कहाँ चुक्याै हामी ? अंकमा शक्ती हुन्छ ।
-कोइँचबु काःतिच
नेपालीमा “सुनुवार” आफ्नै भाषामा “काेइँच” भनिन्छ भन्नेहरुले खै त सुनुवारकाे पहिचानलाइ १९१० कै मनुवादी मुलुकी एेनसँग दाँजेर पटक पटक दाेहराइरहँदा कुन दुलाेमा लुक्नु हुनेरहेछ । (आफ्नाे असली पहिचान काेइँचलाइ चपरीमुनी गाडेर सरकारी कामकाजी भाषाकै अन्धभक्ता भएर सरकारी कामकाजी भाषामै दिइएकाे “सुनुवार” सरकारी जातीय नामले उपल्लाे दर्जाकाे भनेर जतिसुकै आफुलाइ व्याख्या गरे पनि युट्युवर साेनिका राेकायासम्म आइपुग्दा सुनुवार जातीय नामलाइ अरुले कसरी बुजीरहेका छन् मालुम छ कि छैन महासयहरु !)
याद गर्नुपर्ने कुरा के पनि हाे भने “काेइँच” काे ठाडाे अनुवाद कथीत नेपाली भनिने सभानेमा “सुनुवार” हाेइन । याे जातीय नाम कहीँ कतै अनुवाद हुँदैहुँदैन । काेइँच भनेकाे काेइँच नै हाे सुनुवार भनेकाे सुनुवार हाे । यी दुइ जातीय नामकाे आआआफ्नै परिभाषाा छ । यदी कसैले अनुवाद ठान्छ भने यसरी तर्क गर्ने हाे भने अग्रेजीमा काेइँचलाइ के भनिने हाेला? हिन्दीमा के भन्छन्? चाइनीजमा के हाेला ? साेधीखाेजी गर्दैछु ।
याे वास्ताविकतालाइ बुजेर नै नयाँ पुस्ताले अहिले असली “नाम थर” लेख्न थालेका छन् । युवा पुस्ता जागेकाे अवस्थामा सबैले साथसहयाेग गर्न अत्यावश्यक छ ।
………………………..
हामी चुक्याै कहाँ ?
नागरिकता पासपाेर्ट र अन्य डकुमेन्टमा “नाम थर” साेध्छ, हामी “जातीय नाम” लेखाउँछाै ।
एक हिसावले सरकारलाइ नै ढाँटीरहेका छाै र आफैलाइ । यसका कारण कतिपय युवाहरुलाइ आफ्नै “थर” समेत थाहा छैन ।
मातृभाषा त अबका बालबालिकाले बाेल्नै पाएनन् । बाल अधिकार हनन् गर्दै छाै । कतिपय साथीहरुकाे गुनासाे सुनेकाे छु “बाबुआमाले नबाेलेकाे हुँदा हामीले हाम्राे मातृभाषा बाेल्न पाएनाै ।”
तर अबका नयाँ पुस्ताले चाहिँ आफ्नाे मातृभाषाा बाेल्न सिक्न र पढ्न पाउने नैसर्गिक अधिकार हनन् भएकाेमा अभियाेग लगाउने छन् “बुबाआमाले बालशाेषणा गर्नुभयाे । हाम्राे मानवाधिकार हनन् गर्नुभयाे ।”
अब थर लेख्न नचुकाै । तपाइँकाे बच्चालाइ “थर” बताउनुहाेस् । लेख्न उत्प्रेरणा दिनुहाेस् । जनगणना २०७८ मा धर्म, जातजाति, थर, मातृभाषा, पुर्ख्याैली भाषाकाे महल छ । सबैमा असली जातीय नाम, थर, र मातृभाषा, पुर्खकाे भाषा लेख्नुहाेस् र लेख्न सघाउनुहाेस्। जुनसुकै समय नचाहिने कुरामा राेइलाे गर्छाै । अब नचुकाै । अंकमा शक्ती हुन्छ ।