Vent out mechanism
जापानको उदाहरण: जापान पनि उचनिचले भरिएको (Hierarchical) समाज हो । उचि जातीलाई वा हाकिमलाई मुख फर्काउँन नहुने सामाजिक मुल्य (Value) रहेको छ । तर चित्त नबुझेपछि भित्रभित्र मानिस त मुर्मुरिन्छ । यो मुर्मुर्याइँलाई बाहिर निकाल्ने Vent out mechanism का रुपमा कार्यालयको १४-१५ औँ तलातिर एउटा कोठामा छालाको मानिस झुण्ड्याएको हुन्छ र त्यहाँ एउटा मजाको लट्ठी पनि राखिएको हुन्छ । हाकिमसंगको रिसले सिमाना नाघेपछि कर्मचारी त्यहाँ जान्छ, त्यो छालाको मानिसलाई हाकिम कल्पना गरेर लट्ठीले बेस्सरी गोद्छ….गोद्छ….गोद्छ… र थाकुन्जेल गोद्छ । अनि नुहाउँछ । लुगा लगाउँछ । अनि कार्यालयमा फर्केर फेरि मुसुक्क हाँस्दै हाकिमको सामु ज्ञानी भएर काम गर्छ । यो एउटा Vent out mechanism हो ।
नेपालको गाइजात्रा: यो पनि सामन्ती (राणा, शाह) शासकहरूलाई मुक फर्काउँन नमिल्ने । तर भित्र भित्र रिस उठने । त्यही रिस पोख्न गाइजात्राको १ दिन बेस्सरी व्यंग्य हान्ने । यसरी यो पनि Vent out mechanism हो ।
तर, सामाजिक प्रचलनहरूलाई मानिसले समय अनुसार फेर्दै लैजान्छ । जस्तै: अहिले नेपालमा घिनलाग्दो पुँजिवाद सुरु भएको छ र उसले “तीज” लगायत सबै सँस्कृतीलाई “कमाउ” बनाउँदै लगेको छ । “आमाको मुख हे्र्ने दिन”, “बाउको मुख हेर्ने दिन”, “भ्यालेनटान्स डे”, “दशैँ-तिहार”, “नयाँ वर्ष” सबै सबै अब “सँस्कृती” कम र “व्यापार” ज्यादा भइरहेको छ । सामन्तवादि समाजले सृजना गरेका सँस्कार र सँस्कृतीलाई पुवजीवादले बेस्सरी “व्यापार” बनाईदियो । यो संसारभरि नै चलेको प्रवृत्ती (Trend) हो ।