कुचोको आत्मकथा
–कोइँचबु काःतिच
कतै पार्टी नेताको लाउके भएर
कतै सडकमा चक्काजाम गर्ने टाउके भएर
कहिले वाइसिएल
कहिले युथ फोर्स
कहिले स्वेत सेना
कहिले जनसेनाको नाइके भएर
कुनै प्रक्रियाले बाँध्न नसकेका
कुनै सिद्धान्तले छाँद्न नसकेका
चोक चोकका गुजिल्टिएर बसेका
हल्लाको खेतीमा घुँडा धसेका
देशका क्रियाशील जनशक्तिहरु जस्तो ।
रोजा बासमा कहिल्यै सुत्न नपाएका
रोजा कुर्सीमा कहिल्यै बस्न नपाएका
रोजा पद र निर्वाचन क्षेत्रमा
कहिल्यै उम्मेदवार दिन नपाएका
प्रत्येक चुनावमा
पार्टी नेताहरुको अंगरक्षक बनेका बनाइएका
सिमान्तकृत
तर सिद्धान्तप्रेमी
परिवर्तनका नारा फलाकेर कहिल्यै नथाक्ने
आफ्नो औकात अलिकति पनि बुझ्न नसक्ने
बढी मलले हौसिएको धानको गाँज जस्तो
पहाडै फोरौंला जत्तिकै युवा जोश निखारेर
बिगतको त्यन्द्रोमा झुण्डिएर
सुकुलमाथि हुक्का तान्दै
आगत कुरी बसेको
दाँत फुस्केको बुढो नेताको
निस्सार पट्याइलाग्दो दैनिकी जस्तो ।
खाँटी कुमारी काँचो माटोमाथि
कुमालेको बलात्कारपछि जन्मेको
बैधो गाग्रोको फुटेको खपटा जस्तो
असरल्ला झाँक्रो फिँजाएर
कहिले आँगनमा पेmँकिएर
त कहिले पिँढीको कुनामा टक्सिएर
कहिले ढोकाको चेपमा खुँजिएर
निरस, नियास्रो
कलमको मसी जस्तै बाँकी जिन्दगी
काखी च्यापेर बाँचेको म बफादार आदिवासी कुचो ।
–२०६७ चैत्र १७, विहीवार
gajjabko ghat laagdo kavita…sarjakharu kucho jasto nabanun vanne mero kaamanaa
dayu sappa rishyo kabita… yesarinai janmine srijana haru lai pani feri kucho ko halatma napuraiyiyos mero yehi kamana lekhak jiu ra yesma sambandha rakhna chahane mahanu bhav haruma…
ramailo lagdo kabita banaunu vaye chha kabi jeu le. ramailo, khusilageu