’ लाई ‘तारा साराङगि’, ‘खाम्तोक’ लाई ‘खादिमुदि’, ‘दुङदुङगे’ लाई ‘दुङदुङ’ । ‘माङ’ लाई कोइँचले मामा भनेको पाउँछौं । त्यस्तै गरी ‘हिम’ को बदला खिँ उच्चारण गर्छन । याक्थुङ पानको ‘ह’ कोइँचमा ‘ख’ वर्ण्र्ाा परिणत भएको पाउँछौं भने कुनै पनि शब्दको अन्तिमको ‘म’ वर्ण्र्ाा ँ ‘ मा परिणत भएको पाउँछौं । किरात थाक्थुङ मुन्धुमवेत्त जसरी साम्बा, येÞबा, येÞगाप्चि भए जस्तै कोइँचमा पोइँबो, ग्याँमि र नाअÞसो हुन् । र यिनीहरुले लगाउने पोशक र आभूषण मिल्दछ ।

संस्कार-संस्कृति : किरातहरुमा चेली माइती वीच फूल फूलमाला आदनप्रदान गर्न नहुने संस्कृति भए पनि कोइँचमा त्यस्तो चलन भने देखिँदैन तर फूललाई कुटुम्बको छोरीको रुपमा पनि लिने गरेको पाइन्छ । ‘साप्पोक-चोमेन’ लाई कोइँचमा विभिन्न ठाउँ अनुसार ‘दाक पाइच्चा, रुकामाना, कालपिप पिदार, खाअÞकुर पिदार’ भन्ने गर्दछन् । याक्थुङको ‘तङसिङ तक्मा’ र कोइँचको ‘चेँगु’ एकै मान्न सकिन्छ । दुबै सब्दको अर्थ तथा व्याख्या उस्तै देखिन्छ- सबै मनुष्य, घरपरिवार र समाजको सुख-समृद्धिको लागि गरिने सामाजिक मेलमिलाप वा ऐक्यबद्धताको पारिवारिक अनुष्ठान । ‘चासोक’ लाई कोइँचलेे ‘गिँजो’ र ‘याक्वा’ लाई ‘पारमो पिदार’ को रुपमा मान्ने गर्दछन् । ‘बालिहाङ तियाहा तङ्नाम’ लाई ‘बालिहोपो पिदार’ । ‘कक्फेःक्वा तुम्येन् ताङ्नाम्’ लाई ‘सामि पिदार’ त्यस्तै गरी ‘सिसेःक्पा तुम्येन् तङ्नाम्’ लाई ‘राँके पिदार’ भनेर मान्ने गरेको पाइन्छ । जन्म, विवाह र मृत्युमा पनि कोइँच र याक्थुङ वीचको धेरै कुराहरु समान देखिन्छ ।

मिथक, परम्परा र मान्यता : किरात याक्थुङहरुको धेरै मिथक, परम्पराहरु अभिलेखीकरण भइसकेका छन् । जसको कारण याक्थुङ सम्बन्धी खोजअनुसन्धान सरल मात्र होइन धेरै संस्कारहरु जीवित छन् र पुनःजीवन दिन सम्भव भएको छ । तर कोइँचमा त्यस्ता मिथक तथा परम्पराहरुको अभिलेखीकरण नभएको र जे जति अभिलेखीकरण भएका हुन् भर्खरै भएका हुँदा कतिपय संस्कार-संस्कृति लोप भइसकेको र पुनःजीवन दिनका लागि सामाजिक मान्यता पाउने सम्भावन क्षीण भएर गएको छ । याक्थुङ मुक्दुममा पाइएको ब्रहृमण्ड, आगो, पानी, हावा, पृथ्वी, आकास, प्राणी र मानव सृष्टिका मिथक कोइँच मुक्दुमसँग मिल्छन् । घरको बास्तु पूजा किन गरिन्छ भन्ने मिथक पनि मिल्छ । तर मिथकीय पात्रहरुको नाम चाहिँ मिलेको पाइँदैन । विभिन्न मिथकहरुले बनाएको परम्परा र त्यसलाई समाजले दिएको मान्यताहरु याक्थुङ र कोइँचमा समान देखिन्छ ।

मुक्दुमी भाषा र संरचना : किराँती याक्थुङ र कोइँच मुक्दुममा प्रयोग भएको भाषाको धातु रुप प्रायःजसो मिलेको पाउन सकिन्छ । मात्र मूल धातु शब्दमा कहिले याक्थुङ पान्मा पर्रर्सग कहिले कोइँचमा उपर्सग, कहिले याक्थुङ पान्मा उपर्सग कहिले कोइँचमा पर्रर्सग त कतै अक्षर लोप भएर गएको, कतै अक्षर साटिएको पाइन्छ । जस्तो कि याक्थुङले भन्ने वा उच्चारण गर्ने ‘मुन्धुम’ लाई कोइँचले ‘मुक्दुम वा मुग्दुम’ भन्ने गर्दछन् । यहाँ वीचको ‘न्’ र ‘क वा ग’ अक्षरले भाषिक फरक ल्याएको देखिन्छ । माझ किरातका किराँती भाषामा भने ‘मुन्दुम’ उच्चारण गरेको पाउँछौं । मुक्दुमको सूक्ष्म अध्ययनले प्राचीन किराँती भाषाको खोजी गर्न सकिने सम्भावना पनि प्रबल देखिन्छ । साथै सबै किराती मुक्दुमहरु गेयात्मक भएको हुँदा मुक्दुम वाचन गर्ने र मुक्दुमका सिलोक वा हरफहरु गेयात्मक थेअÞनि संरचनामा भएको पाउँछौं ।

र, अन्तमा
‘धार्मिक र सामाजिक संस्कारका लिखित विधान नभएकोले कति कालदेखि श्रुति परम्परामा मुन्धुम जीवित छ ।’ -किराँती विद्वान तथा साहित्यकार वैरागी काइँलाको यो सत्य उक्तिलाई कसैले नकार्न सक्ने छैन । किरात मुक्दुमहरु अझै पनि अलिखित नै छन् । कति विस्तारै लेख्योन्मुख छन् त कति किरातीहरुको मातृभाषा नै लोप भइसकेको हुँदा लोप भएका छन् । अलिखित भए पनि मुक्दुममा उच्चारित ऐतिहासिक मुक्दुमी देवीदेवता, पर्ुखाहरुको नामको आधारमा किराँती याक्थुङ र कोइँच मुक्दुमको मिलनविन्दु कहाँनेर हो वा शाखा छुट्टएिको काल कुन हो ? मापन गर्न सकिने सम्भावना भने छँदै छ । जस्तो कि ‘युमा’ मुक्दुमी शब्द दुवै मुक्दुममा प्रष्ट उल्लेख पाइन्छ ।
किरात याक्थुङ र कोइँच मुक्दुमलाई सँगै राखेर दाँज्ने हो भने धेरै कुरामा भिन्नता छ र कतिपय कुरा वा विषयहरुमा समानता पनि छ । मुक्दुममा देखिएका यी भिन्नतालाई किराँती विविधताको रुपमा स्वीकार्दै याक्थुङ र कोइँच मुक्दुमको प्राचीन सम्बन्धको कालरेखा कहाँ, कति हो पत्ता लगाउन, भए देखिएका सबै समानतालाई आधार रेखाको रुपमा लिनु पर्ने हुन्छ । किराती याक्थुङ र कोइँच मुक्दुमको कालरेखा मुक्दुमी देवता ‘युमा’ काल त सोझै सुनिस्चित गर्न सकिन्छ तर त्यसको व्यवाहारिक र वस्तुगत काल कति हो भन्ने पाटो भने छुट्टै अध्ययनको खाँचो छ । आशा गरौं प्राचीन मुक्दुमी भाषा जान्ने भाषाविज्ञ, किरात इतिहासवेत्ता, किरात दर्शनका विज्ञ, किरात अनुसन्धाता, मुक्दुमविदहरुले यस खाँचोलाई परिपर्ूर्ति गर्नेछन् ।
उउउ

सर्न्दर्भ स्रोत
आङबुङ, डी.बी., २०६१, प्रतापी राजनेता वालिहाङको मार्गदर्शन, पालाम पूर्ण्ााङ्क ५, पृ. २३-३०, तेह्रथुमे याक्थुङ विद्यार्थी सुजुम, काठमाडौं ।
काइँल वैरागी, २०५२, तङ्सिङ तक्मा मुन्धुम ः आख्यान र अनुष्ठान, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
….. , २०४८, लिम्बू जातिमा कोख पूजा, नेपाल राजकीय  प्रज्ञा प्रतिष्ठान, काठमाडौं ।
काःतिच कोइँचबु, २०६४, मुक्दुमले अवलम्बन गरेको बाटो, कोइँचबु १७ः१, सुनुवार सेवा समाज, काठमाडौं ।
….. , २०६१, मुक्दुम, सिर्मी ३ः३, पृ. १३-१६, सुनुवार महिला समाज, काठमाडौं ।
मञ्जुल याक्थुम्बा, २०६२, मौलिक किरात धर्म-संस्कार, धनजीत येभेङ, राजकुमार फोम्बो लिम्बू ।
किरात जितपाल, २०५९, किरात धर्म मुन्दुम, कोइँचबु ११ः१, पृ.१०-१२, सुनुवार सेवा समाज, काठमाडौं, ।
चेम्जोङ, इमानसिंह, २०५९ -दोस्रो संस्करण), याक्थुङ चुक्मुक् साम्जिक मुन्धुम किरात दर्शनको सारांशा, किरात याक्थुङ चुम्लुङ, ललितपुर।
….. , २०५९ -तेस्रो संस्करण), किरात मुन्धुम -किरात वेद), किरात याक्थुङ चुम्लुङ, ललितपुर ।
मुकारुङ राजन, २०६१, किरात संस्कार, मकरबहादुर बान्तवा, श्रीमती विष्णुदेवी बान्तवा ।
सुनुवार्रर् इश्वरकिरण -अतीत मुखिया),२०६७, कोइँचको महान चाड शाँदार पिदार : एक अदेखा मुक्दुमी सत्य, चुप्लु समाज, काठमाडौं ।

(किरात याक्थुङ चुम्लुङ, ललितपुरको स्मारिकाको लागि यो लेख तयार गरेको थिएँ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *