संविधान सभालाई कसले मार्यो – प्रष्ट हुनु पर्ने कुरा
-कोइँचबु काःतिच
नेपाली जनताको लागि बहुप्रतिक्षित जनचासोको विषय थियो, नयाँ संविधान । त्यो प्रतिक्षा पुरा नभई गर्भमै तुहियो । तुहिनु त तुहियो नै सँगसँगै देशलाई अन्यौलग्रस्त भडखालोमा होमी दियो वेजिम्मेवार नेपाली राजनीतिक पार्टी । किन यसो गरे त जनताको सेवा गर्छु भन्ने राजनीतिक पार्टीले ? धेरै सोचीरहनु पर्दैन । कुरा प्रष्ट छ राजनीतिक पार्टीहरु जनताको भन्दा व्यक्तिगत स्वार्थमा लिप्त थिए, छन् र भोलि पनि हुने छन्- जब नेपाली नागरिकले राजनीतिक पार्टी नेता र तिनका आसेपासे, गाउँका एजेण्टहरुलाई गम्भीर कारवाहीको प्रक्रिया अगाडि बढाउँदैनन् वा अझै पनि उनीहरु राजनीतिबाट तर्सिन्छन् वा मलाई राजनीति भने पछि मनै पर्दैन, राजनीति भनेको फोहरी खेल भनिरहन्छन् ।
जेठ १४ गते संविधान सभा अवासन भयो । तर त्यसको निराकरणको बाटो न सत्ता पक्षले देखायो न त प्रतिपक्षले । अहिले दुवै पक्षहरु संविधान सभाको मृत्यु हुनुमा एकार्कामा दोषारोपण गरिरहेका छन् । गल्ती कसैले स्वीकार नगर्ने र एक पक्षीयरुपमा आफु मात्र चोखो, जनताप्रति उत्तरदायी, इमान्दार जस्तै गरी वेजिम्मेवारी साथ प्रस्तुत् भएको पाइन्छ पार्टी । अहिलेको गतिविधिले देशलाई दलदलयुक्त खाडलबाट निकाल्न होइन पूर्नतिर पार्टी उदत्त देखिन्छ । यस कार्यको गम्भीर असर अरु कसैलाई नभई पुनः आदिवासी जनजातिलाई पर्ने छ, परेको छ । पहिचान सहितको संघीयताको मुद्दामा एउटाले अधिकार दिन खोजे जस्तो र अर्कोले विरोध गरे जस्तो गरेर आदिवासी जनजातिलाई राजनीतिक पार्टीले हाती आयो हाती फुस्सा बनाइ दिए । यस्ता जनतालाई गुमराहमा राखेर सधै राज्यसत्तामा आफु हलीमुहली गर्ने बाहुनवादी राजनीतिक नेताहरुलाई जस्तोसुकै सजाय दिनु पछि पर्नु हुँदैन भनेर आम जनता आन्दोलित हुनु स्वभाविक नै हो । उत्पीडिन, वहिस्करण र अधिकारबाट बञ्चित जनताहरु कसैको डर, धाक धम्की र करकापबाट मुक्त हुन साहास बटुलेर आफ्नो हकअधिकारको लागि एक जुट हुने बेला आएको छ, राजनीतिक पार्टी खवरदारी गर्न सडक तताउने समय आएको छ । अझै पनि व्यक्तिगत स्वार्थलाई केन्द्रविन्दुमा राखेर पार्टी नेता र गाउँका अगुवाहरुका पछाडि लागेर उनीहरुकै गुणगान गाउनु भनेको आफ्नै घुँडामा आपैले बञ्चरो हान्नु हो । आफ्ना भावी सन्ततिलाई सयौं वर्षपछाडि धकेल्नु हो ।
किन जनताको संविधान बनाउने क्रममा पार्टी हमतिको नाममा तीन पार्टी नेतालाई अन्तिम निर्णय सुम्पियो र यस विषयमा कसैले शुरुमै आवाज उठाएन ? के सबै विषयमा सहमति भएर पहिचान सहितको संघियता नै वर्तमान संविधान भंग हुनुको कारक तत्व हो ? कि अखण्ड सूदुर पस्चिम, बाहुन क्षेत्री, दशनामीहरु हुन् ? अखण्ड सुदूर पस्चिमको आन्दोलन कसले गरायो ? खस, बाहुन, दसनामीहरुलाई सडकमा कसले उतार्यो ? उनीहरुलाई अन्तमा आदिवासीको बिल्ला कसले भिरायो ? यी घटनाक्रमले सिधा जवाफ सबैलाई पस्केको नै हुनु पर्छ । को, कुन पार्टी, किन संविधान सभा मार्न लागीपरेको थिए, हुन् र अहिले उक्त घटनालाई अनेत्रै मोड्ने प्रयास गरीरहेका छन् ?
हिजोदेखि निरंकुश एकतन्त्रीय जातीय शासन गर्दै आएकाहरुले वास्तवमै अन्य समुदायका मानिसहरुलाई आफु बराबरको शासक भएको हेन चाहेका थिएनन् । तीन पार्टी तीन बाहुनले जसरी पनि आलोपालो गरेर नेपाललाई सोस्ना पाउने कानुन बने त्यही सुन्दर विधिको शासन हुन्थ्यो र त्यही र्सवजातीय सद्भावले ओतप्रोत मुलुक बन्ने थियो । शायद आदिवासी जनजाति र मधेशीहरुले आफ्नो पहिचान खोजेर गल्ती गरे क्यार त्यस्ता एकल मनुवादी चिन्तनका बाहुनवादी साथीहरुका सोँचमा ।
अझै पनि भित्री कुरा के हो ? किन पार्टीले अन्तिम घडीमा सहमति गर्न असफल भए ? संविधान सभा के कारणले विघटन गरियो यथार्थ कुरा बाहिर आएको अबस्था छैन र कुनै पार्टी नेताले त्यो कुरा भन्दैन पनि र भन्ने कोशिस पनि गर्ने छैन । संविधान नबन्नुमा कुनै एक पार्टी दाोषी नभई संविधान सभामा प्रतिनिधित्व गर्ने सबै पार्टी नै दोषी छन् मात्र प्रतिशतको हिसाब गर्दा कोही बढी कोही घटी होलान् ।
अब देश संविधानले सम्बोधन नगरेको शून्य समयमा पुगेको छ । कसैले बाधा अड्काउ फुकाउ संविधानको धारालाई टेकेर राष्ट्रप्रमुख गुहार्दै छन् । कोही प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ भनेर सडक संर्घष्ाको घोषणा गरेका छन् भने कोही सत्ता जोगाउन सडकमा आफ्नो कार्यकर्ता ओराल्दै छन् । कहिले काहीँ संविधान सभाको पुनःर्स्थापना गर्ने हल्ला बाँड्छन् त कोही राजा आउ देश बचाउ भन्न थालेका छन् । यी सबै आ-आफ्ना तर्क हुन् र ती तर्क व्यक्तिहरुको रुची अनुसार ठिक पनि होलान् । जसले जे भने पनि राजनीतिक पार्टी आफ्नो अडान, विचारबाट चुकी सकेका छन् र उनीहरुले जनताको विश्वास गुमाइसकेका छन् । राज्यलाई शून्य पुराउने यिनै राजनीतिक पार्टी नै हुन् ।
देश यस्तो जर्जर अबस्थामा पुग्यो कि वर्तमानमा कुनै पनि नियम, कानुनले निकास दिननसक्ने वा कानुनीरुपमा राजनीतिक निकास पाउने आधार नै रहेन । अब राजनीतिक निर्णयको विकल्प रहेन । यो बिषम परिस्थितिमा सबै नेपाली जनता, आदिवासी जनजाति, मधेशी, महिला, दलित र कर्ण्ालीका जनता सचेत रहनु नितान्त आवश्यक छ । जनताको अगाडि अब हामी सचियौं भन्दै लाज पचाएर आउने र राजनीतिक निर्णय गरेर मात्र देशलाई कानुनी दायरामा ल्याउन सकिने अबस्थामा पुर्याउँने, पटक पटक गल्ती गर्ने गद्दार नेताहरुलाई नेपाली जनताले जस्तोसुकै कारवाही गर्न पछाडि पर्नु हुन्न । धेरै नेपाली जनताहरुको बलीदानबाट प्राप्त संविधानसभालाई चार वर्षम्म नेपाली जनताको नाममा तलाब भत्ता हसुरेर मसानघाटमा पुर्याउने (बाहिरी हल्लानुसार) मुख्यातः नेकपा एमालेका खसबाहुनहरु भए पनि नेपाली काङ्ग्रेसका खसबाहुन, एनेकपा माओवादीका केही खसबाहुन, केही मधेशी र साना दलहरु नै हुन् । यी विभिन्न घटनाले आदिवासी जनजातिहरुले अब परिपक्व राजनीतिमा उन्मुख नहुनुको अर्को विकल्प नभएको निश्कर्षनिकाल्न सकिन्छ । यसैले अब आम आदिवासी जनजाति, मधेशी, महिला, दलित तथा कर्ण्ालीका जनताहरु एकै कित्तामा उभिनु पर्ने भएको छ- संविधान सभाका हत्याराहरु विरुद्ध ।
सहि कुरा राख्नु भएछ मन परेउ हजुरको यो भनाइ…
सहि कुरा राख्नु भएछ मन परेउ हजुरको यो भनाइ…